< व्यवस्था 30 >
1 जब मैले तिमीहरूका सामु राखिदिएका यी सबै आशिष् र श्राप तिमीहरूमाथि आइपर्ने छन्, र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई अन्य जातिहरूका बिचमा धपाउनुभएपछि जब तिमीहरूले यी सम्झने छौ,
Maar wanneer al deze woorden met zegen en vloek, die ik u heb voorgehouden, over u zijn gekomen, en gij ze te midden der volken, waarheen Jahweh, uw God, u zal hebben verdreven, ter harte zult nemen,
2 र तिमीहरूका सारा हृदय र प्राणले आज मैले तिमीहरू र तिमीहरूका सन्तानलाई आज्ञा गरेका यी सबै वचनलाई पालन गरेर तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरकहाँ फर्कंदा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निर्वासनलाई उल्ट्याइदिनुहुने छ र तिमीहरूलाई टिठ्याउनुहुने छ ।
wanneer gij u dan bekeert tot Jahweh, uw God, en gij met uw kinderen van ganser harte en met heel uw ziel Hem gehoorzaamt in alles, wat ik u heden gebood,
3 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तितर-बितर पार्नुभएका सबै जातिबाट तिमीहरूलाई फर्काएर ल्याई तिमीहरूलाई एकत्रित गर्नुहुने छ ।
dan zal Jahweh, uw God, uw lot ten beste keren, zich uwer ontfermen, en u weer bijeen brengen uit alle volken, waarheen Jahweh, uw God, u verstrooide.
4 तिमीहरूको कुनै पनि मानिस निर्वासित भएर आकाशमुनिको सबैभन्दा टाढा लगिए तापनि परमेश्वरले तिमीहरूलाई जम्मा गरी ल्याउनुहुने छ ।
En al waart ge verbannen naar het eind van de hemel, Jahweh, uw God, brengt u vandaar bijeen en haalt u vandaar terug.
5 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाहरूले अधिकार गर्नुभएको र तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूलाई ल्याउनुहुने छ । उहाँले तिमीहरूको भलो गर्नुहुने छ र तिमीहरूका पिता-पुर्खाहरूभन्दा तिमीहरूलाई सङ्ख्यामा वृद्धि गर्नुहुने छ ।
Jahweh, uw God, zal u terugbrengen naar het land, dat uw vaderen hebben bezeten; gij zult het bezitten en Hij zal u nog meer weldaden bewijzen en nog talrijker maken dan uw vaderen.
6 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू र तिमीहरूका सन्तानहरूका हृदयको खतना गरिदिनुहुने छ अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई सारा हृदयले प्रेम गर्ने छौ अनि तिमीहरू जीवित हुने छौ ।
Dan zal Jahweh, uw God, uw hart en dat van uw kroost besnijden, om Jahweh, uw God, met heel uw hart en heel uw ziel te beminnen, opdat gij weer opleeft.
7 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई घृणा गर्ने र तिमीहरूको खेदो गर्ने तिमीहरूका शत्रुहरूमाथि यी सबै श्राप ल्याउनुहुने छ ।
Dan zal Jahweh, uw God, al deze vervloekingen over uw vijanden brengen, over hen, die u haten en u hebben vervolgd;
8 तिमीहरू फर्केर परमप्रभुको आवाज सुन्ने छौ, र आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्ने छौ ।
dan zult gij weer naar Jahweh luisteren, en al zijn geboden, die ik u heden geef, onderhouden.
9 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको देशका सबै काम, तिमीहरूका सन्तान, तिमीहरूका बाछा-बाछी, तिमीहरूको भूमिको फलमा प्रचुर मात्रामा उन्नति गराइदिनुहुने छ । किनकि परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूमा आनन्द मनाउनुभएझैँ तिमीहरूको उन्नतिमा पनि आनन्द मनाउनहुने छ ।
Dan zal Jahweh, uw God, u overvloed schenken in al het werk uwer handen, in de vrucht van uw schoot, de vrucht van uw runderen, en de vrucht van uw grond. Want Jahweh zal er weer vreugde in vinden, u goed te doen, zoals Hij er vreugde in vond, goed te doen aan uw vaderen,
10 तिमीहरूका सारा हृदय र सारा प्राणले परमप्रभु तिमीहरूका परमेश्वरमा फर्की व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू र निर्देशनहरू पालन गर्न परमप्रभु तिमीहरूका परमेश्वरको कुरा मान्यौ भने उहाँले यसो गर्नुहुने छ ।
omdat gij luistert naar Jahweh, uw God, zijn geboden en bepalingen onderhoudt, die in dit wetboek staan opgetekend, en met heel uw hart en met heel uw ziel u bekeert tot Jahweh, uw God.
11 किनकि आज मैले तिमीहरूलाई दिएको यो आज्ञा तिमीहरूका निम्ति कठिन छैन, न त प्राप्तै गर्न नसक्ने गरी टाढा छ ।
Waarachtig, de geboden, die ik u heden geef, zijn voor u niet te hoog of buiten uw bereik.
12 'हामीले पालन गर्न सकूँ भनेर हाम्रो निम्ति स्वर्गमा गई यसलाई तल ल्याएर हामीलाई बताउने को छ?' भनी तिमीहरूले भन्नुपर्ने गरी यो स्वर्गमा छैन ।
Zij liggen niet in de hemel, zodat gij kunt zeggen: "Wie stijgt voor ons op naar de hemel, om ze voor ons te gaan halen en ons te verkonden, opdat wij ze kunnen volbrengen?"
13 'हामीले पालन गर्न सकूँ भनेर हाम्रो निम्ति सागर पार गरी यसलाई ल्याएर हामीलाई बताउने को छ?' भनी तिमीहरूले भन्नुपर्ने गरी यो समुद्रपारि छैन ।
Ze liggen niet aan de overkant van de zee, zodat gij kunt zeggen: "Wie steekt voor ons over naar de andere kant van de zee, om ze voor ons te gaan halen en ze ons te verkonden, opdat wij ze kunnen volbrengen?"
14 तर तिमीहरूले पालन गर्न सक्ने गरी वचन तिमीहरूको नजिकै छ अर्थात् तिमीहरूको मुख र हृदयमा छ ।
Neen, het woord is voor u heel dichtbij; het ligt in uw mond en uw hart, zodat gij het ook kunt volbrengen.
15 हेर, आज मैले तिमीहरूका सामु जीवन र भलाइ, मृत्यु र दुष्ट्याइँ राखिदिएको छु ।
Zie, ik heb u heden leven en geluk, dood en ongeluk voorgehouden.
16 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्न, उहाँका मार्गहरूमा हिँड्न र उहाँका आज्ञाहरूसाथै उहाँका निर्देशनहरू, विधिविधानहरू पालन गर्न आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका आदेशहरू पालन गर्यौ भने तिमीहरू बाँच्ने छौ र तिमीहरूको वृद्धि हुने छ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू प्रवेश गर्न लागेका देशमा तिमीहरूलाई आशिष् दिनुहुने छ ।
Zo gij luistert naar de geboden van Jahweh, uw God, die ik u heden geef, zo gij Jahweh, uw God, bemint, zijn wegen bewandelt en zijn geboden, bepalingen en voorschriften onderhoudt, dan zult gij leven, en talrijk worden, en zal Jahweh, uw God, u zegenen in het land, dat gij thans in bezit gaat nemen.
17 तर तिमीहरूका हृदय बरालिएर अटेरी भयौ र अरू देवताहरूप्रति आकर्षित भएर तिनीहरूको सामु निहुरी तिनीहरूको पुजा गर्यौ भने
Zo gij echter uw hart afwendt en niet wilt luisteren, zo gij u laat verleiden, om vreemde goden te aanbidden en te dienen,
18 तिमीहरू पक्कै नष्ट हुने छौ भनी आज म घोषणा गर्दछु । यर्दनपारि गएर तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूको आयु लामो हुने छैन ।
dan kondig ik u heden aan, dat gij geheel te gronde zult gaan, en gij niet lang zult blijven in het land, dat gij aan de overkant van de Jordaan in bezit gaat nemen.
19 तिमीहरूको सामु मैले जीवन र मृत्यु अनि आशिष् र श्राप राखिदिएको छु भनी तिमीहरूको विरुद्धमा गवाही दिन आज मैले स्वर्ग र पृथ्वीलाई साक्षी राखेको छु । त्यसकारण, तिमीहरू र तिमीहरूका सन्तानहरू बाँच्न सकून् भनी जीवन रोज ।
Ik roep heden plechtig hemel en aarde tegen u tot getuigen, dat ik u leven en dood, zegen en vloek heb voorgehouden! Kies dus het leven, opdat gij en uw kroost het leven moogt hebben,
20 परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्न, उहाँको कुरा पालन गर्न र उहाँमा टाँसिनका लागि यसलाई मान्नू । किनकि उहाँ नै तिमीहरूको जीवन र तिमीहरूको दीर्घायु हुनुहुन्छ । परमप्रभुले तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक, याकूबसित प्रतिज्ञा गर्नुभएको यो देशमा तिमीहरू बाँच्न सक भन्नलाई यो आज्ञा मान्नू ।
door Jahweh, uw God, te beminnen, Hem te gehoorzamen, aan Hem u te hechten. Want daarvan hangt uw leven af en uw lang verblijf in het land, dat Jahweh onder ede beloofd heeft, aan uw vaderen, aan Abraham, Isaäk en Jakob te geven.