< दानिएल 7 >

1 बेबिलोनका राजा बेलसजरको पहिलो वर्षमा, दानिएल आफ्नो ओछ्यानमा पल्टिरहँदा तिनले एउटा सपना र दर्शन देखे । अनि तिनले सपनामा देखेका कुरालाई लेखे । तिनले सबैभन्दा महत्त्वपूर्ण घटनाहरूलाई लेखेः
Katika mwaka wa kwanza wa Belshaza mfalme wa Babelli, Danieli alikuwa na ndoto na maono katika akili zake wakati alipokuwa amelala kitandani kwake. Kisha akayaandika yale aliyoyaona katika ndoto. Aliandika matukio ya muhimu sana:
2 दानिएलले वर्णन गरे, “रातमा मैले देखेको दर्शनमा स्‍वर्गका चार बतासले महान् समुद्रलाई घोलिरहेको मैले देखें ।
Danieli alieleza, “Usiku katika ndoto zangu niliona pepo nne za mbinguni zilikuwa zinaitikisa bahari kuu.
3 प्रत्‍येक नै एक-अर्काबाट भिन्‍न चार विशाल पशु समुद्रबाट बाहिर आए ।
Wanyama wakubwa wanne, kila mmoja alikuwa tofauti na mwenzake, walitoka katika bahari.
4 पहिलोचाहिं सिंहजस्‍तो देखिन्‍थ्‍यो तर त्‍यसका चीलका पखेटाहरू थिए । मैले हेर्दै गर्दा, त्यसका पखेटाहरू च्यातिए र जमिनबाट त्‍यसलाई माथि उठाइयो र मानिसझैं दुई खुट्टामा त्यसलाई खडा गरियो । त्यसलाई मानिसको मन दिइएको थियो ।
Mnyama wa kwanza alikuwa kama simba, lakini alikuwa na mabawa ya tai. Nilipokuwa natazama, mabawa yake yalikuwa yamepasuka na alikuwa ameinuliwa katika ardhi na alikuwa amesimama kwa miguu miwili kama mtu. Na alipewa akili za kibinadamu.
5 अनि त्‍यहाँ अर्को एउटा भालुजस्तो पशु थियो, र त्यो झुकिरहेको थियो । आफ्‍ना दाँतहरूका बिचमा त्‍यसले तिनवटा करङ थिए । त्यसलाई यसो भनियो, ‘उठ्‍ र धेरै जना मानिसलाई खा ।’
Na kulikuwa na mnyama wa pili, alikuwa kama dubu, na alikuwa ameinama, alikuwa na mbavu tatu katikati ya meno yake katika mdomo wake. Aliambiwa, 'Inuka na umeze watu wangi.'
6 यसपछि मैले फेरि हेरें । त्यहाँ अर्को एउटा पशु थियो, जुन चितुवाजस्तो देखिन्थ्यो । त्यसको पछाडिपट्टि चराका जस्‍तै चारवटा पखेटा थिए, र त्यसका चारवटा टाउका थिए । राज्‍य गर्ने अधिकार त्यसलाई दिइएको थियो ।
Baada ya hili, niliangalia tena. Kulikuwa na mnyama mwingine ambaye alionekana kama chui. Mgongoni mwake alikuwa na mabawa manne kama mabawa ya ndege, na alikuwa na vichwa vinne. Alipewa mamlaka ya kutawala.
7 त्यसपछि रातको दर्शनमा डरलाग्दो, भयङ्कर, र धेरै बलियो थियो एउटा चौथो पशु मैले देखें । त्यसका फलाममा ठुला-ठुला दाँत थिए । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीलाई खुट्टामुनि कुल्‍चियो । अरू पशुभन्दा त्यो फरक थियो, र त्यसका दशवटा सिङ थिए ।
Baada haya, niliona usiku katika ndoto yangu mnyama wa nne, mwenye kuogofya, na kutisha na mwenye nguvu. Alikuwa na meno makubwa ya chuma; aliteketeza, na kuvunja vunja katika vipande, na kusaga saga katika miguuni pake kile kilichosalia. Alikuwa ni wa tofauti na wanyama wengine, na alikuwa na pembe kumi.
8 जसै मैले ती सिङहरूका बारेमा विचार गर्दै थिएँ, मैले हेरें र ती सिङका बिचमा अर्को एउटा सानो सिङ बढ्‍दै गरेको देखें । पहिलो तिनवटा सिङ उखेलिएर झरे । यो सिङका आँखा मानिसका आँखाजास्‍ता भएको मैले देखें र त्यसको एउटा मुखले ठुला कुराहरूको सेखी गर्दै थियो ।
Na wakati nilipokuwa natafakari juu ya pembe, nilitazama na niliona pembe nyingine ndogo ilichipuka katikati ya pembe zingine. Mizizi ya pembe tatu kati ya pembe za mwanzo iling'olewa. Niliona katika pembe hii macho kama macho ya mtu na mdomo ambao ulikuwa ukijivuna kwa mambo makubwa.
9 जसै मैले हेरें, सिंहासनहरू तयार पारिएका थिए, र दिनहरूभन्‍दा प्राचीनले चाहिं आफ्नो आशन ग्रहण गर्नुभयो । उहाँका वस्‍त्र हिउँझैं सेता थिए, र उहाँको शिरको कपाल शुद्ध ऊनजस्तो थियो । उहाँको सिंहासनमा आगोको ज्वाला थियो, र त्यसका चक्‍काहरू बलिरहने आगो थियो ।
Na nilipotazama, viti vya enzi vilikuwa vimewekwa, na Mtu wa siku za kale alikaa sehemu yake. Mavazi yake yalikuwa meupe kama theruji, na nywele zake katika kichwa chake zilikuwa safi kama sufu. Kiti chake cha enzi kilikuwa na miali ya moto, na magurudumu yake yalikuwa yanawaka moto.
10 उहाँको सामुबाट आगोको नदी बग्यो । लाखौं-लाखले उहाँको सेवा गरे, र दस करोडचाहिं उहाँको सामु खडा थिए । अदालतले न्यायको काम सुरु गर्‍यो, र पुस्तकहरू खोलिए ।
Mto wa moto ulitiririka kutoka mbele yake, na mamilioni ya watu walimtumikia, na wengine mia moja milioni walikuwa wamesimama mbele yake. Na mahakama iliitishwa, na vitabu vilifunguliwa.
11 त्यो सिङले बोलेका अहङ्कारपुर्ण वचनहरूका कारणले मैले निरन्‍तर हेरें । त्यो पशु मारिएको र त्यसको शरीर नष्‍ट पारिएको, र त्यसलाई जलाउनलाई दिइएको मैले देखें ।
Niliendelea kuangalia kwasababu ya maneno ya kiburi yaliyosemwa na pembe. Nilitazama wakati mnyama anauliwa, na mwili wake uliharibiwa, na ulitolewa kwa ajili ya kuchomwa moto.
12 चारवटा पशुमध्‍येका अरू बाँकीका बारेमा, राज्‍य गर्ने अधिकार खोसियो, तर केही समयको निम्ति तिनीहरूका उमेर बढाइयो ।
Na kwa wale wanyama wanne waliosalia, mamlaka yao yalitwaliwa mbali, lakini maisha yao yaliendelezea kwa kipindi fulani cha muda.
13 त्यस रातको मेरा दर्शनहरूमा, आकाशका बादलहरूका साथमा मानिसका पुत्रजस्‍तै एक जना आउँदै गर्नुभएको मैले देखें । दिनहरूभन्‍दा प्राचीनकाहाँ उहाँ आउनुभयो र उहाँको सामु उपस्थित गराउनुभयो ।
Katika maono yangu usiku ule, nilimwona mtu mmoja anakuja katika mawingu ya mbinguni alikuwa kama mwana wa mtu; alikuja kwa Mzee wa Siku na aliletwa mbele zake.
14 राज्‍य गर्नलाई अधिकार र महिमा र राजकीय शक्ति उहाँलाई दिइयो, यसैले कि सबै मानिसहरू, जातिहरू, र भाषा बोल्नेहरूले उहाँको सेवा गरून् । राज्‍य गर्ने उहाँको अधिकारचाहिं सदासर्वदाको अधिकार हो जुन बितेर जानेछैन, अनि उहाँको राज्य त्‍यस्‍तो हो जुन कहिल्यै पनि नाश हुनेछैन ।
Naye alipewa mamlaka ya kiutawala na utukufu na mamlaka ya kifalme ili kwamba watu wote, na mataifa na lugha ziweze kumtumikia yeye. Mamlaka yake ya kutawala ni mamlaka ya milele ambayo hayatapita, na ufalme wake ni ule ambao hautaangamizwa.
15 म दानिएलको बारेमा, मभित्र मेरो आत्मा दु: खित भयो, र मेरो मनमा मैले देखेका दर्शनहरूले मलाई विचलित बनाए ।
Na kwangu mimi, Danieli, roho yangu ilihuzunishwa ndani yangu, na maono niliyoyaona katika akili zangu yalinisumbua.
16 त्यहाँ खडा भएकामध्ये एक जनाको नजिक म गएँ र यी कुराहरूको अर्थ मलाई देखाउनलाई मैले तिनलाई बिन्‍ती गरें ।
Nilimsogelea mmoja wa hawa walikuwa wamesimama hapo na nikamwomba anioneshe maana ya mambo haya.
17 ‘यी विशाल पशुका चारवटा सङ्ख्‍याले चार जना राजालाई जनाउँछन् जो पृथ्वीमा खडा हुनेहुन् ।
Hawa wanyama nne wakubwa ni wafalme wanne ambao watatoa katika nchi.
18 तर सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूले त्यो राज्य प्राप्‍त गर्नेछन्, र तिनीहरूले सदासर्वदाको निम्ति त्‍यसको अधिकार गर्नेछन् ।’
Lakini watu watakatifu wa Mungu aliyejuu wataupokea ufalme na wataumiliki milele na milele.'
19 अनि त्‍यो चौथो पशुको बारेमा अझै धेरै जान्‍ने मलाई इच्‍छा भयो— त्‍यो अरूभन्दा धेरै फरक थियो र आफ्ना फलामका दाँत र काँसाका नङ्ग्राका कारणले त्‍यो धेरै डरलाग्‍दो थियो । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीमाथि खुट्टाले कुल्‍चियो ।
Ndipo nilipotaka kujua zaidi juu ya mnyama wa nne, ambaye alikuwa tofauti sana na wengine na alikuwa wa kutisha pamoja na meno yake ya chuma na makucha ya shaba; alimeza, na alivunja vipande vipande, na alisaga saga kwa miguu yake kile kilichokuwa kimesalia.
20 त्यसको शिरका दशवटा सिङ र नयाँ पलाएको अर्को सिङ जसको सामु तिनवटा सिङ उखेलिएर झरेको बारेमा जान्‍ने इच्‍छा मलाई भयो। आँखा भएका सिङ र ठुला कुराहरूको सेखी गर्ने मुखको बारेमा जान्‍ने इच्‍छा मलाई भयो, अनि त्‍यो आफ्‍ना मित्रहरूभन्दा महान् देखिन्थ्यो ।
Nilitaka kujua juu ya pembe kumi katika kichwa chake, na kuhusu pembe nyingine iliyochomoza, na ambayo mbele yake pembe zingine tatu zilianguka chini. Nilitaka kujua kuhusu pembe yenye macho na kuhusu mdomo uliokuwa unajisifu kwa mambo makubwa na ambayo ilionekana kuwa ni kubwa kuliko zingine.
21 जसै मैले हेरें, त्‍यो सिङले पवित्र मानिसहरूका विरुद्ध युद्ध सुरु गर्‍यो र तिनीहरूलाई पराजित गर्दै थियो,
Na nilipotazama, pembe hii iliinua vita dhidi ya watu watakatifu na ilikuwa inawawashinda mpaka pale
22 जबसम्म दिनहरूभन्‍दा प्राचीन आउनुभएन, र सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूलाई न्याय दिनुभएन । तब समय आयो जब पवित्र मानिसहरूले राज्य प्राप्‍त गरे ।
Mzee wa Siku alipokuja, na watu watakatifu wa Mungu Aliye Juu Sana. Ndipo wakati ulipowadia ambapo watu watakatifu waliupokea ufalme.
23 ती मानिसले यसो भने, ‘चौथो पशुको बारेमा, त्‍यो पृथ्वीमा चौथो राज्य हुनेछ जुनचाहिं अरू सबै राज्यभन्दा फरक हुनेछ । त्यसले सारा पृथ्वीलाई नाश गर्नेछ र त्यसलाई कुल्चनेछ र त्यसलाई टुक्रा-टुक्रा पार्नेछ ।
Hiki ndicho mtu yule alichokisema, 'Kwa habari ya mnyama wanne, utakuwa ni ufalme wa nne juu ya dunia ambao utakuwa tofauti na falme zingine zote. Utaimeza dunia yote, na utaikanyaga yote chini na kuivunja vunja vipande vipande.
24 दसवटा सिङका बारेमाचाहिं, यो राज्यबाट दस जना राजा खडा हुनेछन्, तिनीहरूभन्‍दा पछि अर्को खडा हुनेछ । पहिलेकाभन्दा ऊ फरक हुनेछ, र उसले तिन जना राजालाई पराजित गर्नेछ ।
Na kuhusu pembe kumi, kutoka katika ufalme huu, wafalme kumi watainuka, na mwingine atainuka baada yao. Atakuwa wa tofauti na wale waliomtangulia, na atawashinda wale wafalme watatu.
25 उसले सर्वोच्‍च परमेश्‍वरका विरुद्ध बोल्नेछ र सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूमाथि अत्याचार गर्नेछ । उसले चाडहरू र व्यवस्थालाई परिवर्तन गर्न कोसिस गर्नेछ । यी कुराहरूलाई उसको हातमा एक वर्ष, दुई वर्ष, र आधा वर्षको लागि दिइनेछ ।
Atazungumza maneno kinyume cha Yeye Aliye Juu sana na atawatesa watu watakatifu wa Mungu Aliye Juu. Atajaribu kuzibadili sikukuu na sheria. Mambo haya atapewa mikononi mwake kwa mwaka mmoja, miaka miwili na nusu mwaka.
26 तर अदालतले न्यायको काम सुरु गर्नेछ, र अन्त्यमा भष्‍म पारिन र नाश गरिनलाई तिनीहरूले उसका राजकीय शक्तिलाई खोस्‍नेछन् ।
Lakini kikao cha mahakama kitaitishwa, na watazichukua nguvu zake za kifalme ili mwisho aweza kuharibiwa na kuteketezwa.
27 राज्य र प्रभुत्व, र सम्‍पूर्ण स्वर्गमुनिका राज्यहरूको महान्‌ता ती मानिसहरूलाई दिइनेछ जो सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरू हुन् । उहाँको राज्य सदासर्वदाको राज्‍य हो, र अरू सबै राज्यहरूले उहाँको सेवा गर्नेछन् र उहाँको आज्ञा मान्‍नेछन् ।’
Ufalme na utawala, ukubwa wa falme chini ya mbingu yote, watapewa watu walio wa watu watakatifu wa Yeye Aliye juu Sana. Ufalme wake ni ufalme wa milele, na falme zingine zote zitamtumikia na kumtii yeye.'
28 कुराको अन्त यही हो । म, दानिएलको बारेमा, मेरा विचारहरूले मलाई धेरै भयभीत बनाए र मेरो अनुहारको स्‍वरूप परिवर्तन भयो । तर यी कुराहरू मैले आफूमा नै सिमित राखें ।”
Na huu ndio mwisho wa mambo. Na kuhusu mimi, Danieli, mawazo yangu yanihuzunisha sana mimi na mwonekano wa uso wangu ulibadilika. Lakini mambo haya niliyahifadhi mimi mwenyewe.”

< दानिएल 7 >