< दानिएल 6 >
1 दारालाई १२० जना प्रान्तिय गभर्नरहरू नियुक्त गर्न मन लाग्यो, जसले सारा राज्यभरि शासन गर्नेछन् ।
Zvakafadza Dhariasi kugadza machinda zana namakumi maviri kuti vatonge muushe hwose,
2 तिनीहरूमाथि तिन जना प्रमुख प्रशासकहरू थिए, र तिनीहरूमध्ये दानिएल एक जना थिए । ती प्रमुख प्रशासकहरूले प्रान्तिय गभर्नरहरूको निगरानी गरून् जसले गर्दा राजालाई कुनै नोक्सान नहोस् भनेर तिनीहरूलाई नियुक्त गरिएको थियो ।
navakuru vatatu vaiva pamusoro pavo, mumwe wavo akanga ari Dhanieri. Machinda aitsanangura zvose pamusoro pemabasa avo kwavari kuti mambo arege kurasikirwa.
3 अन्य प्रमुख प्रशासकहरू र प्रान्तिय गभर्नरहरूभन्दा दानिएल विशिष्ट थिए, किनभने उनमा असाधारण आत्मा थियो । राजाले उनलाई सारा राज्यमा प्रमुख बनाउने योजना गर्दै थिए ।
Zvino Dhanieri akagona akakunda vakuru namachinda mumaitiro ake aishamisa zvokuti mambo akaronga kumugadza kuti ave pamusoro poumambo hwose.
4 अनि अरू प्रमुख प्रशासकहरू र प्रान्तिय गभर्नरहरूले त्यस राज्यको निम्ति दानिएलले गर्ने काममा त्रुटी खोज्न थाले, तर तिनीहरूले उनको काममा कुनै पनि भ्रष्टचार वा उनको जिम्मेवारीमा असफलता भेट्टाउन सकेनन्, किनभने उनी विश्वासयोग्य थिए । उनमा कुनै त्रुटी वा हेलचेक्र्याइँ भेट्टाइएन ।
Ipapo, vakuru namachinda vakaedza kutsvaka mhosva yavangapomera Dhanieri pamusoro pokufambisa kwake mabasa ehurumende, asi havana chavakagona kuwana. Havana kuwana uori maari, nokuti akanga akatendeka uye pasina uori kana kushaya hanya maari.
5 अनि यी मानिसहरूले भने, “आफ्नो परमेश्वरको व्यवस्थासँगको दानिएलको सम्बन्धको कुरामा तिनको विरुद्ध केही खोट नदेखाएसम्म हामीले तिनको विरुद्ध अरू कुनै अभियोग लगाउन सक्दैनौं ।”
Pakupedzisira varume ava vakati, “Hatingambowani hwaro hwokupomera Dhanieri mhosva kunze kwechinhu chine chokuita nezvomurayiro waMwari wake.”
6 अनि यी मुख प्रशासकहरू र प्रान्तिय गभर्नरहरूले राजाको सामु एउटा योजना ल्याए । तिनीहरूले उनलाई भने, “महाराजा दारा, हजुर दिर्घायु हुनुहोस्!
Saka vakuru namachinda vakaenda vose pamwe chete kuna mambo vakandoti, “Haiwa Mambo Dhariasi, raramai nokusingaperi!
7 राज्यका सबै प्रमुख प्रशासकहरू र क्षेत्रीय गभर्नरहरू र प्रदेशीय गभर्नरहरू, सल्लाहकारहरू, र अन्य गभर्नरहरूले एकसाथ सल्लाह गरी यो निर्णय गरेका छौं, कि राजाले एउटा यस्तो उर्दि निकाली त्यसलाई लागु गर्नुहोस्, र भन्नुहोस्, तिस दिनसम्म हजुरबाहेक अरू कुनै देवता वा मानिसलाई कसैले प्रार्थना गर्यो भने, त्यो मानिस सिंहको खोरमा फालिनुपर्छ ।
Vakuru voushe vatariri, machinda, navapangi vamazano uye vabati vakatenderana vose kuti mambo ngaateme chirevo nokusimbisa chirevo kuti ani naani anonyengetera kuna mwari upi zvake kana munhu pakati pamazuva makumi matatu, kunze kwokwamuri imi mambo, achakandwa mugomba reshumba.
8 अनि राजाले एउटा उर्दि निकाले र कागजातमा दस्तखत गरे, ताकि मादी र फारसीहरूका नियमअनुसार त्यो परिवर्तन नहोस्, यसरी त्यसलाई हेरफेर गर्न सकिन्न ।”
Zvino, imi mambo isai chirevo uye muchinyore kuitira chirege kushandurwa zvinoenderana nemirayiro yavaMedhia navaPezhia, usingagoni kushandurwa.”
9 यसरी राजा दाराले कागजातमा दस्तखत गरेर त्यस उर्दिलाई ऐन बनाए ।
Saka Mambo Dhariasi akanyora chirevo.
10 कागजातमा ऐन बनाउनलाई दस्तखत भएको छ भनी दानिएल थाहा पाएपछि, उनी आफ्नो घरमा गए (यरूशलेमतर्फ फर्केका उनको माथिल्लो कोठाका झ्यालहरू खुल्ला थिए), र जसरी उनले दिनको तिनपटक गर्ने गर्थे, त्यसरी नै उनले आफ्ना घुँडाहरू टेके, अनि उनले पहिले गरेझैं प्रार्थना गरे र आफ्ना परमेश्वरलाई धन्यवाद दिए ।
Zvino Dhanieri akati anzwa kuti chirevo chakanga chaziviswa, akaenda muimba yake yapamusoro yaiva namawindo akanga akatarira kuJerusarema. Akapfugama namabvi ake akanyengetera katatu pazuva, achivonga kuna Mwari wake, sezvaaisiita.
11 अनि यी एकसाथ मिलेर षड्यन्त्र गरेका मानिसहरूले दानिएलले परमेश्वरसँग बिन्ती गरेका र उहाँसँग मदत मागेका देखे ।
Ipapo varume ava vakaenda vose pamwe chete vakawana Dhanieri achinyengetera, achikumbira kubatsirwa naMwari.
12 तब तिनीहरू राजाको नजिक गए र तिनको उर्दिको विषयमा तिनीसँग कुरा गरे: “हे महाराजा, के आउँदो तिस दिनसम्म हजुर, महाराजाबाहेक अरू कुनै देवता वा मानिसलाई प्रार्थना गर्ने मानिस सिंहको खोरमा फालिनुपर्छ भनेर हजुरले उर्दि निक्लनुभएको थिएन र?” राजाले जवाफ दिए, “मादी र फारसीहरूको ऐनअनुसार यो निश्चित छ, र यो हेरफेर हुन सक्दैन ।”
Saka vakaenda kuna mambo vakataura naye pamusoro pechirevo chake choushe vachiti, “Ko, hamuna kuzivisa here chirevo chokuti pakati pamazuva makumi matatu anotevera, ani naani anonyengetera kuna mwari kana munhu upi kunze kwokwamuri, imi mambo, achakandwa mugomba reshumba?” Mambo akapindura akati, “Chirevo chakadaro chiripo, chinoenderana nomurayiro wavaMedhia navaPezhia, usingagoni kushandurwa.”
13 तब तिनीहरूले राजालाई जवाफ दिए, “यहूदाका निर्वासितहरूमध्ये एक जना ती दानिएलले हजुर, महाराजा, वा हजुरले दस्तखत गर्नुभएको उर्दिको वेवास्ता गर्छन् । तिनले आफ्नो परमेश्वरलाई दिनको तिन पटक प्रार्थना गर्छन् ।”
Ipapo vakati kuna mambo, “Dhanieri, mumwe wavakatapwa vakabva Judha, haakuteererei, imi mambo, kana kuchirevo chamakatema norunyoro rwenyu. Achiri kunyengetera katatu pazuva.”
14 जबा राजाले यो कुरा सुने, तिनी धेरै विचलित भए, र दानिएललाई यस कानूनबाट बचाउन तिनले दिमाग लगाए । तिनले सूर्यास्तसम्मै दानिएललाई बचाउने हरसम्भव प्रयास गरे ।
Mambo akati anzwa izvi, akatambudzika zvikuru; akanga achida kurwira Dhanieri uye akaedza nzira dzose dzokumuponesa kusvikira kwadoka.
15 त्यसपछि षड्यन्त्र रच्ने यी मानिसहरू एकसाथ राजाकहाँ भेला भए र तिनलाई भने, “हे महाराजा हजुरलाई यो थाहा होस्, कि यो मादी र फारसीहरूको ऐन हो, जसलाई राजाले जारी गर्ने अर्को कुनै उर्दि वा नियमले हेरफेर गर्न सक्दैन ।”
Ipapo varume vakaenda vose pamwe chete kuna mambo vakati kwaari, “Rangarirai imi mambo, kuti maererano nomurayiro wavaMedhia navaPezhia, hakuna chirevo kana mutemo unopiwa namambo unogona kushandurwa.”
16 अनि राजाले आज्ञा दिए र तिनीहरूले दानिएललाई भित्र ल्याए र तिनीहरूले उनलाई सिंहको खोरमा फाले । राजाले दानिएललाई भने, “तिमीले निरन्तर सेवा गर्ने तिम्रो परमेश्वरले तिमीलाई बचाऊन् ।”
Saka mambo akarayira, akauyisa Dhanieri ndokumukanda mugomba reshumba. Mambo akati kuna Dhanieri, “Mwari wako, waunoramba uchishumira, ngaakurwire!”
17 खोरको ढोकामा एउटा ढुङ्गो ल्याएर राखियो, र दानिएलको विषयमा केही पनि परिवर्तन नहोस् भनेर राजाले त्यसमा आफ्नो अनि आफ्ना भारदारहरूका औंठीको मोहर लगाए ।
Vakauyisa ibwe vakariisa pamusoro pomuromo wegomba, mambo ndokurisimbisa nechisimbiso chake uye nezvisimbiso zvamakurukota ake, kuitira kuti mamiriro aDhanieri arege kushandurwa.
18 त्यसपछि राजा आफ्नो महलमा गए र रातभरि उपवास बसे । तिनको अगि कुनै मनोरन्जनका कुरा ल्याइएन, र उनलाई कत्ति पनि निद्रा लागेन ।
Ipapo mambo akadzokera kumuzinda wake akavata usiku hwose asina kudya uye hakuna chinhu chipi chaivaraidza chakauyiswa kwaari. Uye akashayiwa hope.
19 अनि राजा बिहान सबेरै उठे र उनी झट्टै सिंहको खोरतर्फ गए ।
Panguva dzamambakwedza, mambo akamuka akamhanyira kugomba reshumba.
20 जसै तिनी खोरको नजिक आए, तिनले निरास भएको सोरले दानिएललाई यसो भनेर बोलाए, “ए दानिएल, जीवित परमेश्वरका सेवक, के तिमीले निरन्तर सेवा गर्ने तिम्रा परमेश्वरले तिमीलाई सिंहहरूबाट बचाउन सक्षम हुनुभएको छ?”
Akati aswedera pagomba, akadanidzira kuna Dhanieri nenzwi rokuchema achiti, “Dhanieri, iwe muranda waMwari mupenyu, Mwari wako, iye waunoshumira nguva dzose, agona kukurwira pamuromo weshumba here?”
21 अनि दानिएलले राजालाई भने, “महाराजा, अमर रहून्!
Dhanieri akapindura akati, “Imi mambo, raramai nokusingaperi!
22 मेरा परमेश्वरले आफ्नो सन्देशवाहक पठाउनुभएको अनि सिंहहरूका मुखहरूलाई बन्द गर्नुभएको छ, र तिनीहरूले मलाई कुनै हानी गरेका छैनन् । किनभने उहाँ अनि हजुर, महाराजाका सामु म दोषरहित भेट्टाइएँ, र मैले हजुरलाई कुनै हानी गरेको छैनँ ।”
Mwari wangu akatuma mutumwa wake, akadzivira miromo yeshumba. Hadzina kundikuvadza, nokuti ndakawanikwa ndisina mhosva pamberi pake. Uye handina kumboita chinhu chakaipa pamberi penyu, imi mambo.”
23 अनि राजा अत्यन्तै खुशी भए । तिनले दानिएललाई खोरबाट माथि निकाल्ने आदेश दिए । यसैले दानिएललाई खोरबाट माथि निकालियो । उनमा कुनै पनि चोट भेट्टाइएन, किनभने उनले आफ्ना परमेश्वरमाथि भरोसा गरेका थिए ।
Mambo akafara zvikuru akarayira kuti Dhanieri abudiswe mugomba. Uye Dhanieri akati abudiswa mugomba, hakuna vanga rakawanikwa paari, nokuti akanga avimba naMwari wake.
24 राजाले आदेश दिए र दानिएललाई दोष लगाउने मानिसहरूलाई तिनीहरूले ल्याए अनि तिनीहरू, तिनका छोराछोरी, र तिनका पत्नीहरूलाई सिंहहरूको खोरमा फालिदिए । तिनीहरू भुइँमा पुग्न नपाउँदै, सिंहहरूले तिनीहरूमाथि झम्टे, र तिनीहरूका हड्डीहरूलाई टुक्रा टुक्रा पारे ।
Mambo akarayira kuti varume vakanga vapomera Dhanieri varwiswe, uye kuti vakandwe mugomba reshumba, pamwe chete navakadzi vavo navana vavo. Uye vasati vasvika pasi pegomba, shumba dzakavakurira dzikapwanya mapfupa avo ose.
25 त्यसपछि राजा दाराले पृथ्वीमा बस्ने सबै मानिसहरू, जातिहरू, र भाषा बोल्नेहरूलाई यस्तो लेखे: “तिमीहरूमा प्रशस्त शान्ति होस् ।
Ipapo Mambo Dhariasi akanyorera vanhu vose, nendudzi dzose navanhu vemitauro yose panyika yose achiti: “Mubudirire zvikuru kwazvo!
26 म अब यो एउटा उर्दि जारी गर्छु, कि मेरो अधिराज्यमा रहने सबै मानिसले दानिएलका परमेश्वरको भय मान्नू र आदर गर्नू, किनभने उहाँ नै जीवित परमेश्वर हुनुहुन्छ र उहाँ सदासर्वदा रहनुहुन्छ, र उहाँको राज्य नष्ट हुनेछैन, र उहाँको प्रभुत्व अन्त्यसम्म रहनेछ ।
“Ndinotema chirevo chokuti munzvimbo dzose dzoumambo hwangu vanhu vanofanira kutya Mwari waDhanieri uye vamuremekedze. “Nokuti ndiye Mwari mupenyu, anogara nokusingaperi; umambo hwake hahungaparadzwi, ushe hwake hahutongogumi.
27 उहाँले हामीलाई सुरक्षित राख्नुहुन्छ र हामीलाई बचाउनुहुन्छ, अनि उहाँले स्वर्गमा र पृथ्वीमा चिन्हहरू र आश्चर्य कामहरू गर्नुहुन्छ । उहाँले दानिएललाई सिंहहरूको शक्तिबाट सुरक्षित राख्नुभएको छ ।”
Anorwira uye anoponesa; anoita zviratidzo nezvishamiso mudenga napamusoro penyika. Akarwira Dhanieri pasimba reshumba.”
28 यसरी दाराको शासनकालमा अनि फारसी कोरेसको शासनकालमा दानिएल समृद्धि भयो ।
Saka Dhanieri akabudirira pamazuva okutonga kwaDhariasi nokutonga kwaSirasi muPezhia.