< कलस्सी 3 >

1 यदि परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँगै उठाउनुभएको छ भने माथिका कुराहरूलाई खोज, जहाँ ख्रीष्‍ट परमेश्‍वरको दाहिने बाहुलीतर्फ बस्‍नुभएको छ ।
Mana itei kae Nnongo atikuwafufua pamope ni Kristo, mugapale makowe ya kunani ambako Kristo atama luboko lwa mmaliyo lwa Nnongo.
2 माथिका कुराहरूमा विचार गर, तर पृथ्वीका कुरामा ध्यान नलगाओ ।
Muwase kuhusu makowe ga kunani kuhusu kwaa makowe ga dunia.
3 किनकि तिमीहरू मरेका छौ, र तिमीहरूका जीवन परमेश्‍वरमा ख्रीष्‍टसँगै लुकाइएको छ ।
Kwa kuwa mwatiwaa, ni maisha yinu yayowanike kwaa pamope ni Kristo mu'Nnongo.
4 जब ख्रीष्‍ट प्रकट हुनुहुनेछ जो तिमीहरूका जीवन हुनुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ ।
Palyo Kristo alowa bonekana, ambae nga maisha yinu, nga mwenga kae mwalowa binekana niywembe mu'utukufu.
5 त्यसकारण, संसारका स्वभावहरू अर्थात् कामुक अनैतिकता, अशुद्धता, कामवासना, खराब इच्छा र लोभको अन्त्य गर, जुन मूर्तिपूजा हो ।
Kwa eyo mugafikishe makowe galiyo mu'nnema yaani, umalaya, uchapu, shauku inoite kwaa, ni tamaa, ambayo nga ibada ya sanamu.
6 यी कुराहरू गर्ने अनाज्ञाकारीका छोराहरूमाथि परमेश्‍वरको क्रोध आउँछ ।
Ni kwaa ajili ya makowe aga gadhabu yaisa nnani ya bana babile kwaa nautii.
7 तिमीहरू पनि यी कुराहरूमा जिउँदा एक समय यसरी नै हिँड्थ्यौ ।
Ni kwa ajili ya makowe aga mwenga kae mwatityanga kwake mwatamite nkati yabe.
8 तर अब यी कुराहरू तिमीहरूले त्याग्‍नुपर्छ– रिस, क्रोध, खराब इच्छा, डाह र निन्दा, तिम्रो मुखबाट निस्कने फोहोर बोली ।
Lakini nambeambe ni lazima mugaboye makowe aga gote. Yaani, gadhabu, hasira, nia inoite kwaa, matukangano, ni maneno machapu yaboka mu'mikano yinu.
9 एक अर्कालाई नढाँट; कारण तिमीहरूले पुरानो मनुष्यत्वलाई त्यसको व्यवहारसमेत त्यागेका छौ ।
Kana mubaye ubocho kati yinu mwenga, kwa mana mwatiuuluwa utu winu wa kinchogo ni makowe gake.
10 तिमीहरूले नयाँ मनुष्यत्व धारण गरेका छौ, जुन त्यसलाई सृष्‍टि गर्नुहुनेको प्रतिरूप अनुसारको ज्ञानमा नवीकरण गरिएको छ ।
Mwatiuwala utu waayambe, ambao upangika wambeyambe mu'maarifa bokana ni mpwano wa yolo ywamuumbile.
11 यस ज्ञानमा, कोही ग्रिक वा यहूदी, खतना वा बेखतनाका, अशिक्षित, असभ्य, कमारा, फुक्‍का हुँदैन, तर ख्रीष्‍ट नै सबै कुरा हुनुहुन्छ र सबै कुरामा हुनुहुन्छ ।
Mu'maarifa aga, ntopo myunani ni myahudi, tairiwa ni tairiwa kwaa, msomi, ywaabile kwaa msomi, mmanda, ni ywabile kwaa mmanda, lakini badala yake Kristo nga makowe goti nkati ya goti.
12 त्यसकारण, परमेश्‍वरका चुनिएकाहरू, पवित्र र प्रियहरू, करुणामय हृदय, दया, नम्रता, दीनता, र धैर्य धारण गर ।
Kati bateule ba Nnongo, batakatifu ni apendwa, muuwale utu wema, ukarimu, unyenyekevu, upole ni uvumulivu.
13 एक अर्कालाई सहने गर । एक अर्कासँग कृपालु होओ । यदि कसैको विरुद्धमा कसैको उजुरी भएमा, परमप्रभुले तिमीहरूलाई क्षमा गर्नुभए जसरी क्षमा गर ।
Muchukulyane mwenga kwa mwenga, Muhurumiane kila mundu ni mwenake. Kati mundu abile ni lilalamiko dhidi ya ywenge, amsamehe kwa namna yeyelo ambayo Ngwana atikuwa samiya mwenga.
14 यी सबै कुराहरूभन्दा माथि प्रेम धारण गर, जुनचाहिँ पूर्णताको बन्धन हो ।
Zaidi ya makowe aga goti, mube ni upendo ambao nga kigezo cha ukamilifu
15 तिमीहरूका हृदयमा ख्रीष्‍टको शान्तिले राज्य गरोस् । यही शान्तिको निम्ति तिमीहरू एक शरीरमा बोलाइएका थियौ, र धन्यवादी होओ ।
Amani ya Kriso ni ibaongoze mu'mioyo yinu. Yabile ni kwa ajili ya amani yee kwamba mwati tiliwa mu'yega umo. Mube ni shukrani.
16 ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्त मात्रामा रहोस् । सारा बुद्धिले एक अर्कालाई भजन, गीत र आत्मिक गानहरूले शिक्षा र अर्ती देओ । तिमीहरूका हृदयमा परमेश्‍वरका निम्ति धन्यवादका गीतहरू गाओ ।
Na lineno lya Kristo litame nkati yinu kwa utajiri. Kwa hekima yoti, mupundishane ni kushauriana mwenga kwa mwenga kwa Zaburi, nyimbo, na nyimbo za mu'roho. Muimbe kwa shukrani mu'mioyo yinu kwa Nnongo.
17 अनि जे तिमीहरूले वचन वा काममा गर्छौ, ती सबै प्रभु येशूको नाउँमा गर । परमेश्‍वर पितालाई उहाँद्वारा धन्यवाद देओ ।
Na chochote mukipangite, mu'maneno au mu'makowe, mupange yote mu'lina lya Ngwana Yesu. Mumpeye shukrani Nnongo tate pitya Ywembe.
18 पत्‍नीहरू, पतिहरूका अधीनमा बस जुन कुरा प्रभुमा सुहाउँदो छ ।
Anwawa, muanyenyekee asengo binu, kati yatipendeza nkati ya Ngwana.
19 पतिहरू, आफ्ना पत्‍नीहरूलाई प्रेम गर र उनीहरूप्रति कठोर नहोओ ।
Mwenga asengo, mwapende anyumbo yinu, na kana mube wakali dhidi yabe.
20 छोराछोरीहरू, सबै कुरामा आफ्ना बाबुआमाप्रति आज्ञाकारी होओ, किनकि यो कुराले प्रभुलाई खुसी बनाउँछ ।
Bana, mubatii azazi winu mu'makowe yoti, mana nga impendeza Ngwana.
21 बुबाहरू, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, कारण त्यसले गर्दा उनीहरू निराश बन्‍नेछन् ।
Mwa tate kana muwachokoze bana binu, ili kwamba kana baise kata tamaa.
22 दासहरू, शरीरअनुसार आफ्ना मालिकहरूप्रति सबै कुराहरूमा आज्ञाकारी होओ, मानिसहरूलाई खुसी तुल्याउनेहरूजस्तो गरी आँखाको अगाडि मात्र होइन, तर इमानदार हृदयसाथ गर । परमप्रभुको भय मान ।
Amanda, mubatii ngwana winu mu'yega kwa makowe yoti, kana ibe kwa huduma ya minyo kati bandu ba kupuraisha kae, ila kwa mwoyo wa kweli, Mun]yogope Nnongo.
23 तिमीहरूले जे-जे गर्छौ, मानिसको निम्ति गरेजस्तो गरी होइन, तर प्रभुको निम्ति आत्मादेखि नै गर ।
Chochote cha mukipanga, mupange kuoma mu'mwoyo winu kati Ngwana na kana ibe kati kwa bandu.
24 तिमीहरू जान्दछौ, कि तिमीहरूले परमप्रभुबाट उत्तराधिकारको इनाम पाउनेछौ । तिमीहरूले जसको सेवा गर्दछौ, उहाँ प्रभु ख्रीष्‍ट हुनुहुन्छ ।
Mutangite kuwa mwalowa pokya tuzo ya kumiliki kuoma kwa Ngwana. Ni Kristo Ngwana ywamwamumtumikya.
25 किनकि अधार्मिकता गर्नेले उसले गरेको अधार्मिकताको कारण दण्ड पाउनेछ, र त्यसमा कुनै पक्षपात हुनेछैन ।
Kwa sababu yeyote ywapanga yabile kwaa ga haki alowa pokya hukumu kwa matendo yabile kwaa haki yaipangite, ni ntopo upendeleo.

< कलस्सी 3 >