< व्यवस्था 17 >

1 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि कुनै पनि खोट लागेको वा खराब भएको बलि नचढाउनू किनकि त्यो परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि घृणित कुरो हुने छ ।
Ne prinosi Gospodu Bogu svojemu ni vola ni jagnjeta ni jareta na kom ima mana ili kako god zlo; jer je gadno pred Gospodom Bogom tvojim.
2 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने कुनै पनि सहरमा परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा तिमीहरूका बिचमा कुनै पुरुष वा स्‍त्रीले दुष्‍ट काम गर्‍यो भने वा उहाँको करार भङ्ग गर्‍यो भने वा
Ako se naðe kod tebe u kojem od mjesta tvojih, koja ti da Gospod Bog tvoj, èovjek ili žena da uèini zlo pred Gospodom Bogom tvojim prestupajuæi zavjet njegov,
3 मैले आज्ञा नगरेको अन्य देवताहरूको पछि लागेर तिनीहरूको पुजा गर्‍यो भने वा सूर्य, चन्द्रमा वा कुनै पनि आकाशीय पिण्डलाई ढोग्यो भने,
I otide te služi drugim bogovima i klanja im se, ili suncu ili mjesecu ili èemu god iz vojske nebeske, što nijesam zapovjedio,
4 र यस बारेमा तिमीहरूलाई बताइयो भने वा तिमीहरूले यस बारेमा सुन्यौ भने तिमीहरूले होसियारीसाथ अनुसन्धान गर्नू । इस्राएलमा त्यस्तो घृणित कुरो गरिएको साँचो र निश्‍चित ठहरियो भने तिमीहरूले गर्नुपर्ने कुरो यही हो ।
I tebi se to javi i ti èuješ, onda raspitaj dobro; pa ako bude istina i doista se uèinila ona gadna stvar u Izrailju,
5 यस्तो दुष्‍ट काम गर्ने त्यो पुरुष वा स्‍त्रीलाई तिमीहरूले सहरको प्रवेशद्वारमा ल्याएर हरेक पुरुष, स्‍त्री र तिमीहरूले ढुङ्गाले हानेर मार्नू ।
Izvedi onoga èovjeka ili onu ženu, koji uèiniše ono zlo, na vrata svoja, èovjeka onoga ili ženu, i zaspi ih kamenjem da poginu.
6 दुई वा तिन जना साक्षीको आधारमा त्यसलाई मारिने छ । तर एक जना मात्र साक्षीको आधारमा त्यसलाई मारिनुहुँदैन । तिनीहरूलाई मार्न
Na svjedoèanstvo dva ili tri èovjeka da se pogubi onaj koga valja pogubiti; ali na svjedoèanstvo jednoga èovjeka da se ne pogubi.
7 ती साक्षीहरूले पहिले आ-आफ्ना हात उठाऊन् त्यसपछि अरू सबै मानिसले आ-आफ्ना हात उठाऊन् । यसरी तिमीहरूले आफ्ना बिचबाट दुष्‍टतालाई हटाउने छौ ।
Svjedoci neka prvi dignu ruke na nj da ga ubiju; a potom sav narod; tako izvadi zlo iz sebe.
8 हत्या वा दुर्घटनाबाट भएको मृत्यु वा एउटा वा अर्को व्यक्तिको अधिकार वा एउटा किसिमको हानि वा अर्को किसिमको विषय वा तिमीहरूका बिचमा भएका कुनै पनि वादविवाद मिलाउन तिमीहरूलाई गार्‍हो भयो भने परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा जानू ।
Kad ti bude teško rasuditi izmeðu krvi i krvi, izmeðu raspre i raspre, ili izmeðu rane i rane, oko kojih bude parnica u tvojem mjestu, tada ustani i idi u mjesto koje izbere Gospod Bog tvoj;
9 तिमीहरू लेवीका सन्तानहरू अर्थात् त्यस बेला न्यायको लागि सेवा गर्ने पुजारीहरूकहाँ जानू । तिनीहरूका सल्लाह लिनू र तिनीहरूले निर्णय सुनाउने छन् ।
I otidi k sveštenicima Levitima ili k sudiji koji onda bude, pa ih upitaj, i oni æe ti kazati kako valja presuditi.
10 परमप्रभुले आफ्नो पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा तिमीहरूलाई दिइएको व्यवस्थालाई तिमीहरूले मान्‍नू ।
I uèini onako kako ti kažu u mjestu koje izbere Gospod, i gledaj da uèiniš sasvijem onako kako te nauèe.
11 तिनीहरूले गर्न भनी तिमीहरूलाई निर्देशन दिने हरेक कुरो मान्‍न तिमीहरू होसियार होओ । तिनीहरूले सिकाउने नियमलाई पछ्याउनू, र तिनीहरूले दिएको निर्णयअनुसार गर्नू । तिनीहरूले बताउने कुराबाट दायाँ वा बायाँतिर नतर्कनू ।
Po zakonu kojemu te nauèe, i po presudi, koju ti kažu, uèini; ne otstupi od onoga što ti kažu ni nadesno ni nalijevo.
12 परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु सेवा गर्न खडा हुने पुजारी वा न्यायकर्ताको कुरा अहङ्कारी भएर नसुन्‍ने व्यक्ति मारिने छ । तिमीहरूले इस्राएलबाट दुष्‍टता हटाओ ।
Ako li bi se ko upro te ne bi htio poslušati sveštenika koji ondje stoji te služi Gospodu Bogu tvojemu, ili sudije, taki èovjek da se pogubi; i izvadi zlo iz Izrailja,
13 सबै मानिस यो सुनेर डराउने छन् अनि अब उसो अहङ्कारी हुने छैनन् ।
Da sav narod èuje i boji se, i unapredak da ne radi uporno.
14 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा आइपुगेर यसको अधिकार गरेपछि र यसमा बसोबास गर्न थालेपछि तिमीहरूले 'हाम्रा वरिपरि भएका सबै जातिले जस्तै हाम्रो शासन गर्न राजा चुन्‍ने छौँ' भन्यौ भने
Kad uðeš u zemlju koju ti daje Gospod Bog tvoj da je naslijediš, i naseliš se u njoj, ako reèeš: da postavim sebi cara, kao što imaju svi narodi oko mene,
15 परमप्रभु तिमीहरूका परमेश्‍वरले चुन्‍नुहुने व्यक्तिलाई तिमीहरूले निश्‍चय नै राजाको रूपमा चुन्‍नू । तिमीहरूका दाजुभाइका बिचबाट नै तिमीहरूले आफ्ना लागि राजा चुन्‍नू । कुनै पनि परदेशीलाई आफ्नो राजा नबनाओ ।
Samo onoga postavi sebi za cara, kojega izbere Gospod Bog tvoj; izmeðu braæe svoje postavi cara sebi; a nemoj postaviti nad sobom èovjeka tuðina, koji nije brat tvoj.
16 तर ती राजाले आफ्नो लागि घोडाहरूको वृद्धि नगरून् न त घोडाहरूको वृद्धिको लागि मानिसहरूलाई मिश्रमा फर्कन लगाऊन् किनकि 'तिमीहरू त्यसरी फेरि कहिल्यै नजाओ' भनी परमप्रभुले तिमीहरूलाई भन्‍नुभएको छ ।
Ali da ne drži mnogo konja, i da ne vraæa naroda u Misir da bi imao mnogo konja, jer vam je Gospod kazao: ne vraæajte se više ovijem putem.
17 तिनले आफ्ना लागि धेरै पत्‍नीहरू नल्याऊन् नत्रता तिनको हृदय बरालिने छ । तिनले सुन र चाँदीको थुप्रो नलगाऊन् ।
I da nema mnogo žena, da se ne bi otpadilo srce njegovo, ni srebra ni zlata da nema vrlo mnogo.
18 तिनी आफ्नो राज्यको सिंहासनमा बस्दा तिनले पुजारीहरू अर्थात् लेवीहरूको सामु राखिएको व्यवस्थाको प्रतिबाट आफ्नो लागि एक प्रति मुट्ठामा उतारून् ।
A kad sjede na prijesto carstva svojega, neka prepiše sebi u knjigu ovaj zakon od sveštenika Levita;
19 त्यो मुट्ठा तिनीसितै हुनुपर्छ, र तिनले आफ्नो जीवनभरि यसलाई पढ्नुपर्छ । यसरी तिनले परमप्रभु आफ्ना परमेश्‍वरको आदर गर्न सकून् अनि यस व्यवस्थाको सबै वचन र विधिविधान पालन गर्न सकून् ।
I neka ga drži kod sebe i neka ga èita dok je živ, da se uèi bojati se Gospoda Boga svojega, držati sve rijeèi ovoga zakona i ove uredbe, i tvoriti ih;
20 तिनले आफैलाई आफ्ना दाजुभाइहरूभन्दा श्रेष्‍ठ नठानून् र यी आज्ञाहरूबाट तर्केर दायाँ वा बायाँ नलागून् भनेर तिनले यसो गर्नुपर्छ किनकि आफ्नो राज्यमा तिनी र तिनका सन्तानहरूले इस्राएलमा लामो समयसम्म शासन गर्नुपर्ने हुन्छ ।
Da se ne bi podiglo srce njegovo iznad braæe njegove, i da ne bi otstupilo od ove zapovijesti ni nadesno ni nalijevo, da bi dugo carovao on i sinovi njegovi u Izrailju.

< व्यवस्था 17 >