< व्यवस्था 15 >
1 हरेक सात वर्षको अन्त्यमा कर्जाहरू रद्द गरिदिनू ।
Сваке седме године опраштај.
2 त्यो काम यसरी गरिने छः हरेक ऋणदाताले आफ्नो छिमेकीलाई दिएको ऋण रद्द गरिदिने छ । त्यसले आफ्नो छिमेकी वा भाइबाट ऋणको माग गर्दैन किनकि परमप्रभुको कर्जामाफीको घोषणा गरिएको छ ।
А опраштање да бива овако: коме је ко дужан шта, нека опрости шта би могао тражити од ближњег свог; нека не тражи од ближњег свог и од брата свог, јер је опраштање Господње оглашено.
3 तिमीहरूले परदेशीबाट चाहिँ यसको माग गर्न सक्छौ, तर तिम्रो भाइको ऋणचाहिँ फुक्का गरिदेओ ।
Од туђина тражи, али шта би имао у брата свог, оно нека му опрости рука твоја,
4 तथापि, तिमीहरूका बिचमा कोही गरिब हुनुहुँदैन (किनकि परमप्रभुले तिमीहरूलाई सम्पत्तिको रूपमा अधिकार गर्न दिनुहुने देशमा तिमीहरूलाई निश्चय नै आशिष् दिनुहुने छ) ।
Да не би било сиромаха међу вама, јер ће те обилно благословити Господ у земљи коју ти Господ Бог твој да у наследство да је твоја.
5 तर यसको लागि तिमीहरूले आज मैले तिमीहरूलाई दिएका यी सबै आज्ञा पालन गर्न परमप्रभु तिमीहरूका परमेश्वरको आवाज होसियारीसाथ सुन्नुपर्छ ।
Само ако добро узаслушаш глас Господа Бога свог гледајући да чиниш све ове заповести, које ти ја заповедам данас,
6 किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसित प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूलाई आशिष् दिनुहुने छ । तिमीहरूले धेरै जातिहरूलाई ऋण दिने छौ, तर तिमीहरूले ऋण लिने छैनौ । तिमीहरूले धेरै जातिहरूमाथि शासन गर्ने छौ, तर तिनीहरूले तिमीहरूमाथि शासन गर्ने छैनन् ।
Благословиће те Господ Бог твој, као што ти је казао, те ћеш давати у зајам многим народима, а ни од кога нећеш узимати у зајам, и владаћеш многим народима, а они тобом неће владати.
7 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशको कुनै पनि सहरभित्र तिमीहरूका बिचमा कुनै पनि भाइ गरिब भयो भने तिमीहरूको गरिब भाइप्रति तिमीहरूले आफ्नो हृदय कठोर पार्नुहुँदैन न त मुट्ठी बाँध्नुहुन्छ ।
Ако буде у тебе који сиромах између браће твоје у коме месту твом, у земљи твојој, коју ти даје Господ Бог твој, немој да ти се стврдне срце твоје и да стиснеш руку своју брату свом сиромаху.
8 तर तिमीहरूले उसलाई निश्चय नै आफ्नो हात खुला गर्नू, र उसको खाँचोको लागि पर्याप्त मात्रामा ऋण दिनू ।
Него отвори руку своју и позајми му радо колико му год треба у потреби његовој.
9 'सातौँ वर्ष अर्थात् छुटकाराको वर्ष नजिकै छ' भनी आफ्नो मनमा दुष्ट विचार ननिम्त्याउन होसियार होओ ताकि तिमीहरूका बिचमा भएको गरिब भाइप्रति लोभी नभएर तिमीहरूले उसलाई दिन सक । तिमीहरू लोभी भयौ भने त्यो पाप हुन्छ ।
Чувај се да не буде какво неваљалство у срцу твом, па да кажеш: Близу је седма година, година опросна; и да око твоје не буде зло према брату твом сиромаху, па да му не даш, а он зато да вапије ка Господу на те, и буде ти грех.
10 निश्चय नै तिमीहरूले उसलाई दिनू, र तिमीहरूले उसलाई दिँदा हृदयमा दुःख नमान्नू किनकि यसको साटो परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका सबै काम र तिमीहरूले हात हाल्ने सबै थोकमा आशिष् दिनुहुने छ ।
Подај му, и нека не жали срце твоје кад му даш; јер ће за ту ствар благословити тебе Господ Бог твој у сваком послу твом и у свему за шта се прихватиш руком својом.
11 किनकि देशमा गरिबहरूको कहिल्यै अन्त्य हुने छैन । त्यसकारण म तिमीहरूलाई आज्ञा दिन्छु, 'तिमीहरूको देशमा खाँचोमा परेको तिमीहरूका भाइ र गरिबको लागि तिमीहरूले आफ्नो हात खुला राख्नू ।'
Јер неће бити без сиромаха у земљи; зато ти заповедам и кажем: отварај руку своју брату свом, невољнику и сиромаху свом у земљи својој.
12 तिमीहरूका हिब्रू भाइ या बहिनी तिमीकहाँ बेचिएको छ र त्यसले छ वर्षसम्म सेवा गरेको छ भने सातौँ वर्षमा तिमीहरूले त्यसलाई स्वतन्त्र भएर जान दिनू ।
Ако ти се прода брат твој Јеврејин или Јеврејка, нека ти служи шест година, а седме године отпусти га од себе слободног.
13 तिमीहरूले त्यसलाई स्वतन्त्र भएर जान दिँदा त्यसलाई रित्तो हात नपठाओ ।
А кад га отпустиш од себе слободног, немој га отпустити празног.
14 तिमीहरूका भेडा-बाख्रा, खला र दाखको कोलबाट त्यसलाई प्रशस्त मात्रामा लिएर जान देओ । परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएमुताबिक त्यसलाई दिनू ।
Даруј га чим између стоке своје и с гумна свог и из каце своје; подај му чим те је благословио Господ Бог твој.
15 तिमीहरू मिश्र देशमा कमारा थियौ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई छुटकारा दिनुभएको थियो भनी तिमीहरूले याद गर्नू । त्यसकारण आज मैले तिमीहरूलाई यो आज्ञा दिँदै छु ।
И опомињи се да си био роб у земљи мисирској и да те је избавио Господ Бог твој; зато ти ја заповедам ово данас.
16 त्यसले तिमीहरू र तिमीहरूको घरलाई माया गरेकोले र तिमीहरूसित राम्ररी बसेकोले 'म तपाईंहरूकहाँबाट जान्नँ' भन्यो भने
Ако ли ти каже: Нећу да идем од тебе, зато што те љуби и дом твој, јер му је добро код тебе,
17 एउटा सुतारो लिएर त्यसको कानको लोती ढोकामा लगाएर छेड्नू, र त्यो जीवनभरि तिमीहरूको कमारो हुने छ । तिमीहरूका कमारीलाई पनि यसै गर्नू ।
Тада узми шило и пробуши му ухо на вратима, и биће ти слуга довека; и слушкињи својој учини тако.
18 त्यसलाई फुक्का भएर जान दिन अप्ठ्यारो नमान्नू किनकि त्यसले छ वर्षसम्म तिमीहरूको सेवा गरेको छ र ज्यालादारी व्यक्तिले गर्ने दोब्बर काम गरेको छ । तिमीहरूले गर्ने सबै काममा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुने छ ।
Немој да ти буде тешко кад га отпушташ од себе слободна, јер је двојином онолико колико најамник заслужио у тебе за шест година, да би те благословио Господ Бог твој у свему што радиш.
19 तिमीहरूका गाईवस्तु र भेडा-बाख्राका सबै पहिले जन्मेकाहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको लागि अलग गर्नू । गाईवस्तुबाट पहिले जन्मेकाहरूलाई कुनै काम नगराउनू न त भेडा-बाख्राबाट पहिले जन्मेकाहरूबाट ऊन कत्रनू ।
Све првенце у стоци својој крупној и ситној што буде мушко, посвети Господу Богу свом; не ради на првенцу од краве своје, и не стрижи првенца од оваца својих.
20 परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा वर्षैपिच्छे उहाँको सामु तिमीहरू र तिमीहरूको घरानाले पहिले जन्मेकोलाई खानू ।
Пред Господом Богом својим једи их ти и породица твоја сваке године на месту које изабере Господ.
21 त्यो लङ्गडा वा अन्धा वा त्यसमा कुनै किसिमको खोट छ भने तिमीहरूले त्यो परमप्रभु तिमीहरूका परमेश्वरको सामु नचढाउनू ।
Ако ли на њему буде мана, ако буде хромо или слепо, или која год зла мана буде на њему, не кољи га Господу Богу свом.
22 त्यसलाई तिमीहरूकै सहरभित्र खानू । हरिण वा मृगको मासु खाएझैँ शुद्ध र अशुद्ध व्यक्तिहरूले समान रूपमा खानू ।
У свом месту поједи га; и чист и нечист нека једе као срну и јелена.
23 केवल तिमीहरूले यसको रगतचाहिँ नखानू। पानीझैँ गरी यसलाई भुइँमा पोखाइदिनू ।
Само крв од њега не једи; пролиј је на земљу као воду.