< दानिएल 3 >
1 नबूकदनेसर राजाले तिस मिटर अग्लो र तिन मिटर चौडा एउटा सुनको मूर्ति बनाए । तिनले त्यो बेबिलोन प्रदेशमा दूराको मैदानमा खडा गरे ।
Kong Nebukadnezar lod gøre et Billede af Guld, dets Højde var tresindstyve Alen og dets Bredde seks Alen; han oprejste det i Dalen Dura, i Landskabet Babel.
2 त्यसपछि नबूकदनेसरले आफूले स्थापना गरेका मूर्ति अर्पण गर्नका निम्ति प्रदेशका गभर्नरहरू, क्षेत्रीय गभर्नरहरू, र स्थानीय गभर्नरहरूका साथै सल्लाहकारहरू, कोषाध्यक्षहरू, न्यायाधीशहरू, जिल्ला अधिकारीहरू र सबै उच्च पदस्त अधिकारीहरूलाई भेला गराउन सन्देशहरू पठाए ।
Og Kong Nebukadnezar sendte hen at forsamle Statholderne, Befalingsmændene og Landshøvdingerne, Overdommerne, Rentemestrene, de lovkyndige, Dommerne og alle de mægtige i Landskaberne, for at de skulde komme til Indvielsen af Billedet, som Kong Nebukadnezar havde oprejst.
3 तब प्रदेशका गभर्नरहरू, क्षेत्रीय गभर्नरहरू, र स्थानीय गभर्नरहरूका साथै सल्लाहकारहरू, कोषाध्यक्षहरू, न्यायाधीशहरू, जिल्ला अधिकारीहरू र सबै उच्च पदस्त अधिकारीहरू नबूकदनेसरले स्थापना गरेका मूर्ति अर्पण गर्नका निम्ति एकसाथ भेला भए । तिनीहरू त्यसको सामु खडा भए ।
Da forsamledes Statholderne, Befalingsmændene og Landshøvdingerne, Overdommerne, Rentemestrene, de lovkyndige, Dommerne og alle de mægtige i Landskaberne til Indvielsen af Billedet, som Kong Nebukadnezar havde oprejst; og de stode foran Billedet, som Nebukadnezar havde oprejst.
4 तब उद्घोषकले ठुलो सोरले कराएर भन्यो, “जाति-जातिका मानिसहरू र धेरै भाषाहरू बोल्ने, तपाईंहरूलाई यो हुकुम छ,
Og Herolden raabte med Vælde: Lader det være eder sagt, I Folk, Stammer og Tungemaal!
5 कि तपाईंहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्ने बित्तिकै तपाईंहरू सबै जनाले आफूलाई भुइँमा घोप्टो पार्नुपर्छ अनि नबूकदनेसर महाराजाले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु लम्पसार हुनुपर्छ ।
paa den Tid, I høre Lyden af Hornet, Fløjten, Citharen, Harpen, Psalteren, Sækkepiben og alle Slags Spil, skulle I falde ned og tilbede Guldbilledet, som Kong Nebukadnezar har oprejst.
6 जसले भुइँमा घोप्टो पार्दैन र आराधना गर्दैन, उसलाई दन्किरहेको आगोको भट्टीमा फालिनछ ।”
Og hvo som ikke falder ned og tilbeder, skal i den samme Time kastes midt i den brændende Ilds Ovn.
7 यसैले जब मानिसहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुने, सबै मानिसहरू जातिहरू र भाषा बोल्नेहरू भुइँमा घोप्टो परे र नबूकदनेसर राजाले स्थापना गरेका सुनको मूर्तिको सामु आफूलाई लम्पसार भए ।
Derfor paa den Tid, da alle Folkene hørte Lyden af Hornet, Fløjten, Citharen, Harpen, Psalteren og alle Slags Spil, faldt alle Folk, Stammer og Tungemaal ned og tilbade det Guldbillede, som Kong Nebukadnezar havde oprejst.
8 यति बेला केही कल्दीहरू आए र यहूदीहरूको विरुद्धमा अभियोगहरू लगाए ।
Derfor gik paa samme Tid nogle kaldæiske Mænd frem og rejste Beskyldninger imod Jøderne.
9 तिनीहरूले नबूकदनेसर राजालाई यसो भने, “महाराजा, अमर रहून्!
De svarede og sagde til Kong Nebukadnezar: Kongen leve evindelig!
10 हजुर महाराजाले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्ने सबै मानिसहरू घोप्टो हुनुपर्छ र त्यो सुनको मूर्तिको सामु आफूलाई लम्पसार पार्नुपर्छ भनेर उर्दी निकाल्नुभएको छ ।
Du, Konge! gav en Befaling, at hvert Menneske, som hørte Lyden af Hornet, Fløjten, Citharen, Harpen, Psalteren og Sækkepiben og alle Slags Spil, skulde falde ned og tilbede Guldbilledet;
11 जसले भुइँमा घोप्टो पार्दैन र आराधना गर्दैन, उसलाई त्यसै बेला नै दन्किरहेको आगोको भट्टीमा फालिनुपर्छ ।
og at hvo som ikke faldt ned og tilbad, skulde kastes midt i den brændende Ilds Ovn.
12 यति बेला त्यहाँ कोही यहूदीहरू छन् जसलाई हजुरले बेबिलोनको प्रदेशका मामिलाहरू हेर्न नियुक्त गर्नुभएको छ । तिनीहरूका नाउँ शद्रक, मेशक, र अबेद्नगो हुन् । हे महाराजा, यी मानिसहरूले हजुरका कुरामाथि ध्यान दिंदैनन् । तिनीहरूले हजुरका देवताहरूलाई दण्डवत् गर्दैनन् वा हजुरले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु आफूलाई लम्पसार पार्दैनन् ।”
Der er nu nogle jødiske Mænd, som du har beskikket til Bestyrelsen af Landskabet Babel: Sadrak, Mesak og Abed-Nego, disse Mænd agte ikke, o Konge! paa dig, de dyrke ikke dine Guder og tilbede ikke det Guldbillede, som du har oprejst.
13 त्यसपछि नबूकदनेसर रिस र क्रोधले चूर भए अनि शद्रक, मेशक, र अबेद्नगोलाई आफूकहाँ ल्याउने हुकुम दिए । यसैले तिनीहरूले यी मानिसहरूलाई राजाको सामु ल्याए ।
Da befalede Nebukadnezar i Vrede og Harme, at man skulde føre Sadrak, Mesak og Abed-Nego frem; da bleve disse Mænd førte frem for Kongen.
14 नबूकदनेसरले तिनीहरूलाई सोधे, “ए शद्रक, मेशक, र अबेद्नगो, के तिमीहरूले मेरा देवताहरूको पुजा नगर्ने वा मैले स्थापना गरेको सुनको मूर्तिको सामु आफूलाई लम्पसार नपार्ने निर्णय गरेका छौ?
Nebukadnezar svarede og sagde til dem: Mon det er et oplagt Raad, Sadrak, Mesak og Abed-Nego! at I ikke ville dyrke min Gud og ej tilbede det Guldbillede, som jeg har oprejst?
15 अब तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्ने बित्तिकै घोप्टो पर्यौ र मैले बनाएको मूर्तिको सामु लम्पसार पर्यौ भने, सबै कुरा ठिक हुनेछ । तर तिमीहरूले पुजा गरेनौ भने, तिमीहरू तुरुन्तै दन्किरहेको आगोको भट्टीमा फालिनेछौ । त्यो कुन देवता होला जसले तिमीहरूलाई मेरा हातबाट बचाउन सक्छ?”
Nu vel, dersom I paa den Tid, naar I høre Lyden af Hornet, Fløjten, Citharen, Harpen, Psalteren og Sækkepiben og alle Slags Spil, ere rede til at falde ned og tilbede det Billede, som jeg har gjort —; men dersom I ikke tilbede, skulle I i den samme Time kastes midt i den brændende Ilds Ovn; og hvo er den Gud, som skal redde eder af mine Hænder?
16 शद्रक, मेशक, र अबेद्नगोले राजालाई जवाफ दिए, “हे नबूकदनेसर, हामीले हजुरलाई यस बारेमा जवाफ दिनु आवश्यक छैन ।
Sadrak, Mesak og Abed-Nego svarede og sagde til Kongen: Nebukadnezar! vi have ikke fornødent at svare dig et Ord herpaa.
17 त्यहाँ कुनै जवाफ छ भने, त्यो यही हो, कि हामीले सेवा गर्ने परमेश्वरले हामीलाई दन्किरहेको आगोको भट्टीबाट सुरक्षित राख्न सक्नुहुन्छ, र उहाँले नै हामीलाई हजुर महाराजाको हातबाट बचाउनुहुनेछ ।
Dersom vor Gud, som vi dyrke, kan redde os, saa redder han os af den brændende Ilds Ovn og af din Haand, o Konge!
18 तर उहाँले त्यस्तो गर्नुभएन भने पनि, महाराजालाई यो थाहा होस्, कि हामी हजुरका देवताहरूको पुजा गर्नेछैनौं र हजुरले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु आफैंलाई लम्पसार पार्नेछैनौं ।”
Men hvis ikke skal det være dig vitterligt, o Konge! at vi ikke ville dyrke dine Guder og ej tilbede det Guldbillede, som du har oprejst.
19 तब नबूकदनेसर रिसले चूर भए । शद्रक, मेशक, र अबेद्नगोप्रति तिनको अनुहार भाव बद्लियो । अनि तिनले आगोको भट्टीलाई साधारण रूपमा तताउनेभन्दा सात गुणा बढी तताउने आदेश दिए ।
Da blev Nebukadnezar fuld af Harme, og hans Ansigts Udseende blev forandret imod Sadrak, Mesak og Abed-Nego; han svarede og sagde, at man skulde gøre Ovnen syv Gange hedere, end man plejede at hede den.
20 तब तिनले आफ्ना सेनामा अत्यन्तै बलिया मानिसहरूलाई शद्रक, मेशक, र अबेद्नगोलाई बाँध्न र दन्किरहेको आगोको भट्टीमा फाल्न आदेश दिए ।
Og Mænd, vældige Mænd i hans Hær befalede han, at de skulde binde Sadrak, Mesak og Abed-Nego for at kaste dem i den brændende Ilds Ovn.
21 तिनीहरूका वस्त्रहरू, अलखाहरू, फेटाहरू र अन्य लुगाहरूसमेत तिनीहरूलाई बाँधियो, र तिनीहरूलाई दन्किरहेको भट्टीमा फालियो ।
Da bleve disse Mænd bundne i deres Undertøj, deres Kjoler og deres Kapper og deres øvrige Klæder og kastede midt i den brændende Ilds Ovn.
22 राजाको आज्ञालाई सख्त रूपमा पालना गरिएको हुनाले र त्यो भट्टी अत्यन्तै तातो भएको हुनाले शद्रक, मेशक, र अबेद्नगोलाई त्यहाँ लाने मानिसहरू आगोको ज्वालाले मार्यो ।
Derfor, eftersom Kongens Ord var strengt, og Ovnen var hedet overmaade, dræbte Ildens Lue de Mænd, som havde bragt Sadrak, Mesak og Abed-Nego op.
23 यी तिन मानिस, शद्रक, मेशक, र अबेद्नगो बाँधिएकै अवस्थामा दन्किएको भट्टीमा फालिए ।
Men disse tre Mænd, Sadrak, Mesak og Abed-Nego, faldt bundne midt i den brændende Ilds Ovn.
24 अनि राजा नबूकदनेसर आश्चर्यचकित भए र झट्टै खडा भए । तिनले आफ्ना सल्लाहकारहरूलाई सोधे, “के हामीले ती तिन जना मानिसहरूलाई बाँधेर आगोमा फालेका होइनौं र?” तिनीहरूले राजालाई जवाफ दिए, “निश्चय नै महाराजा ।”
Da forfærdedes Nebukadnezar og stod hastelig op; han svarede og sagde til sine Raadsherrer: Lode vi ikke kaste tre Mænd bundne midt i Ilden? De svarede og sagde til Kongen: Visselig, o Konge!
25 तिनले भने, “तर चार जना मानिसलाई नबाँधिएर आगोमा हिंडिरहेका म देख्दैछु, र तिनीहरूलाई कुनै हानी भएको छैन । अनि चौथोचाहिं देवताहरूका पुत्रझैं चम्किरहेका छन् ।”
Han svarede og sagde: Se, jeg ser fire Mænd, som gaa løse midt i Ilden, og der er intet beskadiget paa dem; og den fjerdes Udseende er ligesom en Gudesøns.
26 अनि नबूकदनेसर दन्किरहेको भट्टीको ढोका नजिक आए र बोलाए, “ए शद्रक, मेशक, र अबेद्नगो, अति उच्च, परमेश्वरका सेवकहरू, बाहिर निस्क! यहाँ आओ!” अनि शद्रक, मेशक, र अबेद्नगो आगोबाट बाहिर आए ।
Da traadte Nebukadnezar frem for Mundingen af den brændende Ilds Ovn; han svarede og sagde: Sadrak, Mesak og Abed-Nego, I den højeste Guds Tjenere! gaar ud og kommer hid; da gik Sadrak, Mesak og Abed-Nego ud midt af Ilden.
27 त्यहाँ भेला भएका प्रदेशका गभर्नरहरू, क्षेत्रीय गभर्नरहरू, अन्य गभर्नरहरू र राजाका सल्लाहकारहरूले यी मानिसहरूलाई देखे । आगोले तिनीहरूका शरीरलाई कुनै हानी गरेको थिएन । तिनीहरूका शिरको रौं खहरिएको थिएन । तिनीहरूका लुगालाई केही भएको थिएन । अनि तिनीहरूमा आगोको कुनै गन्ध नै थिएन ।
Og Statholderne, Befalingsmændene og Landshøvdingerne og Kongens Raadsherrer samledes; de saa disse Mænd, at Ilden ingen Magt havde haft over deres Legemer, og at Haaret paa deres Hoveder ikke var svedet og deres Undertøj ikke forandret og at Lugt af Ild ikke var gaaet over dem.
28 नबूकदनेसरले भने, “हामी शद्रक, मेशक, र अबेद्नगोका परमेश्वरको प्रशंसा गरौं, जसले आफ्नो सन्देशवाहक पठाउनुभएको छ र आफ्ना सेवकहरूलाई आफ्नो सन्देश दिनुभएको छ । तिनीहरूले मेरो आज्ञा नमानेर उहाँमा विश्वास गरे, र आफ्ना परमेश्वरबाहेक अरू कुनै देवताको पुजा गर्नु र तिनका सामु लम्पसार पर्नुको साटोमा तिनीहरूले आफ्ना शरीरलाई नै त्यागे ।
Og Nebukadnezar svarede og sagde: Lovet være Sadraks, Mesaks og Abed-Negos Gud! som sendte sin Engel og reddede sine Tjenere, som forlode sig paa ham; og de handlede imod Kongens Ord og hengave deres Legemer, fordi de ikke vilde dyrke eller tilbede nogen Gud, uden deres Gud.
29 त्यसैले म एउटा उर्दी जारी गर्छु, कि शद्रक, मेशक, र अबेद्नगोका परमेश्वरको विरुद्ध बोल्ने कुनै जाति, राष्ट्र, वा कुनै भाषा बोल्ने जोसुकैलाई टुक्रा-टुक्रा पारिनेछ, र तिनीहरूका घरहरू भग्नावशेषका थुप्रो हुनेछन्, किनभने यसरी बचाउन सक्ने अरू कुनै देवता छैन ।”
Og der er givet Befaling af mig, at den af ethvert Folk, Stamme og Tungemaal, som i Tale forser sig imod Sadraks, Mesaks og Abed-Negos Gud, skal hugges i Stykker og hans Hus gøres til en Møgdynge, fordi der er ingen anden Gud, der saaledes kan frelse.
30 त्यसपछि राजाले शद्रक, मेशक, र अबेद्नगोलाई बेबिलोनको प्रदेशमा पदोन्ननि गरिदिए ।
Da lod Kongen Sadrak, Mesak og Abed-Nego nyde Lykke i Landskabet Babel.