< व्यवस्था 16 >
1 आबीब महिनाको सम्झना राखेर परमप्रभु तिमीहरूका परमेश्वरको सामु निस्तार-चाड मान्नू किनकि आबीब महिनामा नै परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई रातमा मिश्रबाट ल्याउनुभयो ।
Angalia mwezi wa Abibu, na uishike pasaka ya Yahwe Mungu wako, kwa kuwa katika mwezi wa Abibu Yahwe Mungu wako alikuleta toka Misri usiku.
2 परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो पवित्र वासस्थानको रूपमा छान्नुहुने ठाउँमा गाईवस्तु र भेडा-बाख्राबाट उहाँको सामु निस्तार-चाडको बलि चढाउनू ।
Utamtolea dhabibu ya pasaka Yahwe Mungu wako na baadhi ya mifugo na wanyama kwenye eneo ambalo Yahwe atachagua kama patakatifu pake.
3 योसँगै खमिर हालेको रोटी नखानू । सात दिनसम्म अखमिरी रोटी अर्थात् कष्टको रोटी खानू । किनकि तिमीहरू हतारमा मिश्र देशबाट निस्केर आयौ । तिमीहरू मिश्र देशबाट निस्केर आएको दिनलाई याद राख्न तिमीहरूका जीवनभरि यसको पालन गर्नू ।
Hautakula mkate wa chachu pamoja nayo, siku saba utakula mkate usio na chachu, mkate wa mateso; kwa kuwa mlitoka katika nchi ya Misri kwa haraka. Fanya haya katika siku zako zote za maisha yako ili uweze kukumbuka akilini siku mliotoka nchi ya Misri.
4 सात दिनसम्म तिमीहरूका सबै सिमानाभित्र कुनै पनि खमिर देखिनुहुँदैन । पहिलो दिनको साँझमा तिमीहरूले चढाउने बलिको कुनै पनि मासु भोलि बिहानसम्म रहनुहुँदैन ।
Hakuna chachu inapaswa kuonekana miongoni mwenu ndani ya mipaka yenu wakati wa siku saba; wala nyama yoyote mnayotoa dhabihu jioni kwa siku ya kwanza inabaki mpaka asubuhi.
5 परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने जुनसुकै सहरमा तिमीहरूले निस्तार-चाडको बलि नचढाउनू ।
Msitoe dhabihu ya pasaka kati ya malango yenu ya ndani ambayo Yahwe Mungu wenu anawapa.
6 बरु, परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो पवित्र स्थानको रूपमा छान्नुहुने ठाउँमा त्यो चढाउनू । तिमीहरू मिश्रबाट निस्केर आएको वर्षको समय पारेर सूर्योदयको बेला साँझमा निस्तार-चाडको बलि चढाउनू ।
Badala yake, toa dhabihu katika eneo ambalo Yahwe Mungu wenu atachagua kama patakatifu pake. Hapo mtatoa dhabihu ya pasaka jioni wakati jua linazama, kwa wakati huo wa mwaka mlitoka Misri.
7 परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा त्यसलाई पोलेर खानू । तिमीहरू बिहान फर्केर आ-आफ्ना पालमा जानू ।
Mtapaswa kuichoma na kuila katika eneo ambalo Yahwe Mungu wenu atachagua; asubuhi mtageuka na kwenda kwenye mahema yenu.
8 छ दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू । सातौँ दिनमा परमप्रभु तिमीहरूका परमेश्वरको सामु पवित्र सभा हुने छ । त्यस दिन तिमीहरूले कुनै काम नगर्नू ।
Kwa siku sita mtakula mkate usiotia chachu; katika siku ya saba kutakuwa na kusanyiko makini kwa ajili ya Yahwe Mungu wenu; katika siku hiyo hamtafanya kazi.
9 तिमीहरूले आफ्ना लागि सात दिन गन्नू । पाकेको बाली काट्न सुरु गर्ने समयदेखि तिमीहरूले सात दिन गन्नू ।
Mtahesabu wiki saba kwa ajili yenu; tangu wakati mlipoanza kuweka mundu kwenye nafaka iliyosimama mtapaswa kuanza kuhesabu wiki saba.
10 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष्मुताबिक तिमीहरूले दिने स्वैच्छिक बलिको योगदानसहित परमप्रभु तिमीहरूका परमेश्वरका लागि साताहरूको चाड मान्नू ।
Mtapaswa kushika wiki za sherehe ya Yahwe Mungu wenu pamoja na mchango wa sadaka ya utayari kutoka mkono wako ambayo utatoa, kulingana na Yahwe alivyokubariki.
11 परमप्रभु तिमीहरूका परमेश्वरले पवित्र वासस्थानको रूपमा छान्नुहुने ठाउँमा तिमीहरू, तिमीहरूका छोराछोरी, तिमीहरूका कमारा-कमारी, सहरभित्र भएको लेवी र परदेशीसाथै तिमीहरूका बिचमा भएका अनाथ र विधवाले परमप्रभु तिमीहरूका परमेश्वरको सामु आनन्द मनाओ ।
Utafurahi mbele ya Yahwe Mungu wako- wewe, kijana wako, binti wako, mjakazi wako wa kiume, mjakazi wako wa kike, Mlawi aliye katika malango yako, na mgeni, yatima, na mjane alio miongoni mwenu, katika eneo ambalo Yahwe Mungu wako atachagua kwa ajili ya patakatifu pake.
12 तिमीहरू मिश्रमा कमारा थियो भनी तिमीहरूले याद गर्नू । तिमीहरूले यी विधिहरू मान्नू र पालन गर्नू ।
Utakumbuka akilini kwamba ulikuwa mtumwa Misri; unapaswa kuangalia na kuzishika amri hizi.
13 तिमीहरूका खला र दाखको कोलबाट सबै फसल जम्मा गरिसकेपछि तिमीहरूले सात दिनसम्म छाप्रो-वासको चाड मान्नू ।
Unapaswa kushika sherehe za vibanda kwa siku saba baada ya kuwa mmekusanya mavuno toka kwenye sakafu ya mapura na kutoka kwenye kinu chako cha divai.
14 तिमीहरू, तिमीहरूका छोराछोरी, तिमीहरूका कमारा-कमारी, लेवी र परदेशीसाथै तिमीहरूका सहरभित्र भएका अनाथ र विधवाले चाड अवधिमा आनन्द मनाओ ।
Utafurahi wakati wa sherehe- wewe, kijana wako, binti wako, mjakazi wako wa kiume, mjakazi wako wa kike, Mlawi, na mgeni, na yatima na mjane walio ndani ya malango yako.
15 परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा उहाँको लागि सात दिनसम्म यो चाड मान्नू किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका सबै फसल र तिमीहरूका हातका सबै काममा आशिष् दिनुहुने छ र तिमीहरू पूर्ण रूपमा आनन्दित हुने छौ ।
Kwa siku saba unapaswa kuangalia sherehe ya Yahwe Mungu wako katika eneo ambalo Yahwe atachagua, kwa sababu Yahwe Mungu wako atakubariki katika mavuno yako yote na kazi ya mikono yako yote, na unapaswa kuwa na furaha kabisa.
16 परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा वर्षको तिन पटक तिमीहरूका सबै पुरुष उहाँको सामु खडा होओः अखमिरी रोटीको चाडमा, साताहरूको चाडमा र छाप्रो-वासको चाडमा । परमप्रभुको सामु कोही पनि रित्तो हात नजानू ।
Mara tatu kwa mwaka wanaume wako wote wanapaswa kuonekana mbele za Yahwe Mungu wako katika eneo ambalo atachagua: katika sherehe ya mkate usiotiwa chachu, katika sherehe za wiki, na sherehe ya vibanda; na hawataonekana mbele za Yahwe mikono mitupu;
17 बरु, आफूले सकेजति हरेकले दिनू ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष्लाई तिमीहरूले जान्न सक ।
badala yake, kila mtu atatoa kama awezavyo, kwamba mtajua baraka kwamba Yahwe Mungu wako amekupa.
18 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने तिमीहरूका सबै सहरमा न्यायकर्ता र अधिकारीहरू नियुक्त गर्नू । तिमीहरूका हरेक कुलबाट तिनीहरूलाई छान्नू, र तिनीहरूले मानिसहरूको निष्पक्ष न्याय गरून् ।
Unapaswa kufanya waamuzi na maakida ndani ya malango yako ambayo Yahwe Mungu wako anakupa; watachukuliwa toka kila kabila, and watahukumu watu kwa hukumu ya haki.
19 तिमीहरूले जबरजस्ती न्याय हरण नगर । पक्षपात नगर न त घुस लेओ किनकि घुसले बुद्धिमानीहरूको आँखालाई अन्धो तुल्याई धर्मीहरूका वचनलाई बङ्ग्याइदिन्छ ।
Haupaswi kuiondoa haki kwa nguvu; haupaswi kuonesha upendeleo wala kuchukua rushwa, kwa kuwa rushwa upofusha macho ya hekima na kupotosha maneno ya haki.
20 न्यायको मात्र पछि लाग ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूले दिनुहुने देशलाई अधिकार गरी त्यहाँ तिमीहरू बस्न सक्ने छौ ।
Unapaswa kufata baada ya haki, baada ya haki peke yake, ili kwamba uishi na kurithi nchi ambayo Yahwe Mungu wako anakupa.
21 तिमीहरूले आफ्ना लागि परमप्रभु तिमीहरूका परमेश्वरको वेदीको छेउमा अशेरा देवीको निम्ति कुनै पनि खम्बा खडा नगर्नू ।
Haupaswi kujitengenezea Asherahi, aina yoyote ya mti, kando ya madhabahu ya Yahwe Mungu wako ambayo utakayojitengenezea.
22 तिमीहरूले आफ्ना लागि कुनै चोखा ढुङ्गा खडा नगर्नू जसलाई परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नुहुन्छ ।
Wala usijitengenezee jiwe takatifu la nguzo, ambalo Yahwe Mungu wako anachukia.