< व्यवस्था 14 >

1 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरका मानिसहरू हौ । मृतकहरूका लागि तिमीहरूले आफ्नो शरीरमा चोट नपुर्‍याउनु न त आफ्नो शिरको अगाडिको भाग खौरनू ।
Ninyi ni watu wa Yahwe Mungu wenu. Msijikate wenyewe, wala kunyoa sehemu za nyuso zenu kwa ajili ya wafu.
2 किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गरिएका जाति हौ, र परमप्रभुले पृथ्वीको सतहमा बसोबास गर्ने सबै जातिभन्दा उहाँको आफ्नै निज सम्पत्ति हुन तिमीहरूलाई छान्‍नुभएको छ ।
Kwa kuwa mu taifa lilowekwa wakfu kwa Yahwe Mungu wenu, na Yahwe amewachagua kuwa watu kwa ajili ya urithi wake, zaidi kuliko watu wote walio juu ya uso wa dunia.
3 तिमीहरूले कुनै घृणित खानेकुरो नखाओ ।
Hampaswi kula kitu chochote kilicho chukizo.
4 तिमीहरूले खान हुने प्राणीहरू यिनै हुन्: गोरु, भेडा र बोका,
Hawa ni wanyama ambao mnaweza kula: ng'ombe, kondoo, mbuzi,
5 मृग, हरिण, बराँठ, जङ्गली बोका, चित्तल र पहाडी भेडा ।
kulungu, paa, kulungu wa kiume, mbuzi wa mwituni, paa mweupe na pofu na kondoo wa mlimani
6 दुई भागमा खुर चिरिएका र उग्रने कुनै पनि पशु तिमीहरूले खान सक्छौ ।
Mnaweza kula wanyama wowote ambao wamegawanyika kwato, ambaye ana kwato zilizogawanyika mara mbili, na utafuna macheuo.
7 तथापि, दुई भागमा खुर चिरिएका र उग्राने यी प्राणीहरूचाहिँ नखानूः ऊँट, खरायो, शापान, किनभने तिनीहरूले उग्रन्छन् तर तिनीहरूको खुर चिरिएको हुँदैन । त्यसैले ती तिमीहरूका निम्ति अशुद्ध हुन् ।
Hata hivyo, hampaswi kula baadhi ya wanyama ambao utafuna macheuo au ambao wana kwato zilizogawanyika mara mbili: ngamia, sungura, pomono, kwa sababu watafuna macheuo lakini hawajagawanyika kwato, ni najisi kwenu.
8 सुँगुर पनि तिमीहरूका लागि अशुद्ध हो किनकि त्यसको खुर चिरिएको हुन्छ तर त्यसले उग्रँदैन । त्यो तिमीहरूका निम्ति अशुद्ध हो । सुँगुरको मासु नखानू, र तिनीहरूका सिनु नछुनू ।
Nguruwe ni najisi kwenu pia kwa sababu amegawanyika kwato lakini hatafuni macheuo; ni najisi kwenu. Msile nyama ya nguruwe, na msiguse mizoga yao.
9 पानीमा बस्‍ने यी जलजन्तुहरूमध्ये पखेटा र कत्ला भएका तिमीहरूले खान सक्छौ ।
Haya yaliyo ndani ya maji mnaweza kula: chochote kilicho na mapesi na magamba;
10 तर पखेटा र कत्ला नभएकाहरूचाहिँ तिमीहरूले नखानू । ती तिमीहरूका लागि अशुद्ध हुन् ।
lakini chochote kisichokuwa na mapesi na magamba msile; ni najisi kwenu.
11 तिमीहरूले सबै शुद्ध पक्षी खान सक्छौ ।
Ndege wote safi mnaweza kula.
12 तर तिमीहरूले यी पक्षीहरूचाहिँ नखानूः गरुड, गिद्ध, कालो गिद्ध,
Lakini hawa ni ndege ambao hampaswi kula: tai, tumbusi, kipungu,
13 सबै थरीका रातो चील, कालो चील ।
mwewe mwekundu na mweusi, aina yoyote ya kipanga.
14 तिमीहरूले कुनै पनि किसिमको काग,
Hampaswi kula aina yoyote ya kunguru,
15 र अस्ट्रिच, ठुलो लाटोकोसेरो, समुद्री चरो, सबै थरीका बाज,
na mbuzi na mwewe wa usiku, Lanes ndege wa baharini, aina yoyote ya mwewe,
16 सानो लाटोकोसेरो, ठुलो लाटोकोसेरो, सेतो लाटोकोसेरो, मरुभूमिको लाटोकोसेरो,
bundi mdogo, bundi mkubwa, na bundi mweupe,
17 माछा मार्ने चील र जल कौवा खानुहुँदैन ।
Mwari, nyamafu ya tai, mnandio.
18 तिमीहरूले सारस, कुनै पनि किसिमको बकुल्ला, फाप्रे चरो र चमेरो खानुहुँदैन ।
Hampaswi kula korongo, aina yoyote ya kongoti, hudihudi, na popo.
19 बथान-बथानमा उड्ने सबै किरा तिमीहरूका लागि अशुद्ध हुन् । तिमीहरूले ती खानुहुँदैन ।
Wote wenye mabawa; vitu vya utando ni najisi kwenu; havipaswi kuliwa.
20 तर पखेटा भएका सबै शुद्ध प्राणी तिमीहरूले खान सक्छौ ।
Mnaweza kula vitu vyote virukavyo.
21 आफै मरेको कुनै पनि थोक नखानू । तिमीहरूका सहरहरूभित्र बस्‍ने परदेशीलाई त्यो दिन सक्छौ र त्यसले खान सक्छ वा यो परदेशीलाई बेच्न सक्छौ । किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गरिएका जाति हौ । बाख्राको पाठो माउको दूधमा नपकाउनू ।
Hampaswi kula chochote kinachokufa chenyewe; mnaweza kumpa mgeni ambaye yuko katika mji wenu, kwamba anaweza kula au mnaweza kuuza kwa mgeni. Kwa kuwa mu taifa lilolowekwa wakfu kwa ajili ya Yahwe Mungu wenu. Hampaswi kumchemusha mbuzi kijana katika maziwa ya mama yake.
22 वर्षैपिच्छे तिमीहरूको खेतबाट आउने सबै उब्जनीबाट निश्‍चय नै दशांश छुट्ट्याउनू ।
Hakika mnapaswa kutoa fungu la kumi la mavuno ya mbegu zenu zote, ambazo huja kutoka kwenye shamba kila mwaka.
23 परमप्रभु तिमीहरूका परमेश्‍वरले जुन ठाउँलाई आफ्नो पवित्र वासस्थानको रूपमा चुन्‍नुहुन्छ, त्यही ठाउँमा उहाँको सामु तिमीहरूको अन्‍न, नयाँ मद्य, तेल र तिमीहरूका गाईवस्तुसाथै भेडा-बाख्राको पहिले जन्मेकाहरूको दशांश खानू । परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सधैँ आदर गर्न सिक्‍नू ।
Mnapaswa kula mbele ya Yahwe Mungu wenu, katika eneo ambalo atachagua kama patakatifu pake, fungu la kumi la nafaka zenu, za mvinyo mpya, na mafuta yenu, na mzaliwa wa kwanza wa wanyama na mifugo, kwamba mnaweza kujifunza daima kumheshimu Yahwe Mungu wenu.
24 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएपछि उहाँको पवित्र स्थानको रूपमा छान्‍नुहुने ठाउँमा दशांश लिएर जान तिमीहरूलाई निकै टाढा भयो र तिमीहरूले त्यहाँसम्म दशांश लैजान सकेनौ भने,
Kama safari ni ndefu kwenu na kwamba hamwezi kuibeba, kwa sababu eneo ambalo Yahwe Mungu wenu atachagua kama patakatifu pake ni mbali kwenu, basi, wakati Yahwe Mngu anawabariki,
25 तिमीहरूले त्यसलाई बेचेर पैसा आफ्नो हातमा लिन सक्छौ अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा जान सक्छौ ।
mtabadilisha sadaka katika pesa. Fungeni pesa kwenye mkono, na nendeni kwenye eneo ambalo Yahwe Mungu wenu atachagua.
26 त्यहाँ तिमीहरूले इच्छा लागेअनुसार खर्च गर्न सक्छौः गोरुको लागि वा भेडाको लागि वा दाखमद्यको लागि वा कडा दाखमद्यको लागि वा तिमीहरूको इच्छाअनुसार अन्य जुनसुकै थोकको लागि । त्यहाँ तिमीहरूले परमप्रभु तिमीहरूका सामु खाने छौ अनि तिमीहरू र तिमीहरूको घराना रमाउने छौ ।
Huko mtatumia pesa kwa chochote mnatamani kwa ng'ombe au kondoo, au kwa mvinyo, au kwa kinywaji imara, au kwa chochote mnatamani; mtakula hapo mbele ya Yahwe Mungu wenu, na mtafurahi, nyie na nyumba zenu.
27 तिमीहरूका सहरहरूभित्र भएको लेवीलाई नत्याग किनकि त्योसित तिमीहरूसँग झैँ कुनै हिस्सा वा सम्पत्ति छैन ।
Mlawi ambaye yuko malangoni mwenu- msimsahau, kwa kuwa hana sehemu wala urithi pamoja nanyi.
28 तिमीहरूले हरेक तिन वर्षको अन्त्यमा वर्ष-वर्षको उब्जनीको सबै दशांश ल्याउनू, र त्यसलाई तिमीहरूका सहरभित्र भण्डारण गर्नू ।
Mwisho mwa kila miaka mitatu mtawasilisha mafungu yote ya kumi ya mazao kwa mwaka huo huo, na mtatunza katika malango yenu;
29 लेवीसित तिमीहरूसँगै कुनै हिस्सा वा सम्पत्ति नभएकोले लेवीसाथै तिमीहरूका सहरहरूभित्र भएका परदेशी, अनाथसाथै विधवा आएर ती खाऊन् अनि तृप्‍त होऊन् । यसो गर ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूले गर्ने सबै कुरामा तिमीहरूलाई आशिष् देऊन् ।
na Mlawi, kwa sababu hana sehemu wala urithi pamoja nanyi, na mgeni, na yatima, na wajane walio ndani ya malango yenu, watakuja na kula na kurithika. Fanya hivyo kwa Yahwe Mungu wenu aweze kuwabariki katika kazi zote za mikono yenuo mnazofanya.

< व्यवस्था 14 >