< व्यवस्था 24 >

1 आफूले बिहे गरेर ल्याएकी पत्‍नीमा कुनै खोट पाएकोले पुरुषले त्यसलाई त्याग्‍न चाह्यो भने त्यसले त्यागपत्र लेखेर उसको हातमा थमाइदिएर उसलाई आफ्नो घरबाट पठाओस् ।
Ka ngʼato okendo dhako, to bangʼe oyudo ni ok ohere nikech osetimo gimoro ma ok nikare, onyalo ndikone barup weruok mar ketho keny, kendo oriembe oa e ode.
2 त्यो आफ्नो घरबाट गइसकेपछि त्यो कसैकी पत्‍नी हुन सक्छे ।
Bangʼe ka dhakono osea e ode, mi obedo chi ngʼat machielo,
3 दोस्रो पतिले पनि त्यसलाई घृणा गरी त्यागपत्र लेखी त्यसको हातमा थमाइदिएर उसलाई घरबाट पठाइदियो वा दोस्रो पतिको पनि मृत्यु भयो भने
to chwore mar ariyono bende ojok kode, mondiko barup weruok momiye, kendo oriembe, kata ka chwore mar ariyono otho,
4 त्यसको पहिलेको पति अर्थात् उसलाई घरबाट पठाउने पतिले त्यस स्‍त्री अशुद्ध भएपछि त्यसलाई आफ्नी पत्‍नी हुनलाई नलिन पनि सक्छ । किनकि त्यसो गर्नु परमप्रभुको लागि घृणित कुरो हो । तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिन लाग्‍नुभएको देशलाई दोषी नबनाओ ।
to chwore mokwongo mane oriembe cha kik kende kendo nikech osedoko mogak. Tim ma kamano en kwero e wangʼ Jehova Nyasaye. Kik umi richo bedi e piny ma Jehova Nyasaye ma Nyasachu miyou kaka girkeni.
5 भर्खरै बिहे गरेको पुरुष सेनासँगै युद्धमा नजाओस् न त जबरजस्ती उसलाई कुनै जिम्मेवारी दिइयोस् । त्यो एक वर्षसम्म घरमा रही त्यसले भर्खरै ल्याएकी पत्‍नीसित रमाओस् ।
Ka ngʼato okendo machiegni, kik tere e lweny kata kete e tich moro. Kuom higa achiel miuru ngʼatno thuolo momiyogi chiege mokendono mor.
6 कसैले धितोको रूपमा जाँतो वा जाँतोको माथिल्लो ढुङ्गा नलिओस् किनकि त्यसो गर्नु भनेको त्यस व्यक्तिको जीवन लिनु बराबर हो ।
Kik ngʼato omak pongʼ rego kata nyapongʼ kaka gir singo mar gowi, nikech mano chalo kaka ngʼama okawo ngima ngʼato owuon kaka gir singo.
7 इस्राएलीहरूका बिचबाट कसैले आफ्ना दाजुभाइमध्ये एउटालाई अपहरण गरी त्यसलाई नोकरसरह व्यवहार गरी बेचिदिएको छ भने त्यो अपहरणकारी मारिनैपर्छ । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टतालाई हटाउने छौ ।
Ka ngʼato oyudi ka mako ja-Israel wadgi moketo obedo misumbane kata ongʼiewe gi ngʼato, ngʼat motimo kamano nyaka tho. Nyaka ugol tim marachno e dieru.
8 कुष्‍ठरोगको विपत्तिको बारेमा तिमीहरूले ध्यान देओ ताकि पुजारीहरू अर्थात् लेवीहरूले तिमीहरूलाई सिकाएका हरेक निर्देशनलाई तिमीहरूले होसियारीसाथ पछ्याई पालन गर्न सक । मैले तिनीहरूलाई आज्ञा गरेमुताबिक तिमीहरूले गर्नू ।
E weche mag tuoche malandore mag del, neuru ni utimo kaka jodolo ma gin jo-Lawi opuonjou. Nyaka utim adimba gik moko duto ma anyisogi.
9 तिमीहरू मिश्रबाट आइरहँदा परमप्रभु तिमीहरूका परमेश्‍वरले मिरियमलाई के गर्नुभयो, सो सम्झ ।
Paruru gima ne Jehova Nyasaye ma Nyasachu otimo ne Miriam e yo kane uwuok e piny Misri.
10 तिमीले आफ्नो छिमेकीलाई कुनै किसिमको ऋण दिँदा धरौटी लिन उसको घरभित्र प्रवेश नगर ।
Ka iholo ja-Israel wadu gimoro amora, to kik iyie idhi kode e ode kodwaro chiwoni gir singo.
11 तिमी बाहिरै पर्ख, र तिमीले ऋण दिएको व्यक्ति धरौटी लिएर बाहिरै आओस् ।
Dongʼ oko kendo we en ema odonjie ode ogol gima odwa singonino.
12 त्यो गरिब रहेछ भने त्यसको आफ्नो सम्पत्ति ठानी धरौटीसितै नसुत्‍नू ।
Ka ngʼatno en jachan, to kik iwe gire mosingonino nindi e odi.
13 सूर्य अस्ताउनुअगि तिमीले त्यसको धरौटी फिर्ता गरिदिनू ताकि त्यो आफ्नो ओढ्नेमा सुत्‍न सकोस् र तिमीलाई आशिष् दिन सकोस् । परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु यो तिम्रो निम्ति धार्मिकता हुने छ ।
Dwokne lawe mar abolano kapok chiengʼ opodho mondo oyud gima oumorego. Eka enogoni erokamano kendo nokwan gino kaka ranyisi mar tim makare e nyim Jehova Nyasaye ma Nyasachu.
14 तिमीहरूले गरिब र दरिद्र ज्यालादारी नोकरलाई थिचोमिचो नगर, चाहे त्यो तिमीहरूकै सहरभित्र तिमीहरूको देशमा भएको इस्राएली भाइ होस् वा परदेशी होस् ।
Kik itim marach ni jatich mabiro tiyoni kata obed ja-Israel wadu kata japiny moro manie gwengʼu kata dalau.
15 तिमीहरूले हरेक दिन त्यसलाई त्यसको ज्याला दिनू । सूर्य अस्ताउनुअगि यो विषय सुल्झोस् किनकि त्यो गरिब हो र यसमा नै भर पर्छ । यसो गर्नू ताकि त्यसले परमप्रभुको सामु पुकार नगरोस्, र यो तिमीहरूले गरेका पाप नबनोस् ।
Odiechiengʼ ka odiechiengʼ kapok chiengʼ opodho chule kar tichne mosetiyo, nikech odhier ma chudono ema ogeno, ka ok kamano to onyalo ywak ne Jehova Nyasaye nikech in kendo inibed jaketho.
16 छोराछोरीका कारणले बुबाआमालाई नमार्नू, न त बुबाआमाको कारणले छोराछोरीलाई मार्नू । बरु, हरेक मानिस आफ्नै पापको निम्तो मरोस् ।
Wuone ok nonegi nikech ketho mag nyithindgi, bende nyithindo kik negi nikech ketho mag wuonegi, to ngʼato ka ngʼato nonegi nikech richone owuon.
17 परदेशी वा अनाथले पाउने न्याय हरण गर्न दमन नगर । विधवाको ओढ्ने धरौटीको रूपमा नराख ।
Kik uketh buch japiny moro, kata mar nyathi kich kata mako law dhako ma chwore otho kaka gir singo.
18 बरु, तिमीहरू मिश्रमा कमारा थियौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई त्यहाँबाट छुटकारा दिनुभयो भनी याद गर्नू । त्यसकारण, यो आज्ञा पालन गर्न मैले तिमीहरूलाई निर्देशन दिएको छु ।
Paruru nine un wasumbini e piny Misri kendo Jehova Nyasaye ma Nyasachu ne oresou kua kuno. Mano emomiyo achikou mondo utim kamano.
19 तिमीहरूले आफ्नो खेतमा फसलको कटनी गर्दा अन्‍नको एक बिटा बिर्सेका छौ भने त्यसलाई लिन फर्केर नजाओ । यो परदेशी, अनाथ वा विधवाको लागि होस् ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काममा आशिष् दिनुभएको होस् ।
Ka ikayo cham e puothi ma cham moro odongʼni ka ok ikayo, to kik idog iome. Weye ne jodak, nyithind kiye kod mon ma chwogi otho, mondo Jehova Nyasaye ma Nyasachi ogwedhi e kuom gik mitimo.
20 तिमीहरूले भद्राक्षको रुखलाई हल्लाउँदा तिमीहरू फेरि हाँगाहरूमा नजाओ । यो परदेशी, अनाथ वा विधवाको लागि होस् ।
Ka uyiengo yiend zeituni, kik utengʼ bedene diriyo, to weuru olembe modongʼ e zeituni ne jodak, nyithind kiye kod mon ma chwogi otho.
21 तिमीहरूले आफ्नो दाखबारीबाट दाख बटुल्दा तिमीहरूले फेरि सोहोरसाहर नगर्नू । छाडिएको चाहिँ परदेशी, अनाथ र विधावाको लागि हुने छ ।
Ka usepono mzabibu e puothu, kik uchak udog utengʼ yiendgi, to weuru modongʼne jodak, nyithind kiye kod mon ma chwogi otho.
22 तिमीहरू मिश्रमा कमारा थियौ भनी याद राख्‍नू । त्यसकारण, मैले तिमीहरूलाई आज्ञा गरेको यो निर्देशन मान्‍नू ।
Paruru nine un wasumbini e piny Misri. Mano emomiyo achikou mondo utim kamano.

< व्यवस्था 24 >