< व्यवस्था 10 >
1 त्यस बेला परमप्रभुले मलाई भन्नुभयो, 'पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काट्, र पर्वतमा मकहाँ उक्लेर आइज अनि काठको एउटा सन्दूक बना ।
Naquela época Yahweh me disse: “Corte duas tábuas de pedra como a primeira, e venha até mim na montanha, e faça uma arca de madeira”.
2 तैँले फुटाएका पहिलेका पाटीहरूमा भएका वचनहरू म यी पाटीहरूहरूमा लेख्ने छु, र तैँले तिनलाई सन्दुकमा राख्नू ।'
Vou escrever nas tábuas as palavras que estavam nas primeiras tábuas que você quebrou, e você as colocará na arca”.
3 त्यसैले मैले बबुल काठको एउटा सन्दुक बनाएँ, र पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काटेँ अनि मेरो हातमा ती दुईवटा पाटी लिएर पर्वतमा उक्लेँ ।
Então fiz uma arca de madeira de acácia, cortei duas tábuas de pedra como a primeira, e subi à montanha, tendo as duas tábuas na mão.
4 पर्वतमा सभाको दिनमा आगोको बिचबाट परमप्रभुले तिमीहरूलाई बोल्नुभएका दस आज्ञा उहाँले पहिलेजस्तै ती पाटीहरूमा लेख्नुभयो र मलाई दिनुभयो ।
Ele escreveu nas tábuas, de acordo com o primeiro escrito, os dez mandamentos, que Javé falou com você na montanha fora do meio do fogo no dia da assembléia; e Javé os deu a mim.
5 म फर्केर पर्वतबाट तल ओर्लें, र मैले बनाएका सन्दुकमा ती पाटीहरू राखेँ । परमप्रभुले आज्ञा गर्नुभएझैँ ती त्यहाँ थिए ।”
Eu me virei e desci da montanha, e coloquei as tábuas na arca que eu tinha feito; e lá estão elas como Iavé me ordenou.
6 (इस्राएलीहरू बिरोथ-बने-याकानबाट हिँडेर मोसेरामा आए । त्यहाँ हारून मरे, र त्यहीँ गाडिए । तिनको ठाउँमा तिनका छोरा एलाजारले पुजारीको पद सम्हाले ।
(As crianças de Israel viajaram de Beeroth Bene Jaakan para Moserah. Lá Arão morreu, e lá ele foi enterrado; e Eleazar, seu filho, ministrou no escritório do sacerdote em seu lugar.
7 त्यहाँबाट तिनीहरू गुदगुदासम्म हिँडे र गुदगुदाबाट खोलाहरू भएको योतबातामा आए ।
De lá eles viajaram para Gudgodah; e de Gudgodah para Jotbathah, uma terra de riachos de água.
8 त्यस बेला परमप्रभुको नाउँमा मानिसहरूलाई आशिष् दिन र उहाँको सेवाको लागि उहाँको सामु खडा हुनका लागि परमप्रभुको करार बोक्न उहाँले लेवी कुललाई छान्नुभयो जस्तो आजसम्म चलिआएको छ ।
Naquele tempo Yahweh separou a tribo de Levi para carregar a arca do pacto de Yahweh, para estar diante de Yahweh para ministrar a ele, e para abençoar em seu nome, até os dias de hoje.
9 त्यसकारण, आफ्ना दाजुभाइहरूसँगै लेवीसित जमिनको कुनै हिस्सा वा सम्पत्ति हुँदैन । परमप्रभु तिमीहरूका परमेश्वरले तिनलाई भन्नुभएझैँ परमप्रभु नै तिनको सम्पत्ति हुनुहुन्छ)
Portanto, Levi não tem parte nem herança com seus irmãos; Iavé é sua herança, segundo Iavé, seu Deus falou com ele).
10 पहिलेजस्तै म चालिस दिन र चालिस रातसम्म पर्वतमा बसेँ । त्यस बेला पनि परमप्रभुले मेरो कुरा सुन्नुभयो ।
Eu fiquei na montanha, como na primeira vez, quarenta dias e quarenta noites; e Javé também me escutou daquela vez. Yahweh não o destruiria.
11 परमप्रभुले मलाई मार्ने इच्छा गर्नुभएन । परमप्रभुले मलाई भन्नुभयो, 'उठ् र मानिसहरूलाई यात्रामा अगुवाइ गर्न तिनीहरूको अगि जा । मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिने छु भनी प्रतिज्ञा गरेको देशमा तिनीहरू जाने छन् र त्यसको अधिकार गर्ने छन् ।'
Javé me disse: “Levantem-se, façam sua viagem diante do povo; e eles entrarão e possuirão a terra que jurei a seus pais que lhes daria”.
12 अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट चाहनुभएका कुराहरू यिनै हुन्: परमप्रभु तिमीहरूका परमेश्वरको भय मान; उहाँका सबै मार्गमा हिँड; उहाँलाई प्रेम गर; परमप्रभु तिमीहरूका परमेश्वरलाई आफ्नो सारा ह्रदय र सारा प्राणले आराधना गर;
Agora, Israel, o que o Senhor teu Deus exige de ti, mas temer o Senhor teu Deus, caminhar em todos os seus caminhos, amá-lo e servir o Senhor teu Deus com todo o teu coração e com toda a tua alma,
13 परमप्रभुका आज्ञा र विधिविधानहरू पालन गर जुन तिमीहरूका भलाइको निम्ति आज मैले तिमीहरूलाई दिँदै छु ।
para guardar os mandamentos e estatutos do Senhor, que eu te ordeno hoje para teu bem?
14 हेर, आकाश, आकाशमण्डलहरू, पृथ्वी र तिनमा भएका सबै परमप्रभु तिमीहरूका परमेश्वरकै हुन् ।
Eis que a Javé, vosso Deus, pertence ao céu, ao céu dos céus e à terra, com tudo o que nela existe.
15 परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नमा उहाँ खुसी हुनुभयो र उहाँले तिमीहरू, तिमीहरूका सन्तानहरू र त्यसपछि आउनेहरूलाई चुन्नुभयो जस्तो तिमीहरू देख्छौ ।
Somente Javé teve o prazer de seus pais para amá-los, e ele escolheu seus descendentes depois deles, mesmo você acima de todos os povos, como é hoje.
16 त्यसकारण, तिमीहरूका ह्रदयको खतना गर, र अबदेखि उसो हठी नहोओ ।
Circuncide, portanto, o prepúcio de seu coração, e não seja mais de pescoço duro.
17 किनकि परमप्रभु तिमीहरूका परमेश्वर नै देवहरूका परमेश्वर र प्रभुहरूका प्रभु, महान् परमेश्वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ जसले कसैको पक्षपात गर्नुहुन्न र घुस लिनुहुन्न ।
Para Javé, vosso Deus, ele é Deus dos deuses e Senhor dos senhores, o grande Deus, o poderoso e o incrível, que não respeita as pessoas nem aceita subornos.
18 उहाँले अनाथ र विधवाहरूको पक्षमा न्याय गर्नुहुन्छ, र परदेशीलाई भोजन र वस्त्र दिएर प्रेम देखाउनुहुन्छ ।
Ele faz justiça para os órfãos de pai e viúva e ama o estrangeiro ao dar-lhe comida e roupas.
19 त्यसकारण परदेशीलाई प्रेम गर । किनकि तिमीहरू पनि मिश्र देशमा परदेशी नै थियौ ।
Portanto, ama o estrangeiro, pois foram estrangeiros na terra do Egito.
20 परमप्रभु तिमीहरूका परमेश्वरको भय मान । उहाँको आराधना गर । उहाँमै टाँसिरहो, र उहाँको नाउँमा मात्र शपथ खाओ ।
Você temerá a Javé, seu Deus. Você o servirá. Apegar-te-ás a ele, e jurarás pelo seu nome.
21 उहाँ तिमीहरूको प्रशंसा हुनुहुन्छ, उहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ जसले तिमीहरूका आँखाले देख्ने गरी यी महान् र भययोग्य कुराहरू गर्नुभएको छ ।
Ele é vosso louvor, e ele é vosso Deus, que fez por vós estas grandes e espantosas coisas que vossos olhos viram.
22 तिमीहरूका सत्तरी जना पिता-पुर्खा मिश्रमा गएका थिए । अहिले परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आकाशका ताराहरूजत्तिकै असङ्ख्य बनाउनुभएको छ ।
Seus pais desceram ao Egito com setenta pessoas; e agora Javé, vosso Deus, vos fez como as estrelas do céu para a multidão.