< व्यवस्था 13 >

1 तिमीहरूका बिचमा कुनै अगमवक्ता वा स्वप्‍न-दर्शी देखा परी त्यसले तिमीहरूलाई कुनै चिन्ह वा चमत्कार देखाउन खोज्यो भने
Ngati mneneri kapena wina aliyense amene amanena zamʼtsogolo mwa maloto atuluka pakati panu, nalengeza za chizindikiro chozizwitsa kapena chodabwitsa,
2 र त्यसले तिमीहरूलाई भनेको चिन्ह वा चमत्कार घटेपछि 'तिमीहरूले नजानेका अरू देवताहरूलाई पछ्याएर तिनीहरूको पुजा गरौँ' भन्यो भने
chinthu nʼkuchitikadi, tsono iyeyo nʼkunena kuti, “Tiyeni titsatire milungu ina, tiyeni tiyipembedze,” (kunena milungu imene simunayidziwe),
3 त्यस अगमवक्ता वा स्वप्‍न-दर्शीको कुरा नसुन्‍नू । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सारा हृदय र सारा प्राणले उहाँलाई प्रेम गर्छौ कि गर्दैनौ भनी तिमीहरूको जाँच गर्दै हुनुहुन्छ ।
musamumvere mneneriyo kapena wolotayo. Yehova Mulungu wanu afuna akuyeseni kuti aone ngati mumamukonda ndi mtima wanu wonse ndi moyo wanu wonse.
4 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको पछि लाग्‍नू; उहाँको आदर गर्नू; उहाँका आज्ञाहरू पालन गर्नू र उहाँको कुरा सुन्‍नू र उहाँको आराधना गर्नू अनि उहाँमा टाँसिनू ।
Muyenera kutsatira Yehova Mulungu wanu, ndipo ndi Iyeyo amene muyenera kumuopa. Muzisunga malamulo ake ndi kumamumvera, muzimutumikira ndipo kumukangamira Iyeyo.
5 त्यस अगमवक्ता वा स्वप्‍न-दर्शीलाई मृत्युदण्ड दिनू किनकि त्यसले तिमीहरूलाई मिश्र देशबाट ल्याउनुहुने र दासत्वको घरबाट छुटकारा दिनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा बोलेको छ । त्यस अगमवक्ताले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई हिँड्न लगाउनुभएको मार्गबाट तिमीहरूलाई तर्काउन चाहन्छ । त्यसैले तिमीहरूका बिचबाट दुष्‍टतालाई मिल्काइदेओ ।
Mneneri kapena wolotayo ayenera kuphedwa, popeza analalikira zopandukira Yehova Mulungu wanu, amene anakutulutsani ku Igupto ndi kukupulumutsani ku dziko la ukapolo. Wolalikirayo anafuna kukupatutsani pa njira imene Yehova Mulungu wanu anakulamulirani kuti muyitsatire. Muzichotsa choyipa pakati panu.
6 मानौँ, तिम्रो आफ्नै दाजुभाइ, वा तिम्रो छोरा वा छोरी वा तिम्री प्यारी पत्‍नी वा तिम्रो घनिष्‍ठ साथीले तिमीहरूलाई गोप्य रूपमा फकाएर यसो भन्यो, 'जाऔँ र तिमीहरू वा तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका अन्य देवताहरूको पुजा गरौँ
Ngati mʼbale wanu weniweni kapena mwana wanu wamwamuna kapena wamkazi, kapena mkazi wanu wokondedwa, kapena mnzanu wapamtima akukakamizani mwachinsinsi, nʼkumati, “Tiyeni tipite tikapembedze milungu ina” (milungu imene inuyo kapena makolo anu sanayidziwe,
7 अर्थात् तिमीहरूका वरिपरि, तिमीहरूको नजिक वा टाढा वा पृथ्वीको एउटा कुनादेखि अर्को कुनासम्म भएका जातिहरूको कुनै देवताको पुजा गरौँ ।'
milungu ya anthu okuzungulirani, kaya ndi apafupi kapena akutali, kuchokera kumapeto mpaka kumapeto kwina kwa dziko lapansi),
8 त्यस बेला तिमीहरूले त्यसको कुरा नसुन्‍नू, त्यसलाई दया देखाउन आफ्ना आँखालाई अनुमति नदिनू, र त्यसलाई नजोगाउनू वा नलुकाउनू ।
musamugonjere kapena kumumvera. Musamumvere chisoni. Musamuleke kapena kumutchinjiriza.
9 बरु, त्यसलाई निश्‍चय नै मारिदिनू । त्यसलाई मार्नेमा तेरो हात पहिलो होस् र त्यसपछि अरूहरू तम्सून् ।
Mumuphe ndithu. Dzanja lanu likhale loyambirira kumupha, kenaka manja a anthu ena onse.
10 तिमीहरूले त्यसलाई ढुङ्गाले हानेर मार्नू किनकि त्यसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्‍वरबाट तर्काउन खोजेको छ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याउनुभयो ।
Mumuponye miyala mpaka kumupha, chifukwa anafuna kukupatutsani pa njira ya Yehova Mulungu amene anakutulutsani ku Igupto, dziko la ukapolo.
11 सारा इस्राएली यो सुनेर डराउने छन्, र तिमीहरूका बिचमा कसैले पनि यस्तो दुष्‍टता गर्ने छैन ।
Tsono Aisraeli onse adzamva nachita mantha, ndipo palibe mmodzi pakati panu amene adzachitenso choyipa chotere.
12 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बस्‍न दिनुहुने कुनै पनि सहरमा
Ngati mumvetsedwa kuti ku umodzi mwa mizinda imene Yehova Mulungu wanu akukupatsani kuti mukhalemo,
13 केही दुष्‍ट मित्रहरू तिमीहरूबाट तर्केर गई तिमीहरूको सहरका बासिन्दाहरूलाई 'तिमीहरूले नचिनेका अन्य देवताहरूको पुजा गरौँ' भनेको तिमीहरूले सुन्यौ भने
kwapezeka anthu ena oyipa pakati panu ndipo asocheretsa anthu ambiri mʼmizinda yanu, pomanena kuti, “Tiyeni tikapembedze milungu ina” (milungu imene simunayidziwe),
14 तिमीहरूले गम्भीर रूपमा साक्षीको जाँच गर्नू; अनुसन्धान गर्नू अनि केरकार गर्नू । तिमीहरूका बिचमा यस्तो घृणित कुरो भएको रहेछ भनी तिमीहरूले पक्‍का गर्‍यौ भने तिमीहरूले कारवाही अगाडि बढाउनू ।
mukuyenera kufunsa, kulondola ndi kufufuza bwino nkhaniyo. Ndipo ngati zitatsimikizikadi kuti ndi zoona kuti chinthu chonyansa chotere chachitikadi pakati panu,
15 तिमीहरूले तरवारले त्यस सहरका बासिन्दाहरूलाई आक्रमण गरी त्यसलाई पूर्ण रूपमा नष्‍ट गरिदिनू अनि त्यहाँ भएका सबै मानिसलगायत तिनीहरूका गाईवस्तु सबैलाई तरवारले नष्‍ट पार्नू ।
muyenera kuwapha onse okhala mu mzinda umenewo. Muwonongeretu kwathunthu mzindawo, anthu ake ndi ziweto zake zomwe.
16 तिमीहरूले लुटका सबै माल सडकको बिचमा जम्मा गरी परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु ती मालसमेत सहरलाई जलाइदिनू । त्यो सहर सदाको लागि भग्‍नावशेषको थुप्रो हुने छ । यसलाई फेरि कहिल्यै पुनर्निर्माण नगरियोस् ।
Katundu yense wa anthu mu mzindawo mumuwunjike pamodzi pakatikati pa bwalo losonkhanako ndipo mutenthe mzindawo pamodzi ndi katundu wake yense monga nsembe yathunthu yopsereza ya kwa Yehova Mulungu wanu. Mzinda umenewo ukhale bwinja mpaka muyaya, usadzamangidwenso.
17 विनाशको लागि अलग गरिएको कुनै पनि थोक तिमीहरूको हातमा नहोस् ताकि परमप्रभुको क्रोध शान्त होस् जसले तिमीहरूलाई दया देखाउनुहुन्छ, तिमीहरूलाई टिठ्याउनुहुन्छ र तिमीहरूलाई पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएमुताबिक सङ्ख्यामा वृद्धि गराउनुहुन्छ ।
Musapezeke ndi kanthu kalikonse koyenera kuwonongedwa kuti Yehova abweze mkwiyo wake wochititsa manthawu. Adzakuchitirani chifundo ndi kukumverani chisoni, ndipo adzakuchulukitsani monga analonjeza mwa lumbiro kwa makolo anu,
18 आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्न र परमप्रभुको दृष्‍टिमा जे ठिक छ त्यही गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज सुनेकाले उहाँले यसो गर्नुहुने छ ।
chifukwa mumamvera Yehova Mulungu wanu, kusunga malamulo ake onse amene ndikukupatsani lero lino ndi kuchita zoyenera pamaso pake.

< व्यवस्था 13 >