< व्यवस्था 14 >

1 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरका मानिसहरू हौ । मृतकहरूका लागि तिमीहरूले आफ्नो शरीरमा चोट नपुर्‍याउनु न त आफ्नो शिरको अगाडिको भाग खौरनू ।
你們是上主你們天主的兒女。你們不應為死者割傷自己,不應將頭頂剃光,
2 किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गरिएका जाति हौ, र परमप्रभुले पृथ्वीको सतहमा बसोबास गर्ने सबै जातिभन्दा उहाँको आफ्नै निज सम्पत्ति हुन तिमीहरूलाई छान्‍नुभएको छ ।
因為你是屬於上主你天主的聖潔人民,上主由地上的萬民中,特選了你做他自己的人民。
3 तिमीहरूले कुनै घृणित खानेकुरो नखाओ ।
凡是可憎惡之物,你不可吃。
4 तिमीहरूले खान हुने प्राणीहरू यिनै हुन्: गोरु, भेडा र बोका,
你們可吃的走獸如下:牛、綿羊、山羊、
5 मृग, हरिण, बराँठ, जङ्गली बोका, चित्तल र पहाडी भेडा ।
鹿、羚羊、黈鹿、野山羊、臆羚、野牛和野羊。
6 दुई भागमा खुर चिरिएका र उग्रने कुनै पनि पशु तिमीहरूले खान सक्छौ ।
走獸中,凡有偶蹄分趾而又反芻的走獸,你們都可以吃。
7 तथापि, दुई भागमा खुर चिरिएका र उग्राने यी प्राणीहरूचाहिँ नखानूः ऊँट, खरायो, शापान, किनभने तिनीहरूले उग्रन्छन् तर तिनीहरूको खुर चिरिएको हुँदैन । त्यसैले ती तिमीहरूका निम्ति अशुद्ध हुन् ।
但是在反芻或有偶蹄分趾的走獸中,你們不可吃的:有駱駝、兔子或岩狸,因為牠們雖反芻,蹄卻不分趾,對你們仍是不潔的。
8 सुँगुर पनि तिमीहरूका लागि अशुद्ध हो किनकि त्यसको खुर चिरिएको हुन्छ तर त्यसले उग्रँदैन । त्यो तिमीहरूका निम्ति अशुद्ध हो । सुँगुरको मासु नखानू, र तिनीहरूका सिनु नछुनू ।
至於豬,雖有偶蹄,卻不反芻,對你們也是不潔的;你們不可吃這些走獸的肉,也不可摸牠們的屍體。
9 पानीमा बस्‍ने यी जलजन्तुहरूमध्ये पखेटा र कत्ला भएका तिमीहरूले खान सक्छौ ।
水族中你們可吃的如下:凡有鰭有鱗的,都可以吃;
10 तर पखेटा र कत्ला नभएकाहरूचाहिँ तिमीहरूले नखानू । ती तिमीहरूका लागि अशुद्ध हुन् ।
凡無鰭無鱗的,都不可吃;這一切對你們都是不潔的。
11 तिमीहरूले सबै शुद्ध पक्षी खान सक्छौ ।
凡是潔淨的飛禽,都可以吃。
12 तर तिमीहरूले यी पक्षीहरूचाहिँ नखानूः गरुड, गिद्ध, कालो गिद्ध,
飛禽中不可吃的:有鷹、鶚、禿鷲、
13 सबै थरीका रातो चील, कालो चील ।
鳶隼、鵰類,
14 तिमीहरूले कुनै पनि किसिमको काग,
凡烏鴉之類,
15 र अस्ट्रिच, ठुलो लाटोकोसेरो, समुद्री चरो, सबै थरीका बाज,
駝鳥、夜鷹、海鷗,凡蒼鷹之類,
16 सानो लाटोकोसेरो, ठुलो लाटोकोसेरो, सेतो लाटोकोसेरो, मरुभूमिको लाटोकोसेरो,
小梟、鴟梟、梟、白鷺、
17 माछा मार्ने चील र जल कौवा खानुहुँदैन ।
塘鵝、鴇、鸕鶿、
18 तिमीहरूले सारस, कुनै पनि किसिमको बकुल्ला, फाप्रे चरो र चमेरो खानुहुँदैन ।
鸛鷺類、戴勝和蝙蝠。
19 बथान-बथानमा उड्ने सबै किरा तिमीहरूका लागि अशुद्ध हुन् । तिमीहरूले ती खानुहुँदैन ।
凡有翅的昆蟲,對你們都是不潔的,都不可吃。
20 तर पखेटा भएका सबै शुद्ध प्राणी तिमीहरूले खान सक्छौ ।
凡潔淨的飛禽,都可以吃。
21 आफै मरेको कुनै पनि थोक नखानू । तिमीहरूका सहरहरूभित्र बस्‍ने परदेशीलाई त्यो दिन सक्छौ र त्यसले खान सक्छ वा यो परदेशीलाई बेच्न सक्छौ । किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गरिएका जाति हौ । बाख्राको पाठो माउको दूधमा नपकाउनू ।
凡自死的動物,你們不可吃,卻可送給在你城內的外方人吃,或賣給外邦人,因為你是屬於上主你天主的聖潔人民。不可煮羊羔在其母奶之中。
22 वर्षैपिच्छे तिमीहरूको खेतबाट आउने सबै उब्जनीबाट निश्‍चय नै दशांश छुट्ट्याउनू ।
你每年在田地內播種所得的出產,應繳納十分之一。
23 परमप्रभु तिमीहरूका परमेश्‍वरले जुन ठाउँलाई आफ्नो पवित्र वासस्थानको रूपमा चुन्‍नुहुन्छ, त्यही ठाउँमा उहाँको सामु तिमीहरूको अन्‍न, नयाँ मद्य, तेल र तिमीहरूका गाईवस्तुसाथै भेडा-बाख्राको पहिले जन्मेकाहरूको दशांश खानू । परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सधैँ आदर गर्न सिक्‍नू ।
你應在上主選定為立自己名號的地方,於上主你的天主面前,吃那五穀、酒、油的十分之一,及你的頭胎牛羊,好使你能學習著常敬畏上主你的天主。
24 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएपछि उहाँको पवित्र स्थानको रूपमा छान्‍नुहुने ठाउँमा दशांश लिएर जान तिमीहरूलाई निकै टाढा भयो र तिमीहरूले त्यहाँसम्म दशांश लैजान सकेनौ भने,
如果為你路途太遠,你不能把十分之一之物運去,因為上主你的天主選定為立自己名號的地方離你太遠,那麼若上主你的天主祝福了你,
25 तिमीहरूले त्यसलाई बेचेर पैसा आफ्नो हातमा लिन सक्छौ अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा जान सक्छौ ।
你可以把物品換成銀錢,手中帶著銀錢,往上主你的天主所選的地方,
26 त्यहाँ तिमीहरूले इच्छा लागेअनुसार खर्च गर्न सक्छौः गोरुको लागि वा भेडाको लागि वा दाखमद्यको लागि वा कडा दाखमद्यको लागि वा तिमीहरूको इच्छाअनुसार अन्य जुनसुकै थोकको लागि । त्यहाँ तिमीहरूले परमप्रभु तिमीहरूका सामु खाने छौ अनि तिमीहरू र तिमीहरूको घराना रमाउने छौ ।
在那裏可隨意用銀錢買牛羊、清酒和濃酒,以及你願意要的,在上主你的天主面前吃喝,與你的家屬一同歡樂;
27 तिमीहरूका सहरहरूभित्र भएको लेवीलाई नत्याग किनकि त्योसित तिमीहरूसँग झैँ कुनै हिस्सा वा सम्पत्ति छैन ।
但在你城內的肋未人,你不可忘記,因為他在你中間沒有分得產業。
28 तिमीहरूले हरेक तिन वर्षको अन्त्यमा वर्ष-वर्षको उब्जनीको सबै दशांश ल्याउनू, र त्यसलाई तिमीहरूका सहरभित्र भण्डारण गर्नू ।
每過三年,你應取出全部出產的十分之一,儲藏在你城鎮內,
29 लेवीसित तिमीहरूसँगै कुनै हिस्सा वा सम्पत्ति नभएकोले लेवीसाथै तिमीहरूका सहरहरूभित्र भएका परदेशी, अनाथसाथै विधवा आएर ती खाऊन् अनि तृप्‍त होऊन् । यसो गर ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूले गर्ने सबै कुरामा तिमीहरूलाई आशिष् देऊन् ।
那沒有與你分得產業的肋未人,和在你城鎮內的外方人、孤兒、寡婦都可來吃喝,得享飽飫,好叫上主你的天主,在你所做的一切事業上祝福你。

< व्यवस्था 14 >