< व्यवस्था 2 >
1 तब हामी परमप्रभुले मलाई भन्नुभएझैँ नर्कटहरूको समुद्रको दिशातर्फ उजाड-स्थानमा यात्रा गर्यौँ । हामीले धेरै दिनसम्म सेइर पर्वतको फन्को मार्यौँ ।
Después regresamos y salimos hacia el desierto por el camino del mar Rojo, como Yavé me ordenó. Durante mucho tiempo rodeamos la montaña de Seír.
2 परमप्रभुले मलाई यसो भन्नुभयो, '
Entonces Yavé me habló:
3 तिमीहरू धेरै दिनसम्म यस पर्वतको वरिपरि घुम्दै छौ । अब उत्तरतिर फर्क ।
Bastantes vueltas dieron ya alrededor de esta montaña. Vuelvan hacia el norte
4 मानिसहरूलाई यसो भनी आज्ञा दे, 'तिमीहरू सेइरमा बस्ने एसावका सन्तानहरू अर्थात् तिमीहरूका दाजुभाइहरूको सिमाना पार गरेर जानुपर्छ । तिनीहरू तिमीहरूदेखि डराउने छन् । त्यसकारण सावधान होओ ।
y ordena al pueblo: Cuando pasen por el territorio de sus hermanos, los hijos de Esaú, que habitan en Seír, ellos les temerán. Así que tengan mucho cuidado.
5 तिनीहरूसँग लडाइँ नगर्नू किनकि म तिनीहरूको कुनै पनि देश तिमीहरूलाई दिने छैनँ । पैतलाले टेक्ने जत्रो ठाउँ पनि म तिमीहरूलाई दिने छैनँ । किनकि मैले सेइर पर्वत एसावको अधिकारमा दिएको छु ।
No los provoquen, porque de su tierra no les daré ni 30 centímetros, porque a Esaú dí como heredad la montaña de Seír.
6 तिमीहरूले खानका लागि पैसा तिरेर तिनीहरूबाट खाना किन्नू । तिमीहरूले पिउनका लागि पैसा तिरेर तिनीहरूबाट पानी पनि किन्नू ।
Obtendrán el alimento de parte de ellos por plata, y comerán. También por plata negociarán el agua con ellos, y beberán.
7 किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष् दिनुभएको छ । यो ठुलो उजाड-स्थानको यात्राभरि उहाँले तिमीहरूको हेरचाह गर्नुभएको छ । यी चालिस वर्ष परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित हुनुभएको छ, र तिमीहरूलाई कुनै कुरोको कमी भएको छैन' ।”
Porque Yavé tu ʼElohim te bendijo en toda obra de tu mano. Conoció tu andanza a través de este gran desierto. Estos 40 años Yavé tu ʼElohim estuvo contigo y nada te faltó.
8 त्यसैले हामी सेइरमा बस्ने एसावका सन्तानहरू अर्थात् हाम्रा दाजुभाइहरूका सिमानाहरू भएर गयौँ । यो ठाउँ एलात र एस्योन-गेबेर अनि अराबाट पर पर्छ । तब हामी फर्केर मोआबको उजाड-स्थानको बाटो लाग्यौँ ।
Así pasamos más allá de nuestros hermanos, los hijos de Esaú, que viven en Seír, por el camino del Arabá, desde Eilat y Ezión-geber. Cambiamos de dirección y seguimos el camino hacia el desierto de Moab.
9 परमप्रभुले मलाई भन्नुभयो, 'मोआबलाई दुःख नदे, र तिनीहरूसित लडाइँ नगर् । म त्यसको देश तिमीहरूको आफ्नो अधिकार हुनलाई दिन्नँ किनभने मैले आर सहरलाई लोतका सन्तानहरूको अधिकार हुनलाई दिएको छु ।'
Entonces Yavé me dijo: No hostilicen a Moab, ni contiendan con ellos en guerra, porque nada de su tierra te daré en posesión, porque dí Ar a los hijos de Lot como posesión.
10 (पहिले त्यहाँ एमीहरू बस्थे जुन जाति पराक्रमी, असङ्ख्य र अनाकीहरूजस्तै अग्ला-अग्ला थिए ।
Allí habitaron antes los emitas, pueblo grande y numeroso, altos como los anaceos.
11 अनाकीहरूझैँ यी मानिसहरू पनि रपाईहरू हुन् भनी ठानिन्छ, तर मोआबीहरूले तिनीहरूलाई एमी भन्थे ।
Ellos también, como los anaceos, eran considerados refaítas, aunque los moabitas los llamaban emitas.
12 सेइरमा पहिले होरीहरू पनि बस्थे, तर एसावका सन्तानहरूले तिनीहरूलाई धपाए । तिनीहरूले होरीहरूलाई त्यहाँबाट निकाली तिनीहरूको ठाउँमा बसोबास गरे जस्तो परमप्रभुले इस्राएललाई तिनीहरूको अधिकारको रूपमा यो देश दिनुभएको थियो ।)
También en Seír habitaron antes los horeos, a los cuales desposeyeron. Los hijos de Esaú los destruyeron, y se establecieron en su lugar, tal como hizo Israel en la tierra que Yavé les dio como posesión.
13 'अब उठेर जेरेद खोला पारि जाओ ।' त्यसैले हामी जेरेद खोला पारि गयौँ ।
Ahora, pues, levántense, y pasen el arroyo de Zered. Así que cruzamos el arroyo de Zered.
14 कादेश-बर्नेबाट जेरेद खोला पारिसम्म आउन हामीलाई अठतिस दिन लाग्यो । त्यस बेलासम्म परमप्रभुले शपथ खानुभएझैँ लडाइँको लागि योग्य सबै मानिसको त्यो पुस्ता नष्ट भइसकेको थियो ।
El tiempo que anduvimos desde Cades Barnea hasta que pasamos el arroyo de Zered fue 38 años, hasta que se extinguió toda la generación de los guerreros en medio del campamento, tal como Yavé les juró.
15 त्यस बाहेक, तिनीहरूलाई नष्ट नपारूञ्जेल परमप्रभुको हात त्यो पुस्ताको विरुद्धमा थियो ।
También la mano de Yavé estuvo contra ellos para destruirlos de en medio del campamento hasta cuando todos ellos perecieron.
16 जब मानिसहरूका बिचबाट लडाइँको लागि योग्य सबै मानिस मरेर गए,
Sucedió que cuando todos los guerreros del pueblo perecieron,
17 परमप्रभुले मलाई यसो भन्नुभयो,
Yavé me habló:
18 'आज तिमीहरूले मोआबको सिमाना आर सहरलाई पार गर्नुपर्छ ।
Hoy pasarás a Ar, el territorio de Moab.
19 तिमीहरू अम्मोनका मानिसहरूको सिमानामा आइपुग्दा तिनीहरूलाई दुःख नदेओ वा तिनीहरूसित लडाइँ नगर । अम्मोनीहरूको कुनै पनि भूमि म तिमीहरूको अधिकारको रूपमा दिन्नँ । किनकि मैले यो देश लोतका सन्तानहरूलाई अधिकारको रूपमा दिएको छु ।'
Cuando llegues cerca de los hijos de Amón, no los hostigues ni los provoques, porque no te daré posesión de la tierra de los hijos de Amón, pues la dí a los hijos de Lot como heredad.
20 (त्यसलाई पनि रपाईहरूको देश ठानिन्थ्यो । त्यहाँ पहिले रपाईहरू बस्थे, तर अम्मोनीहरूले तिनीहरूलाई जमजुम्मीहरू भन्दथे ।
Era también conocida como tierra de gigantes, pues antiguamente habitaron en ella gigantes, a los cuales los amonitas llamaban zamzumitas,
21 तिनीहरू पराक्रमी, असङ्ख्य र अनाकीहरूझैँ अग्ला-अग्ला थिए । तर परमप्रभुले अम्मोनीहरूकै सामुन्ने तिनीहरूलाई नष्ट गरिदिनुभयो र तिनीहरूले यिनीहरूलाई धपाएर तिनीहरू यिनीहरूको ठाउँमा बसे ।
pueblo grande y numeroso, alto como los anaceos, que Yavé destruyó de delante de ellos, quienes los desposeyeron y vivieron en su lugar,
22 परमप्रभुले सेइरमा बस्ने एसावका सन्तानहरूकै सामुन्ने होरीहरूलाई नष्ट गरी तिनीहरूको ठाउँमा यिनीहरूलाई राख्नुहुँदा यिनीहरूका लागि पनि यसै गर्नुभयो । यिनीहरू आजसम्म यहाँ बसोबास गर्दै छन् ।
tal como hizo con los hijos de Esaú, que habitan en Seír, cuando destruyó a los horeos de delante de ellos. Y ellos los desposeyeron y vivieron en su lugar hasta hoy.
23 गाजासम्म टाढा गाउँहरूमा बस्ने अव्वीहरूलाई कप्तोरबाट आएका कप्तोरीहरूले नष्ट पारी तिनीहरूको ठाउँमा बसोबास गरे ।)
Los caftoreos, que salieron de Caftor, destruyeron a los aveos que vivían en aldeas hasta Gaza y vivieran en su lugar.
24 'अब उठेर आफ्ना यात्रा थाल अनि अर्नोनको बेँसी पार गर । हेर, मैले हेश्बोनका राजा एमोरी सीहोन र त्यसको देश तिमीहरूलाई दिएको छु । यसलाई कब्जा गर्न थाल र त्योसित लडाइँ गर ।
¡Levántense, salgan y pasen el arroyo Arnón! Mira, entregué en tu mano a Sehón, rey de Hesbón, al amorreo y su tierra. ¡Comienza a conquistar y entra en batalla contra él!
25 पुरै आकाशमुनि भएका जाति-जातिहरूमा म तिमीहरूको डर र त्रास हाल्न सुरु गर्ने छु । तिनीहरूले तिमीहरूको बारेमा भएको खबर सुनेर थरथर काम्ने छन् अनि तिमीहरूको कारणले विचलित हुने छन् ।'
Hoy mismo comienzo a infundir espanto y temor a ti entre los pueblos que existen bajo todo el cielo, los cuales, cuando tengan noticia de ti, temblarán y se angustiarán delante de ti.
26 मैले कदेमोतको उजाड-स्थानबाट हेश्बोनका राजा सीहोनलाई शान्तिका वचनहरूसहित सन्देशवाकहरू पठाएँ,
Entonces envié mensajeros desde el desierto de Cademot a Sehón, rey de Hesbón, con palabras de paz. Digan:
27 'मलाई तपाईंको देश भएर जान दिनुहोस् । म लोकमार्ग भएर जानेछु । म दाहिने र देब्रे लाग्ने छैनँ ।
Déjame pasar por tu tierra. Iré solo por el camino sin desviarme ni a la derecha ni a la izquierda.
28 खानको लागि तपाईंले मलाई पैसामा खाना बेच्नुहुने छ र पिउनको लागि पैसामा पानी दिनुहुने छ । केवल मलाई तपाईंको देश भएर जान दिनुहोस्
Por plata me venderás alimento y comeré, y por plata me darás agua y beberé. Solamente permíteme pasar a pie,
29 । जसरी सेइरमा बस्ने एसावका सन्तानहरू र आर सहरमा बस्ने मोआबीहरूले मेरो निम्ति गरेथे त्यसै गरी मैले यर्दन पार गरी परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनुहुने देशमा नपुगेसम्म त्यसै गर्नुहोस् ।'
como hicieron conmigo los hijos de Esaú, que viven en Seír, y los moabitas que viven en Ar, hasta que yo cruce el Jordán hacia la tierra que Yavé nuestro ʼElohim nos da.
30 तर हेश्बोनका राजा सीहोनले हाम्रो कुरा सुनेनन् र हामीलाई तिनको बाटो भएर जान दिएनन् । किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिनको मन कठोर बनाइदिनुभएको थियो र तिनको हृदय हठी बनाइदिनुभएको थियो ताकि तिमीहरूको शक्तिद्वारा उहाँले तिनलाई पराजित गर्नुभएको होस् जस्तो उहाँले आजको दिनसम्म गर्नुभएको छ ।
Pero Sehón, rey de Hesbón, no quiso que pasáramos por su territorio, porque Yavé el ʼElohim de ustedes endureció su espíritu y obstinó su corazón, a fin de entregarlo en su mano, como se ve hoy.
31 परमप्रभुले मलाई भन्नुभयो, 'हेर्, मैले तेरै सामुन्ने सीहोन र त्यसको देश तँलाई दिन थालेको छु । यस देशमाथि तेरो अधिकार होस् भनेर यसलाई कब्जा गर्न थाल् ।'
Entonces Yavé me dijo: Mira, Yo comencé a entregar delante de ti a Sehón y su tierra. Comienza a ocupar su tierra para que la poseas.
32 तब सीहोन आफ्ना सबै मानिस लिएर यहसा भन्ने ठाउँमा हाम्रो विरुद्धमा लड्न आए ।
Nos salió Sehón y todo su pueblo al encuentro para enfrentarse a nosotros en batalla en Jahaza.
33 परमप्रभु हाम्रा परमेश्वरले तिनलाई हाम्रो हातमा सुम्पिदिनुभयो र हामीले तिनी, तिनका छोराहरू र तिनका सबै मानिसलाई पराजित गर्यौँ ।
Yavé nuestro ʼElohim lo entregó delante de nosotros y lo matamos a él, a sus hijos y a todo su pueblo.
34 त्यस बेला हामीले तिनका सबै सहर कब्जा गरी हरेक सहर, पुरुष र स्त्रीहरू अनि बालबच्चाहरूलाई पूर्ण रूपले नष्ट पार्यौँ । एउटै पनि बाँचेन ।
En aquel tiempo capturamos todas sus ciudades y las destruimos: hombres, mujeres y niños. No quedó sobreviviente.
35 आफ्ना निम्ति लुटको मालको रूपमा लगेका गाईवस्तु र सहरबाट लुटिएका मालहरू मात्र हामीले लियौँ ।
Solo tomamos para nosotros los animales y el botín de las ciudades que capturamos.
36 अर्नोन बेँसीको छेउमा भएको अरोएरदेखि र बेँसीमा भएको सहरदेखि गिलादसम्म हामीले कब्जा गर्न नसक्ने कुनै सहर थिएन । परमप्रभु हाम्रा परमेश्वरले ती हाम्रा हातमा दिनुभयो ।
Desde Aroer, que está junto a la orilla del arroyo Arnón, y la ciudad que está en el valle, hasta Galaad. No hubo ciudad que fuera demasiado fuerte para nosotros. Yavé nuestro ʼElohim nos lo entregó todo.
37 केवल अम्मोनका सन्तानहरूको देशसाथै यब्बोक नदीका सबै किनाराका जग्गा अनि पहाडी देशका सहरहरू जहाँ परमप्रभु हाम्रा परमेश्वरले जान हामीलाई निषेध गर्नुभयो थियो, त्यहाँ तिमीहरू गएनौ ।
Solo no te acercaste a la tierra de los hijos de Amón, a ninguna parte del arroyo Jaboc, ni a las ciudades de la región montañosa, según todo lo que Yavé nuestro ʼElohim nos mandó.