< व्यवस्था 14 >
1 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका मानिसहरू हौ । मृतकहरूका लागि तिमीहरूले आफ्नो शरीरमा चोट नपुर्याउनु न त आफ्नो शिरको अगाडिको भाग खौरनू ।
「你們是耶和華-你們上帝的兒女。不可為死人用刀劃身,也不可將額上剃光;
2 किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको लागि अलग गरिएका जाति हौ, र परमप्रभुले पृथ्वीको सतहमा बसोबास गर्ने सबै जातिभन्दा उहाँको आफ्नै निज सम्पत्ति हुन तिमीहरूलाई छान्नुभएको छ ।
因為你歸耶和華-你上帝為聖潔的民,耶和華從地上的萬民中揀選你特作自己的子民。」
3 तिमीहरूले कुनै घृणित खानेकुरो नखाओ ।
「凡可憎的物都不可吃。
4 तिमीहरूले खान हुने प्राणीहरू यिनै हुन्: गोरु, भेडा र बोका,
可吃的牲畜就是牛、綿羊、山羊、
5 मृग, हरिण, बराँठ, जङ्गली बोका, चित्तल र पहाडी भेडा ।
鹿、羚羊、誁子、野山羊、麋鹿、黃羊、青羊。
6 दुई भागमा खुर चिरिएका र उग्रने कुनै पनि पशु तिमीहरूले खान सक्छौ ।
凡分蹄成為兩瓣又倒嚼的走獸,你們都可以吃。
7 तथापि, दुई भागमा खुर चिरिएका र उग्राने यी प्राणीहरूचाहिँ नखानूः ऊँट, खरायो, शापान, किनभने तिनीहरूले उग्रन्छन् तर तिनीहरूको खुर चिरिएको हुँदैन । त्यसैले ती तिमीहरूका निम्ति अशुद्ध हुन् ।
但那些倒嚼或是分蹄之中不可吃的乃是駱駝、觠子、沙番-因為是倒嚼不分蹄,就與你們不潔淨;
8 सुँगुर पनि तिमीहरूका लागि अशुद्ध हो किनकि त्यसको खुर चिरिएको हुन्छ तर त्यसले उग्रँदैन । त्यो तिमीहरूका निम्ति अशुद्ध हो । सुँगुरको मासु नखानू, र तिनीहरूका सिनु नछुनू ।
豬-因為是分蹄卻不倒嚼,就與你們不潔淨。這些獸的肉,你們不可吃,死的也不可摸。
9 पानीमा बस्ने यी जलजन्तुहरूमध्ये पखेटा र कत्ला भएका तिमीहरूले खान सक्छौ ।
「水中可吃的乃是這些:凡有翅有鱗的都可以吃;
10 तर पखेटा र कत्ला नभएकाहरूचाहिँ तिमीहरूले नखानू । ती तिमीहरूका लागि अशुद्ध हुन् ।
凡無翅無鱗的都不可吃,是與你們不潔淨。
11 तिमीहरूले सबै शुद्ध पक्षी खान सक्छौ ।
「凡潔淨的鳥,你們都可以吃。
12 तर तिमीहरूले यी पक्षीहरूचाहिँ नखानूः गरुड, गिद्ध, कालो गिद्ध,
不可吃的乃是鵰、狗頭鵰、紅頭鵰、
13 सबै थरीका रातो चील, कालो चील ।
鸇、小鷹、鷂鷹與其類,
14 तिमीहरूले कुनै पनि किसिमको काग,
烏鴉與其類,
15 र अस्ट्रिच, ठुलो लाटोकोसेरो, समुद्री चरो, सबै थरीका बाज,
鴕鳥、夜鷹、魚鷹、鷹與其類,
16 सानो लाटोकोसेरो, ठुलो लाटोकोसेरो, सेतो लाटोकोसेरो, मरुभूमिको लाटोकोसेरो,
鴞鳥、貓頭鷹、角鴟、
17 माछा मार्ने चील र जल कौवा खानुहुँदैन ।
鵜鶘、禿鵰、鸕鶿、
18 तिमीहरूले सारस, कुनै पनि किसिमको बकुल्ला, फाप्रे चरो र चमेरो खानुहुँदैन ।
鸛、鷺鷥與其類,戴鵀與蝙蝠。
19 बथान-बथानमा उड्ने सबै किरा तिमीहरूका लागि अशुद्ध हुन् । तिमीहरूले ती खानुहुँदैन ।
凡有翅膀爬行的物是與你們不潔淨,都不可吃。
20 तर पखेटा भएका सबै शुद्ध प्राणी तिमीहरूले खान सक्छौ ।
凡潔淨的鳥,你們都可以吃。
21 आफै मरेको कुनै पनि थोक नखानू । तिमीहरूका सहरहरूभित्र बस्ने परदेशीलाई त्यो दिन सक्छौ र त्यसले खान सक्छ वा यो परदेशीलाई बेच्न सक्छौ । किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको लागि अलग गरिएका जाति हौ । बाख्राको पाठो माउको दूधमा नपकाउनू ।
「凡自死的,你們都不可吃,可以給你城裏寄居的吃,或賣與外人吃,因為你是歸耶和華-你上帝為聖潔的民。 「不可用山羊羔母的奶煮山羊羔。」
22 वर्षैपिच्छे तिमीहरूको खेतबाट आउने सबै उब्जनीबाट निश्चय नै दशांश छुट्ट्याउनू ।
「你要把你撒種所產的,就是你田地每年所出的,十分取一分;
23 परमप्रभु तिमीहरूका परमेश्वरले जुन ठाउँलाई आफ्नो पवित्र वासस्थानको रूपमा चुन्नुहुन्छ, त्यही ठाउँमा उहाँको सामु तिमीहरूको अन्न, नयाँ मद्य, तेल र तिमीहरूका गाईवस्तुसाथै भेडा-बाख्राको पहिले जन्मेकाहरूको दशांश खानू । परमप्रभु तिमीहरूका परमेश्वरलाई सधैँ आदर गर्न सिक्नू ।
又要把你的五穀、新酒、和油的十分之一,並牛群羊群中頭生的,吃在耶和華-你上帝面前,就是他所選擇要立為他名的居所。這樣,你可以學習時常敬畏耶和華-你的上帝。
24 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएपछि उहाँको पवित्र स्थानको रूपमा छान्नुहुने ठाउँमा दशांश लिएर जान तिमीहरूलाई निकै टाढा भयो र तिमीहरूले त्यहाँसम्म दशांश लैजान सकेनौ भने,
當耶和華-你上帝賜福與你的時候,耶和華-你上帝所選擇要立為他名的地方若離你太遠,那路也太長,使你不能把這物帶到那裏去,
25 तिमीहरूले त्यसलाई बेचेर पैसा आफ्नो हातमा लिन सक्छौ अनि परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा जान सक्छौ ।
你就可以換成銀子,將銀子包起來,拿在手中,往耶和華-你上帝所要選擇的地方去。
26 त्यहाँ तिमीहरूले इच्छा लागेअनुसार खर्च गर्न सक्छौः गोरुको लागि वा भेडाको लागि वा दाखमद्यको लागि वा कडा दाखमद्यको लागि वा तिमीहरूको इच्छाअनुसार अन्य जुनसुकै थोकको लागि । त्यहाँ तिमीहरूले परमप्रभु तिमीहरूका सामु खाने छौ अनि तिमीहरू र तिमीहरूको घराना रमाउने छौ ।
你用這銀子,隨心所欲,或買牛羊,或買清酒濃酒,凡你心所想的都可以買;你和你的家屬在耶和華-你上帝的面前吃喝快樂。
27 तिमीहरूका सहरहरूभित्र भएको लेवीलाई नत्याग किनकि त्योसित तिमीहरूसँग झैँ कुनै हिस्सा वा सम्पत्ति छैन ।
「住在你城裏的利未人,你不可丟棄他,因為他在你們中間無分無業。
28 तिमीहरूले हरेक तिन वर्षको अन्त्यमा वर्ष-वर्षको उब्जनीको सबै दशांश ल्याउनू, र त्यसलाई तिमीहरूका सहरभित्र भण्डारण गर्नू ।
每逢三年的末一年,你要將本年的土產十分之一都取出來,積存在你的城中。
29 लेवीसित तिमीहरूसँगै कुनै हिस्सा वा सम्पत्ति नभएकोले लेवीसाथै तिमीहरूका सहरहरूभित्र भएका परदेशी, अनाथसाथै विधवा आएर ती खाऊन् अनि तृप्त होऊन् । यसो गर ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूले गर्ने सबै कुरामा तिमीहरूलाई आशिष् देऊन् ।
在你城裏無分無業的利未人,和你城裏寄居的,並孤兒寡婦,都可以來,吃得飽足。這樣,耶和華-你的上帝必在你手裏所辦的一切事上賜福與你。」