< व्यवस्था 27 >

1 मोशा र इस्राएलका धर्म-गुरुहरूले मानिसहरूलाई यसो भनी आज्ञा दिए, “आज मैले तिमीहरूलाई दिएका सबै आज्ञा पालन गर ।
ויצו משה וזקני ישראל את העם לאמר שמר את כל המצוה אשר אנכי מצוה אתכם היום׃
2 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा जान जब तिमीहरूले यर्दन नदी पार गर्ने छौ तब त्यस दिन तिमीहरूले ठुला-ठुला ढुङ्गाहरू खडा गरेर तिनलाई कमेरोले पोत्‍नू ।
והיה ביום אשר תעברו את הירדן אל הארץ אשר יהוה אלהיך נתן לך והקמת לך אבנים גדלות ושדת אתם בשיד׃
3 तिमीहरूले पार गरिसकेपछि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा त्यसको अधिकार गर्दा यो व्यवस्थाका सबै वचन तिनमा लेख्‍नू ।
וכתבת עליהן את כל דברי התורה הזאת בעברך למען אשר תבא אל הארץ אשר יהוה אלהיך נתן לך ארץ זבת חלב ודבש כאשר דבר יהוה אלהי אבתיך לך׃
4 तिमीहरूले यर्दन पार गरिसकेपछि एबाल डाँडामा यी ढुङ्गाहरू खडा गर्नू जसमा मैले आज तिमीहरूलाई दिने यी आज्ञाहरू कमेरोले पोत्‍नू ।
והיה בעברכם את הירדן תקימו את האבנים האלה אשר אנכי מצוה אתכם היום בהר עיבל ושדת אותם בשיד׃
5 त्यहाँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरका निम्ति ढुङ्गाहरूको एउटा वेदी बनाउनू, तर तिनमा कुनै फलामे हतिहार प्रयोग नगर्नू ।
ובנית שם מזבח ליהוה אלהיך מזבח אבנים לא תניף עליהם ברזל׃
6 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदी प्रयोगमा नआएको ढुङ्गाको बनाउनू । त्यसमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई होमबलि चढाउनू ।
אבנים שלמות תבנה את מזבח יהוה אלהיך והעלית עליו עולת ליהוה אלהיך׃
7 त्यसमा तिमीहरूले मेलबलि र स्वैच्छिक बलि पनि चढाउनू । तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्द मनाओ ।
וזבחת שלמים ואכלת שם ושמחת לפני יהוה אלהיך׃
8 तिमीहरूले यी ढुङ्गाहरूमा यस व्यवस्थाका सबै वचन ज्यादै प्रस्टसँगै लेख्‍नू ।
וכתבת על האבנים את כל דברי התורה הזאת באר היטב׃
9 मोशा र पुजारी अर्थात् लेवीहरूले सारा इस्राएलीलाई भने, “हे इस्राएली हो, मौन भएर सुन । आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको जाति भएका छौ ।
וידבר משה והכהנים הלוים אל כל ישראל לאמר הסכת ושמע ישראל היום הזה נהיית לעם ליהוה אלהיך׃
10 त्यसकारण, आज मैले तिमीहरूलाई दिएका आज्ञा र विधिहरूसाथै परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा पालन गर ।”
ושמעת בקול יהוה אלהיך ועשית את מצותו ואת חקיו אשר אנכי מצוך היום׃
11 त्यही दिन मोशाले मानिसहरूलाई आज्ञा दिई भने,
ויצו משה את העם ביום ההוא לאמר׃
12 “तिमीहरूले यर्दन नदी पार गरेपछि मानिसहरूलाई आशिष् दिन यी कुलहरू गीरीज्‍जीम डाँडामा खडा होऊन्: शिमियोन, लेवी, यहूदा, इस्साखार, योसेफ र बेन्यामीन ।
אלה יעמדו לברך את העם על הר גרזים בעברכם את הירדן שמעון ולוי ויהודה ויששכר ויוסף ובנימן׃
13 श्रापको घोषणा गर्न यी कुलहरूचाहिँ एबाल डाँडामा खडा होऊन्: रूबेन, गाद, आशेर, जबूलून, दान र नप्‍ताली ।
ואלה יעמדו על הקללה בהר עיבל ראובן גד ואשר וזבולן דן ונפתלי׃
14 ठुलो सोरमा लेवीहरूले इस्राएलीहरूलाई यसो भनेर जवाफ दिऊन्:
וענו הלוים ואמרו אל כל איש ישראל קול רם׃
15 'कारीगरको हातले बनाएको जस्तै खोपेर वा ढालेर परमप्रभुको लागि घृणित मूर्ति गुप्‍तमा बनाउने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
ארור האיש אשר יעשה פסל ומסכה תועבת יהוה מעשה ידי חרש ושם בסתר וענו כל העם ואמרו אמן׃
16 'आफ्ना बुबाआमालाई श्राप दिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
ארור מקלה אביו ואמו ואמר כל העם אמן׃
17 'आफ्नो छिमेकीको साँधसिमानाको ढुङ्गो हटाउने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
ארור מסיג גבול רעהו ואמר כל העם אמן׃
18 'दृष्‍टिविहीनलाई उल्टो बाटो देखाइदिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
ארור משגה עור בדרך ואמר כל העם אמן׃
19 'परदेशी, टुहुरा वा विधवाले पाउनुपर्ने न्याय हरण गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
ארור מטה משפט גר יתום ואלמנה ואמר כל העם אמן׃
20 'आफ्नो पिताको अधिकार हरण गरी पिताकी पत्‍नीसँग सहवास गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
ארור שכב עם אשת אביו כי גלה כנף אביו ואמר כל העם אמן׃
21 'कुनै पनि किसिमको पशुसँग सम्भोग गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
ארור שכב עם כל בהמה ואמר כל העם אמן׃
22 'आफ्ना बुबा वा आमाकी छोरी अर्थात् आफ्नै बहिनीसँग सहवास गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
ארור שכב עם אחתו בת אביו או בת אמו ואמר כל העם אמן׃
23 'आफ्नी सासुसँग सहवास गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
ארור שכב עם חתנתו ואמר כל העם אמן׃
24 'आफ्नो छिमेकीलाई गुप्‍तमा मार्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
ארור מכה רעהו בסתר ואמר כל העם אמן׃
25 'निर्दोष व्यक्तिलाई मार्न घुस लिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
ארור לקח שחד להכות נפש דם נקי ואמר כל העם אמן׃
26 'यस व्यवस्थाका वचन पुरा गर्न पालन नगर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
ארור אשר לא יקים את דברי התורה הזאת לעשות אותם ואמר כל העם אמן׃

< व्यवस्था 27 >