< व्यवस्था 22 >

1 आफ्नो इस्राएली छिमेकीको गोरु वा भेडा तर्केर गएको देख्दा त्यसलाई नदेखेको जस्तो नगर्नू । तिमीले त्यसलाई फर्काएर त्यसकहाँ ल्याइदिनू ।
Jeźlibyś ujrzał wołu brata twego, albo owcę jego obłąkaną, nie mijajże ich, ale je koniecznie odprowadź do brata twego.
2 तिम्रो इस्राएली छिमेकी तिम्रो नजिक छैन भने वा तिमीले त्यसलाई चिन्दैनौ भने तिमीले त्यो पशु आफ्नो घरमा ल्याउनू र छिमेकीले नखोजेसम्म त्यो तिम्रो घरमा हुने छ । तब यो तिमीले त्यसलाई दिनू ।
Choćciby nie był blisko brat twój, anibyś go znał, przecię zapędzisz je do domu swego, i będzie przy tobie, ażby tego szukał brat twój, i wrócisz mu je.
3 त्यसको गधाको मामलामा पनि यसै गर्नू; त्यसको लुगाको सवालमा पनि यसै गर्नू । तिम्रो इस्राएली छिमेकीको हराएको कुनै पनि कुरो पाइएको खण्डमा यसै गर्नू । तिमीले आफ्नै लागि नलुकाउनू ।
Toż uczynisz osłowi jego; toż też uczynisz szacie jego; toż też uczynisz wszelakiej rzeczy zgubionej brata twego, która by mu zginęła, jeźlibyś ją znalazł, nie mijajże jej.
4 तिम्रो इस्राएली छिमेकीको गधा वा गोरु बाटोमा लोटेको देख्यौ भने नदेखेको जस्तो नगर्नू । त्यसलाई उठाउन मदत गर्नू ।
Jeźlibyś ujrzał osła brata twego, albo wołu jego, że upadł na drodze, nie mijajże ich, ale go zaraz z nim podnieś.
5 पुरुषले लगाउने वस्‍त्र स्‍त्रीले लगाउनुहुँदैन न त स्‍त्रीले लगाउने वस्‍त्र पुरुषले लगाउनुहुन्छ । किनकि यी कुरा गर्ने जोसुकै परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि घृणित हुने छ ।
Niech nie bierze niewiasta na się szat męskich, ani niech się nie obłóczy mąż w szatę niewieścią; albowiem jest obrzydliwością Panu, Bogu twemu, kto by to czynił.
6 कुनै बाटो वा रुख वा भुइँमा बचेरो वा फुलमा माउ बसिरहेको देख्यौ भने माउलाई बचेरोसँगै नलैजानू ।
Gdybyś trafił gniazdo ptasze przed sobą w drodze, na jakiemkolwiek drzewie, albo na ziemi, a w niem ptaszęta albo jajka, a matka by siedziała na ptaszętach albo na jajkach, nie bierzże macierzy z dziećmi;
7 माउलाई जान दिएर बचेरोलाई लैजान सक्छौ । यो आज्ञालाई पालन गर ताकि तिमीहरूको भलो हुन सकोस्, र तिमीहरूको आयु लामो होस् ।
Ale wolno puściwszy matkę, dzieci weźmiesz sobie, abyć się dobrze działo, i żebyś przedłużył dni twoich
8 तिमीहरूले नयाँ घर बनाउँदा छतको चारैतिर बार लगाउनू ताकि त्यहाँबाट कोही लड्यो भने त्यसको दोष तिमीहरूको घरलाई नलागोस् ।
Gdy też zbudujesz dom nowy, tedy uczynisz blanki po kraju dachu twego, abyś nie przywiódł krwi na dom twój, gdyby kto spadł z niego.
9 तिमीहरूले दाखबारीमा दुई किसिमका बिउ नलागाउनू । नत्रता तिमीहरूले त्यसो गर्‍यौ भने तिमीहरूले लगाएको बिउ मात्र नभई दाखबारीसमेत अपवित्र हुने छ ।
Nie posiewaj winnicy twojej, różnem nasieniem, byś snać nie splugawił pożytku nasienia, któreś siał, i urodzaju winnicy.
10 गोरु र गधा सँगसँगै नारेर नजोत्‍नू ।
Nie będziesz orał wołem i osłem pospołu.
11 ऊन र सुती मिसाएर बनाइएको लुगा नलगाउनू ।
Nie obleczesz szaty utkanej z wełny i ze lnu pospołu.
12 तिमीहरूले लगाउने लुगाको चारै कुनामा झुम्का लगाउनू ।
Poczynisz sobie sznurki na czterech rogach szaty twojej, którą się odziewać będziesz.
13 मानौँ, कसैले विवाह गरेर पत्‍नीसित सुतिसकेपछि त्यसलाई घृणा गर्छ र
Gdyby kto pojął żonę, a wszedłszy do niej, miałby ją w nienawiści;
14 र बदनाम गराउने नियतले पत्‍नीलाई यसो भन्छ, 'मैले यो स्‍त्रीलाई ल्याएँ, तर म त्योसित सुत्‍न जाँदा त्यो कन्या केटी भएको पाइनँ ।'
A dałby przyczynę, aby mówiono o niej, i wprowadziłby na nię złą sławę, mówiąc; Pojąłem tę żonę, a wszedłszy do niej, nie znalazłem jej panną:
15 तब त्यस केटीका बुबाआमाले सहरको मूल ढोकामा धर्म-गुरुहरूकहाँ त्यसको कुमारीत्वको प्रमाण ल्याउनुपर्छ ।
Tedy weźmie ojciec dzieweczki, i matka jej, i przyniosą znaki panieństwa dzieweczki onej do starszych miasta onego do bramy;
16 केटीका बुबाले धर्म-गुरुहरूलाई यसो भन्‍नुपर्छ, 'मैले यो मानिसलाई मेरी छोरी त्यसकी पत्‍नी हुनलाई दिएँ र त्यसले यसलाई घृणा गर्छ ।
I rzecze ojciec onej dzieweczki do starszych: Córkę swoję dałem mężowi temu za żonę; a on ją ma w nienawiści;
17 हेर, त्यसले यसलाई घृणा गरी लाजमर्दो अभियोग लगाएको छ, “मैले तिम्री छोरीमा कुमारीत्वको प्रमाण पाइनँ ।” तर मेरी छोरीको कुमारीत्वको प्रमाण यहाँ छ ।' तब तिनीहरूले सहरका धर्म-गुरुहरूको सामु त्यो लुगा फिँजाओस् ।
A oto sam dał przyczynę, aby mówiono o niej, powiadając: Nie znalazłem przy córce twojej panieństwa: ale oto są znaki panieństwa córki mojej. Tedy rozwiną ono prześcieradło przed starszymi miasta onego.
18 त्यस सहरका धर्म-गुरुहरूले त्यस पुरुषलाई समातेर दण्ड दिऊन् ।
A wziąwszy starsi miasta onego męża skarzą go.
19 अनि तिनीहरूले त्यसलाई चाँदीको एक सय सिक्‍काको जरिवाना तिराई त्यो केटी र केटीका पितालाई दिऊन् किनकि त्यस मानिसले इस्राएलको कुमारीत्वको बारेमा कलङ्क लगाएको छ । त्यो केटी त्यसकै पत्‍नी हुनुपर्छ । त्यसले जीवनभर त्यस केटीलाई त्याग्‍न पाउँदैन ।
I wezmą z niego winę sto srebrników, które oddadzą ojcu onej dzieweczki, przeto, że puścił złą sławę o pannie Izraelskiej, i będzie ją miał za żonę, i nie będzie jej mógł opuścić po wszystkie dni swoje.
20 तर केटीमा कुमारीत्वको प्रमाण नपाइएको कुरो साँचो रहेछ भने
Ale byłoliby prawdziwe to obwinienie jej, a nie znalazłyby się znaki panieństwa przy onej dzieweczce;
21 तिनीहरूले केटीलाई त्यसका बुबाको घरको ढोकामा ल्याऊन्, र सहरका मानिसहरूले त्यसलाई ढुङ्गाले हानेर मारून् किनकि त्यसले इस्राएलमा आफ्नो पिताको घरमा वेश्यावृत्तिको कार्य गरी लाजमर्दो काम गरेकी छे । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टता हटाउनू ।
Tedy wywiodą onę dzieweczkę przed drzwi domu ojca jej, i ukamionują ją ludzie miasta onego, i umrze: bo uczyniła hańbę w Izraelu, popełniwszy nierząd w domu ojca swego; tak odejmiesz złe z pośród siebie.
22 कुनै पुरुषले अर्काकी पत्‍नीसित सहवास गरिरहेको फेला पर्‍यो भने सहवास गर्ने पुरुष र स्‍त्री दुवै जना मारिऊन् । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टता हटाउनू ।
Jeźliby kto znalezion był, obcujący z niewiastą, mającą męża, tedy niech umrą oboje, mąż, który obcował z cudzą żoną, i ona niewiasta; tak odejmiesz złe z Izraela.
23 कुनै कन्या केटीको कुनै पुरुषसित मगनी भएको छ र अर्को पुरुषले सहरमा त्योसित सहवास गर्‍यो भने
Byłaliby dzieweczka panna poślubiona mężowi, a trafiłby ją kto w mieście, i obcowałby z nią;
24 दुवै जनालाई सहरको मूल ढोकामा ल्याई ढुङ्गाले हानेर मार्नू । सहरभित्र भएर पनि केटी नचिच्‍च्याएकीले त्यसलाई ढुङ्गाले हानेर मार्नू । आफ्नो छिमेकीकी पत्‍नीको सतीत्व नष्‍ट गरेकोले पुरुषलाई ढुङ्गाले हानेर मार्नू । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टता हटाउनू ।
Tedy wywiódłszy ono oboje przed bramę miasta, ukamionujecie je, i umrą; dzieweczkę przeto, iż nie wołała w mieście, a męża przeto, iż zelżył żonę bliźniego swego: tak odejmiesz złe z pośrodku siebie.
25 तर कुनै पुरुषले मगनी भएकी केटीलाई खेतमा फेला पारी त्योसित जबरजस्ती सहवास गरेको रहेछ भने पुरुष मात्र मारियोस् ।
A jeźliby na polu trafił mąż dzieweczkę poślubioną a porwawszy ją, zgwałciłby ją, tedy umrze mąż, który obcował z nią, sam tylko.
26 तर केटीलाई चाहिँ केही नगर्नू । केटीले मृत्युदण्ड पाउने कुनै काम गरेकी छैन । यो कुनै मानिसले आफ्नो छिमेकीलाई आक्रमण गरी मारेको जस्तै सवाल हो ।
Ale dzieweczce nic nie uczynisz; dzieweczka nie jest winna śmierci; bo jako gdyby kto powstawszy przeciwko bliźniemu swemu, zamordował go, taka to sprawa.
27 किनकि पुरुषले स्‍त्रीलाई खेतमा फेला पारेको थियो र मगनी भएकी केटी चिच्‍च्याइकी थिई, तर त्यसलाई बचाउन त्यहाँ कोही थिएन ।
Ponieważ ją na polu trafił, a gdy wołała dzieweczka poślubiona, nie był, kto by ją ratował.
28 कुनै पुरुषले मगनी नभएकी केटीलाई फेला पारी त्यससित जबरजस्ती सहवास गर्‍यो र त्यो कुरो प्रकाशमा आयो भने
Gdyby też kto, trafiwszy dzieweczkę pannę, która nie jest za mąż zmówioną, porwał ją, i leżałby z nią, a zastano by je:
29 त्यस पुरुषले केटीका बुबालाई चाँदीका पचास सिक्‍का देओस्, र त्यो केटी त्यसकी पत्‍नी होस् किनकि त्यसले केटीलाई अपमान गरेको छ । त्यसको जीवनभर त्यसले केटीलाई त्याग्‍न पाउँदैन ।
Tedy da on mąż, który obcował z nią, ojcu dzieweczki pięćdziesiąt srebrników, i będzie mu za żonę, przeto że ją zelżył, ani jej będzie mógł opuścić po wszystkie dni swoje.
30 कुनै मानिसले आफ्नो बुबाकी पत्‍नीलाई आफ्नी पत्‍नी नतुल्याओस् । त्यसले आफ्ना बुबाको वैवाहिक अधिकारलाई हरण गर्नुहुँदैन ।
Nie pojmie nikt żony ojca swego, i nie odkryje podołka ojca swego.

< व्यवस्था 22 >