< व्यवस्था 19 >

1 परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई नष्‍ट गरी तिनीहरूको देश तिमीहरूलाई अधिकार गर्न दिनुहुँदा तिनीहरूपछि तिमीहरू तिनीहरूका सहर र घरहरूमा आएर बस्‍ने छौ ।
وقتی که خدایت این امتها را که یهوه، خدایت، زمین ایشان را به تو می‌دهدمنقطع سازد، و تو وارث ایشان شده، در شهرها وخانه های ایشان ساکن شوی،۱
2 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्‍नुभएको देशको बिचमा आफ्नो लागि तिनवटा सहर रोज्नू ।
پس سه شهر رابرای خود در میان زمینی که یهوه، خدایت، به جهت ملکیت به تو می‌دهد، جدا کن.۲
3 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्‍नुभएको देशलाई तिन भागमा विभाजन गरी ती सहरहरूमा जाने सिमाना निर्धारण गर्नू ताकि ज्यानमारा त्यहाँ भागेर जान सकोस् ।
شاهراه رابرای خود درست کن، و حدود زمین خود را که یهوه خدایت برای تو تقسیم می‌کند، سه قسمت کن، تا هر قاتلی در آنجا فرار کند.۳
4 जसले आफ्नो छिमेकीलाई पहिले घृणा गर्दैनथ्यो र त्यसले अजानमा उसलाई मार्‍यो भने मारेर त्यहाँ बस्‍न जाने व्यक्तिको विषयमा भएको व्यवस्था यही हो ।
و این است حکم قاتلی که به آنجا فرار کرده، زنده ماند، هر‌که همسایه خود را نادانسته بکشد، و قبل از آن از او بغض نداشت.۴
5 उदाहरणको लागि, कुनै मानिस आफ्नो छिमेकीसँगै दाउरा काट्न जङ्गलमा जान्छ र रुख ढाल्नलाई बञ्चरो चलाउँदा बञ्चरो बीँडबाट फुस्केर छिमेकीलाई लागेर त्यो मर्‍यो भने त्यो मान्छे यीमध्ये कुनै एउटा सहरमा भागेर आफ्नो ज्यान बचाउन सक्छ ।
مثل کسی‌که باهمسایه خود برای بریدن درخت در جنگل برود، و دستش برای قطع نمودن درخت تبر را بلند کند، و آهن از دسته بیرون رفته، به همسایه‌اش بخوردتا بمیرد، پس به یکی از آن شهرها فرار کرده، زنده ماند.۵
6 नत्रता बाटो लामो छ भने बदला लिने व्यक्ति त्यो ज्यान मार्नेको पछि गई त्यसको तातो रिसमा त्यसलाई उछिनी त्यसलाई प्रहार गरेर मार्न सक्छ यद्यपि त्यो मानिस मारिने योग्यको भने थिएन किनकि विगतमा त्यसले आफ्नो छिमेकीलाई घृणा गरेको थिएन ।
مبادا ولی خون وقتی که دلش گرم است قاتل را تعاقب کند، و به‌سبب مسافت راه به وی رسیده، او را بکشد، و او مستوجب موت نباشد، چونکه او را پیشتر بغض نداشت.۶
7 त्यसकारण, तिमीहरूले आफ्ना लागि तिनवटा सहर अलग गर्नू भनी म आज्ञा दिन्छु ।
از این جهت من تو را امر فرموده، گفتم برای خود سه شهر جداکن.۷
8 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएअनुसार उहाँले तिमीहरूका सिमाना बढाइदिनुभयो र तिमीहरूलाई पिता-पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएका सबै देश दिनुभयो भने
و اگر یهوه، خدایت، حدود تو را به طوری که به پدرانت قسم خورده است وسیع گرداند، وتمامی زمین را به تو عطا فرماید، که به دادن آن به پدرانت وعده داده است،۸
9 र आज मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै आज्ञा अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्ने र सधैँ उहाँका मार्गहरूमा हिँड्ने आज्ञाहरू तिमीहरूले पालन गर्‍यौ भने तिमीहरूले यी तिनवटा सहरका अतिरिक्त अन्य तिनवटा पनि थप्‍नुपर्छ ।
و اگر تمامی این اوامررا که من امروز به تو می‌فرمایم نگاه داشته، بجا آوری که یهوه خدای خود را دوست داشته، به طریقهای او دائم سلوک نمایی، آنگاه سه شهردیگر بر این سه برای خود مزید کن.۹
10 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा निर्दोष रगत नबगाइयोस् र त्यसको दोष तिमीहरूमाथि नलागोस् भन्‍नाका लागि यसो गर ।
تا خون بی‌گناه در زمینی که یهوه خدایت برای ملکیت به تو می‌دهد، ریخته نشود، و خون بر گردن تونباشد.۱۰
11 तर कसलै आफ्नो छिमेकीलाई घृणा गर्छ र ढुकेर बसी त्यसको विरुद्धमा उठेर त्यसलाई मर्ने गरी हिर्काउँछ र त्यो यी तिनवटा सहरमध्ये एउटामा भाग्छ भने
لیکن اگر کسی همسایه خود را بغض داشته، در کمین او باشد و بر او برخاسته، او راضرب مهلک بزند که بمیرد، و به یکی از این شهرها فرار کند،۱۱
12 त्यसको सहरका धर्म-गुरुहरूले मान्छे पठाई त्यसलाई त्यहाँबाट ल्याउनुपर्छ र जिम्मेवार नातेदारको हातमा सुम्पनुपर्छ अनि त्यसको रगतको बदला लिइयोस् ।
آنگاه مشایخ شهرش فرستاده، او را از آنجا بگیرند، و او را به‌دست ولی خون تسلیم کنند، تا کشته شود.۱۲
13 तिमीहरूका आँखाले त्यसलाई दया देखाउनुहुँदैन । बरु, तिमीहरूले इस्राएलबाट निर्दोषको हत्याको दोषलाई निर्मूलन गर्नुपर्छ ताकि तिमीहरूको भलो हुन सकोस् ।
چشم تو بر اوترحم نکند، تا خون بی‌گناهی را از اسرائیل دورکنی، و برای تو نیکو باشد.۱۳
14 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई निज सम्पत्तिको रूपमा अधिकार गर्न दिन लाग्‍नुभएको देशमा लामो समयदेखि राखिएको आफ्नो छिमेकीको सिमानाको ढुङ्गो नहटाओ ।
حد همسایه خود را که پیشینیان گذاشته‌اند، در ملک تو که به‌دست تو خواهد آمد، در زمینی که یهوه خدایت برای تصرفش به تومی دهد، منتقل مساز.۱۴
15 कुनै पनि विषयमा कुनै पनि अपराध वा पापको लागि एउटै मात्र साक्षी खडा नहोस् । दुई वा तिन जनाको साक्षीको आधारमा त्यस विषयको पुष्‍टि होस् ।
یک شاهد بر کسی برنخیزد، به هر تقصیر وهر گناه از جمیع گناهانی که کرده باشد، به گواهی دو شاهد یا به گواهی سه شاهد هر امری ثابت شود.۱۵
16 कसैले गलत काम गरेको छ भनी कुनै अधर्मी मानिस खडा हुन सक्छ ।
اگر شاهد کاذبی بر کسی برخاسته، به معصیتش شهادت دهد،۱۶
17 कुरा नमिलेको दुवै जना व्यक्ति परमप्रभु, पुजारीहरू र ती दिनमा सेवा गर्ने न्यायकर्ताहरूको सामु खडा होऊन् ।
آنگاه هر دو شخصی که منازعه در میان ایشان است، به حضور خداوندو به حضور کاهنان و داورانی که در آن زمان باشند، حاضر شوند.۱۷
18 न्यायकर्ताहरूले दत्तचित्तसाथ जाँचबुझ गरून् । हेर, साक्षी झुटो रहेछ र त्यसले आफ्नो भाइको विरुद्धमा झुटो गवाही दिएको रहेछ भने
و داوران، نیکو تفحص نمایند، و اینک اگر شاهد، شاهد کاذب است و بربرادر خود شهادت دروغ داده باشد،۱۸
19 त्यसले आफ्नो भाइलाई जे गर्ने सोच बनाएको थियो, त्यसलाई त्यसै गर्नू । यसरी तिमीहरूले आफ्ना बिचबाट दुष्‍टता हटाउनू ।
پس به طوری که او خواست با برادر خود عمل نماید با او همان طور رفتار نمایند، تا بدی را از میان خوددور نمایی.۱۹
20 तब बाँकी हुनेहरू यो सुनेर डराने छन्, अनि त्यसपछि कसैले पनि तिमीहरूका बिचमा यस्तो दुष्‍टता गर्ने छैन ।
و چون بقیه مردمان بشنوند، خواهند ترسید، و بعد از آن مثل این کار زشت درمیان شما نخواهند کرد.۲۰
21 तिमीहरूले दया नदेखाउनू । ज्यानको सट्टा ज्यान, आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात र गोडाको सट्टा गोडा हुने छ ।
و چشم تو ترحم نکند، جان به عوض جان، و چشم به عوض چشم، و دندان به عوض دندان، و دست به عوض دست و پا به عوض پا.۲۱

< व्यवस्था 19 >