< दानिएल 2 >
1 नबूकदनेसरको शासनकालको दोस्रो वर्षमा, तिनले सपनाहरू देखे । तिनको मन विचलित भयो, र तिनी सुत्न सकेनन् ।
A druge godine carovanja Navuhodonosorova usni Navuhodonosor san, i uznemiri mu se duh i san ga proðe.
2 त्यसपछि राजाले जादुगरहरू र मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूलाई बोलाए । उनले जोखना हेर्नेहरू र बुद्धिमान् मानिसहरूलाई पनि बोलाए । उनका सपनाहरूका अर्थ तिनीहरूले उनलाई बताऊन् भन्ने उनको इच्छा थियो । यसैले तिनीहरू भित्र आए र राजाको सामु खडा भए ।
I reèe car da dozovu vraèe i zvjezdare i gatare i Haldeje da kažu caru san njegov. I doðoše i staše pred carem.
3 राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखें, र त्यो सपनाको अर्थ के हुन सक्छ भनेर जान्नलाई मेरो मन विचलित भएको छ ।”
I reèe im car: usnih san, i uznemiri mi se duh kako bih doznao što sam snio.
4 तब ती बुद्धिमान् मानिसहरूले आरमेइक भाषामा राजालाई भने, “महाराजा, अमर रहून्! हामी तपाईंका सेवकहरूलाई उक्त सपना भन्नुहोस्, र हामी त्यसको अर्थ खोल्नेछौं ।”
A Haldeji rekoše caru Sirski: care, da si živ dovijeka! pripovjedi san slugama svojim, pa æemo ti kazati što znaèi.
5 राजाले ती बुद्धिमान् मानिसहरूलाई जवाफ दिए, “निर्णय यो भएको छ । तिमीहरूले त्यो सपना मलाई प्रकट गरेनौ अनि त्यसको अर्थ खोलेनौ भने, तिमीहरूका शरीरहरू टुक्रा-टुक्रा पारिनेछन् र तिमीहरूका घरहरू भग्नावशेषको थुप्रो हुनेछन् ।
A car odgovori i reèe Haldejima: zaboravio sam; ako mi ne kažete što sam snio i što znaèi, biæete isjeèeni i kuæe æe vaše biti buništa.
6 तर तिमीहरूले मलाई सपना र त्यसको अर्थ भन्यौ भने, तिमीहरूले मबाट उपहारहरू, इनाम अनि उच्च-सम्मान पाउनेछौ । यसैले उक्त सपना र त्यसको अर्थ मलाई भन ।”
Ako li mi kažete što sam snio i što znaèi, dobiæete od mene dare i poklone i veliku èast; kažite mi dakle što sam snio i što znaèi.
7 तिनीहरूले फेरि जवाफ दिए र यसो भने, “महाराजाले हामी आफ्ना सेवकहरूलाई त्यो सपना भन्नुहोस् र तपाईंलाई हामी त्यसको अर्थ भन्नेछौं ।”
Odgovoriše opet i rekoše: neka car pripovjedi san slugama svojim, pa æemo kazati što znaèi.
8 राजाले जवाफ दिए, “मलाई यो निश्चय थाहा छ, कि तिमीहरू धेरै समय चाहन्छौ किनकी यस विषयमा मेरो निर्णय कति दृढ छ भनी तिमीहरूले देखेका छौ।
Car odgovori i reèe: doista vidim da hoæete vremena da dobijete; jer vidite da sam zaboravio.
9 तर तिमीहरूले मलाई सपना भनेनौ भने, तिमीहरूका निम्ति एउटै मात्र सजाय छ । मैले आफ्नो मन नबद्लेसम्म तिमीहरूले झुटो र छलपूर्ण शब्दहरू मलाई भन्ने तयारी गर्नलाई तिमीहरूले मिलेर निर्णय गरेका छौ । यसैले, मलाई सपना बताओ, र त्यसको अर्थ तिमीहरूले भन्न सक्छौ भनी मलाई थाहा हुनेछ ।”
Ali ako mi ne kažete što sam snio i što znaèi, jedan vam je sud; jer ste se dogovorili da kažete preda mnom laž i prijevaru dok se promijeni vrijeme; zato kažite mi san, pa æu vidjeti da mi možete kazati što znaèi.
10 ती बुद्धिमान् मानिसहरूले राजालाई जवाफ दिए, “महाराजाको माग पुरा गर्नलाई यस पृथ्वीमा कुनै मानिस छैन । कुनै यस्तो महान् र शक्तिशाली राजा पनि छैन जसले कुनै जादुगर, वा मृतसँग बोल्न सक्छु भनेर दावी गर्ने कुनै व्यक्ति, वा कुनै बुद्धिमान् मानिसबाट यस्तो कुराको माग गरेका छन् ।
Odgovoriše Haldeji caru i rekoše: nema èovjeka na zemlji koji bi mogao kazati caru to što ište; zato nijedan car ni knez ni vlastelin nije nigda iskao tako što od vraèa ili zvjezdara ili Haldejca.
11 महाराजाले जे माग गर्नुभएको छ त्यो अत्यन्तै कठिन छ, र यो कुरा महाराजालाई देवहरूले बाहेक अरू कसैले बताउन सक्दैन, र तिनीहरू मानिसहरूका बिचमा बस्दैनन् ।”
I što car ište vrlo je teško; niti ima drugoga koji bi mogao kazati caru osim bogova, koji ne žive meðu ljudima.
12 यस कुराले राजालाई रिस उठायो र अत्यन्तै क्रोधित बनायो, र तिनले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मार्ने एउटा आदेश दिए ।
Zato se car razljuti i razgnjevi vrlo, i zapovjedi da se pogube svi mudarci Vavilonski.
13 यसैले आफूमा भएका बुद्धिको निम्ति प्रख्यात भएका सबै जनालाई मार्नको निम्ति उर्दी जारी भयो । यही उर्दीको कारणले, तिनीहरूले दानिएल र तिनका साथीहरूलाई पनि खोजे ताकि तिनीहरूलाई मार्न सकियोस् ।
I kad izide zapovijest, te ubijahu mudarce, tražahu i Danila i drugove njegove da ih ubiju.
14 तब बेबिलोनका आफूमा भएको बुद्धिको निम्ति प्रख्यात सबै जनालाई मार्नको निम्ति आएका राजाका अङ्गरक्षकका कमान्डर अर्योकलाई दानिएलले विवेकपूर्ण र बुद्धिमान् किसिमले जवाफ दिए ।
Tada Danilo odgovori mudro i razumno Ariohu zapovjedniku stražarskom, koji bijaše izašao da ubija mudarce Vavilonske;
15 दानिएलले राजाका कमान्डरलाई सोधे, “किन महाराजाबाट तुरुन्तै यस्तो उर्दी आयो?” अनि अर्योकले जे भएको थियो त्यो दानिएललाई बताए ।
Odgovori i reèe Ariohu vlastelinu carevu: zašto je tako nagla zapovijest od cara? Tada Arioh kaza stvar Danilu.
16 त्यसपछि दानिएल भित्र गए र राजासँग भेट गर्न दिन अनुरोध गरे जसले गर्दा तिनले सपनाको अर्थ राजालाई बताउन सकून्।
A Danilo otide i zamoli cara da mu ostavi vremena, pak æe kazati caru što san znaèi.
17 त्यसपछि दानिएल आफ्नो घरमा गए र जे भएको थियो त्यो हनन्याह, मीशाएल र अजर्याहलाई बताए ।
Potom otide Danilo kuæi svojoj, i kaza stvar Ananiji, Misailu i Azariji, drugovima svojim,
18 यो रहस्यको विषयमा स्वर्गका परमेश्वरको कृपा खोज्न तिनले उनीहरूलाई अनुरोध गरे, ताकि उनीहरू र तिनी बेबिलोनका अन्य ख्यातिप्राप्त बुद्धिमान् मानिसहरूसँगै नमारिऊन् ।
Da se mole za milost Bogu nebeskomu radi te tajne, da ne bi poginuli Danilo i drugovi mu s ostalijem mudarcima Vavilonskim.
19 त्यो रात एउटा दर्शनमा दनिएललाई त्यो रहस्य प्रकट गरियो । तब दानिएलले स्वर्गका परमेश्वरको प्रशंसा गरे,
I objavi se tajna Danilu u noænoj utvari; tada Danilo blagoslovi Boga nebeskoga.
20 र यसो भने, “परमेश्वरको नाउँको सदासर्वदा प्रशंसा होस्, किनकि बुद्धि र शक्ति उहाँकै हुन् ।
Progovori Danilo i reèe: da je blagosloveno ime Gospodnje od vijeka do vijeka; jer je njegova mudrost i sila;
21 उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ । उहाँले राजाहरूलाई हटाउनुहुन्छ र राजाहरूलाई सिंहासनमा राख्नुहुन्छ । उहाँले बुद्धिमान्लाई बुद्धि र समझदारहरूलाई ज्ञान दिनुहुन्छ ।
I on mijenja vremena i èase; smeæe careve, i postavlja careve; daje mudrost mudrima i razum razumnima.
22 उहाँले गहिरा र लुकेका कुराहरू प्रकट गर्नुहुन्छ किनभने अन्धकारमा के छ भनी उहाँले जानुहुन्छ र उज्यालोले उहाँसँग वास गर्छ ।
On otkriva što je duboko i sakriveno, zna što je u mraku, i svjetlost kod njega stanuje.
23 हे मेरा पुर्खाहरूका परमेश्वर, म तपाईंलाई धन्यावाद दिन्छु र तपाईंको प्रशंसा गर्छु, किनकि तपाईंले मलाई बुद्धि र शक्ति दिनुभयो । हामीले तपाईंसँग जे बिन्ती गर्यौं त्यो तपाईंले मलाई प्रकट गर्नुभएको छ, राजाको चिन्ताको विषयलाई तपाईंले हामीलाई जानकारी गराउनुभएको छ ।”
Tebe, Bože otaca mojih, hvalim i slavim, što si mi dao mudrost i silu, i što si mi objavio za što te molismo objaviv nam stvar carevu.
24 त्यसपछि दानिएल अर्योकलाई भेट्न गए (जसलाई बेबिलोनका सबै बुद्धिमान्लाई मार्नलाई राजाले नियुक्त गरेका थिए) । तिनी गए र उनलाई भने, “बेबिलोनका बुद्धिमान् मानिसहरूलाई नमार्नुहोस् । मलाई राजाकहाँ लानुहोस् र राजाको सपनाको अर्थ म उहाँलाई खोलिदिनेछु ।”
Tada otide Danilo k Ariohu, kojega car bješe odredio da pogubi mudarce Vavilonske; i došav ovako mu reèe: ne gubi mudaraca Vavilonskih; izvedi me pred cara da kažem caru što san znaèi.
25 त्यसपछि अर्योकले तुरुन्तै दानिएललाई राजाको सामु लगे र यसो भने, “मैले यहूदाका निर्वासितहरूका बिचमा एक जना मानिस भेट्टाएको छु जसले, महाराजाको सपनाको अर्थ खोल्नेछ ।”
Tada Arioh brže izvede Danila pred cara, i ovako mu reèe: naðoh èovjeka izmeðu roblja Judina, koji æe kazati caru što san znaèi.
26 राजाले दानिएललाई (जसको नाउँ बेलतसजर थयो) सोधे, “मैले देखेको सपना र त्यसको अर्थ के तिमी मलाई भन्न सक्छौ?”
A car progovori i reèe Danilu, koji se zvaše Valtasar: možeš li mi kazati san koji sam snio i što znaèi?
27 दानिएलले राजालाई जवाफ दिए र यसो भने, “राजाले सोध्नुभएको रहस्यलाई बुद्धि भएकाहरूले प्रकट गर्न सक्दैनन्, न त मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूले, न त जादुगरहरूले र ज्योतिषीहरूले नै गर्न सक्छन् ।
Odgovori Danilo caru i reèe: tajne koje car ište ne mogu kazati caru mudarci ni zvjezdari ni vraèi ni gatari.
28 तापनि, त्यहाँ एक यस्तो परमेश्वर हुनुहुन्छ जो स्वर्गमा वास गर्नुहुन्छ, जसले रहस्यहरू प्रकट गर्नुहुन्छ र आउने दिनहरूमा के हुनेछ भनी उहाँले हजुर महाराजा नबूकदनेसरलाई प्रकट गर्नुभएको छ । हजुर आफ्नो ओछ्यानमा पल्टनुहुँदा हजुरले देख्नुभएको सपना र हजुरका मनका दर्शनहरू यसप्रकार थिए ।
Nego ima Bog na nebu koji otkriva tajne i javlja caru Navuhodonosoru što æe biti do pošljetka. San tvoj i što ti je vidjela glava na postelji tvojoj ovo je:
29 महाराजा, हजुरको सम्बन्धमा, ओछ्यानमा हुँदा हजुरमा भएका विचारहरू हुन आउने कुराहरूका बारेमा थिए, र भविष्यमा के हुँदैछ भनेर रहस्य खोल्नुहुनेले नै हजुरलाई प्रकट गर्नुभएको छ ।
Tebi, care, doðoše misli na postelji što æe biti poslije, i onaj koji objavljuje tajne pokaza ti što æe biti.
30 मेरो बारेमा, अरू कुनै जीवित मानिसभन्दा धेरै बुद्धि मसँग भएको कारण मलाई त्यो रहस्य प्रकट भएको होइन । हजुर, महाराजाले त्यसको अर्थ बुझ्न सक्नुभएको होस्, र आफूभित्रका गहिरा कुराहरू हजुरले जान्न सक्नुभएको होस् भनेर हजुरलाई त्यो रहस्य प्रकट भएको हो ।
A meni se ova tajna nije objavila mudrošæu koja bi u mene bila mimo sve žive, nego zato da se javi caru što san znaèi i da doznaš misli srca svojega.
31 महाराजा, हजुरले माथि हेर्नुभयो र हजुरले एउटा ठुलो सालिक देख्नुभयो । त्यो धेरै शक्तिशाली र उज्यालो सालिक हजुरको सामु खडा भयो । त्यसको चमक डरलाग्दो थियो ।
Ti, care, vidje a to lik velik; velik bijaše lik i svjetlost mu silna, i stajaše prema tebi, i strašan bijaše na oèima.
32 त्यस सालिकको शिर निक्खर सुनले बनेको थियो । त्यसको छाती र हातहरू चाँदीका थिए । त्यसको पेट र तिघ्राहरू काँसाका थिए,
Glava tome liku bijaše od èistoga zlata, prsi i mišice od srebra, trbuh i bedra od mjedi,
33 र त्यसका गोडाहरू फलामका थिए । त्यसका पाउहरू केही फलाम र केही माटोले बनेका थिए ।
Golijeni mu od gvožða, a stopala koje od gvožða koje od zemlje.
34 हजुरले माथि हेर्नुभयो, र एउटा ढुङ्गो काटियो । तापनि त्यो मानिसको हातले होइन, अनि फलाम र माटोले बनेको सालिकको पाउहरूमा त्यो ठोक्कियो, र त्यसले ती चकनाचूर पार्यो ।
Ti gledaše dokle se odvali kamen bez ruku, i udari lik u stopala mjedena i zemljana, i satr ih.
35 तब फलाम, माटो, काँसा, चाँदी र सुन सबै सँगै टुक्रा-टुक्रा भए र ती ग्रीष्म ऋतुमा अन्न चुट्ने खलाका भुसझैं भए । बतासले तिनलाई उडायो र त्यहाँ तिनका कुनै नाउँ निशाना रहेन । तर त्यो सालिकलाई हिर्काउने ढुङ्गोचाहिं एउटा ठुलो पर्वत बन्यो र त्यसले सम्पूर्ण पृथ्वीलाई ढाक्यो ।
Tada se satr i gvožðe i zemlja i mjed i srebro i zlato, i posta kao pljeva na gumnu u ljeto, te odnese vjetar, i ne naðe mu se mjesto; a kamen, koji udari lik, posta gora velika i ispuni svu zemlju.
36 हजुरको सपना यही थियो । अब हामी महाराजालाई अर्थ बताउँछौं।
To je san; a sada æemo kazati caru što znaèi.
37 महाराजा, हजुर राजाहरूका महाराजा हुनुहुन्छ जसलाई स्वर्गका परमेश्वरले राज्य, शक्ति, बल र सम्मान दिनुभएको छ ।
Ti si, care, car nad carevima, jer ti Bog nebeski dade carstvo, silu i krjepost i slavu;
38 मानवजातिहरू बस्ने ठाउँ उहाँले हजुरका हातमा दिनुभएको छ । जमिनका पशुहरू र आकाशका चराहरू उहाँले हजुरका हातमा दिनुभएको छ, र ती माथि हजुरलाई शासन गर्ने बनाउनुभएको छ । हजुर नै त्यस सालिकको सुनको शिर हुनुहुन्छ ।
I gdje god žive sinovi ljudski, zvijeri poljske i ptice nebeske, dao ti je u ruke, i postavio te gospodarem nad svijem tijem. Ti si ona glava zlatna.
39 हजुरपछि, अर्को एउटा राज्य खडा हुनेछ जुन हजुरको भन्दा कमजोर हुनेछ, र त्यसपछि अझै काँसाको अर्को तेस्रो राज्यले सबै पृथ्वीमाथि शासन गर्नेछ ।
A nakon tebe nastaæe drugo carstvo, manje od tvojega; a potom treæe carstvo, mjedeno, koje æe vladati po svoj zemlji.
40 त्यहाँ फलामझैं बलियो चौथो राज्य हुनेछ, किनकि फलामले अरू कुराहरूलाई टुक्रा-टुक्रा पार्छ र हरेक कुरालाई चकनाचूर पार्छ । त्यसले यी सबै कुराहरूलाई चकनाचूर पार्नेछ र कुल्चनेछ ।
A èetvrto æe carstvo biti tvrdo kao gvožðe, jer gvožðe satire i troši sve, i kao gvožðe što sve lomi, tako æe satrti i polomiti.
41 जसरी हजुरले देख्नुभयो, पाउहरू र बुढी औंलाहरू केही पाकेका माटो र केही फलामले बनेका थिए, त्यसरी नै त्यो एउटा विभाजित राज्य हुनेछ । त्यसमा केही फलामको शक्ति हुनेछ, जसरी हजुरले फलाम र नरम माटो मिसिएको देख्नुभयो ।
A što si vidio stopala i prste koje od kala lonèarskoga koje od gvožða, biæe carstvo razdijeljeno, ali æe biti u njemu tvrðe od gvožða, jer si vidio gvožðe pomiješano s kalom lonèarskim.
42 जसरी पाउहरूका बुढी औंलाहरू केही फलाम र केही माटोले बनेका थिए, त्यसरी नै त्यो राज्य केही शक्तिशाली र केही सजिलै टुक्रिने किसिमको हुनेछ ।
I što prsti u nogu bijahu koje od gvožða koje od kala, carstvo æe biti nešto jako a nešto trošno.
43 जसरी हजुरले फलामलाई नरम माटोसँग मिसिएको देख्नुभयो, त्यसरी नै मानिसहरू पनि मिश्रित हुनेछन् । तिनीहरू मिलेर बस्नेछैनन्, जसरी फलाम माटोसँग मिल्न सक्दैन ।
A što si vidio gvožðe pomiješano sa kalom lonèarskim, to æe se oni pomiješati sjemenom èovjeèijim, ali neæe prionuti jedan za drugoga kao što se gvožðe ne može smiješati s kalom.
44 ती राजाहरूको समयमा, स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश पारिनेछैन, नत कुनै अर्को जातिद्वारा परास्त हुनेछ । त्यसले अरू राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरू सबैको अन्त्य गर्नेछ, र त्योचाहिं सदाको निम्ति रहनेछ ।
A u vrijeme tijeh careva Bog æe nebeski podignuti carstvo koje se dovijeka neæe rasuti, i to se carstvo neæe ostaviti drugom narodu; ono æe satrti i ukinuti sva ta carstva, a samo æe stajati dovijeka,
45 जसरी पर्वतबाट एउटा ढुङ्गो काटिएको हजुरले देख्नुभयो, तर मानिसको हातले होइन । त्यसले फलाम, काँसा, माटो, चाँदी र सुनलाई टुक्रा-टुक्रा पार्यो । महाराजा, महान् परमेश्वरले हजुरलाई यसपछि के हुनेछ भनेर बताउनुभएको छ । यो सपना साँचो हो र त्यसको अर्थ विश्वासयोग्य छ ।”
Kako si vidio gdje se od gore odvali kamen bez ruku i satr gvožðe, mjed, kao, srebro i zlato. Bog veliki javi caru što æe biti poslije; san je istinit, i tumaèenje mu vjerno.
46 राजा नबूकदनेसर दानिएलको अगि घोप्टो परे र तिनको सम्मान गरे । तिनलाई भेटी चढाइयोस् र तिनको निम्ति धूप बालियोस् भनेर तिनले आज्ञा दिए ।
Tada car Navuhodonosor pade na lice svoje, i pokloni se Danilu, i zapovjedi da mu prinesu prinos i kad.
47 राजाले दानिएललाई भने, “साँच्चै नै तिम्रा परमेश्वरचाहिं देवताहरूका परमेश्वर, राजाहरूका परमप्रभु हुनुहुन्छ, र उहाँले रहस्यहरू प्रकट गर्नुहुन्छ, किनकि तिमीले यो रहस्य प्रकट गर्न सफल भएका छौ ।”
Car progovori Danilu i reèe: doista, vaš je Bog Bog nad bogovima i gospodar nad carevima, i koji objavljuje tajne, kad si mogao otkriti ovu tajnu.
48 अनि राजाले दानिएललाई उच्च सम्मान दिए र तिनलाई धेरै असल उपहारहरू दिए । तिनले उनलाई बेबिलोनको सम्पूर्ण प्रदेशमाथि शासक बनाए । बेबिलोनका सबैभन्दा ज्ञानी मानिसहरूमाथि दानिएल प्रमुख गभर्नर भए ।
Tada car uzvisi Danila, i dade mu mnoge velike darove i uèini ga gospodarem svoj zemlji Vavilonskoj i poglavarem nad svijem mudarcima Vavilonskim.
49 दानिएलले राजासँग एउटा अनुरोध गरे, र राजाले शद्रक, मेशक, र अबेद्नगोलाई बेबिलोनको प्रदेशमाथि प्रशासकहरू नियुक्त गरे । तर दानिएल राजाको दरवारमा नै रहे ।
I Danilo izmoli u cara, te postavi nad poslovima zemlje Vavilonske Sedraha, Misaha i Avdenaga, a Danilo osta na dvoru carevu.