< व्यवस्था 16 >

1 आबीब महिनाको सम्झना राखेर परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु निस्तार-चाड मान्‍नू किनकि आबीब महिनामा नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई रातमा मिश्रबाट ल्याउनुभयो ।
שמור את חדש האביב ועשית פסח ליהוה אלהיך כי בחדש האביב הוציאך יהוה אלהיך ממצרים לילה׃
2 परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा गाईवस्तु र भेडा-बाख्राबाट उहाँको सामु निस्तार-चाडको बलि चढाउनू ।
וזבחת פסח ליהוה אלהיך צאן ובקר במקום אשר יבחר יהוה לשכן שמו שם׃
3 योसँगै खमिर हालेको रोटी नखानू । सात दिनसम्म अखमिरी रोटी अर्थात् कष्‍टको रोटी खानू । किनकि तिमीहरू हतारमा मिश्र देशबाट निस्केर आयौ । तिमीहरू मिश्र देशबाट निस्केर आएको दिनलाई याद राख्‍न तिमीहरूका जीवनभरि यसको पालन गर्नू ।
לא תאכל עליו חמץ שבעת ימים תאכל עליו מצות לחם עני כי בחפזון יצאת מארץ מצרים למען תזכר את יום צאתך מארץ מצרים כל ימי חייך׃
4 सात दिनसम्म तिमीहरूका सबै सिमानाभित्र कुनै पनि खमिर देखिनुहुँदैन । पहिलो दिनको साँझमा तिमीहरूले चढाउने बलिको कुनै पनि मासु भोलि बिहानसम्म रहनुहुँदैन ।
ולא יראה לך שאר בכל גבלך שבעת ימים ולא ילין מן הבשר אשר תזבח בערב ביום הראשון לבקר׃
5 परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने जुनसुकै सहरमा तिमीहरूले निस्तार-चाडको बलि नचढाउनू ।
לא תוכל לזבח את הפסח באחד שעריך אשר יהוה אלהיך נתן לך׃
6 बरु, परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो पवित्र स्थानको रूपमा छान्‍नुहुने ठाउँमा त्यो चढाउनू । तिमीहरू मिश्रबाट निस्केर आएको वर्षको समय पारेर सूर्योदयको बेला साँझमा निस्तार-चाडको बलि चढाउनू ।
כי אם אל המקום אשר יבחר יהוה אלהיך לשכן שמו שם תזבח את הפסח בערב כבוא השמש מועד צאתך ממצרים׃
7 परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा त्यसलाई पोलेर खानू । तिमीहरू बिहान फर्केर आ-आफ्ना पालमा जानू ।
ובשלת ואכלת במקום אשר יבחר יהוה אלהיך בו ופנית בבקר והלכת לאהליך׃
8 छ दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू । सातौँ दिनमा परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु पवित्र सभा हुने छ । त्यस दिन तिमीहरूले कुनै काम नगर्नू ।
ששת ימים תאכל מצות וביום השביעי עצרת ליהוה אלהיך לא תעשה מלאכה׃
9 तिमीहरूले आफ्ना लागि सात दिन गन्‍नू । पाकेको बाली काट्न सुरु गर्ने समयदेखि तिमीहरूले सात दिन गन्‍नू ।
שבעה שבעת תספר לך מהחל חרמש בקמה תחל לספר שבעה שבעות׃
10 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌मुताबिक तिमीहरूले दिने स्वैच्छिक बलिको योगदानसहित परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि साताहरूको चाड मान्‍नू ।
ועשית חג שבעות ליהוה אלהיך מסת נדבת ידך אשר תתן כאשר יברכך יהוה אלהיך׃
11 परमप्रभु तिमीहरूका परमेश्‍वरले पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा तिमीहरू, तिमीहरूका छोराछोरी, तिमीहरूका कमारा-कमारी, सहरभित्र भएको लेवी र परदेशीसाथै तिमीहरूका बिचमा भएका अनाथ र विधवाले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्द मनाओ ।
ושמחת לפני יהוה אלהיך אתה ובנך ובתך ועבדך ואמתך והלוי אשר בשעריך והגר והיתום והאלמנה אשר בקרבך במקום אשר יבחר יהוה אלהיך לשכן שמו שם׃
12 तिमीहरू मिश्रमा कमारा थियो भनी तिमीहरूले याद गर्नू । तिमीहरूले यी विधिहरू मान्‍नू र पालन गर्नू ।
וזכרת כי עבד היית במצרים ושמרת ועשית את החקים האלה׃
13 तिमीहरूका खला र दाखको कोलबाट सबै फसल जम्मा गरिसकेपछि तिमीहरूले सात दिनसम्म छाप्रो-वासको चाड मान्‍नू ।
חג הסכת תעשה לך שבעת ימים באספך מגרנך ומיקבך׃
14 तिमीहरू, तिमीहरूका छोराछोरी, तिमीहरूका कमारा-कमारी, लेवी र परदेशीसाथै तिमीहरूका सहरभित्र भएका अनाथ र विधवाले चाड अवधिमा आनन्द मनाओ ।
ושמחת בחגך אתה ובנך ובתך ועבדך ואמתך והלוי והגר והיתום והאלמנה אשר בשעריך׃
15 परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा उहाँको लागि सात दिनसम्म यो चाड मान्‍नू किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै फसल र तिमीहरूका हातका सबै काममा आशिष् दिनुहुने छ र तिमीहरू पूर्ण रूपमा आनन्दित हुने छौ ।
שבעת ימים תחג ליהוה אלהיך במקום אשר יבחר יהוה כי יברכך יהוה אלהיך בכל תבואתך ובכל מעשה ידיך והיית אך שמח׃
16 परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा वर्षको तिन पटक तिमीहरूका सबै पुरुष उहाँको सामु खडा होओः अखमिरी रोटीको चाडमा, साताहरूको चाडमा र छाप्रो-वासको चाडमा । परमप्रभुको सामु कोही पनि रित्तो हात नजानू ।
שלוש פעמים בשנה יראה כל זכורך את פני יהוה אלהיך במקום אשר יבחר בחג המצות ובחג השבעות ובחג הסכות ולא יראה את פני יהוה ריקם׃
17 बरु, आफूले सकेजति हरेकले दिनू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌लाई तिमीहरूले जान्‍न सक ।
איש כמתנת ידו כברכת יהוה אלהיך אשר נתן לך׃
18 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने तिमीहरूका सबै सहरमा न्यायकर्ता र अधिकारीहरू नियुक्त गर्नू । तिमीहरूका हरेक कुलबाट तिनीहरूलाई छान्‍नू, र तिनीहरूले मानिसहरूको निष्पक्ष न्याय गरून् ।
שפטים ושטרים תתן לך בכל שעריך אשר יהוה אלהיך נתן לך לשבטיך ושפטו את העם משפט צדק׃
19 तिमीहरूले जबरजस्ती न्याय हरण नगर । पक्षपात नगर न त घुस लेओ किनकि घुसले बुद्धिमानीहरूको आँखालाई अन्धो तुल्याई धर्मीहरूका वचनलाई बङ्ग्याइदिन्छ ।
לא תטה משפט לא תכיר פנים ולא תקח שחד כי השחד יעור עיני חכמים ויסלף דברי צדיקם׃
20 न्यायको मात्र पछि लाग ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूले दिनुहुने देशलाई अधिकार गरी त्यहाँ तिमीहरू बस्‍न सक्‍ने छौ ।
צדק צדק תרדף למען תחיה וירשת את הארץ אשר יהוה אלהיך נתן לך׃
21 तिमीहरूले आफ्ना लागि परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदीको छेउमा अशेरा देवीको निम्ति कुनै पनि खम्बा खडा नगर्नू ।
לא תטע לך אשרה כל עץ אצל מזבח יהוה אלהיך אשר תעשה לך׃
22 तिमीहरूले आफ्ना लागि कुनै चोखा ढुङ्गा खडा नगर्नू जसलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले घृणा गर्नुहुन्छ ।
ולא תקים לך מצבה אשר שנא יהוה אלהיך׃

< व्यवस्था 16 >