< व्यवस्था 20 >
1 तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्धमा जाँदा तिमीहरूले तिनीहरूको भन्दा धेरै घोडा, रथ र मानिसहरू देख्यौ भने तिनीहरूदेखि नडराओ । किनकि परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसितै हुनुहुन्छ जसले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउनुभयो ।
Kad tu iesi karā pret saviem ienaidniekiem un redzēsi zirgus un ratus un ļaužu vairāk nekā tu, tad nebīsties no viņiem, jo ar tevi ir Tas Kungs, tavs Dievs, kas tevi izvedis no Ēģiptes zemes.
2 तिमीहरू युद्धमा जानै लाग्दा पुजारी नजिक आएर मानिसहरूलाई उसले यसो भन्नुपर्छ,
Un kad jūs esat tuvu pie kaujas, tad priesterim būs pieiet un uz tiem ļaudīm runāt.
3 'हे इस्राएली हो, सुन । तिमीहरू आफ्ना शत्रुको विरुद्धमा युद्धमा जान लागेका छौ । तिमीहरूका ह्रदय विचलत नहोऊन् । नडराओ, नकाम । तिनीहरूदेखि भयभीत नहोओ ।
Un uz tiem sacīt: klausies, Israēl, jūs šodien ejat karā pret saviem ienaidniekiem, - lai jūsu sirds nepaliek bailīga, nebīstaties un nebaiļojaties un neiztrūcināties priekš tiem,
4 किनकि परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका शत्रुहरूको विरुद्धमा लडी तिमीहरूलाई बचाउन तिमीहरूको अगिअगि जाँदै हुनुहुन्छ ।'
Jo Tas Kungs, jūsu Dievs, Tas iet jums līdz, par jums karot ar jūsu ienaidniekiem, jūs atpestīt.
5 अधिकारीहरूले मानिसहरूलाई यसो भनून्, 'के घर निर्माण गरेर त्यसलाई अर्पण गर्न नपाएको यहाँ कोही छ? त्यो आफ्नो घरमा फर्केर जाओस् ताकि त्यो युद्धमा मर्नु नपरोस् र अर्कोले त्यसको घर अर्पण नगरोस् ।
Tad tiem priekšniekiem būs runāt uz tiem ļaudīm un sacīt: ja kas laban jaunu namu uztaisījis, un to vēl nav iesvētījis, tas lai iet un griežas uz savu namu, ka tas karā nemirst un cits to neiesvēti.
6 के दाखबारी लगाएर यसको फल खान नपाउने यहाँ कोही छ? त्यो घरमा जाओस् र युद्धमा मर्नु नपरोस् अनि अर्कोले त्यसलाई उपभोग गर्न नपाओस् ।
Un ja kas laban dēstījis vīna dārzu un augļus no tā nav baudījis, tas lai iet un griežas atpakaļ uz savu namu, ka tas karā nemirst un cits nebauda viņa augļus.
7 के मगनी भएर बिहे नभएको यहाँ कोही मानिस छ? त्यो घरमा जाओस् ताकि त्यो युद्धमा मर्नु नपरोस् र त्यसलाई अर्कोले बिहे गर्न नपाओस् ।'
Un ja kas laban sievu precējis un to vēl nav pārvedis, tas lai iet un griežas uz savu namu, ka tas karā nemirst un cits to neapņem.
8 यसबाहेक अधिकारीहरूले मानिसहरूलाई यसो भनून्, 'के यहाँ कोही डरपोक र कातर छ? त्यो फर्केर आफ्नो घरमा जाओस् ताकि त्यसको भाइको हृदय त्यसको झैँ शिथिल नहोस् ।'
Pēc tam tiem priekšniekiem vēl būs runāt uz tiem ļaudīm un sacīt: ja kas laban bīstas un kam ir bailīga sirds, tas lai iet un griežas uz savu namu, ka tas savu brāļu sirdi neiebaida tā kā savu paša sirdi.
9 अधिकारीहरूले मानिसहरूसित बोलिसकेपछि तिनीहरूले उनीहरूमाथि सेनानायकहरू नियुक्त गरून् ।
Un kad tie priekšnieki ir pabeiguši uz tiem ļaudīm runāt, tad tiem būs iecelt karaspēka virsniekus ļaužu priekšā.
10 कुनै सहरलाई आक्रमण गर्न तिमीहरू नजिक पुग्दा ती मानिसहरूसित शान्तिको प्रस्ताव राख्नू ।
Kad tu nāc pie kādas pilsētas pret viņu karot, tad tev būs viņai piedāvāt mieru.
11 तिनीहरूले तिमीहरूको प्रस्तावलाई स्वीकार गरी तिमीहरूलाई सहरमा स्वागत गरे भने त्यस सहरमा भएका सबै मानिसलाई बेगार काममा लगाउनू र तिनीहरूले तिमीहरूको सेवा गरून् ।
Un ja tā ar tevi līgs mieru un tev atvērs, tad lai visi ļaudis, kas tur atrodas, tev paliek par klausītājiem un tev kalpo.
12 तर तिनीहरूले तिमीहरूसित कुनै शान्ति सम्झौता गर्नुको साटो तिमीहरूको विरुद्धमा युद्ध गर्न आए भने तब तिमीहरूले सहरलाई घेरा हाल्नू,
Bet ja tie mieru ar tevi nelīgs, bet pret tevi karos, tad spiedi tos ar varu.
13 र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विजय दिई तिमीहरूको नियन्त्रणमा ल्याउनुहुँदा तिमीहरूले त्यस सहरको हरेक व्यक्तिलाई मार्नू ।
Un kad Tas Kungs, tavs Dievs, to pilsētu nodos tavā rokā, tad visus vīriešus, kas tur ir, tev būs apkaut ar zobena asmeni.
14 तर स्त्री, बालबच्चा, गाईवस्तु र सहरमा भएका हरेक थोक लुटको मालको रूपमा आफ्नो लागि लैजानू । परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिमीहरूका शत्रुहरूबाट दिनुभएको लुटको माल तिमीहरूले उपभोग गर्नू ।
Bet tās sievas un tos bērniņus un tos lopus un visu, kas tai pilsētā, visu viņu laupījumu, ņem sev un ēd savu ienaidnieku laupījumu, ko Tas Kungs, tavs Dievs, tev ir devis.
15 तिमीहरूबाट टाढा भएका सबै सहरलाई मात्र तिमीहरूले यसो गर्नू, तिमीहरूले यी जातिहरूका सहरहरूलाई भने त्यसो नगर्नू ।
Tā tev būs darīt visām pilsētām, kas tālu no tevis, kas nav no šo tautu pilsētām.
16 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने यी जातिहरूको सहरहरूमा भने तिमीहरूले सास फेर्ने कसैलाई जीवित नराख्नू ।
Bet no šo ļaužu pilsētām, ko Tas Kungs, tavs Dievs, tev dos par īpašumu, tev neko nebūs atstāt dzīvu, kam ir dzīva dvaša.
17 बरु, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ तिमीहरूले हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई पूर्ण रूपमा नष्ट गरिदिनू ।
Bet izdeldi tos pavisam: Hetiešus, Amoriešus, Kanaāniešus, Fereziešus, Hiviešus un Jebusiešus, itin kā tev Tas Kungs, tavs Dievs, ir pavēlējis.
18 तिनीहरूले आफ्ना देवताहरूसित गरेका तिनीहरूका घृणित मार्गहरू तिनीहरूले तिमीहरूलाई नसिकाऊन् भन्नाका लागि यसो गर्नू । तिनीहरूको मार्ग पछ्यायौ भने तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका विरुद्धमा पाप गर्ने छौ ।
Lai tie jūs nemāca darīt pēc visām savām negantībām, ko tie darījuši saviem dieviem, un lai jūs pret To Kungu, savu Dievu, negrēkojat.
19 कुनै सहरलाई कब्जा गर्न तिमीहरूले त्यसलाई लामो समयसम्म घेर्दा तिमीहरूले बञ्चरोले यसका रुखहरू नकाट्नू । किनकि तिमीहरूले तीबाट खान सक्छौ । त्यसैले, तिनलाई नकाट । किनकि के जङ्गलका रुखहरू जाति हुन् जसलाई तिमीहरू घेरा हाल्छौ?
Kad tu kādu pilsētu ilgu laiku apstāsi, pret viņu karodams, lai viņu uzvarētu, tad tev nebūs postīt viņas kokus, cirvi tiem pielikdams; jo tu no tiem vari ēst, bet tev tos nebūs nocirst; jo vai tas koks laukā ir cilvēks, ka tu pret viņu karotu?
20 फल दिने रुखहरू होइनन् भनी तिमीहरूले चिनेका रुखहरूलाई मात्र तिमीहरूले काटेर नष्ट गर्नू । तिमीहरूसित युद्ध गर्ने सहर पराजित नभएसम्म घेरा हाल्ने काममा ती प्रयोग गर्न सक्छौ ।
Bet tos kokus, ko jūs pazīsiet, ka tie nav ēdami koki, tos tu vari postīt un nocirst, un no tiem uzcelt apcietinājumu pret to pilsētu, kas ar tevi karo, kamēr tu to uzvari.