< कलस्सी 4 >

1 मालिक हो, आफ्ना नोकरहरूलाई जे सही र उचित छ त्यही देओ । तिमीहरू यो जान्दछौ, कि तिमीहरूका पनि मालिक स्वर्गमा हुनुहुन्छ ।
ⲁ̅ⲚⲒϬⲒⲤⲈⲨ ⲀⲢⲒⲞⲨⲒ ⲚⲞⲨϨⲀⲠ ⲘⲘⲎⲒ ⲞⲨⲞϨ ⲬⲀ ⲐⲎⲚⲞⲨ ⲈⲢⲈⲦⲈⲚϢⲎϢ ⲚⲈⲘ ⲚⲈⲦⲈⲚⲈⲂⲒⲀⲒⲔ ⲈⲢⲈⲦⲈⲚⲈⲘⲒ ϪⲈ ⲠⲈⲦⲈⲚϬⲞⲒⲤ ϨⲰⲦⲈⲚ ϢⲞⲠ ϦⲈⲚⲚⲒⲪⲎⲞⲨⲒ.
2 दृढतापूर्वक निरन्तर प्रार्थनामा लागिरहो, र धन्यवादसाथ प्रार्थनामा जागा रहो ।
ⲃ̅ϢⲰⲠⲒ ⲈⲢⲈⲦⲈⲚⲘⲎⲚ ⲈϮⲠⲢⲞⲤⲈⲨⲬⲎ ⲈⲢⲈⲦⲈⲚⲞⲒ ⲚϢⲢⲰⲒⲤ ⲚϦⲎⲦⲤ ϦⲈⲚⲞⲨϢⲈⲠϨⲘⲞⲦ.
3 हाम्रो निम्ति पनि सँगसँगै प्रार्थना गर, ताकि ख्रीष्‍टको गुप्‍त सत्यताको वचन बोल्नको निम्ति परमेश्‍वरले ढोका खोलिदिनुभएको होस् । यही वचनको कारण, म बाँधिएको छु ।
ⲅ̅ⲈⲢⲈⲦⲈⲚⲦⲰⲂϨ ⲀⲘⲀ ⲚⲈⲘ ⲈϨⲢⲎⲒ ⲈϪⲰⲚ ϨⲰⲚ ϨⲒⲚⲀ ⲚⲦⲈⲪⲚⲞⲨϮ ⲞⲨⲰⲚ ⲚⲀⲚ ⲚⲞⲨⲢⲰ ⲚⲦⲈⲠⲒⲤⲀϪⲒ ⲈⲤⲀϪⲒ ⲈⲠⲒⲘⲨⲤⲦⲎⲢⲒⲞⲚ ⲚⲦⲈⲠⲬⲢⲒⲤⲦⲞⲤ ⲪⲀⲒ ⲈϮⲤⲞⲚϨ ⲈⲐⲂⲎⲦϤ
4 जसरी मैले बोल्नुपर्ने हो, त्यसरी नै मैले यसलाई स्पष्‍टपार्न सकूँ भनेर प्रार्थना गर ।
ⲇ̅ϨⲒⲚⲀ ⲚⲦⲀⲞⲨⲞⲚϨϤ ⲈⲂⲞⲖ ⲔⲀⲦⲀ ⲪⲢⲎϮ ⲈⲦⲤⲈⲘⲠϢⲀ ⲚⲦⲀⲤⲀϪⲒ.
5 बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर्दै हिँड, अनि तिमीहरूको समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर ।
ⲉ̅ⲘⲞϢⲒ ϦⲈⲚⲞⲨⲤⲂⲰ ⲞⲨⲂⲈ ⲚⲎ ⲈⲦⲤⲀⲂⲞⲖ ⲈⲢⲈⲦⲈⲚϢⲰⲠ ⲘⲠⲒⲤⲎⲞⲨ.
6 तिमीहरूका वचनहरू सधैँ अनुग्रहसहित होस् । तिनीहरू नुनले स्वादिलो पारिएको जस्तै होऊन्, र हरेक मानिसलाई तिमीहरूले कसरी जवाफ दिनुपर्छ, सो तिमीहरूले जान्‍न सक ।
ⲋ̅ⲠⲈⲦⲈⲚⲤⲀϪⲒ ⲚⲤⲎⲞⲨ ⲚⲒⲂⲈⲚ ϦⲈⲚⲞⲨϨⲘⲞⲦ ⲈϤⲤⲈϨⲚⲎⲞⲨⲦ ϦⲈⲚⲞⲨϨⲘⲞⲨ ⲈⲈⲘⲒ ⲘⲪⲢⲎϮ ⲈⲦⲤⲈⲘⲠϢⲀ ⲚⲰⲦⲈⲚ ⲈⲢⲞⲨⲰ ⲘⲪⲞⲨⲀⲒ ⲪⲞⲨⲀⲒ.
7 तुखिकसले मेरो बारेमा सबै कुराहरू तिमीहरूलाई बताउनेछन् । तिनीचाहिँ मेरा प्रिय भाइ, विश्‍वासयोग्य दास र प्रभुमा सङ्गी सेवक हुन् ।
ⲍ̅ⲚⲈⲦϢⲞⲠ ⲘⲘⲞⲒ ⲦⲎⲢⲞⲨ ⲈϤⲈⲦⲀⲘⲰⲦⲈⲚ ⲈⲢⲰⲞⲨ ⲚϪⲈⲦⲒⲬⲒⲔⲞⲤ ⲠⲒⲀⲄⲀⲠⲎⲦⲞⲤ ⲚⲤⲞⲚ ⲞⲨⲞϨ ⲘⲠⲒⲤⲦⲞⲤ ⲚⲆⲒⲀⲔⲰⲚ ⲞⲨⲞϨ ⲚϢⲪⲎⲢ ⲘⲂⲰⲔ ϦⲈⲚⲠϬⲞⲒⲤ.
8 यही कार्यको निम्ति मैले तिनलाई तिमीहरूकहाँ पठाएँ, ताकि तिमीहरूले हामीहरूको विषयमा जान्‍न सक, र तिनले तिमीहरूका हृदयलाई प्रोत्साहित पार्न सकून् ।
ⲏ̅ⲪⲀⲒ ⲈⲦⲀⲒⲞⲨⲞⲢⲠϤ ϨⲀⲢⲰⲦⲈⲚ ⲈⲠⲀⲒϨⲰⲂ ϨⲒⲚⲀ ⲚⲦⲈϤⲈⲘⲒ ⲈⲠⲈⲦⲈⲚϢⲒⲚⲒ ⲞⲨⲞϨ ⲚⲦⲈϤϮⲚⲞⲘϮ ⲚⲚⲈⲦⲈⲚϨⲎⲦ.
9 तिमीहरूमध्येका एक, विश्‍वासयोग्य र प्रिय भाइ ओनेसिमससँगै मैले तिनलाई तिमीहरूकहाँ पठाएँ । तिनीहरूले यहाँ भएका सबै कुराहरू तिमीहरूलाई बताउँनेछन् ।
ⲑ̅ⲚⲈⲘ ⲞⲚⲎⲤⲒⲘⲞⲤ ⲠⲒⲠⲒⲤⲦⲞⲤ ⲞⲨⲞϨ ⲘⲘⲈⲚⲢⲒⲦ ⲚⲤⲞⲚ ⲪⲀⲒ ⲈⲦⲈ ⲞⲨⲈⲂⲞⲖ ⲘⲘⲰⲦⲈⲚ ⲠⲈ ⲈⲨⲈⲦⲀⲘⲰⲦⲈⲚ ⲈϨⲰⲂ ⲚⲒⲂⲈⲚ ⲈⲦⲈ ⲘⲠⲀⲒⲘⲀ.
10 मेरा सङ्गी कैदी अरिस्तार्खसले तिमीहरूलाई आफ्नो अभिवादन पठाएका छन्, र बारनाबासका भानिज मर्कूसको पनि अभिवादन छ, जसको बारेमा तिमीहरूले आदेश पाइसकेका छौ, “यदि उनी तिमीहरूकहाँ आए भने उनलाई स्वागत गर,”
ⲓ̅ϤϢⲒⲚⲒ ⲈⲢⲰⲦⲈⲚ ⲚϪⲈⲀⲢⲒⲤⲦⲀⲢⲬⲞⲤ ⲠⲀϢⲪⲎⲢ ⲚⲈⲬⲘⲀⲖⲰⲦⲞⲤ ⲚⲈⲘ ⲘⲀⲢⲔⲞⲤ ⲠϢⲞⲨⲤⲚⲀⲨ ⲘⲂⲀⲢⲚⲀⲂⲀⲤ ⲪⲎ ⲈⲦⲀⲢⲈⲦⲈⲚϬⲒ ⲈⲚⲦⲞⲖⲎ ⲈⲐⲂⲎⲦϤ ⲈϢⲰⲠ ⲀϤϢⲀⲚⲒ ϨⲀⲢⲰⲦⲈⲚ ϢⲞⲠϤ ⲈⲢⲰⲦⲈⲚ.
11 र युस्तस भनिने येशूले पनि अभिवादन पठाएका छन् । परमेश्‍वरको राज्यका निम्ति खतनाका मेरा सहकर्मीहरू यिनीहरू मात्रै हुन् । तिनीहरू मेरा निम्ति सान्त्वनाका पात्र भएका छन् ।
ⲓ̅ⲁ̅ⲚⲈⲘ ⲒⲎⲤⲞⲨⲤ ⲪⲎ ⲈⲦⲞⲨⲘⲞⲨϮ ⲈⲢⲞϤ ϪⲈ ⲒⲞⲨⲤⲦⲞⲤ ⲚⲀⲒ ⲈⲦϢⲞⲠ ⲈⲂⲞⲖ ϦⲈⲚⲠⲤⲈⲂⲒ ⲚⲀⲒ ⲘⲘⲀⲨⲀⲦⲞⲨ ⲀⲨⲈⲢϢⲪⲎⲢ ⲚⲈⲢϨⲰⲂ ⲈϮⲘⲈⲦⲞⲨⲢⲞ ⲚⲦⲈⲪⲚⲞⲨϮ ⲚⲀⲒ ⲈⲦⲀⲨϢⲰⲠⲒ ⲚⲎⲒ ⲚⲚⲞⲘϮ.
12 इपाफ्रासले तिमीहरूलाई अभिवादन गरेका छन् । यिनी पनि तिमीहरूमध्येकै एक जना हुन् र ख्रीष्‍ट येशूका दास हुन् । यिनी तिमीहरूका निम्ति सधैँ प्रार्थनामा परिश्रमसाथ लागिरहन्छन्, ताकि परमेश्‍वरको इच्छाअनुसार तिमीहरू सम्पूर्ण रूपले निश्‍चित भई खडा हुन सक ।
ⲓ̅ⲃ̅ϤϢⲒⲚⲒ ⲈⲢⲰⲦⲈⲚ ⲚϪⲈⲈⲠⲀⲪⲢⲀⲤ ⲠⲒⲈⲂⲞⲖ ⲘⲘⲰⲦⲈⲚ ⲘⲂⲰⲔ ⲘⲠⲬⲢⲒⲤⲦⲞⲤ ⲒⲎⲤⲞⲨⲤ ⲪⲀⲒ ⲈⲦⲈⲢⲀⲄⲰⲚⲒⲌⲈⲤⲐⲈ ⲚⲤⲎⲞⲨ ⲚⲒⲂⲈⲚ ⲈϪⲈⲚ ⲐⲎⲚⲞⲨ ϦⲈⲚⲚⲈϤⲠⲢⲞⲤⲈⲨⲬⲎ ϨⲒⲚⲀ ⲚⲦⲈⲦⲈⲚⲞϨⲒ ⲈⲢⲀⲦⲈⲚ ⲐⲎⲚⲞⲨ ⲈⲢⲈⲦⲈⲚϪⲎⲔ ⲈⲂⲞⲖ ⲞⲨⲞϨ ⲈⲢⲈⲦⲈⲚⲘⲈϨ ⲈⲂⲞⲖ ϦⲈⲚⲠⲈⲦⲈϨⲚⲈ ⲪⲚⲞⲨϮ.
13 यो कुरामा म तिनको साक्षी भएको छु, कि उनी तिमीहरूका लागि र लाउडिकियामा भएकाहरू अनि हिरापोलिसमा भएकाहरूका खातिर कडा परिश्रम गर्छन् ।
ⲓ̅ⲅ̅ϮⲈⲢⲘⲈⲐⲢⲈ ⲄⲀⲢ ϦⲀⲢⲞϤ ϪⲈ ⲞⲨⲞⲚⲦⲀϤ ⲚⲞⲨⲚⲒϢϮ ⲚⲈⲘⲔⲀϨ ⲚϨⲎⲦ ⲈϨⲢⲎⲒ ⲈϪⲈⲚ ⲐⲎⲚⲞⲨ ⲚⲈⲘ ⲚⲎ ⲈⲦϦⲈⲚ ⲖⲀⲞⲆⲒⲔⲒⲀ ⲚⲈⲘ ⲚⲎ ⲈⲦϦⲈⲚ ⲒⲈⲢⲀⲠⲞⲖⲒⲤ.
14 प्रिय चिकित्सक लूका र डेमासले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
ⲓ̅ⲇ̅ϤϢⲒⲚⲒ ⲈⲢⲰⲦⲈⲚ ⲚϪⲈⲖⲞⲨⲔⲀⲤ ⲠⲒⲤⲎⲒⲚⲒ ⲚⲀⲄⲀⲠⲎⲦⲞⲤ ⲚⲈⲘ ⲆⲎⲘⲀⲤ.
15 लाउडिकियामा भएका भाइहरू, र नुम्फास, र तिनको घरमा भएको मण्डलीलाई पनि अभिवादन गर ।
ⲓ̅ⲉ̅ϢⲒⲚⲒ ⲈⲚⲒⲤⲚⲎⲞⲨ ⲈⲦϦⲈⲚ ⲖⲀⲞⲆⲒⲔⲒⲀ ⲚⲈⲘ ⲚⲒⲘⲪⲀⲚ ⲚⲈⲘ ϮⲈⲔⲔⲖⲎⲤⲒⲀ ⲚⲦⲈⲠⲞⲨⲎⲒ.
16 जब यो पत्र तिमीहरूका बिचमा पढिनेछ, त्यसपछि लाउडिकियाको मण्डलीमा पनि यो पढ्नू र लाउडिकियाबाट आउने पत्र पनि तिमीहरूले पढ्नू ।
ⲓ̅ⲋ̅ⲞⲨⲞϨ ⲈϢⲰⲠ ⲀⲨϢⲀⲚⲰϢ ⲚⲦⲀⲒⲈⲠⲒⲤⲦⲞⲖⲎ ϦⲀⲦⲈⲚ ⲐⲎⲚⲞⲨ ⲘⲀⲢⲞⲨⲞϢⲤ ϦⲈⲚϮⲈⲔⲔⲖⲎⲤⲒⲀ ⲚⲦⲈⲖⲀⲞⲆⲒⲔⲒⲀ ⲞⲨⲞϨ ⲈⲂⲞⲖ ϦⲈⲚⲖⲀⲞⲆⲒⲔⲒⲀ ϨⲒⲚⲀ ⲚⲐⲰⲦⲈⲚ ⲚⲦⲈⲦⲈⲚⲰϢ ⲘⲘⲞⲤ.
17 अर्खिप्पसलाई भन, “तिमीले प्रभुमा पाएको सेवा-कार्य र यसलाई पुरा गर्नुपर्ने कुरालाई ध्यान देऊ ।”
ⲓ̅ⲍ̅ⲞⲨⲞϨ ⲀϪⲞⲤ ⲚⲀⲢⲬⲎⲠⲠⲞⲤ ϪⲈ ϪⲞⲨϢⲦ ⲈⲂⲞⲖ ⲚϮⲆⲒⲀⲔⲞⲚⲒⲀ ⲈⲦⲀⲔϬⲒⲦⲤ ϦⲈⲚⲠϬⲞⲒⲤ ϨⲒⲚⲀ ⲚⲦⲈⲔⲘⲀϨⲤ ⲈⲂⲞⲖ.
18 यो अभिवादनको पत्र म पावलको आफ्नै हातले लेखेको हुँ । मेरा साङ्लाहरूलाई याद गर । तिमीहरूमा अनुग्रह होस् ।
ⲓ̅ⲏ̅ⲠⲀⲀⲤⲠⲀⲤⲘⲞⲤ ϦⲈⲚⲦⲀϪⲒϪ ⲀⲚⲞⲔ ⲠⲀⲨⲖⲞⲤ ⲀⲢⲒⲪⲘⲈⲨⲒ ⲚⲚⲀⲤⲚⲀⲨϨ ⲠϨⲘⲞⲦ ⲚⲈⲘⲰⲦⲈⲚ

< कलस्सी 4 >