< दानिएल 9 >
1 दारा मादी वंशका अहासूरसका छोरा थिए । यी तिनै अहासूरस थिए जसलाई बेबिलोनको राज्यमाथि राजा बनाइएको थियो ।
“In the first year of Darius, son of Ahasuerus, of the seed of the Medes, who has been made king over the kingdom of the Chaldeans,
2 अब दाराले राज्य सुरु गरेको पहिलो वर्षमा, म दानिएलले, परमप्रभुको वचन पढ्दै थिएँ, जुन वचन यर्मियाकहाँ अगमवक्ता आएको थियो । यरूशलेम त्यागिएको अवस्थामा सत्तरी वर्षसम्म रहन्छ भनिएको मैले देखें ।
in the first year of his reign, I, Daniel, have understood by scrolls the number of the years (in that a word of YHWH has been to Jeremiah the prophet), concerning the fulfilling of the desolations of Jerusalem—seventy years;
3 उपवाससहित प्रार्थना र बिन्ती गर्न, भाङ्ग्रा लगाउँदै र खरानीमा बस्दै परमप्रभु परमेश्वरको खोजी गर्न मैले आफ्नो अनुहार उहाँतर्फ फर्काएँ ।
and I set my face toward the Lord God, to seek [by] prayer and supplications, with fasting, and sackcloth, and ashes.
4 परमप्रभु आफ्नो परमेश्वरसँग मैले प्रार्थना गरें, अनि मैले हाम्रा पापहरू स्वीकारें । मैले भनें, “कृपया, हे परमप्रभु, तपाईं महान् र भययोग्य परमेश्वर हुनुहुन्छ, तपाईंले आफ्नो करारको पालन गर्नुहुन्छ र तपाईंलाई प्रेम गर्ने र तपाईंका आज्ञाहरू मान्नेलाई प्रेम गर्न तपाईं विश्वासयोग्य हुनुहुन्छ ।
And I pray to my God YHWH, and confess, and say: Ah, now, O Lord God, the great and the fearful, keeping the covenant and the kindness to those loving Him and to those keeping His commands;
5 हामीले पाप गरेका छौं र गलत काम गरेका छौं। हामीले दुष्टतापुर्वक काम गरेका छौं र तपाईंका आज्ञा र विधिहरूबाट तर्केर हामीले बागी भएका छौं।
we have sinned, and done perversely, and done wickedly, and rebelled, to turn aside from Your commands, and from Your judgments:
6 तपाईंका नाउँमा हाम्रा राजाहरू, अगुवाहरू, पुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका तपाईंका सेवक अगमवक्ताहरूका वचन हामीले सुनेका छैनौं ।
and we have not listened to Your servants, the prophets, who have spoken in Your Name to our kings, our heads, and our fathers, and to all the people of the land.
7 हे परमप्रभु, धार्मिकता तपाईंको हो । तर आज, हाम्रो अनुहार, अनि यहूदाका मानिसहरू र यरूशलेममा बस्नेहरू, र सारा इस्राएलीहरू लाजमा परेका छन् । अनि तपाईंले विभिन्न ठाउँहरूमा छरपष्ट पार्नुभएका नजिक र टाढाका सबै मानिसहरू त्यसमा समावेश हुन्छन् । हामीले तपाईंको विरुद्धमा गरेका विश्वासघातको कारणले नै यस्तो भएको हो ।
To You, O Lord, [is] the righteousness, and to us the shame of face, as [at] this day, to the men of Judah, and to the inhabitants of Jerusalem, and to all Israel, who are near, and who are far off, in all the lands to where You have driven them, in their trespass that they have trespassed against You.
8 हे परमप्रभु, हामीले तपाईंको विरुद्धमा पाप गरेका कारणले गर्दा, हामी, हाम्रा राजाहरू, अगुवाहरू, र पुर्खाहरूका अनुहार शर्ममा परेका छन् ।
O Lord, to us [is] the shame of face, to our kings, to our heads, and to our fathers, in that we have sinned against You.
9 दया र क्षमा परमप्रभु हाम्रा परमेश्वरका हुन्, किनकि हामीले उहाँको विरुद्धमा विद्रोह गरेका छौं ।
To the Lord our God [are] the mercies and the forgivenesses, for we have rebelled against Him,
10 आफ्ना सेवक अगमवक्ताहरूद्वारा परमप्रभुले हामीलाई दिनुभएका उहाँका व्यवस्थामा हिंड्नलाई हामीले उहाँको वचन मानेका छैनौं ।
and have not listened to the voice of our God YHWH, to walk in His laws, that He has set before us by the hand of His servants the prophets;
11 तपाईंको वचन पालन गर्नलाई इन्कार गरेर सबै इस्राएलले तपाईंको व्यवस्थाको विरुद्धमा अपराध गरेका छन्। परमेश्वरका सेवक मोशाका व्यवस्थामा लेखिएका सराप र प्रतिज्ञा हामीमाथि खनिएका छन्, किनकि हामीले उहाँको विरुद्ध पाप गरेका छौं।
and all Israel has transgressed Your law, to turn aside so as not to listen to Your voice; and poured on us is the execration, and the oath, that is written in the Law of Moses, servant of God, because we have sinned against Him.
12 परमप्रभुले हामीमाथि ठुलो विपत्ति ल्याउनुभएर उहाँले हामी र हाम्रा शासकहरूका विरुद्धमा बोल्नुभएका वचनहरू पुरा गर्नुभएको छ । किनभने यरूशलेमलाई जे गरिएको छ सारा स्वर्गमुनि त्यस्तो कहिल्यै गरिएको छैन ।
And He confirms His words that He has spoken against us, and against our judges who have judged us, to bring great calamity on us, in that it has not been done under the whole heavens as it has been done in Jerusalem,
13 मोशाको व्यवस्थामा लेखिएझैं सबै विपत्ति हामीमाथि आइपरेको छन्, तापनि आफ्ना पापबाट फर्केर र तपाईं परमप्रभु परमेश्वरका सत्यतामा ध्यान दिएर हामीले तपाईंबाट कृपा पाउन अझैसम्म बिन्ती गरेका छैनौं ।
as it is written in the Law of Moses, all this evil has come on us, and we have not appeased the face of our God YHWH to turn back from our iniquities, and to act wisely in Your truth.
14 यसकारण परमप्रभुले विपत्तिलाई पठाउन तयार राख्नुभएको छ, र त्यो हामीमाथि ल्याउनुभएको छ, किनभने परमप्रभु हाम्रा परमेश्वर आफूले गर्नुहुने सबै काममा धर्मी हुनुहुन्छ, तापनि हामीले उहाँको वचन पालना गरेका छैनौं ।
And YHWH watches for the evil, and brings it on us, for our God YHWH is righteous concerning all His works that He has done, and we have not listened to His voice.
15 अब हे परमप्रभु हाम्रा परमेश्वर, शक्तिशाली हातले तपाईंले आफ्ना मानिसहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो, र आजको दिनसम्म तपाईंले आफ्नो नामको ख्याति कायम राख्नुभएको छ । तापनि हामीले अझै पाप गर्यौं, र हामीले दुष्ट काम गरेका छौं ।
And now, O Lord our God, who has brought forth Your people from the land of Egypt by a strong hand, and makes for Yourself a name as at this day, we have sinned, we have done wickedly.
16 हे परमप्रभु, तपाईंका सबै धार्मिक कामहरूका कारणले, तपाईंको सहर यरूशलेम, तपाईंको पवित्र पर्वतबाट तपाईंको रिस र क्रोध हटोस् । हाम्रा पापहरू र हाम्रा पुर्खाहरूका अपराधहरूका कारणले, यरूशलेम र हाम्रा वरिपरि भएका तपाईंका मानिस सबै घृणाका पात्र भएका छन् ।
O Lord, according to all Your righteous acts, please let Your anger and Your fury turn back from Your city Jerusalem, Your holy mountain, for by our sins, and by the iniquities of our fathers, Jerusalem and Your people [are] for a reproach to all our neighbors;
17 अब हे हाम्रा परमेश्वर, तपाईंको दासको प्रार्थना र कृपाको निम्ति गरिएको उसको निवेदन सुन्नुहोस् । हे परमप्रभु, तपाईंको खातिर, उजाड भएको तपाईंको पवित्र स्थानमा आफ्नो अनुहार चम्काउनुहोस् ।
and now, listen, O our God, to the prayer of Your servant, and to his supplication, and cause Your face to shine on Your sanctuary that [is] desolate, for the Lord’s sake.
18 मेरा परमेश्वर, आफ्ना कान खोल्नुहोस् र सुन्नुहोस् । आफ्ना आँखा खोल्नुहोस् र हेर्नुहोस् । हामी तहस-नहस पारिएका छौं। तपाईंको नामद्वारा पुकारिने त्यो सहरलाई हेर्नुहोस् । हाम्रो धार्मिकताको कारणले होइन, तर तपाईंको महान् कृपाको कारणले तपाईंबाट सहायता पाउनलाई हामी बिन्ती गर्छौं ।
Incline, O my God, Your ear, and hear, open Your eyes and see our desolations, and the city on which Your Name is called; for not for our righteous acts are we causing our supplications to fall before You, but for Your mercies that [are] many.
19 हे परमप्रभु सुन्नुहोस्! हे परमप्रभु क्षमा गर्नुहोस्! हे परमप्रभु ध्यान दिनुहोस् र काम गर्नुहोस् । हे मेरा परमेश्वर, तपाईंको आफ्नै निम्ति ढिला नगर्नुहोस्, किनभने तपाईंको सहर र तपाईंका मानिस तपाईंकै नाउँले बोलाइन्छन् ।”
O Lord, hear, O Lord, forgive; O Lord, attend and do; do not delay, for Your own sake, O my God, for Your Name is called on Your city, and on Your people.
20 जब म बोलिरहेको, प्रार्थना गरिरहेको र आफू अनि आफ्ना मानिस इस्राएलका पाप स्विकार गरिरहेको थिएँ, र परमेश्वरको पवित्र पर्वत निम्ति परमप्रभु मेरा परमेश्वरको सामु मेरा बिन्तीहरू राख्दै थिएँ—
And while I am speaking, and praying, and confessing my sin, and the sin of my people Israel, and causing my supplication to fall before my God YHWH, for the holy mountain of my God,
21 मैले प्रार्थना गरिरहँदा, मैले दर्शनमा पहिला देखेको मानिस, गाब्रिएल साँझको बलिदानको समयमा तिव्र वेगले उडेर तल मकाहाँ आए ।
indeed, while I am speaking in prayer, then that one Gabriel, whom I had seen in vision at the commencement, being caused to fly swiftly, is coming to me at the time of the evening present.
22 उनले मलाई समझ दिए र मलाई भने, “ए दानिएल, तिमीलाई अन्तर्दृष्टि र समझ दिनलाई अहिले म आएको हुँ ।
And he gives understanding, and speaks with me, and says, O Daniel, now I have come forth to cause you to consider understanding wisely;
23 तिमीले कृपाको निम्ति बिन्ती गर्न सुरु गर्दा, आज्ञा दिइयो र तिमीलाई जवाफको बारेमा बताउनलाई म आएको हुँ, किनकि तिमीलाई धेरै प्रेम गरिएको छ । यसकारण यो वचन विचार गर र प्रकट भएको कुरालाई बुझ ।
at the commencement of your supplications the word has come forth, and I have come to declare [it], for you [are] greatly desired, and understand concerning the matter, and consider concerning the appearance.
24 तिम्रा मानिसहरू र तिम्रो पवित्र सहरको दोषको अन्त्य गर्न र पापलाई अन्त्य गर्न, दुष्टताको निम्ति पश्चात्ताप गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र अगमवाणीलाई पुरा गर्न, र अति पवित्र स्थानलाई शुद्ध पार्नलाई सत्तरी सातहरूको आदेश दिइएको छ ।
Seventy periods of seven are determined for your people and for your holy city, to shut up the transgression, and to seal up sins, and to cover iniquity, and to bring in continuous righteousness, and to seal up vision and prophet, and to anoint the Holy of Holies.
25 यो जान र बुझ, कि यरूशलेमलाई पुनर्स्थापित र पुनर्निर्माण गर्ने आज्ञा दिएपछि, अभिषिक्त जनको (जो अगुवा हुनेछन्) आगमनसम्म त्यहाँ सात सातहरू र बैसठ्ठी सातहरू हुनेछन् । धेरै विपदका समयहरू हुने भए तापनि, सडकहरू र सुरुङहरूसहित यरूशलेमको पुनर्निर्माण हुनेछ ।
And you know, and consider wisely, from the going forth of the word to restore and to build Jerusalem until Messiah the Leader [is] seven periods of seven, and sixty-two periods of seven: the broad place has been built again, and the rampart, even in the distress of the times.
26 बैसठ्ठी सातहरूपछि, अभिषिक्त जनलाई नाश पारिनेछ र तिनीसँग केही पनि हुनेछैन । आउनेवाला शासकका सेनाले सहर र पवित्र स्थानलाई नाश गर्नेछ । बाढीसँगै त्यसको अन्त्य आउनेछ, र अन्त्यसम्मै युद्ध हुनेछ । सर्वनाश पार्ने आज्ञा दिइएको छ ।
And after the sixty-two periods of seven, Messiah is cut off, but not for Himself, and the people of the leader who is coming destroy the city and the holy place; and its end [is] with a flood, and until the end [is] war, [and] desolations [are] determined.
27 एउटा सातको निम्ति तिनले धेरै जनासँग करार सदर गर्नेछन् । सातको बिचमा तिनले बलिदान र भेटीलाई समाप्त गर्नेछन् । घृणित कुराहरूको पखेटामा कोही व्यक्ति आउनेछ जसले सर्वनाश गर्नेछ । सर्वनाश गर्ने व्यक्तिलाई पूर्ण रूपमा खत्तम गर्ने र विनाश पार्ने आदेश भएको छ ।”
And he has strengthened a covenant with many [for] one period of seven, and [in] the midst of the period of seven he causes sacrifice and present to cease, and by the wing of abominations he is making desolate, even until the consummation, and that which is determined is poured on the desolate one.”