< दानिएल 11 >

1 मादी दाराको पहिलो वर्षमा, म आफैं मिखाएलको मदत र सुरक्षा गर्न आएँ ।
ואני בשנת אחת לדריוש המדי--עמדי למחזיק ולמעוז לו
2 अब म तिमीलाई सत्य कुरा बताउँछु । फारसमा तिन जना राजा खडा हुनेछन्, र अरूभन्दा चौथोचाहिं धेरै धनी हुनेछ । आफ्नो धनदौलतबाट त्यसले शक्ति हासिल गरेपछि, त्यसले सबैलाई ग्रीस राज्यको विरुद्ध उत्तेजित गर्नेछ ।
ועתה אמת אגיד לך הנה עוד שלשה מלכים עמדים לפרס והרביעי יעשיר עשר גדול מכל וכחזקתו בעשרו יעיר הכל את מלכות יון
3 एक जना शक्तिशाली राजा खडा हुनेछन्, जसले धेरै विशाल राज्यमा शासन गर्नेछन्, र आफ्नै इच्छाअनुसार तिनले काम गर्नेछन् ।
ועמד מלך גבור ומשל ממשל רב ועשה כרצונו
4 तिनी खडा भएपछि, तिनको राज्य टुक्राटुक्रा हुनेछ र स्वर्गका चार बतासतिर त्यो विभाजित हुनेछ, तर तिनका आफ्नै वंशमा होइन, अनि तिनले राज्य गरिरहँदाको शक्तिले तिनको शक्तिले होइन । किनकि तिनको राज्य तिनको वंशको निम्ति नभएर अरूका निम्ति उखेलिनेछ ।
וכעמדו תשבר מלכותו ותחץ לארבע רוחות השמים ולא לאחריתו ולא כמשלו אשר משל--כי תנתש מלכותו ולאחרים מלבד אלה
5 दक्षिणको राजा धेरै शक्तिशाली हुनेछन्, तर तिनका कमान्‍डरमध्ये एकजना तिनीभन्दा शक्तिशाली हुनेछ र आफ्‍नो राज्यलाई ठुलो शक्तिले शासन गर्नेछ ।
ויחזק מלך הנגב ומן שריו ויחזק עליו ומשל ממשל רב ממשלתו
6 केही वर्षपछि, ठिक समयमा, तिनीहरूले मित्रता कायम गर्नेछन् । सम्झौता पक्‍का गर्नलाई दक्षिणको राजाकी छोरी उत्तरको राजाकहाँ जान्छिन् । तर तिनको आफ्‍नो हातको बल कायम राख्‍न सक्‍नेछैनन्, न त उनले वा उनको हातले नै सक्‍नेछन् । तिनी र तिनलाई ल्‍याउनेहरू र तिनका पिता र ती समयमा तिनको समर्थन गर्ने सबै त्यागिनेछन् ।
ולקץ שנים יתחברו ובת מלך הנגב תבוא אל מלך הצפון לעשות מישרים ולא תעצר כוח הזרוע ולא יעמד וזרעו ותנתן היא ומביאיה והילדה ומחזקה בעתים
7 तर तिनको ठाउँमा तिनका जराहरूबाट एउटा हाँगो पलाउनेछ । उनले उत्तरको राजाको सेनालाई आक्रमण गर्नेछन् र किल्लाभित्र प्रवेश गर्नेछन् । उनले तिनीहरूसित लडाइँ गर्नेछन् र तिनीहरूमाथि विजय पाउनेछन् ।
ועמד מנצר שרשיה כנו ויבא אל החיל ויבא במעוז מלך הצפון ועשה בהם והחזיק
8 उनले तिनीहरूका देवताहरू र तिनीहरूका ढलौटे फलामका मूर्तिहरू र सुन र चाँदीका बहुमुल्य भाँडाहरू मिश्रदेशमा लानेछन् । केही वर्षसम्‍म उनी उत्तरका राजाबाट टाढा रहनेछन् ।
וגם אלהיהם עם נסכיהם עם כלי חמדתם כסף וזהב בשבי--יבא מצרים והוא שנים יעמד ממלך הצפון
9 अनि उत्तरका राजाले दक्षिणको राजाको राज्यमाथि आक्रमण गर्नेछन्, तर तिनि आफ्नै देशमा फर्कनेछन् ।
ובא במלכות מלך הנגב ושב אל אדמתו
10 तिनका छोराहरू तयार हुनेछन् र ठुलो सेनालाई भेला गर्नेछन् । त्यो निरन्‍तर अघि बढ्‍नेछ र बाढीले झैं हरेक कुरा बगाउनेछ । सबैलाई जित्‍दै त्‍यो उसको किल्लासम्मै पुग्‍नेछ ।
ובנו יתגרו ואספו המון חילים רבים ובא בוא ושטף ועבר וישב ויתגרו (ויתגרה) עד מעזה
11 तब दक्षिणको राजा धेरै क्रुद्ध हुनेछन् । तिनी जानेछन् र उत्तरको राजाको विरुद्धमा लडाइ गर्नेछन् । उत्तरको राजाले एउटा ठुलो सेना खडा गर्नेछन्, तर त्यो सेनालाई दक्षिणको राजाको हातमा दिइनेछ ।
ויתמרמר מלך הנגב ויצא ונלחם עמו עם מלך הצפון והעמיד המון רב ונתן ההמון בידו
12 त्यो सेना लगिनेछ, र दक्षिणको राजाको हृदय घमण्डले फुल्नेछ, र तिनले दसौं हजारलाई मार्नेछन्, तर तिनी विजयी हुनेछैनन् ।
ונשא ההמון ירום (ורם) לבבו והפיל רבאות ולא יעוז
13 अनि उत्तरको राजाले पहिलेको धेरै भन्दा शक्तिशाली अर्को सेना खडा गर्नेछन् । केही वर्षपछि, उत्तरका राजा निश्‍चय नै शक्तिशाली सेनाका साथमा धेरै हतियारका साथमा आउनेछन् ।
ושב מלך הצפון והעמיד המון רב מן הראשון ולקץ העתים שנים יבוא בוא בחיל גדול וברכוש רב
14 ती समयमा धेरै जना दक्षिणको राजाको विरुद्धमा खडा हुनेछन् । दर्शन पुरा गर्नलाई तिम्रा मानिसहरूका बिचमा भएका हिंसात्‍मक छोराहरूले आफैंलाई तयार पार्नेछन्, तर तिनीहरू ठेस खानेछन् ।
ובעתים ההם רבים יעמדו על מלך הנגב ובני פריצי עמך ינשאו להעמיד חזון--ונכשלו
15 उत्तरका राजा आउनेछन्, र घेरा मचान बनाउनलाई माटो थुपार्नेछन् र पर्खालले घेरिएको सहरलाई कब्जा गर्नेछन् । दक्षिणको शक्ति टिक्‍न सक्‍नेछैन, तिनीहरूका सर्वोत्कृष्‍ट सेना पनि टिक्‍न सक्दैन । खडा हुने शक्ति हुनेछैन ।
ויבא מלך הצפון וישפך סוללה ולכד עיר מבצרות וזרעות הנגב לא יעמדו ועם מבחריו ואין כח לעמד
16 बरु, आउनेले चाहिं आफ्नो इच्छा अनुसार उनको विरुद्ध व्यवहार गर्नेर्छन् । तिनको मार्गमा कोही खडा हुनेछैन । सुन्दरताको देशमा तिनी खडा हुनेछन्, र विनाश तिनको हातमा हुनेछ ।
ויעש הבא אליו כרצונו ואין עומד לפניו ויעמד בארץ הצבי וכלה בידו
17 उत्तरको राजा आफ्नो सम्पूर्ण राज्यको शक्तिमा आउने निर्णय गर्नेछन्, र तिनीसित सम्झौताको एउटा दस्‍तावेज हुनेछ जुन तिनले दक्षिणको राजासँग गर्नेछन् । दक्षिणको राज्यलाई खत्तम गर्न तिनले एउटी स्‍त्रीको छोरीलाई उनीसित विवाहमा गरिदिनेछन् । तर त्यो योजनाले तिनलाई सफल वा मदत हुनेछैन ।
וישם פניו לבוא בתקף כל מלכותו וישרים עמו--ועשה ובת הנשים יתן לו להשחיתה ולא תעמד ולא לו תהיה
18 यसपछि, उत्तरको राजाले समुद्रतटका देसहरूमा ध्यान लगाउनेछ र तीमध्ये धेरैलाई अधीन गर्नेछन् । तर एक जना कमान्‍डरले तिनको घमण्डको अन्त्य गर्नेछन् र तिनको घमण्डलाई तिनैकहाँ फर्काउनेछन् ।
וישב (וישם) פניו לאיים ולכד רבים והשבית קצין חרפתו לו בלתי חרפתו ישיב לו
19 तब तिनले आफ्नै देशका किल्लाहरूतर्फ ध्यान दिनेछन्, तर तिनी ठेस खानेछन् र त्यो ढल्‍नेछन् । तिनी फेरि भेट्टाइनेछैनन् ।
וישב פניו למעוזי ארצו ונכשל ונפל ולא ימצא
20 तब तिनको ठाउँमा अरू कोही एक जना खडा हुनेछन् जसले राज्यको वैभवको निम्ति एक जना कर उठाउनेलाई घुसपैट गर्न लगाउनेछन् । तर केही दिनमा कुनै रिस वा युद्धविना नै तिनी टुक्रा-टुक्रा पारिनेछन् ।
ועמד על כנו מעביר נוגש הדר מלכות ובימים אחדים ישבר ולא באפים ולא במלחמה
21 तिनको ठाउँमा एक जना तुच्छ मानिस खडा हुनेछ जसलाई मानिसहरूले राजकीय शक्तिको सम्मान दिनेछैनन् । ऊ अचानक आउनेछ र छल गरेर उसले राज्यलाई कब्जा गर्नेछ ।
ועמד על כנו נבזה ולא נתנו עליו הוד מלכות ובא בשלוה והחזיק מלכות בחלקלקות
22 उसको सामु एउटा सेनालाई बाढीले झैं बगाउनेछ । करार सेना र अगुवा दुवै नष्‍ट हुनेछन् ।
וזרעות השטף ישטפו מלפניו וישברו וגם נגיד ברית
23 ऊसित मित्रता गरेको समयदेखि नै उसले छलपूर्ण ढङ्गले काम गर्नेछ । थोरै मानिसको साथमा पनि ऊ शक्तिशाली हुनेछ ।
ומן התחברות אליו יעשה מרמה ועלה ועצם במעט גוי
24 कुनै चेतावनीविना नै ऊ प्रदेशको सबैभन्दा सम्‍वृद्ध ठाउँमा आउनेछ, र उसको बुबा वा हजुरबुबाले नगरेका काम त्यसले गर्नेछ । उसले लुटका सामान र धन-सम्पत्ति आफ्ना अनुयायीहरूसँग बाँड्नेछ । उसले किल्लाहरूलाई हटाउने योजना गर्नेछ, तर केही समयको लागि मात्र हुनेछ ।
בשלוה ובמשמני מדינה יבוא ועשה אשר לא עשו אבתיו ואבות אבתיו בזה ושלל ורכוש להם יבזור ועל מבצרים יחשב מחשבתיו ועד עת
25 ऊ आफ्नो शक्ति र हृदयसहित ठुलो सेनाको साथमा दक्षिणको राजाको विरुद्धमा उठ्नेछ । दक्षिणको राजाले ठुलो, र धेरै शक्तिशाली सेनासँग युद्ध गर्नेछ, तर तिनको विरुद्धमा अरूले षड्यन्त्र गरेको कारणले गर्दा तिनी टिक्‍नेछैनन् ।
ויער כחו ולבבו על מלך הנגב בחיל גדול ומלך הנגב יתגרה למלחמה בחיל גדול ועצום עד מאד ולא יעמד כי יחשבו עליו מחשבות
26 तिनको मिठा भोजन खानेहरूले समेत तिनलाई नाश गर्न खोज्नेछन् । बाढीले झैं तिनका सेना बगाइनेछ, र तीमध्‍ये धेरै जना मारिनेछन् ।
ואכלי פת בגו ישברוהו וחילו ישטוף ונפלו חללים רבים
27 यी दुवै राजाहरू, आफ्नो हृदयमा एक-अर्काको विरुद्धमा दुष्‍टता लिएर, एउटै टेबिलमा बस्‍नेछन् र एक-अर्कालाई ढाँट्‍नेछन्, तर त्यो केही कामको हुनेछैन । किनभने तोकिएकै समयमा अन्त्य आउनेछ ।
ושניהם המלכים לבבם למרע ועל שלחן אחד כזב ידברו ולא תצלח כי עוד קץ למועד
28 अनि उत्तरका राजा धेरै धनदौलत लिएर, आफ्नो हृदयलाई पवित्र करारको विरुद्धमा उठाएर आफ्नै देशमा फर्कनेछ । उसले त्यस्तै काम गर्नेछ र आफ्नै देशमा फर्कनेछ ।
וישב ארצו ברכוש גדול ולבבו על ברית קדש ועשה ושב לארצו
29 तोकिएको समयमा ऊ फर्कनेछ र दक्षिणको विरुद्धमा खडा हुनेछ । तर यस पटक पहिलाको झैं हुनेछैन ।
למועד ישוב ובא בנגב ולא תהיה כראשנה וכאחרונה
30 किनभने कित्तिमका जहाजहरू उसको विरुद्धमा आउनेछन्, र ऊ डराउनेछ र पछि हट्नेछ । त्यो पवित्र करारको विरुद्ध ऊ रिसले चूर हुनेछ, र पवित्र करारलाई त्याग्‍नेहरूलाई उसले समर्थन गर्नेछ ।
ובאו בו ציים כתים ונכאה ושב וזעם על ברית קודש ועשה ושב ויבן על עזבי ברית קדש
31 उसको सैन्य-बल उठ्नेछ र पवित्र-स्‍थानका किल्लाहरूलाई अशुद्ध पार्नेछ । तिनीहरूले दैनिक होमबलि हटाउनेछन्, र तिनीहरूले घृणित थोक स्थापना गर्नेछन् जसले विनाश ल्याउनेछ ।
וזרעים ממנו יעמדו וחללו המקדש המעוז והסירו התמיד ונתנו השקוץ משמם
32 अनि करारको विरुद्धमा दुष्‍टतापूर्ण काम गर्नेहरूलाई उसले तिनलाई धोका दिनेछ र तिनलाई भ्रष्‍ट पार्नेछ । तर आफ्ना परमेश्‍वरलाई चिन्‍ने मानिसहरू बलियै हुनेछन् र सोअनुसार काम गर्नेछन् ।
ומרשיעי ברית יחניף בחלקות ועם ידעי אלהיו יחזקו ועשו
33 मानिसहरूमध्ये बुद्धिमान्‌ले धेरै जनालाई बुझाउनेछ । तर तरवार र आगोले तिनीहरू ढल्‍नेछन् । तिनीहरू कैदमा जानेछन् र धेरै दिनसम्म लुटिनेछन् ।
ומשכילי עם יבינו לרבים ונכשלו בחרב ובלהבה בשבי ובבזה--ימים
34 तिनीहरू ढलेका अवस्‍थामा, तिनीहरूलाई थोरै सहायता मिल्नेछ । कपट गरेर धेरै जनाले तिनीहरूसँग मिलाप गर्नेछन् ।
ובהכשלם יעזרו עזר מעט ונלוו עליהם רבים בחלקלקות
35 बुद्धिमान्‌मध्‍ये कोही-कोहीले ठेस खानेछन्, जसले गर्दा तिनीहरू अन्तको समयसम्म खारिनेछन्, शुद्ध पारिनेछन्, र दागरहित हुनेछन् । किनभने तोकिएको समय आउन अझै बाँकी हुन्‍छ ।
ומן המשכילים יכשלו לצרוף בהם ולברר וללבן--עד עת קץ כי עוד למועד
36 राजाले आफ्नो इच्छाहरूअनुसार काम गर्नेछ । उसले आफैंलाई उठाउनेछ र सारा देवहरूमाथि आफूलाई महान् बनाउनेछ । देवहरूका परमेश्‍वरको विरुद्धमा उसले आश्‍चर्यलाग्दा कुराहरू भन्‍नेछ, किनभने क्रोधको समय पूरा नभएसम्म ऊ सफल हुनेछ । किनभने जे आदेश दिइएको छ, त्यो पूरा भएरै छोड्‍नेछ ।
ועשה כרצנו המלך ויתרומם ויתגדל על כל אל ועל אל אלים ידבר נפלאות והצליח עד כלה זעם כי נחרצה נעשתה
37 आफ्ना पुर्खाका देवहरू वा स्‍त्रीहरूले रुचाएका देवप्रति पनि उसले ध्यान दिनेछैन । न त उसले अन्य देवहरूप्रति ध्यान दिनेछ । किनभने सबैभन्दा माथि उसले आफैंलाई महान् बनाउनेछ ।
ועל אלהי אבתיו לא יבין ועל חמדת נשים ועל כל אלוה לא יבין כי על כל יתגדל
38 यीभन्दा किल्लाहरूका देवलाई उसले सम्मान गर्नेछ । उसले पुर्खाहरूले नमान्‍ने देवलाई उसले सुन र चाँदी, र बहुमुल्य पत्थरहरू, अनि महत्त्वपूर्ण उपहारहरूले सम्मान गर्नेछ ।
ולאלה מעזים על כנו יכבד ולאלוה אשר לא ידעהו אבתיו יכבד בזהב ובכסף ובאבן יקרה--ובחמדות
39 सबैभन्दा बलिया किल्लाहरूलाई उसले पराई देवको सहायताले आक्रमण गर्नेछ । उसका कुरा मान्‍ने हरेकलाई उसले धेरै सम्मान दिनेछ । उसले तिनीहरूलाई धेरै मानिसहरूका शासकहरू बनाउनेछ, र त्यो देशलाई उसले इनामको रूपमा विभाजन गर्नेछ ।
ועשה למבצרי מעזים עם אלוה נכר אשר הכיר (יכיר) ירבה כבוד והמשילם ברבים ואדמה יחלק במחיר
40 अन्त्यको समयमा, दक्षिणका राजाले आक्रमण गर्नेछन् । उत्तरको राजाले दक्षिणको राजाको विरुद्ध रथहरू र घोडचडीहरू, र धेरै जहाजहरूको साथमा आँधीझैं युद्ध गर्नेछ । ऊ धेरै देशहरूका विरुद्ध जानेछ, र तिनीहरूलाई बाढीले झैं बगाउनेछ र अगि बढ्नेछ ।
ובעת קץ יתנגח עמו מלך הנגב וישתער עליו מלך הצפון ברכב ובפרשים ובאניות רבות ובא בארצות ושטף ועבר
41 ऊ सुन्दारताको देशमा जानेछ, र दशौं हजार इस्राएलीहरू मर्नेछन् । तर त्यसका हातबाटः एदोम, मोआब, र अम्मोनका मानिसमद्‍ये बाँकी रहेकाहरू उम्‍कनेछन् ।
ובא בארץ הצבי ורבות יכשלו ואלה ימלטו מידו--אדום ומואב וראשית בני עמון
42 उसले देशहरूमाथि आफ्नो अधिकार फैलाउनेछ । अनि मिश्रदेश बचाइनेछैन ।
וישלח ידו בארצות וארץ מצרים לא תהיה לפליטה
43 सुन र चाँदीका, र मिश्रदेशका सारा धन-सम्पत्तिमा उसले नियन्त्रण गर्नेछ । लिबियाली र कूशीहरू उसका पाउँमुनि हुनेछन् ।
ומשל במכמני הזהב והכסף ובכל חמדות מצרים--ולבים וכשים במצעדיו
44 तर पूर्व र उत्तरबाट आउने समाचारले उसलाई भयभीत बनाउनेछ, र पूर्ण रूपमा नाश गर्न र धेरैलाई विनाशको निम्ति अलग गर्न ऊ क्रोधित भएर जानेछ ।
ושמעות יבהלהו ממזרח ומצפון ויצא בחמא גדלה להשמיד ולהחרים רבים
45 उसले समुद्रहरू र पवित्रताको सुन्दरताको पर्वतको बिचमा आफ्‍नो राजकीय वासस्थानको पाल खडा गर्नेछ । उसको अन्त्य हुनेछ, र उसको निम्ति त्यहाँ सहायता गर्ने कोही पनि हुनेछैन ।
ויטע אהלי אפדנו בין ימים להר צבי קדש ובא עד קצו ואין עוזר לו

< दानिएल 11 >