< व्यवस्था 33 >
1 यो आफ्नो मृत्युअगि परमेश्वरका मानिस मोशाले इस्राएलीहरूलाई दिएको आशिष् हो ।
Dette er den velsignelse som Moses, den Guds mann, lyste over Israels barn før sin død.
2 तिनले भनेः “परमप्रभु सीनैबाट आउनुभयो, र तिनीहरूमाथि सेइरबाट उदय हुनुभयो । उहाँ पारान पर्वतबाट चम्कनुभयो, र उहाँ दसौँ हजार पवित्र जनसित आउनुभयो । उहाँको दाहिने हातमा बिजुलीको प्रकाश थियो ।
Han sa: Herren kom fra Sinai, han steg op for dem fra Se'ir; han strålte frem fra Parans fjell og kom fra hellige titusener; ved hans høire hånd lyste lovens ild for dem.
3 वास्तवमा उहाँले मानिसहरूलाई प्रेम गर्नुहुन्छ । उहाँका सबै पवित्र जन उहाँको हातमा छन्, र तिनीहरूले तपाईंको पाउमा शिर निहुराउँछन् । तिनीहरूले तपाईंका वचनहरू प्राप्त गरे ।
Ja, han elsker sitt folk; alle dine hellige er i din hånd; de ligger for din fot, de tar imot dine ord.
4 मोशाले हामीलाई व्यवस्था दिए, जुन याकूबको समुदायको सम्पत्ति हो ।
En lov gav Moses oss, en arvedel for Jakobs menighet.
5 तब मानिसका अगुवाहरू र इस्राएलका सबै कुल एकै ठाउँमा जम्मा हुँदा यशूरूनमा राजा हुनुहुन्थ्यो ।
Og han blev konge i Jesurun, da folkets høvdinger samlet sig, Israels stammer alle sammen.
6 रूबेन बाँचून्, र नमरून, तर तिनका मानिसहरू थोरै होऊन् ।
Måtte Ruben leve og aldri dø, men hans menn bli få i tall!
7 यो यहूदाको निम्ति आशिष् हो । मोशाले भनेः हे परमप्रभु, यहूदाको सोर सुन्नुहोस्, र तिनलाई फेरि आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस् । तिनको पक्षमा लड्नुहोस् । तिनका शत्रुहरूको विरुद्धमा सहायता बन्नुहोस् ।
Og dette sa han om Juda: Hør, Herre, Judas røst, og før ham hjem til sitt folk! Med sine hender strider han for det, og du skal være hans hjelp mot hans fiender.
8 लेवीको विषयमा मोशाले भनेः तपाईंको तुम्मीम र तपाईंको ऊरीम तपाईंको राजकीय जनसित छ, जसलाई तपाईंले मस्साहमा जाँच्नुभयो, जोसित तपाईंले मेरीबाको पानीमा झगडा गर्नुभयो ।
Og om Levi sa han: Dine tummim og urim hører din fromme mann til, han som du fristet ved Massa, som du trettet med ved Meribas vann,
9 तिनले आफ्ना बुबा र आमाको विषयमा भने, “मैले उहाँहरूलाई देखेको छैनँ ।” न तिनले आफ्ना दाजुभाइहरूलाई स्वीकर गरे, न त तिनले आफ्नै सन्तानको वास्ता गरे । किनकि तिनले तपाईंको वचनको रखवाली गरे, र तपाईंको सन्दूकलाई सुरक्षा दिए ।
han som sa om sin far og sin mor: Jeg ser dem ikke, og som ikke kjentes ved sine brødre og ikke visste av sine barn, fordi han tok vare på ditt ord og aktet vel på din pakt.
10 तिनले याकूबलाई तपाईंका विधिहरू र इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछन् । तिनले तपाईंको सामु धूप बाल्छन्, र तपाईंको वेदीमा सबै होमबलि चढाउँछन् ।
Han skal lære Jakob dine bud og Israel din lov, han skal legge røkelse for ditt ansikt og heloffer på ditt alter.
11 हे परमप्रभु, तिनका सबै सम्पत्तिमा आशिष् दिनुहोस्, र तिनका हातका काम स्वीकार गर्नुहोस् । तिनको विरुद्धमा खडा हुनेहरू र तिनलाई घृण गर्नेहरूका कम्मरमा हिर्काउनुहोस् ताकि तिनीहरू फेरि उठ्न नसकून् ।
Velsign, Herre, hans kraft, og la hans henders gjerning tekkes dig! Knus lendene på hans motstandere og dem som hater ham, så de ikke reiser sig mere!
12 बेन्यामीनको विषयमा मोशाले भनेः परमप्रभुका प्रिय उहाँको छेउमा सुरक्षित रहून् । परमप्रभुले तिनको जीवनभर रक्षा गर्नुहुन्छ, र तिनी परमप्रभुको पाखुराको बिचमा बस्छन् ।
Om Benjamin sa han: Herrens elskede er han, trygt bor han hos ham; hele dagen holder han sin hånd over ham - han hviler mellem hans skuldrer.
13 योसेफको विषयमा मोशाले भनेः माथि आकाशबाट झर्ने अनमोल शीत र तल गहिराइको पानीले तिनको देश परमप्रभुद्वारा आशिषित् होस् ।
Og om Josef sa han: Velsignet av Herren være hans land med himmelens ypperste gaver, med dugg og med vann fra det store dyp der nede,
14 तिनको देश सूर्यको ताप र महिनैपिच्छेका उब्जनीका अनमोल कुराहरूले आशिषित् होस् ।
med det ypperste av det som solen fostrer, med det ypperste av det som måneskiftene driver frem,
15 साथै, प्राचीन पर्वतहरूका उत्तम कुराहरू, र अनन्तका पर्वतहरूका अनमोल कुराहरूले आशिषित् होस् ।
med det herligste fra de eldgamle fjell og det ypperste fra de evige hauger,
16 तिनको देश पृथ्वीका अनमोल कुराहरू र यसको प्रचुरता अनि जलिरहेको पोथ्रामा बस्नुहुनेको निगाहले आशिषित् होस् । योसेफको शिरमा आशिष् आओस्, र आफ्ना दाजुभाइहरूमाथिका राजकुमारको शिरमा आशिष् आओस् ।
med det ypperste av jorden og dens fylde og med nåde fra ham som bodde i tornebusken; det komme over Josefs hode, over hans isse som er fyrste blandt sine brødre!
17 ऐश्वर्यमा तिनी पहिले बियाएका बाछोझैँ छन्, र तिनका सिङ अर्नाका सिङ हुन् । तीद्वारा नै तिनले सबै मानिसलाई पृथ्वीको पल्लो छेउसम्म हान्ने छन् । यी एफ्राइमका दसौँ हजार हुन् र मनश्शेका हजारौँ हुन् ।
Herlig er den førstefødte av hans okser, og hans horn er som villoksens horn; med dem stanger han alle folkene like til jordens ender; det er Efra'ims titusener, det er Manasses tusener.
18 जबूलूनको विषयमा मोशाले भनेः ए जबूलून तिमी बाहिर जाँदा र ए इस्साखार तिमी आफ्ना पालहरूमा बस्दा आनन्दित होओ ।
Og om Sebulon sa han: Gled dig, Sebulon, i din utferd, og du, Issakar, i dine telt!
19 तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउने छन् । त्यहाँ तिनीहरूले धार्मिकताका बलिदानहरू चढाउने छन् । किनकि तिनीहरूले समुद्रको प्रचुरता र समुद्रीतटको बालुको सम्पत्ति उपभोग गर्ने छन् ।
Folkeslag kaller de til sitt fjell; der ofrer de rettferdighets offere; for havets overflod og sandens skjulte skatter suger de inn.
20 गादको विषयमा मोशाले भनेः गादलाई वृद्धि गर्ने धन्यका हुन् । त्यहाँ तिनी सिंहिनीझैँ बस्ने छन्, र तिनले मुखियाको पाखुरा लुछिदिने छन् ।
Og om Gad sa han: Lovet være han som gir Gad vidt rum! Som en løvinne har han lagt sig ned, og han sønderriver både arm og isse.
21 तिनले आफ्नो निम्ति सबैभन्दा उत्तम जग्गा छाने, किनकि नायकको हिस्सा तिनको निम्ति अलग गरिएको थियो । तिनी मानिसहरूका अगुवाहरूसँगै आए । तिनले इस्राएलसितै परमप्रभुको न्याय र उहाँका विधिहरू पुरा गरे ।
Han utså sig den første lodd, for der er den del gjemt som lovgiveren har tiltenkt ham; og så drog han frem foran folket; det som var rett for Herren, det som han hadde fastsatt, gjorde han, sammen med Israel.
22 दानको विषयमा मोशाले भनेः दान बाशानबाट हामफाल्दै आउने सिंहको डमरु हो ।
Og om Dan sa han: Dan er en løveunge som springer frem fra Basan.
23 नप्तालीको विषयमा मोशाले भनेः नप्ताली परमप्रभुको आशिष्को भरिपूर्णता र स्नेहद्वारा सन्तुष्ट भएका छन् । तिनले पश्चिम र दक्षिणको देश अधिकार गर्ने छन् ।
Og om Naftali sa han: Naftali, mettet med nåde og fylt med Herrens velsignelse - Vesten og Syden ta han i eie!
24 आशेरको विषयमा मोशाले भनेः आशेर अन्य छोराहरूमध्ये सबैभन्दा बढी आशिषित् होऊन् । तिनी आफ्ना दाजुभाइहरूकहाँ स्वीकारयोग्य होऊन्, र तिनले आफ्नो खुट्टा जैतूनको तेलमा धोऊन् ।
Og om Aser sa han: Velsignet fremfor sønner være Aser! han være den kjæreste blandt sine brødre og dyppe i olje sin fot!
25 तिनको सहरका बारहरू फलाम र काँसाका होऊन् । तिमी बाँचुञ्जेसम्म तिम्रो सुरक्षा हुने छ ।
Av jern og kobber være din lås, og din hvile så lang som dine dager!
26 यशूरूनमा परमेश्वरजस्तो कोही छैन । उहाँ सत्य हुनुहुन्छ जो तिम्रो सहायताको लागि आफ्नो प्रतापमा बादलमाथि स्वर्गबाट सवार भएर आउनुहुन्छ ।
Det er ingen som Gud, Jesurun! - Han farer frem over himmelen med hjelp for dig, og i sin høihet på skyene.
27 अनन्त परमेश्वर शरणस्थान हुनुहुन्छ, र मुनितिरचाहिँ अनन्त पाखुरा छन् । उहाँले तिमीहरूका सामुन्नेबाट शत्रुलाई धपाउनुहुने छ, र उहाँले भन्नुभयो, “नाश पार्!”
En bolig er den eldgamle Gud, og her nede er evige armer; han driver fienden bort for dig og sier: Rydd ut!
28 इस्राएल सुरक्षामा बस्यो । अन्न र नयाँ मद्यको देशमा याकूबको सन्तान सुरक्षित थियो । वास्तवमा तिनको आकाशले तिनमाथि शीत झारून् ।
Og Israel bor trygt for sig selv, Jakobs øie er vendt mot et land med korn og most, ja, hans himmel drypper av dugg.
29 ए इस्राएल, तिम्रा आशिष्हरू अनगिन्ती छन् । परमप्रभुद्वारा बचाइएको जाति तिमीजस्तै को छ र? उहाँ तिम्रो सहायताको ढाल हुनुहुन्छ, र तिम्रो प्रतापको तरवार हुनुहुन्छ । तिम्रा शत्रुहरू काँप्दै तिमीकहाँ आउँछन् । तिमीले तिनीहरूका अग्ला-अग्ला ठाउँहरूमा कुल्चने छौ ।
Salig er du, Israel! Hvem er som du, et folk som har sin frelse i Herren, ditt hjelpende skjold og ditt høie sverd! Dine fiender hykler for dig, mens du skrider frem over deres høider.