< व्यवस्था 28 >

1 आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका सबै आज्ञा पालन गर्न उहाँको कुरा होसियारीपूर्वक सुन्यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई पृथ्वीका सबै जातिभन्दा उच्‍च बनाउनुहुने छ ।
«و اگر آواز یهوه خدای خود را به دقت بشنوی تا هوشیار شده، تمامی اوامر اورا که من امروز به تو امر می‌فرمایم بجا آوری، آنگاه یهوه خدایت تو را بر جمیع امتهای جهان بلند خواهد گردانید.۱
2 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुन्यौ भने यी सबै आशिष् तिमीहरूमा आउने छन् ।
و تمامی این برکتها به توخواهد رسید و تو را خواهد دریافت، اگر آوازیهوه خدای خود را بشنوی.۲
3 तिमीहरू सहरमा आशिषित् हुने छौ र खेतमा आशिषित् हुने छौ ।
در شهر، مبارک ودر صحرا، مبارک خواهی بود.۳
4 तिमीहरूका सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूका पशु, तिमीहरूका गाईवस्तुसाथै तिमीहरूका बाछा-बाछीमाथि
میوه بطن تو ومیوه زمین تو و میوه بهایمت و بچه های گاو وبره های گله تو مبارک خواهند بود.۴
5 आशिष् पर्ने छ ।
سبد و ظرف خمیر تو مبارک خواهد بود.۵
6 तिमीहरूको डालो र पिठो मुछ्ने आरीमा आशिष् पर्ने छ । तिमीहरू भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष् पाउने छौ ।
وقت درآمدنت مبارک، و وقت بیرون رفتنت مبارک خواهی بود.۶
7 तिमीहरूको विरुद्धमा खडा हुने तिमीहरूका शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु पराजित गर्नुहुने छ । तिनीहरू तिमीहरूको विरुद्धमा एउटा बाटो भएर आउने छन्, तर तिमीहरूकै सामु सातवटा बाटो भएर भाग्‍ने छन् ।
«و خداوند دشمنانت را که با تو مقاومت نمایند، از حضور تو منهزم خواهد ساخت، ازیک راه بر تو خواهند آمد، و از هفت راه پیش توخواهند گریخت.۷
8 परमप्रभुले तिमीहरूका धनसार र तिमीहरूले हात लगाउने हरेक थोकमा आशिष् ल्याउनुहुने छ । उहाँले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा उहाँले तिमीहरूलाई आशिष् दिनुहुने छ ।
خداوند در انبارهای تو و به هر‌چه دست خود را به آن دراز می‌کنی بر توبرکت خواهد فرمود، و تو را در زمینی که یهوه خدایت به تو می‌دهد، مبارک خواهد ساخت.۸
9 परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गरी उहाँका मार्गहरूमा हिँड्यौ भने उहाँले प्रतिज्ञा गरेअनुसार परमप्रभुले तिमीहरूलाई आफ्नो लागि अलग गर्नुभएको जातिको रूपमा स्थापित गर्नुहुने छ ।
واگر اوامر یهوه خدای خود را نگاهداری، و درطریقهای او سلوک نمایی، خداوند تو را برای خود قوم مقدس خواهد گردانید، چنانکه برای تو قسم خورده است.۹
10 तिमीहरू परमप्रभुको नाउँद्वारा डाकिएका छौ भनी पृथ्वीका सबै जातिले थाहा पाउने छन्, र तिनीहरू तिमीहरूदेखि डराउने छन् ।
و جمیع امتهای زمین خواهند دید که نام خداوند بر تو خوانده شده است، و از تو خواهند ترسید.۱۰
11 परमप्रभुले तिमीहरूका सन्तान, तिमीहरूका गाईवस्तु, तिमीहरूको भूमिको उब्जनी र तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूको उन्‍नति गराउनुहुने छ ।
و خداوندتو را در میوه بطنت و ثمره بهایمت ومحصول زمینت، در زمینی که خداوند برای پدرانت قسم خورد که به تو بدهد، به نیکویی خواهد افزود.۱۱
12 ठिक समयमा वृष्‍टि दिन र तिमीहरूको देशको सबै काममा आशिष् दिन परमप्रभुले तिमीहरूका निम्ति आकाशमा भएको आफ्नो भण्डारण खुला गर्नुहुने छ । तिमीहरूले धेरै जातिलाई ऋण दिने छौ, तर तिमीहरूले ऋण लिने छैनौ ।
و خداوند خزینه نیکوی خود، یعنی آسمان را برای تو خواهد گشود، تا باران زمین تو را در موسمش بباراند، و تو را درجمیع اعمال دستت مبارک سازد، و به امتهای بسیار قرض خواهی داد، و تو قرض نخواهی گرفت.۱۲
13 परमप्रभुले तिमीहरूलाई शिर तुल्याउनुहुने छ, पुच्छर होइन । तिमीहरू केवल माथि हुने छौ, तल होइन । आज मैले तिमीहरूलाई आज्ञा गरेका यी वचनहरू पालन गर्न र मान्‍न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुन्यौ भने,
و خداوند تو را سر خواهد ساخت نه دم، و بلند خواهی بود فقط نه پست، اگر اوامریهوه خدای خود را که من امروز به تو امرمی فرمایم بشنوی، و آنها را نگاه داشته، بجاآوری.۱۳
14 र आज मैले तिमीहरूलाई आज्ञा गरेका वचनहरूबाट दायाँ र बायाँ गएर अरू देवताहरूको सेवा गर्न तिनीहरूको पछि लागेनौ भने तिमीहरूले आशिष् पाउने छौ ।
و از همه سخنانی که من امروز به تو امرمی کنم به طرف راست یا چپ میل نکنی، تاخدایان غیر را پیروی نموده، آنها را عبادت کنی.۱۴
15 तर आज मैले तिमीहरूलाई दिएका सबै आज्ञासाथै विधिहरू पालन गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुनेनौ भने यी सबै श्राप तिमीहरूमाथि आइपर्ने छन् ।
«و اما اگر آواز یهوه خدای خود را نشنوی تا هوشیار شده، همه اوامر و فرایض او را که من امروز به تو امر می‌فرمایم بجا آوری، آنگاه جمیع این لعنتها به تو خواهد رسید، و تو را خواهددریافت.۱۵
16 तिमीहरूको सहर र तिमीहरूको खेतमा श्राप पर्ने छ ।
در شهر ملعون، و در صحرا ملعون خواهی بود.۱۶
17 तिमीहरूको डालो र पिठो मुछ्ने आरीमा श्राप पर्ने छ ।
سبد و ظرف خمیر تو ملعون خواهد بود.۱۷
18 तिमीहरूको सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूको गाईवस्तु र बाछा-बाछीहरूमा श्राप पर्ने छ ।
میوه بطن تو و میوه زمین تو وبچه های گاو و بره های گله تو ملعون خواهد بود.۱۸
19 तिमीहरू भित्र आउँदा र बाहिर जाँदा श्राप पर्ने छ ।
وقت درآمدنت ملعون، و وقت بیرون رفتنت ملعون خواهی بود.۱۹
20 तिमीहरूले दुष्‍ट काम गरी मलाई त्यागेकाले तिमीहरू चाँडै नष्‍ट नभएसम्म तिमीहरूले हात लगाउने हरेक थोकमा परमप्रभुले तिमीहरूमाथि श्राप, भ्रम र हप्की पठाउनुहुने छ ।
و به هر‌چه دست خود رابرای عمل نمودن دراز می‌کنی خداوند بر تولعنت و اضطراب و سرزنش خواهد فرستاد تا به زودی هلاک و نابود شوی، به‌سبب بدی کارهایت که به آنها مرا ترک کرده‌ای،۲۰
21 तिमीहरूले अधिकार गर्न जान लागेको देशमा तिमीहरूको नाउँनिशानै नमेटुञ्‍जेलसम्म परमप्रभुले तिमीहरूमाथि विपत्ति ल्याउनुहुने छ ।
خداوندوبا را بر تو ملصق خواهد ساخت، تا تو را اززمینی که برای تصرفش به آن داخل می‌شوی، هلاک سازد.۲۱
22 परमप्रभुले तिमीहरूलाई सङ्क्रामक रोग, ज्वरो, सूज, खडेरी, प्रचण्ड ताप, चिलाउने बतास र ढुसीले आक्रमण गर्नुहुने छ । तिमीहरू नष्‍ट नभएसम्म यी आइरहने छन् ।
و خداوند تو را با سل و تب والتهاب و حرارت و شمشیر و باد سموم و یرقان خواهد زد، و تو را تعاقب خواهند نمود تا هلاک شوی.۲۲
23 तिमीहरूको शिरमाथि भएको आकाश काँसो र तिमीहरूमुनिको पृथ्वी फलाम हुने छ ।
و فلک تو که بالای سر تو است مس خواهد شد، و زمینی که زیر تو است آهن.۲۳
24 परमप्रभुले तिमीहरूको देशको वृष्‍टिलाई धूलोपिठोमा बद्लनुहुने छ । तिमीहरू विनाश नभएसम्म यो आकाशबाट आइरहने छ ।
وخداوند باران زمینت را گرد و غبار خواهدساخت، که از آسمان بر تو نازل شود تا هلاک شوی.۲۴
25 परमप्रभुले तिमीहरूलाई तिमीहरूका शत्रुहरूको सामु परास्त गर्नुहुने छ । तिमीहरू तिनीहरूको विरुद्धमा एउटा बाटो जाने छौ, तर तिनीहरूबाट सातवटा बाटा भएर भाग्‍ने छौ । तिमीहरू पृथ्वीका सबै राज्यमा धपाइने छौ ।
«و خداوند تو را پیش روی دشمنانت منهزم خواهد ساخت. از یک راه بر ایشان بیرون خواهی رفت، و از هفت راه از حضور ایشان خواهی گریخت، و در تمامی ممالک جهان به تلاطم خواهی افتاد.۲۵
26 तिमीहरूका लाश आकाशका चराचुरुङ्गीहरू र पृथ्वीका पशुहरूका लागि भोजन हुने छन् । तिनीहरूलाई त्रसित पार्ने कोही हुने छैन ।
و بدن شما برای همه پرندگان هوا و بهایم زمین خوراک خواهد بود، وهیچ‌کس آنها را دور نخواهد کرد.۲۶
27 परमप्रभुले तिमीहरूलाई मिश्रका फोका, गिर्खा, पिला, चिलाउने रोगले आक्रमण गर्नुहुने छ जसबाट तिमीहरू निको हुन सक्दैनौ ।
خداوند تو را به دنبل مصر و خراج و جرب و خارشی که تواز آن شفا نتوانی یافت، مبتلا خواهد ساخت.۲۷
28 परमप्रभुले तिमीहरूलाई पागलपन, अन्धोपन र मानसिक गोलमालले आक्रमण गर्नुहुने छ ।
خداوند تو را به دیوانگی و نابینایی و پریشانی دل مبتلا خواهد ساخت.۲۸
29 अन्धोले अन्धकारमा छामछाम-छुमछुम गरेर हिँडेजस्तै तिमीहरू मद्यदिनमा हिँड्ने छौ, तिमीहरूले आफ्ना मार्गमा उन्‍नति गर्ने छैनौ । तिमीहरू सधैँ थिचोमिचोमा पर्ने छौ र लुटिने छौ अनि तिमीहरूलाई बचाउने कोही हुने छैन ।
و در وقت ظهر مثل کوری که در تاریکی لمس نماید کورانه راه خواهی رفت، و در راههای خود کامیاب نخواهی شد، بلکه در تمامی روزهایت مظلوم وغارت شده خواهی بود، و نجات‌دهنده‌ای نخواهد بود.۲۹
30 तिम्रो मगनी भएकी केटीलाई अर्को पुरुषले लगेर बलत्कार गर्ने छ । तिमीहरूले घर बनाउने छौ, तर त्यसमा बस्‍न पाउने छैनौ ।
زنی را نامزد خواهی کرد ودیگری با او خواهد خوابید. خانه‌ای بنا خواهی کرد و در آن ساکن نخواهی شد. تاکستانی غرس خواهی نمود و میوه‌اش را نخواهی خورد.۳۰
31 तिमीहरूले दाखबारी लगाउने छौ, तर यसको फल खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गोरुलाई मारिने छ, तर तिमीहरूले त्यसको मासु खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गधालाई जबरजस्ती लगिने छ, र तिमीहरूले फिर्ता पाउने छैनौ । तिमीहरूको भेडा तिमीहरूका शत्रुहरूलाई दिइने छ, र तिमीहरूलाई सहायता गर्ने कोही हुने छैन ।
گاوت در نظرت کشته شود و از آن نخواهی خورد. الاغت پیش روی تو به غارت برده شود وباز به‌دست تو نخواهند آمد. گوسفند تو به دشمنت داده می‌شود و برای تو رهاکننده‌ای نخواهد بود.۳۱
32 तिमीहरूका छोराछोरीहरू अरू जातिहरूलाई दिइने छन् । तिमीहरूले पुरै दिन तिनीहरूको बाटो हेर्ने छौ, तर तिनीहरूलाई देख्‍ने छैनौ । तिमीहरूका हातमा कुनै शक्ति हुने छैन ।
پسران و دخترانت به امت دیگرداده می‌شوند، و چشمانت نگریسته از آرزوی ایشان تمامی روز کاهیده خواهد شد، و در دست تو هیچ قوه‌ای نخواهد بود.۳۲
33 तिमीहरूको देशको उब्जनी र तिमीहरूको परिश्रमको फल तिमीहरूले नचिनेको जातिले खाइदिने छ । तिमीहरू सधैँ थिचोमिचोमा पर्ने छौ र पेलिने छौ ।
میوه زمینت ومشقت تو را امتی که نشناخته‌ای، خواهند خورد، و همیشه فقط مظلوم و کوفته شده خواهی بود.۳۳
34 यसरी तिमीहरू तिमीहरूले देख्‍नु परेको दृश्यद्वारा बौलाहा हुने छौ ।
به حدی که از چیزهایی که چشمت می‌بیند، دیوانه خواهی شد.۳۴
35 परमप्रभुले तिमीहरूलाई तिमीहरूको शिरदेखि पैतालासम्म अनि घुँडा र खुट्टामा फोकाले आक्रमण गर्नुहुने छ जसबाट तिमीहरू निको हुनै सक्दैनौ ।
خداوند زانوها و ساقها واز کف پا تا فرق سر تو را به دنبل بد که از آن شفانتوانی یافت، مبتلا خواهد ساخت.۳۵
36 परमप्रभुले तिमीहरू र तिमीहरूले आफ्नो लागि रोजेका राजालाई तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका जातिकहाँ धपाउनुहुने छ । त्यहाँ तिमीहरूले काठ र ढुङ्गाले बनेका देवताहरूलाई पुज्ने छौ ।
خداوند تورا و پادشاهی را که بر خود نصب می‌نمایی، بسوی امتی که تو و پدرانت نشناخته‌اید، خواهدبرد، و در آنجا خدایان غیر را از چوب و سنگ عبادت خواهی کرد.۳۶
37 परमप्रभुले तिमीहरूलाई सबै जातिको बिचमा धपाउनुहुने छ जहाँ तिमीहरू हेला, तिरस्कार र गिल्लाका पात्र बन्‍ने छौ ।
و در میان تمامی امتهایی که خداوند شما را به آنجا خواهد برد، عبرت ومثل و سخریه خواهی شد.۳۷
38 तिमीहरूले खेतमा धेरै बिउ लगाउने छौ, तर थोरै मात्र कटनी गर्ने छौ किनकि सलहहरूले त्यसलाई खाइदिने छन् ।
«تخم بسیار به مزرعه خواهی برد، و اندکی جمع خواهی کرد چونکه ملخ آن را خواهدخورد.۳۸
39 तिमीहरूले दाखबारी लगाई त्यसको कटनी गर्ने छौ, तर तिमीहरूले दाखरस पिउन पाउने छैनौ, न त दाख नै जम्मा गर्न पाउने छौ किनकि किराहरूले ती खाइदिने छन् ।
تاکستانها غرس نموده، خدمت آنها راخواهی کرد، اما شراب را نخواهی نوشید و انگوررا نخواهی چید، زیرا کرم آن را خواهد خورد.۳۹
40 तिमीहरूका इलाकाभरि तिमीहरूले भद्राक्षका रुखहरू लगाउने छौ, तर तिमीहरूले तेल निकाल्न पाउने छैनौ, किनकि तिमीहरूका भद्राक्षका रुखहरूको फल झर्ने छन् ।
تو را در تمامی حدودت درختان زیتون خواهد بود، لکن خویشتن را به زیت تدهین نخواهی کرد، زیرا زیتون تو نارس ریخته خواهدشد.۴۰
41 तिमीहरूले छोराछोरीहरू जन्माउने छौ, तर तिनीहरू तिमीहरूका हुने छैनन् किनकि तिनीहरू दासत्वमा लगिने छन् ।
پسران و دختران خواهی آورد، لیکن ازآن تو نخواهند بود، چونکه به اسیری خواهندرفت.۴۱
42 तिमीहरूका सबै रुख र तिमीहरूको भूमिको फललाई सलहहरूले नष्‍ट गरिदिने छन् ।
تمامی درختانت و محصول زمینت راملخ به تصرف خواهد آورد.۴۲
43 तिमीहरूको बिचमा बास गर्ने परदेशी तिमीहरूभन्दा माथि-माथि उठ्ने छ । तर तिमीहरूचाहिँ तल-तल झर्ने छौ ।
غریبی که در میان تو است بر تو به نهایت رفیع و برافراشته خواهدشد، و تو به نهایت پست و متنزل خواهی گردید.۴۳
44 त्यसले तिमीहरूलाई ऋण दिने छ, तर तिमीहरूले त्यसलाई ऋण दिने छैनौ । त्यो शिर हुने छ भने तिमीहरू पुच्छर हुने छौ ।
او به تو قرض خواهد داد و تو به او قرض نخواهی داد، او سر خواهد بود و تو دم خواهی بود.۴۴
45 यी सबै श्राप तिमीहरूमाथि आइपर्ने छन् र तिमीहरू नष्‍ट नभएसम्म तिनले तिमीहरूको पिछा गर्ने छन् । उहाँले तिमीहरूलाई उहाँका आज्ञा र निर्देशनहरू पालन गर्न तिमीहरूले उहाँको कुरा नसुनेकाले यो हुने छ ।
«و جمیع این لعنتها به تو خواهد رسید، وتو را تعاقب نموده، خواهد دریافت تا هلاک شوی، از این جهت که قول یهوه خدایت را گوش ندادی تا اوامر و فرایضی را که به تو امر فرموده بود، نگاه داری.۴۵
46 चिन्ह र आश्‍चर्यको रूपमा यी श्रापहरू तिमीहरू र तिमीहरूका सन्तानहरूमाथि सदाको निम्ति आइपर्ने छन् ।
و تو را و ذریت تو را تا به ابدآیت و شگفت خواهد بود.۴۶
47 तिमीहरूको उन्‍नति हुँदा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई ह्रदयबाट खुसीसाथ र आनन्दसाथ उहाँको आराधना नगरेकाले
«از این جهت که یهوه خدای خود را به شادمانی و خوشی دل برای فراوانی همه‌چیزعبادت ننمودی.۴۷
48 परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुहुने शत्रुहरूको तिमीहरूले सेवा गर्ने छौ । तिमीहरूले भोक, तिर्खा, नग्‍नता र गरिबीमा तिनीहरूको सेवा गर्ने छौ । उहाँले तिमीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म उहाँले तिमीहरूको काँधमा जुवा हालिदिनुहुने छ ।
پس دشمنانت را که خداوندبر تو خواهد فرستاد در گرسنگی و تشنگی وبرهنگی و احتیاج همه‌چیز خدمت خواهی نمود، و یوغ آهنین بر گردنت خواهد گذاشت تا تورا هلاک سازد.۴۸
49 परमप्रभुले धेरै टाढाबाट अर्थात् पृथ्वीको छेउबाट आफ्नो सिकारको लागि झम्टने गरुडझैँ तिमीहरूको विरुद्धमा एउटा जातिलाई ल्याउनुहुने छ जसको भाषा तिमीहरू बुझ्दैनौ ।
و خداوند از دور، یعنی ازاقصای زمین، امتی را که مثل عقاب می‌پرد بر توخواهد آورد، امتی که زبانش را نخواهی فهمید.۴۹
50 यो एउटा क्रुर रूप भएको जाति हुने छ जसले पाकाहरूलाई आदर गर्दैन र युवाहरूलाई स्‍नेह देखाउँदैन ।
امتی مهیب صورت که طرف پیران را نگاه ندارد و بر جوانان ترحم ننماید.۵۰
51 तिमीहरू नष्‍ट नभएसम्म तिनीहरूले तिमीहरूका बाछा-बाछी र तिमीहरूको देशको फल खाने छन् । तिमीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म तिनीहरूले तिमीहरूका लागि कुनै अन्‍न, नयाँ मद्य वा तेल वा बाछा-बाछी वा भेडा-बाख्रा छाड्ने छैनन् ।
و نتایج بهایم و محصول زمینت را بخورد تا هلاک شوی. وبرای تو نیز غله و شیره و روغن و بچه های گاو وبره های گوسفند را باقی نگذارد تا تو را هلاک سازد.۵۱
52 तिमीहरूले भरोसा गरेका सहरहरूका अग्ला र मजबुत पर्खालहरू नढालेसम्म तिनीहरूले तिमीहरूका सहरहरूलाई घेराबन्दी गर्ने छन् । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको तिमीहरूको देशका सबै सहरलाई तिनीहरूले घेराबन्दी गर्ने छन् ।
و تو را در تمامی دروازه هایت محاصره کند تا دیواره های بلند و حصین که بر آنها توکل داری در تمامی زمینت منهدم شود، و تو را درتمامی دروازه هایت، در تمامی زمینی که یهوه خدایت به تو می‌دهد، محاصره خواهد نمود.۵۲
53 तिमीहरूका शत्रुहरूले तिमीहरूमाथि कष्‍ट ल्याएको समयमा र तिमीहरूलाई घेराबन्दी गर्दा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएका तिमीहरूका आफ्नै सन्तान अर्थात् छोराछोरीका मासु खाने छौ ।
و میوه بطن خود، یعنی گوشت پسران ودخترانت را که یهوه خدایت به تو می‌دهد درمحاصره و تنگی که دشمنانت تو را به آن زبون خواهند ساخت، خواهی خورد.۵۳
54 तिमीहरूका बिचमा भएका कोमल र भद्र मानिसले पनि आफ्नै भाइ, आफ्नी प्यारी पत्‍नी र आफ्ना बाँकी रहेका बालबच्‍चालाई टिठ्याउने छैन ।
مردی که درمیان شما نرم و بسیار متنعم است، چشمش بربرادر خود و زن هم آغوش خویش و بقیه فرزندانش که باقی می‌مانند بد خواهد بود.۵۴
55 तिमीहरूको शत्रुले तिमीहरूका सबै सहरभित्र कष्‍ट ल्याएको समयमा र घेराबन्दी गर्दा यहाँसम्म हुने छ कि त्यसले खाँदै गरेको आफ्ना बालबच्‍चाहरूको शरीरको मासु त्यसले कसैलाई दिने छैन ।
به حدی که به احدی از ایشان از گوشت پسران خودکه می‌خورد نخواهد داد زیرا که در محاصره وتنگی که دشمنانت تو را در تمامی دروازه هایت به آن زبون سازند، چیزی برای او باقی نخواهد ماند.۵۵
56 तिमीहरूको बिचमा भएकी कोमल र शिष्‍ट स्‍त्री जसले कोमलता र शिष्‍टताको कारणले भुइँमा आफ्नो पैतलाले टेक्‍न पनि चाहँदिन थिई, त्यस्ती स्‍त्रीले पनि आफ्ना पतिसाथै आफ्नै छोराछोरी,
و زنی که در میان شما نازک و متنعم است که به‌سبب تنعم و نازکی خود جرات نمی کرد که کف پای خود را به زمین بگذارد، چشم او بر شوهرهم آغوش خود و پسر و دخترخویش بد خواهدبود.۵۶
57 अनि आफूले भर्खरै जन्माएको छोरोसाथै आफ्नै बालबच्‍चाको मासु खाने छे । तिमीहरूको शत्रुले तिमीहरूको सहरलाई घेराबन्दी गरी कष्‍टमा ल्याउँदा त्यसले केही खान नपाएकीले गर्दा गुप्‍तमा त्यसले त्यो मासु खाने छे ।
و بر مشیمه‌ای که از میان پایهای او درآیدو بر اولادی که بزاید زیرا که آنها را به‌سبب احتیاج همه‌چیز در محاصره و تنگی که دشمنانت در دروازه هایت به آن تو را زبون سازندبه پنهانی خواهد خورد.»۵۷
58 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको महिमित र भययोग्य नाउँलाई आदर गर्न यस पुस्तकमा लेखिएका व्यवस्थाका सबै वचन पालन गरेनौ भने
اگر به عمل نمودن تمامی کلمات این شریعت که در این کتاب مکتوب است، هوشیارنشوی و از این نام مجید و مهیب، یعنی یهوه، خدایت، نترسی،۵۸
59 परमप्रभुले तिमीहरू र तिमीहरूका सन्तानमाथि डरलाग्दा विपत्तिहरू ल्याउनुहुने छ । ती लामो समयसम्म आउने भयानक डरलाग्दा र प्रचण्ड विपत्तिहरू हुने छन् ।
آنگاه خداوند بلایای تو وبلایای اولاد تو را عجیب خواهد ساخت، یعنی بلایای عظیم و مزمن و مرضهای سخت و مزمن.۵۹
60 मिश्रमा जुन विपत्तिहरूदेखि तिमीहरू डराएका थियौ, उहाँले तिनै विपत्तिहरू तिमीहरूमाथि ल्याउनुहुने छ ।
و تمامی بیماریهای مصر را که از آنهامی ترسیدی بر تو باز خواهد آورد و به تو خواهدچسبید.۶۰
61 ती तिमीहरूमा टाँसिने छन् । यसको अतिरिक्त, तिमीहरू नष्‍ट नभएसम्म परमप्रभुले व्यवस्थाको यस पुस्तकमा नलेखिएका हरेक रोग र विपत्ति पनि तिमीहरूमाथि ल्याउनुहुने छ ।
و نیز همه مرضها و همه بلایایی که درطومار این شریعت مکتوب نیست آنها را خداوندبر تو مستولی خواهد گردانید تا هلاک شوی.۶۱
62 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा नमानेकाले तिमीहरू आकाशका ताराहरूजत्तिकै सङ्ख्यामा धेरै भए तापनि तिमीहरूको सङ्ख्या थोरै हुने छ ।
وگروه قلیل خواهید ماند، برعکس آن که مثل ستارگان آسمان کثیر بودید، زیرا که آواز یهوه خدای خود را نشنیدید.۶۲
63 तिमीहरूको भलो गर्न र तिमीहरूलाई गुणात्मक रूपमा वृद्धि गराउनमा परमप्रभु एक पटक जसरी रमाउनुभयो, त्यसै गरी तिमीहरूलाई नष्‍ट गरी विनाश गर्नमा उहाँ रमाउनुहुने छ । तिमीहरूले अधिकार गर्न लागेको देशबाट तिमीहरू धपाइने छौ ।
و واقع می‌شودچنانکه خداوند بر شما شادی نمود تا به شمااحسان کرده، شما را بیفزاید همچنین خداوند برشما شادی خواهد نمود تا شما را هلاک و نابودگرداند، و ریشه شما از زمینی که برای تصرفش در آن داخل می‌شوید کنده خواهد شد.۶۳
64 परमप्रभुले तिमीहरूलाई पृथ्वीको एउटा कुनाबाट अर्को कुनासम्म सबै जातिका बिचमा तितर-बितर पारिदिनुहुने छ । त्यहाँ तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका काठ र ढुङ्गाले बनेका देवताहरूको पुजा गर्ने छौ ।
وخداوند تو را در میان جمیع امتها از کران زمین تاکران دیگرش پراکنده سازد و در آنجا خدایان غیر را از چوب و سنگ که تو و پدرانت نشناخته‌اید، عبادت خواهی کرد.۶۴
65 यी जातिहरूका बिचमा तिमीहरूले चैन पाउने छैनौ, र तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ हुने छैन । बरु, त्यहाँ परमप्रभुले तिमीहरूलाई थरथर काँप्‍ने ह्रदय, थाक्‍ने आँखा र शोक गर्ने प्राण दिनुहुने छ ।
و در میان این امتها استراحت نخواهی یافت و برای کف پایت آرامی نخواهد بود، و در آنجا یهوه تو را دل لرزان و کاهیدگی چشم و پژمردگی جان خواهدداد.۶۵
66 तिमीहरूको जीवन तिमीहरूकै सामु आशङ्कमा झुण्डिने छ । तिमीहरू हरेक दिन र रात डराउने छौ अनि तिमीहरूको जीवनभर कुनै निश्‍चयता हुने छैन ।
و جان تو پیش رویت معلق خواهد بود، وشب و روز ترسناک شده، به‌جان خود اطمینان نخواهی داشت.۶۶
67 तिमीहरूका ह्रदयमा हुने डर र तिमीहरूका आँखाले देख्‍नुपर्ने कुराहरूको कारणले बिहान तिमीहरूले 'राति भइदिए हुन्थ्यो!' भन्‍ने छौ भने राति तिमीहरूले 'बिहान भइदिए हुन्थ्यो!' भन्‍ने छौ ।
بامدادان خواهی گفت: کاش که شام می‌بود، و شامگاهان خواهی گفت: کاش که صبح می‌بود، به‌سبب ترس دلت که به آن خواهی ترسید، و به‌سبب رویت چشمت که خواهی دید.۶۷
68 परमप्रभुले तिमीहरूलाई फेरि जहाजहरूद्वारा तिमीहरू जुन बाटो भएर आएका थियौ त्यही बाटो भएर तिमीहरूलाई मिश्र देशमा फर्काएर लैजानुहुने छ जुन बाटोको बारेमा उहाँले भन्‍नुभएको थियो, 'तिमीहरूले फेरि मिश्र देख्‍ने छैनौ ।' त्यहाँ तिमीहरूले आफैलाई कमारा-कमारीको रूपमा आफ्ना शत्रुहरूको हातमा बेच्ने छौ, तर कसैले तिमीहरूलाई किन्‍ने छैन ।
و خداوند تو را در کشتیها ازراهی که به تو گفتم آن را دیگر نخواهی دید به مصر باز خواهد آورد، و خود را در آنجا به دشمنان خویش برای غلامی و کنیزی خواهیدفروخت و مشتری نخواهد بود.»۶۸

< व्यवस्था 28 >