< व्यवस्था 27 >
1 मोशा र इस्राएलका धर्म-गुरुहरूले मानिसहरूलाई यसो भनी आज्ञा दिए, “आज मैले तिमीहरूलाई दिएका सबै आज्ञा पालन गर ।
Wtedy Mojżesz i starsi Izraela nakazali ludowi: Przestrzegajcie wszystkich przykazań, które wam dziś nakazuję.
2 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा जान जब तिमीहरूले यर्दन नदी पार गर्ने छौ तब त्यस दिन तिमीहरूले ठुला-ठुला ढुङ्गाहरू खडा गरेर तिनलाई कमेरोले पोत्नू ।
A w dniu, w którym przeprawicie się przez Jordan do ziemi, którą daje ci PAN, twój Bóg, ustawisz sobie wielkie kamienie i pobielisz je wapnem.
3 तिमीहरूले पार गरिसकेपछि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा त्यसको अधिकार गर्दा यो व्यवस्थाका सबै वचन तिनमा लेख्नू ।
I wypiszesz na nich wszystkie słowa tego prawa, gdy tylko przeprawisz się, abyś wszedł do ziemi, którą daje ci PAN, twój Bóg, do ziemi mlekiem i miodem płynącej, jak ci obiecał PAN, Bóg twoich ojców.
4 तिमीहरूले यर्दन पार गरिसकेपछि एबाल डाँडामा यी ढुङ्गाहरू खडा गर्नू जसमा मैले आज तिमीहरूलाई दिने यी आज्ञाहरू कमेरोले पोत्नू ।
Gdy więc przeprawicie się przez Jordan, ustawicie te kamienie, o których wam dziś nakazuję, na górze Ebal, i pobielisz je wapnem.
5 त्यहाँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका निम्ति ढुङ्गाहरूको एउटा वेदी बनाउनू, तर तिनमा कुनै फलामे हतिहार प्रयोग नगर्नू ।
Tam też zbudujesz ołtarz PANU, swemu Bogu, ołtarz z kamieni. Nie będziesz ich ciosał narzędziem z żelaza.
6 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको वेदी प्रयोगमा नआएको ढुङ्गाको बनाउनू । त्यसमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई होमबलि चढाउनू ।
Z kamieni nieciosanych zbudujesz ołtarz PANU, swemu Bogu, i na nim będziesz składał całopalenia PANU, swemu Bogu.
7 त्यसमा तिमीहरूले मेलबलि र स्वैच्छिक बलि पनि चढाउनू । तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको सामु आनन्द मनाओ ।
Złożysz też ofiary pojednawcze i będziesz tam jadł, i radował się przed PANEM, swoim Bogiem;
8 तिमीहरूले यी ढुङ्गाहरूमा यस व्यवस्थाका सबै वचन ज्यादै प्रस्टसँगै लेख्नू ।
I na tych kamieniach bardzo wyraźnie wypiszesz wszystkie słowa tego prawa.
9 मोशा र पुजारी अर्थात् लेवीहरूले सारा इस्राएलीलाई भने, “हे इस्राएली हो, मौन भएर सुन । आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको जाति भएका छौ ।
Potem Mojżesz i kapłani Lewici powiedzieli do całego Izraela: Milcz i słuchaj, Izraelu. Dziś stałeś się ludem PANA, swego Boga.
10 त्यसकारण, आज मैले तिमीहरूलाई दिएका आज्ञा र विधिहरूसाथै परमप्रभु तिमीहरूका परमेश्वरको कुरा पालन गर ।”
Będziesz więc słuchał głosu PANA, swego Boga, i będziesz wypełniał jego przykazania i ustawy, które dziś ci nakazuję.
11 त्यही दिन मोशाले मानिसहरूलाई आज्ञा दिई भने,
W tym samym dniu Mojżesz nakazał ludowi:
12 “तिमीहरूले यर्दन नदी पार गरेपछि मानिसहरूलाई आशिष् दिन यी कुलहरू गीरीज्जीम डाँडामा खडा होऊन्: शिमियोन, लेवी, यहूदा, इस्साखार, योसेफ र बेन्यामीन ।
Oto ci, którzy staną, by błogosławić lud na górze Gerizim, gdy przeprawicie się przez Jordan: Symeon, Lewi, Juda, Issachar, Józef i Beniamin.
13 श्रापको घोषणा गर्न यी कुलहरूचाहिँ एबाल डाँडामा खडा होऊन्: रूबेन, गाद, आशेर, जबूलून, दान र नप्ताली ।
Oto zaś ci staną na górze Ebal, by przeklinać: Ruben, Gad, Aszer, Zebulon, Dan i Neftali.
14 ठुलो सोरमा लेवीहरूले इस्राएलीहरूलाई यसो भनेर जवाफ दिऊन्:
I odezwą się Lewici, i przemówią donośnym głosem do wszystkich mężczyzn Izraela:
15 'कारीगरको हातले बनाएको जस्तै खोपेर वा ढालेर परमप्रभुको लागि घृणित मूर्ति गुप्तमा बनाउने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
Przeklęty człowiek, który wykona wyrzeźbiony lub odlewany posąg – obrzydliwość dla PANA, dzieło rąk rzemieślnika, i postawi w ukrytym miejscu. A cały lud odpowie: Amen.
16 'आफ्ना बुबाआमालाई श्राप दिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
Przeklęty, kto lekceważy swego ojca i swoją matkę. A cały lud powie: Amen.
17 'आफ्नो छिमेकीको साँधसिमानाको ढुङ्गो हटाउने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
Przeklęty, kto przesuwa granicę swego bliźniego. A cały lud powie: Amen.
18 'दृष्टिविहीनलाई उल्टो बाटो देखाइदिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
Przeklęty, kto sprowadza ślepego z drogi, aby błądził. A cały lud powie: Amen.
19 'परदेशी, टुहुरा वा विधवाले पाउनुपर्ने न्याय हरण गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
Przeklęty, kto nagina sądu przybysza, sieroty i wdowy. A cały lud powie: Amen.
20 'आफ्नो पिताको अधिकार हरण गरी पिताकी पत्नीसँग सहवास गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
Przeklęty, kto obcuje z żoną swego ojca, bo odkrywa brzeg płaszcza swego ojca. A cały lud powie: Amen.
21 'कुनै पनि किसिमको पशुसँग सम्भोग गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
Przeklęty, kto obcuje z jakimkolwiek zwierzęciem. A cały lud powie: Amen.
22 'आफ्ना बुबा वा आमाकी छोरी अर्थात् आफ्नै बहिनीसँग सहवास गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
Przeklęty, kto obcuje ze swoją siostrą, córką swego ojca lub córką swojej matki. A cały lud powie: Amen.
23 'आफ्नी सासुसँग सहवास गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
Przeklęty, kto obcuje ze swoją teściową. A cały lud powie: Amen.
24 'आफ्नो छिमेकीलाई गुप्तमा मार्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
Przeklęty, kto zabija potajemnie swego bliźniego. A cały lud powie: Amen.
25 'निर्दोष व्यक्तिलाई मार्न घुस लिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
Przeklęty, kto przyjmuje dary, by zabić niewinnego człowieka. A cały lud powie: Amen.
26 'यस व्यवस्थाका वचन पुरा गर्न पालन नगर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
Przeklęty, kto nie trwa w wypełnianiu słów tego prawa. A cały lud powie: Amen.