< दानिएल 5 >
1 बेलसजर राजाले आफ्ना एक हजार भारदारहरूका निम्ति एउटा ठुलो भोजको आयोजना गरे, र ती सबै एक हजार मानिसहरूका सामु तिनले दाखमद्य पिए ।
Mfe bebree akyi no, Ɔhene Belsasar too pon kɛse maa ne mpanyimfo apem, na ɔne wɔn nom nsa.
2 जब बेलसजरले दाखमद्ये चाखे, तिनले आफ्ना बुबा नबूकदनेसरले यरूशलेमको मन्दिरबाट निकालेर ल्याएका सुन वा चाँदीका भाँडाहरू ल्याउन आज्ञा दिए, जसबाट तिनी, तिनका भारदारहरू, तिनकी पत्नीहरू र उप-पत्नीहरूले पिउन सकून् ।
Bere a nsa no ama Belsasar ani agye no, ɔhyɛe sɛ, wɔmfa sikakɔkɔɔ ne dwetɛ nkuruwa a nʼagya Nebukadnessar tase fii Yerusalem asɔredan mu no mmra, sɛnea ɔne ne mpanyimfo, ne yerenom ne ne mpenanom bɛnom mu nsa.
3 यरूशलेममा भएको परमेश्वरको मन्दिरबाट ल्याइएका सुनका भाँडाहरूलाई सेवकहरूले ल्याए । राजा, तिनका भारदारहरू, र तिनकी पत्नीहरू र उप-पत्नीहरूले ती भाँडाहरूबाट पिए ।
Enti ɔde saa sikakɔkɔɔ nkuruwa a wɔtase fii Onyankopɔn asɔredan a ɛwɔ Yerusalem mu no bae, na ɔhene no ne ne mpanyimfo, ne yerenom ne ne mpenanom nom mu nsa.
4 तिनीहरूले दाखमद्य पिएपछि सुन र चाँदी, काँसा, फलाम, काठ, र ढुङ्गाले बनेका आफ्ना मूर्तिहरूको प्रशंसा गरे ।
Wɔrenom nsa no, wɔkamfoo wɔn ahoni a wɔde sikakɔkɔɔ, dwetɛ, kɔbere, dade, dua ne abo ayɛ no.
5 त्यही समय पानसको अगाडि एउटा मानिसको हातका औंलाहरू देखा परे र राजाको दरवारका लिपिएका भित्तामा लेख्न थाले । त्यो हातले लेख्दै गर्दा, राजाले त्यसको केही भाग देख्न सक्थे ।
Amono mu hɔ no ara, wohui sɛ, onipa nsateaa rekyerɛw ɔhene ahemfi fasu no a ɛbɛn kaneadua no ho. Ɔhene no hwɛɛ nsa a ɛrekyerɛw no,
6 तब राजाको अनुहार बद्लियो र तिनका आफ्ना विचारहरूले तिनलाई भयभीत बनाए । तिनका गोडाहरूले तिनलाई धान्न सकेनन्, र तिनका घुँडाहरू कामेर ठोक्किन थाले ।
na ehu maa nʼanim danee. Sɛnea ɔbɔɔ hu no maa ne kotodwe keka bobɔɔ mu, na ne nan mu yɛɛ mmrɛw.
7 मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरू, बुद्धिमान् मानिसहरू, र ज्योतिषीहरूलाई भित्र ल्याउनको निम्ति राजाले आदेश दिए । बेबिलोनमा आफ्ना बुद्धिको निम्ति ख्याति पाएकाहरूलाई राजाले यसो भने, “जसले यो लेख र यसको अर्थ बताउन सक्छ उसलाई बैजनी लुगा पहिराइनेछ र उसको घाँटीमा सुनको सिक्री लगाइनेछ । त्यसलाई यस राज्यको तेस्रो उच्च शासकको अधिकार दिइनेछ ।”
Ɔhene no teɛɛ mu frɛɛ se wɔmfa pɛadeahufo, Kaldeafo ne ntafowayifo mmra nʼanim. Ɔka kyerɛɛ saa Babilonia anyansafo yi se, “Obiara a obetumi akenkan nkyerɛw yi, akyerɛ me ase no, wobefura no ɔtamkɔkɔɔ a ɛyɛ adehye abasobɔde, na wɔde sikakɔkɔɔ ntweaban agu ne kɔn mu. Ɔno na ɔbɛyɛ ɔman sodifo a ɔto so abiɛsa wɔ ahemman yi mu.”
8 अनि आफ्नो बुद्धिको निम्ति ख्याति पाएका राजाका सबै मानिसहरू आए, तर तिनीहरूले त्यो लेख पढ्न अनि राजालाई त्यसको अर्थ बताउन सकेनन् ।
Nanso ɔhene no anyansafo no bae no, wɔn mu biara antumi ankenkan nkyerɛw no, ankyerɛ ase amma ɔhene no.
9 अनि राजा बेलसजर धेरै डराए र तिनको अनुहारको स्वरूप परिवर्तन भयो । तिनका भारदारहरू अलमल्ल भए ।
Enti ɛmaa ɔhene no ho yeraw no yiye, na nʼanim sesae. Nʼabirɛmpɔn nso ho yeraw wɔn.
10 राजा र तिनका भारदारहरूले भनेका कुरा सुनेर रानी भोजको घरमा आईन् । रानीले भनिन्, “राजा, अमर रहून्! हजुरका विचारहरूले हजुरलाई विचलित नपारोस् । हजुरको अनुहारको स्वरूपमा परिवर्तन नहोस् ।
Na bere a Ɔhemmea no tee ɔhene ne ne mpanyimfo nteɛteɛmu no, ɔyɛɛ ntɛm kɔɔ apontodan mu hɔ. Ɔka kyerɛɛ Belsasar se, “Nana nkwa so! Nana, nsuro na mma wʼanim nsesa!
11 हजुरको राज्यमा एक जना मानिस छन् जसमा पवित्र देवताहरूको आत्मा छ । हजुरका बुबाका समयमा, उनमा देवताहरूका जस्तै प्रकाश र समझ र बुद्धि पाइएको थियो । महाराजा नबूकदनेसर, हजुरका बुबा, महाराजाले उनलाई जादूगरहरू, मृतसँग बोल्नेहरू, बुद्धिमान् मानिसहरू, र ज्योतिषीहरूका प्रमुख बनाउनुभयो ।
Ɔbarima bi wɔ wʼahenni mu ha a ɔwɔ anyame kronkron honhom wɔ ne mu. Wʼagya Nebukadnessar adedi mu no, wohuu sɛ, saa ɔbarima yi wɔ ntease nhumu ne nyansa te sɛ anyame no. Wʼagya Nebukadnessar sii no panyin wɔ nkonyaayifo, pɛadeahufo, Kaldeafo ne ntafowayifo so wɔ Babilonia.
12 यी मानिस, दानिएलमा उत्कृष्ट आत्मा, ज्ञान, समझ, सपनाको अर्थ खोल्न सक्ने, अड्को फुकाउन सक्ने र समस्याहरू हल गर्न सक्ने विशेषताहरू थिए, जसलाई राजाले बेलतसजर नाउँ दिनुभयो । अब दानिएललाई बोलाउनुहोस् र लेखिएको कुराको अर्थ तिनले हजुरलाई बताउनेछन् ।”
Saa ɔbarima Daniel yi a ɔhene too no din Beltesasar yi adwene mu dɔ, na Onyankopɔn ho nimdeɛ ne ntease ahyɛ no ma. Otumi kyerɛ dae ne kasanyansa ase, na nsɛm a ɛkyere adwene no, ɔsan mu. Momfrɛ Daniel na ɔbɛkyerɛ mo nkyerɛw no ase.”
13 तब दानिएललाई राजाको सामु ल्याइयो । राजाले तिनलाई भने, “तिमी यहूदाका निर्वासितमध्ये एक जना मानिस, त्यही दानिएल हौ, जसलाई मेरा बुबाले यहूदाबाट ल्याउनुभयो ।
Enti wɔkɔfaa Daniel baa ɔhene anim. Ɔhene no bisaa no se, “Wone Daniel no a mʼagya Nebukadnessar faa wo nnommum de wo fii Yuda bae no?
14 देवताहरूका आत्मा र प्रकाश तथा समझ र उत्कृष्ट बुद्धि तिमीमा छन् भनेर मैले तिम्रो विषयमा सुनेको छु ।
Mate wo nka sɛ, wowɔ anyame honhom wɔ wo mu, na ntease, nhumu ne nyansa ahyɛ wo ma.
15 बुद्धिको निम्ति ख्याति पाएका मानिसहरू र मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूलाई यो लेख पढ्न र त्यसको अर्थ खोल्नलाई भित्र मेरो सामु ल्याइएको छ, तर तिनीहरूले त्यसको अर्थ जानकारी गराउन सकेनन् ।
Wɔde anyansafo ne pɛadeahufo baa mʼanim sɛ wɔbɛkenkan nkyerɛw a egu ɔfasu yi ho yi na wɔnkyerɛ me ase, nanso wɔantumi.
16 तिमीले अर्थहरू खोल्न सक्छौ र समस्याहरू हल गर्न सक्छौ भनी मैले सुनेको छु । अब तिमीले यो लेख पढ्न सक्यौ र मलाई यसको अर्थ बतायौ भने, तिमीलाई बैजनी कपडा पहिराइनेछ र तिम्रो घाँटीमा सुनको सिक्री लगाइनेछ, र यस राज्यमा तिमीलाई तेस्रो उच्च शासकको अधिकार हुनेछ ।”
Na mate wo nka sɛ wutumi kyerɛ nsɛm ase; na wosan nsɛm a ɛkyere adwene mu. Na sɛ wutumi kenkan nkyerɛw a ɛwɔ ɔfasu yi ho na wokyerɛ me ase a, wobefura wo ɔtamkɔkɔɔ a ɛyɛ adehye abasobɔde, na wɔde sikakɔkɔɔ ntweaban begu wo kɔn mu. Na wobɛyɛ ɔman sodifo a ɔto so abiɛsa wɔ ahemman yi mu.”
17 तब दनिएलले राजाको सामु जवाफ दिए, “हजुरका उपहारहरू हजुरकै निम्ति होऊन्, र हजुरका इनामहरू अर्को व्यक्तिलाई दिनुहोस् । तापनि, म यो लेख, महाराजा, हजुरको निम्ति पढिदिनेछु, र हजुरलाई यसको अर्थ बताउनेछु ।
Daniel buaa ɔhene no se, “Nana, mesrɛ, ma wʼakyɛde no ntena hɔ na fa wʼabasobɔde no ma obi foforo. Nanso, Nana, mɛkenkan nkyerɛw no, na makyerɛ wo ase.
18 हे महाराजाका, सर्वोच्च परमेश्वरले हजुरका पिता नबूकदनेसरलाई राज्य, महान्ता, आदर, र ऐश्वर्य दिनुभयो ।
“Nana, Ɔsorosoro Nyankopɔn maa wʼagya Nebukadnessar kɛseyɛ, anuonyam ne nidi.
19 परमेश्वरले उहाँलाई दिनुभएको महान्ताको कारणले, सबै मानिसहरू, जातिहरू र भाषा बोल्नेहरू थरथर भए र उहाँको भय माने । उहाँले जसको प्राण लिने इच्छा गर्नुभयो, त्यसको प्राण उहाँले लिनुभयो, र उहाँले जसलाई जीवित राख्ने इच्छा गर्नुभयो, त्यसलाई उहाँले जीवित राख्नुभयो । जसलाई उहाँले चाहनुभयो त्यसलाई उचाल्नुभयो, र जसलाई उहाँले इच्छा गर्नुभयो त्यसलाई उहाँले होच्याउनुभयो ।
Ɔyɛɛ no kɛse ara kosii sɛ, nnipa ahorow nyinaa, aman nyinaa ne kasa biara du nʼanim a, wɔn ho popo biribiribiri. Okunkum wɔn a ɔpɛ sɛ okunkum wɔn, na ogyaa wɔn a ɔpɛ sɛ ogyaa wɔn. Ɔhyɛɛ wɔn a ɔpɛ sɛ ɔhyɛ wɔn anuonyam no anuonyam, na wɔn a ɔpɛ sɛ ɔbrɛ wɔn ase no, ɔbrɛɛ wɔn ase.
20 तर जब उहाँको हृदयमा अहंकारी र उहाँको आत्मा कठोर भयो, जसको कारण उहाँले हठपूर्ण किसिमले काम गर्नुभयो, तब उहाँको आफ्नो राजकीय सिंहासनबाट उहाँलाई तल खसालियो, र तिनीहरूले उहाँको सबै ऐश्वर्य हटाए ।
Nanso ahomaso maa ne koma ne nʼadwene yɛɛ den no, woyii no fii nʼahengua so, sii no fam, gyee nʼanuonyam no.
21 उहाँ मानिसजातिबाट लखेटिनुभयो । उहाँमा पशुको मन थियो, र उहाँ जङ्गली गधाहरूसँग रहनुभयो । उहाँले गोरुले झैं घाँस खानुभयो । सर्वोच्च परमेश्वरले मानिसहरूका राज्यमाथि शासन गर्नुहुन्छ र उहाँले आफ्नो इच्छाअनुसार मानिसहरूमाथि शासक नियुक्त गर्नुहुन्छ भनेर उहाँले स्वीकार नगरेसम्म आकाशका शीतहरूले उहाँको शरीर भिज्यो ।
Wɔpam no fii nnipa mu. Wɔmaa no aboa adwene, na ɔne wuram mmoa tenae. Ɔwee sare te sɛ nantwi, na ɔsoro bosu fɔw no fɔkyee kosii sɛ, afei ohui sɛ, sɛɛ Ɔsorosoro Nyankopɔn na odi wiase ahemman nyinaa so, na ɔno ara nso na oyi obi a ɔpɛ ma odi so.
22 हजुर, बेलसजर, उहाँका छोराले यी सबै थाहा भएर पनि आफ्नो हृदयलाई नम्र बनाउनुभएको छैन ।
“Nanso wo, ne ba Belsasar, wunim eyinom nyinaa, nanso woammrɛ wo ho ase.
23 हजुरले आफैंलाई स्वर्गका परमप्रभुको विरुद्ध खडा गर्नुभएको छ । उहाँको भवनबाट तिनीहरूले ती भाँडाहरू ल्याए, जसबाट हजुर, हजुरका भारदारहरू, हजुरका पत्नीहरू, र उप-पत्नीहरूले दाखमद्य पिउनुभयो र हजुरले चादी र सुन, काँसा, फलाम, काठ र ढुङ्गाका मूर्तिहरूलाई पुज्नुभयो, ती मूर्तिहरू जसले देख्दैनन्, सुन्दैनन्, र केही पनि जान्दैनन् । हजुरको सास आफ्नो हातमा लिनुहुने र हजुरका सबै मार्ग जान्नुहुने परमेश्वरलाई हजुरले आदर गर्नुभएको छैन ।
Woama wo ho so atia Ɔsoro Awurade mmom. Woafa saa nkuruwa yi a esisi wʼanim a wɔfa fii nʼasɔredan mu no. Wo ne wʼatitiriw ne wo yerenom ne wo mpenanom anom mu nsa, bere a morekamfo dwetɛ, sikakɔkɔɔ, kɔbere, dade, dua ne ɔbo anyame a wonhu ade, na wɔnnte asɛm, na wonnim hwee koraa no. Na moamfa nidi amma Onyankopɔn a okura mo nkwa na odi mo nkrabea so no.
24 अनि परमेश्वरले आफ्नो उपस्थितिबाट एउटा हात पठाउनुभयो र यो लेख लेखियो ।
Ne saa nti, Onyankopɔn asoma nsa yi sɛ, ɛmmɛkyerɛw nkra yi.
25 त्यो लेखिएको कुरा यस्तो छः ‘मेने, मेने, टेकेल, पर्सिन ।’
“Nkra a, ɛkyerɛwee ni: Mene, Mene, Tekel, Parsin.
26 यसको अर्थ यो होः ‘मेने,’ ‘परमेश्वरले हजुरको राज्यको गन्ती गर्नुभएको छ र त्यसको अन्त्य गर्नुभएको छ ।’
“Saa nsɛm yi nkyerɛase ni: “‘Mene’ nkyerɛase ne wɔakan. Onyankopɔn akan wʼahenni nna a aka na watwa so de aba nʼawiei.
27 ‘टेकेल,’ ‘तराजुमा हजुरको नाप लिइयो र हजुरमा कमी भेट्टाइयो ।’
“‘Tekel’ nkyerɛase ne: wɔakari. Wɔakari wo wɔ nsania so, nanso woantumi sɔhwɛ no.
28 ‘पेरेस,’ ‘हजुरको राज्य विभाजित भएको छ र त्यो मादी र फारसीहरूलाई दिइएको छ ।’”
“‘Parsin’ nkyerɛase ne: wɔakyekyɛ mu. Wɔakyekyɛ wʼahenni mu ama Mediafo ne Persiafo.”
29 अनि बेलसजरले आज्ञा दिए, र दानिएललाई बैजनी कपडा पहिराइयो । उनको घाँटीमा सुनको सिक्री लगाइयो, र त्यस राज्यमा उनमा तेस्रो उच्च शासकको अधिकार हुनेछ भनेर राजाले घोषणा गरे ।
Afei Belsasar ma wofuraa Daniel ɔtamkɔkɔɔ a ɛyɛ adehye abasobɔde, de sikakɔkɔɔ ntweaban guu ne kɔn mu. Wɔsoaa no sɛ, ɔman sodifo a ɔto so abiɛsa wɔ ahemman no mu.
30 त्यही रात बेबिलोनका राजा बेलसजर मारिए,
Saa anadwo no ara, wokum Babiloniahene Belsasar.
31 अनि मादी दाराले करीब बैसठ्ठी वर्षको उमेरमा त्यो राज्य प्राप्त गरे ।
Na Dario a ofi Mede faa ahenni no, na wadi mfirihyia aduosia abien.