< व्यवस्था 34 >
1 मोशा मोआबको मैदानबाट यरीहो सामुन्ने नेबो डाँडामा पिसगाको टाकुरामा उक्ले । त्यहाँ परमप्रभुले तिनलाई गिलाददेखि दानसम्म,
Then Moses went from the plaine of Moab vp into mount Nebo vnto the top of Pisgah that is ouer against Iericho: and the Lord shewed him all the land of Gilead, vnto Dan,
2 र सबै नप्ताली, एफ्राइम र मनश्शेका सबै देश अनि यहूदाका सबै देशदेखि पश्चिम समुद्रसम्म,
And all Naphtali and the land of Ephraim and Manasseh, and all the land of Iudah, vnto the vtmost sea:
3 र नेगेव, र यरीहोको उपत्यकाको मैदान, खजुरको सहरदेखि सोअरसम्म देखाउनुभयो ।
And the South, and the plaine of the valley of Iericho, the citie of palmetrees, vnto Zoar.
4 परमप्रभुले तिनलाई भन्नुभयो, “'म यो देश तेरा सन्तानहरूलाई दिन्छु' भनी मैले अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गरेको देश यही हो । मैले तँलाई तेरा आँखाले हेर्न अनुमति दिएको छु, तर तँ त्यहाँ जान पाउने छैनस् ।”
And the Lord said vnto him, This is the lande which I sware vnto Abraham, to Izhak and to Iaacob saying, I will giue it vnto thy seede: I haue caused thee to see it with thine eyes, but thou shalt not goe ouer thither.
5 त्यसैले परमप्रभुको वचनको प्रतिज्ञाअनुसार परमप्रभुका दास मोशा मोआब देशमा मरे ।
So Moses the seruant of the Lord dyed there in the land of Moab, according to the worde of the Lord.
6 परमप्रभुले तिनलाई बेथ-पोरको सामुन्ने मोआब देशको उपत्यकाको बेँसीमा गाड्नुभयो, तर तिनको चिहान कहाँ छ भनी आजको दिनसम्म कसैलाई थाहा छैन ।
And hee buried him in a valley in the land of Moab ouer against Beth-peor, but no man knoweth of his sepulchre vnto this day.
7 मोशाको मृत्यु हुँदा तिनी एक सय बिस वर्षका थिए । तिनका आँखा धमिला भएका थिएनन् न त तिनको स्वाभाविक बल घटेको थियो ।
Moses was nowe an hundreth and twentie yeere olde when hee died, his eye was not dimme, nor his naturall force abated.
8 मोआबको मैदानमा इस्राएलीहरूले मोशाको निम्त चालिस दिनसम्म शोक गरेपछि तिनको शोकको समय सकियो ।
And the children of Israel wept for Moses in the plaine of Moab thirtie dayes: so the dayes of weeping and mourning for Moses were ended.
9 नूनका छोरा यहोशू बुद्धिका आत्माले भरिएका थिए किनकि मोशाले तिनीमाथि आफ्नो हात राखेका थिए । इस्राएलीहरूले तिनको कुरा सुन्थे, र तिनले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार गर्थे ।
And Ioshua the sonne of Nun was full of ye spirit of wisedome: for Moses had put his hands vpon him. And the children of Israel were obedient vnto him, and did as the Lord had commanded Moses.
10 इस्राएलमा मोशाजस्तै अगमवक्ता कोही खडा भएन जसलाई परमप्रभुले आमने-सामने चिन्नुहुन्थ्यो ।
But there arose not a Prophet since in Israel like vnto Moses (whome the Lord knew face to face)
11 मिश्र देश, फारो र तिनका सबै अधिकारीसाथै तिनका समस्त देशमा तिनीद्वारा सबै चिन्ह र आश्चर्य गर्न परमप्रभुद्वारा पठाइएका कुनै पनि अगमवक्ता तिनीजस्तो छैन ।
In all ye miracles and wonders which ye Lord sent him to do in ye land of Egypt before Pharaoh and before all his seruantes, and before al his land,
12 सारा इस्राएलीको दृष्टिमा मोशाले गरेजस्तै महान् र भयानक कामहरू कुनै पनि अगमवक्ताले कहिल्यै गरेको छैन ।
And in all that mightie hand and all that great feare, which Moses wrought in the sight of all Israel.