< दानिएल 10 >
1 फारसका राजा कोरेसको तेस्रो वर्षमा दानिएललाई एउटा सन्देश प्रकट गरियो जसलाई बेलतसजर पनि भनिन्थ्यो। यो सन्देश साँचो थियो । यो एउटा ठुलो युद्धको विषयमा थियो । आफूले दर्शनबाट अन्तर्दृष्टि पाएपछि दानिएलले यो सन्देश बुझे ।
波斯王塞魯士第三年,有事顯給稱為伯提沙撒的但以理。這事是真的,是指着大爭戰;但以理通達這事,明白這異象。
2 ती दिनहरूमा म दानिएल, तिन हप्तासम्म शोक गरिरहें ।
當那時,我-但以理悲傷了三個七日。
3 तिन हप्ता पुरै नबितेसम्म नै मैले कुनै मिठो खाना खाइनँ, न मासु खाएँ, न दाखमद्य पिएँ, न त मैले आफैंलाई तेलले अभिषेक गरें ।
美味我沒有吃,酒肉沒有入我的口,也沒有用油抹我的身,直到滿了三個七日。
4 पहिलो महिनाको चौबीसौं दिनमा, जब म त्यो विशाल नदी (अर्थात् टाइग्रिस) को छेउमा थिएँ,
正月二十四日,我在底格里斯大河邊,
5 मैले माथि हेरें र सूतीको लुगा लगाएका एक जना मानिसलाई देखें, जसको कम्मरमा उफाजको शुद्ध सुनले बनेको पेटी बाँधिएको थियो ।
舉目觀看,見有一人身穿細麻衣,腰束烏法精金帶。
6 तिनको शरीर पीतमणिजस्तो र तिनको अनुहार बिजुलीजस्तो थियो । तिनका आँखा बलिरहेका राँकोजस्ता थिए, र तिनका हात र खुट्टाहरू टल्काइएका काँसाजस्तै थिए । तिनको वचन आवाज एउटा ठुलो भीडको जस्तो थियो ।
他身體如水蒼玉,面貌如閃電,眼目如火把,手和腳如光明的銅,說話的聲音如大眾的聲音。
7 म, दानिएल एक्लै त्यो दर्शन देखें, किनकि मसँगै भएका मानिसहरूले त्यो दर्शन देखेनन् । तपनि, तिनीहरूमा एउटा ठुलो त्रास पर्यो, र तिनीहरू आफू लुक्नलाई भागे ।
這異象惟有我-但以理一人看見,同着我的人沒有看見。他們卻大大戰兢,逃跑隱藏,
8 यसैले म एक्लै छोडिएँ र यो महान् दर्शन देखें । ममा बल बाँकी रहेन । मेरो उज्यालो अनुहार नै अँधयारो भयो, र ममा कुनै शक्ति नै रहेन ।
只剩下我一人。我見了這大異象便渾身無力,面貌失色,毫無氣力。
9 तब मैले तिनका शब्दहरू सुनें— र मैले ती सनिरहँदा, म जमिनमा घोप्टो परेर गहिरो निद्रामा निदाएँ ।
我卻聽見他說話的聲音,一聽見就面伏在地沉睡了。
10 मलाई एउटा हातले छोयो, र त्यसले मेरा घुँडाहरू र हत्केलाहरूलाई थरथर काँम्ने बनायो ।
忽然,有一手按在我身上,使我用膝和手掌支持微起。
11 ती स्वर्गदूतले मलाई भने, “ए दानिएल, धेरै सम्मान पाएको मानिस, मैले तिमीलाई भनिरहेका वचनलाई बुझ । सिधा खडा होऊ, किनकि मलाई तिमीकहाँ पठाइएको छ ।” तिनले मलाई यो सन्देश बोलेको समयमा, थरथर काम्दै म उठें ।
他對我說:「大蒙眷愛的但以理啊,要明白我與你所說的話,只管站起來,因為我現在奉差遣來到你這裏。」他對我說這話,我便戰戰兢兢地立起來。
12 अनि तिनले मलाई यसो भने, “ए दानिएल, नडराऊ । बुझ्न र आफ्नो परमेश्वरको सामु आफैंलाई नम्र बनाउन तिमीले प्रयास गरेका पहिलो दिनदेखि नै तिम्रा शब्दहरूको सुनुवाइ भएको छ, र तिम्रा शब्दहरूकै कारणले म आएको छु ।
他就說:「但以理啊,不要懼怕!因為從你第一日專心求明白將來的事,又在你上帝面前刻苦己心,你的言語已蒙應允;我是因你的言語而來。
13 तर फारस राज्यका राजकुमारले मेरो विरोध गर्यो, र मलाई एक्काइस दिनसम्म फारसका राजाहरूसँग राखियो । तर प्रधान राजकुमारहरूमध्ये एक, मिखाएल मलाई सहायता गर्न आए ।
但波斯國的魔君攔阻我二十一日。忽然有大君中的一位米迦勒來幫助我,我就停留在波斯諸王那裏。
14 तिम्रा मानिसहरूलाई अन्तका दिनमा के हुनेछ भनेर बुझ्न तिमीलाई मदत गर्न म आएको हुँ । किनकि यो दर्शनचाहिं अझै आउन बाँकी दिनको निम्ति हो ।”
現在我來,要使你明白本國之民日後必遭遇的事,因為這異象關乎後來許多的日子。」
15 जब तिनले यी शब्दहरूको प्रयोग गरी मसँग बोल्दै थिए, मैले मेरो मुहारलाई जमिनतर्फ झुकाएँ र म बोल्न सकिनँ ।
他向我這樣說,我就臉面朝地,啞口無聲。
16 मानिसका पुत्रजस्तै देखिने एक जनाले मेरो ओठहरूमा छोए, र मैले आफ्नो मुख खोलें र मेरो सामु हुनेसँग बात गरें, “हे मेरा मालिक, दर्शनको कारणले गर्दा म वेदनामा परेको छु । मसँग बल छैन ।
不料,有一位像人的,摸我的嘴唇,我便開口向那站在我面前的說:「我主啊,因見這異象,我大大愁苦,毫無氣力。
17 म तपाईंको सेवक हुँ । कसरी म आफ्नो मालिकसँग बोल्न सक्छु? किनकि म जान्दछु कि मसँग बल छैन, र ममा सास पनि बाँकी छैन ।”
我主的僕人怎能與我主說話呢?我一見異象就渾身無力,毫無氣息。」
18 मानिसजस्ता देखिनेले मलाई फेरि छोए र मलाई शक्ति दिए ।
有一位形狀像人的又摸我,使我有力量。
19 तिनले भने, “ए धेरै सम्मान पाएको मानिस, नडराऊ । तिमीलाई शान्ति होस्! अब शाहसी होऊ, बलियो होऊ!” तिनी मसँग बोल्दै गर्दा, ममा बल आयो । मैले भनें, “ए मेरा मालिक बोल्नुहोस्, किनकि तपाईंले मलाई शक्ति दिनुभएको छ ।”
他說:「大蒙眷愛的人哪,不要懼怕,願你平安!你總要堅強。」他一向我說話,我便覺得有力量,說:「我主請說,因你使我有力量。」
20 तिनले भने, “म तिमीकहाँ किन आएँ के तिमीलाई थाहा छ? म छिट्टै फारसका राजकुमारसँग यद्ध गर्नलाई फर्कनेछु । म गएपछि, ग्रीसका राजकुमार आउनेछन् ।
他就說:「你知道我為何來見你嗎?現在我要回去與波斯的魔君爭戰,我去後,希臘的魔君必來。
21 तर सत्यको पुस्तकमा के लेखिएको छ, म तिमीलाई बताउनेछु । तिम्रा राजकुमार मिखाएल बाहेक अरू कसैले पनि तिनीहरूका विरुद्ध मलाई शाहसी बनाउन सक्दैनन् ।”
但我要將那錄在真確書上的事告訴你。除了你們的大君米迦勒之外,沒有幫助我抵擋這兩魔君的。」