< व्यवस्था 13 >

1 तिमीहरूका बिचमा कुनै अगमवक्ता वा स्वप्‍न-दर्शी देखा परी त्यसले तिमीहरूलाई कुनै चिन्ह वा चमत्कार देखाउन खोज्यो भने
Ka janabi moro kata ngʼat mokoro gik mabiro timore e lek otuch e dieru kendo ohulo wach moro mar hono kod ranyisi,
2 र त्यसले तिमीहरूलाई भनेको चिन्ह वा चमत्कार घटेपछि 'तिमीहरूले नजानेका अरू देवताहरूलाई पछ्याएर तिनीहरूको पुजा गरौँ' भन्यो भने
kendo ka honono kod ranyisino ma ohulo otimore bangʼe owacho niya, “We walu nyiseche mamokogi (ma gin nyiseche ma ok ungʼeyo) kendo ka owacho ni we walamgi,”
3 त्यस अगमवक्ता वा स्वप्‍न-दर्शीको कुरा नसुन्‍नू । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सारा हृदय र सारा प्राणले उहाँलाई प्रेम गर्छौ कि गर्दैनौ भनी तिमीहरूको जाँच गर्दै हुनुहुन्छ ।
to kik uwinj wach janabino kata jalekno. Jehova Nyasaye ma Nyasachu temou mondo ongʼe ane ka uhere gi chunyu duto kod ngimau duto.
4 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको पछि लाग्‍नू; उहाँको आदर गर्नू; उहाँका आज्ञाहरू पालन गर्नू र उहाँको कुरा सुन्‍नू र उहाँको आराधना गर्नू अनि उहाँमा टाँसिनू ।
En Jehova Nyasaye ma Nyasachu kende ema onego uluw kendo en kende ema owinjore umiye luor. Rituru chikene, luoreuru, tineuru kendo upadru kuome.
5 त्यस अगमवक्ता वा स्वप्‍न-दर्शीलाई मृत्युदण्ड दिनू किनकि त्यसले तिमीहरूलाई मिश्र देशबाट ल्याउनुहुने र दासत्वको घरबाट छुटकारा दिनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा बोलेको छ । त्यस अगमवक्ताले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई हिँड्न लगाउनुभएको मार्गबाट तिमीहरूलाई तर्काउन चाहन्छ । त्यसैले तिमीहरूका बिचबाट दुष्‍टतालाई मिल्काइदेओ ।
Janabino kata jalekno nyaka negi nimar opuonjo tim ngʼanyo ne Jehova Nyasaye ma Nyasachu mane oresou kagolou Misri kaka wasumbini; kendo osetemo golou e yore mane Jehova Nyasaye ma Nyasachu ochikou mondo uluw. Tim marachni nyaka ugol e dieru.
6 मानौँ, तिम्रो आफ्नै दाजुभाइ, वा तिम्रो छोरा वा छोरी वा तिम्री प्यारी पत्‍नी वा तिम्रो घनिष्‍ठ साथीले तिमीहरूलाई गोप्य रूपमा फकाएर यसो भन्यो, 'जाऔँ र तिमीहरू वा तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका अन्य देवताहरूको पुजा गरौँ
Ka dipo owadu hie, wuodi, nyari kata chiegi mihero kata osiepni migeno hoyi lingʼ-lingʼ kawachoni niya, “We wadhi mondo walam nyiseche mamoko” (ma gin nyiseche ma in kata kwereni ne ok ongʼeyo;
7 अर्थात् तिमीहरूका वरिपरि, तिमीहरूको नजिक वा टाढा वा पृथ्वीको एउटा कुनादेखि अर्को कुनासम्म भएका जातिहरूको कुनै देवताको पुजा गरौँ ।'
ma gin nyiseche mag ogendini mokiewo kodu, bed ni gin machiegni kata mabor, kochakore e bath piny konchiel nyaka komachielo);
8 त्यस बेला तिमीहरूले त्यसको कुरा नसुन्‍नू, त्यसलाई दया देखाउन आफ्ना आँखालाई अनुमति नदिनू, र त्यसलाई नजोगाउनू वा नलुकाउनू ।
to kik iyie olok pachi kata winjo wachne. Kik itimne ngʼwono moro amora kendo kik iluwe kata pande.
9 बरु, त्यसलाई निश्‍चय नै मारिदिनू । त्यसलाई मार्नेमा तेरो हात पहिलो होस् र त्यसपछि अरूहरू तम्सून् ।
Nyaka inege kendo lweti owuon ema okuong tere e tho. Bangʼe lwet ji moko duto bende otim kamano.
10 तिमीहरूले त्यसलाई ढुङ्गाले हानेर मार्नू किनकि त्यसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्‍वरबाट तर्काउन खोजेको छ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याउनुभयो ।
Chieleuru gi kite nyaka otho, nimar otemo golou kuom Jehova Nyasaye ma Nyasachu, mane ogolou Misri e piny mane unie wasumbini.
11 सारा इस्राएली यो सुनेर डराउने छन्, र तिमीहरूका बिचमा कसैले पनि यस्तो दुष्‍टता गर्ने छैन ।
Eka jo-Israel nowinj wachno mabed giluoro, to onge ngʼato kuomu kendo manotim gima rachno kendo.
12 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बस्‍न दिनुहुने कुनै पनि सहरमा
Ka iwinjo ka iwacho e achiel kuom miechu ma Jehova Nyasaye ma Nyasachu miyou mondo udagie
13 केही दुष्‍ट मित्रहरू तिमीहरूबाट तर्केर गई तिमीहरूको सहरका बासिन्दाहरूलाई 'तिमीहरूले नचिनेका अन्य देवताहरूको पुजा गरौँ' भनेको तिमीहरूले सुन्यौ भने
ni joma timbegi mono osedonjo e miechgi ma osewuondo ji mangʼeny kuondego kawachonegi niya, “Wadhiuru walam nyiseche mamoko” (ma gin nyiseche ma ok usengʼeyo),
14 तिमीहरूले गम्भीर रूपमा साक्षीको जाँच गर्नू; अनुसन्धान गर्नू अनि केरकार गर्नू । तिमीहरूका बिचमा यस्तो घृणित कुरो भएको रहेछ भनी तिमीहरूले पक्‍का गर्‍यौ भने तिमीहरूले कारवाही अगाडि बढाउनू ।
to wachno nyaka unon matut ahinya ka en adieri. Ka osenwangʼo kamano ni gima kwero osetimore e dieru,
15 तिमीहरूले तरवारले त्यस सहरका बासिन्दाहरूलाई आक्रमण गरी त्यसलाई पूर्ण रूपमा नष्‍ट गरिदिनू अनि त्यहाँ भएका सबै मानिसलगायत तिनीहरूका गाईवस्तु सबैलाई तरवारले नष्‍ट पार्नू ।
to nyaka uneg jogo duto modak e dalano gi ligangla. Neg-giuru duto kaachiel gi jambgi.
16 तिमीहरूले लुटका सबै माल सडकको बिचमा जम्मा गरी परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु ती मालसमेत सहरलाई जलाइदिनू । त्यो सहर सदाको लागि भग्‍नावशेषको थुप्रो हुने छ । यसलाई फेरि कहिल्यै पुनर्निर्माण नगरियोस् ।
Chokuru gik moyaki dalano kendo uketgi e laru mi uwangʼ-gi kaka misango miwangʼo pep ne Jehova Nyasaye ma Nyasachu. Nyaka odongʼ gunda ma ok nochak ger.
17 विनाशको लागि अलग गरिएको कुनै पनि थोक तिमीहरूको हातमा नहोस् ताकि परमप्रभुको क्रोध शान्त होस् जसले तिमीहरूलाई दया देखाउनुहुन्छ, तिमीहरूलाई टिठ्याउनुहुन्छ र तिमीहरूलाई पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएमुताबिक सङ्ख्यामा वृद्धि गराउनुहुन्छ ।
Gik mamonogo kik yud e lwetu eka mirima mager mar Jehova Nyasaye norum, mi notimnu ngʼwono kendo ununyaa kaka nosingore ne kwereu.
18 आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्न र परमप्रभुको दृष्‍टिमा जे ठिक छ त्यही गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज सुनेकाले उहाँले यसो गर्नुहुने छ ।
Nikech uluoro Jehova Nyasaye ma Nyasachu, kurito chikene duto ma amiyi kawuono kendo ka utimo gik makare e wangʼ Jehova Nyasaye.

< व्यवस्था 13 >