< कलस्सी 3 >
1 यदि परमेश्वरले तिमीहरूलाई ख्रीष्टसँगै उठाउनुभएको छ भने माथिका कुराहरूलाई खोज, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने बाहुलीतर्फ बस्नुभएको छ ।
If then you have been raised with Christ, seek the things above, where Christ is, seated at the right hand of God.
2 माथिका कुराहरूमा विचार गर, तर पृथ्वीका कुरामा ध्यान नलगाओ ।
Set your minds on the things above, not the things on earth.
3 किनकि तिमीहरू मरेका छौ, र तिमीहरूका जीवन परमेश्वरमा ख्रीष्टसँगै लुकाइएको छ ।
For you have died, and your life is hidden with Christ in God.
4 जब ख्रीष्ट प्रकट हुनुहुनेछ जो तिमीहरूका जीवन हुनुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ ।
When Christ, who is our life, is revealed, then you also will be revealed with him in glory.
5 त्यसकारण, संसारका स्वभावहरू अर्थात् कामुक अनैतिकता, अशुद्धता, कामवासना, खराब इच्छा र लोभको अन्त्य गर, जुन मूर्तिपूजा हो ।
Put to death therefore whatever belongs to your earthly nature: fornication, impurity, lust, evil desire, and covetousness, which is idolatry.
6 यी कुराहरू गर्ने अनाज्ञाकारीका छोराहरूमाथि परमेश्वरको क्रोध आउँछ ।
On account of these things the wrath of God is coming upon the sons of disobedience.
7 तिमीहरू पनि यी कुराहरूमा जिउँदा एक समय यसरी नै हिँड्थ्यौ ।
You too once walked in these ways when you lived among them.
8 तर अब यी कुराहरू तिमीहरूले त्याग्नुपर्छ– रिस, क्रोध, खराब इच्छा, डाह र निन्दा, तिम्रो मुखबाट निस्कने फोहोर बोली ।
But now you must put them all aside: wrath, anger, malice, slander, and filthy language from your mouth.
9 एक अर्कालाई नढाँट; कारण तिमीहरूले पुरानो मनुष्यत्वलाई त्यसको व्यवहारसमेत त्यागेका छौ ।
Do not lie to one another, since you have put off the old self with its practices
10 तिमीहरूले नयाँ मनुष्यत्व धारण गरेका छौ, जुन त्यसलाई सृष्टि गर्नुहुनेको प्रतिरूप अनुसारको ज्ञानमा नवीकरण गरिएको छ ।
and have put on the new self, which is being renewed in knowledge according to the image of its Creator.
11 यस ज्ञानमा, कोही ग्रिक वा यहूदी, खतना वा बेखतनाका, अशिक्षित, असभ्य, कमारा, फुक्का हुँदैन, तर ख्रीष्ट नै सबै कुरा हुनुहुन्छ र सबै कुरामा हुनुहुन्छ ।
Here there is no distinction between Greek and Jew, circumcised and uncircumcised, barbarian, Scythian, slave and free, but Christ is all and in all.
12 त्यसकारण, परमेश्वरका चुनिएकाहरू, पवित्र र प्रियहरू, करुणामय हृदय, दया, नम्रता, दीनता, र धैर्य धारण गर ।
Therefore, as God's chosen people, holy and beloved, put on tenderhearted mercy, kindness, humility, gentleness, and patience,
13 एक अर्कालाई सहने गर । एक अर्कासँग कृपालु होओ । यदि कसैको विरुद्धमा कसैको उजुरी भएमा, परमप्रभुले तिमीहरूलाई क्षमा गर्नुभए जसरी क्षमा गर ।
bearing with one another and forgiving one other if any one of you has a complaint against another; just as Christ forgave you, so you also must forgive.
14 यी सबै कुराहरूभन्दा माथि प्रेम धारण गर, जुनचाहिँ पूर्णताको बन्धन हो ।
Above all, put on love, which is the bond of perfection.
15 तिमीहरूका हृदयमा ख्रीष्टको शान्तिले राज्य गरोस् । यही शान्तिको निम्ति तिमीहरू एक शरीरमा बोलाइएका थियौ, र धन्यवादी होओ ।
Let the peace of God rule in your hearts, since as members of one body you were called to peace. And be thankful.
16 ख्रीष्टको वचन तिमीहरूमा प्रशस्त मात्रामा रहोस् । सारा बुद्धिले एक अर्कालाई भजन, गीत र आत्मिक गानहरूले शिक्षा र अर्ती देओ । तिमीहरूका हृदयमा परमेश्वरका निम्ति धन्यवादका गीतहरू गाओ ।
Let the word of Christ dwell in you richly, teaching and admonishing one another with all wisdom as you sing psalms, hymns, and spiritual songs to the Lord with gratitude in your hearts.
17 अनि जे तिमीहरूले वचन वा काममा गर्छौ, ती सबै प्रभु येशूको नाउँमा गर । परमेश्वर पितालाई उहाँद्वारा धन्यवाद देओ ।
And whatever you do, in word or in deed, do it all in the name of the Lord Jesus, giving thanks to our God and Father through him.
18 पत्नीहरू, पतिहरूका अधीनमा बस जुन कुरा प्रभुमा सुहाउँदो छ ।
Wives, submit to your husbands, as is fitting in the Lord.
19 पतिहरू, आफ्ना पत्नीहरूलाई प्रेम गर र उनीहरूप्रति कठोर नहोओ ।
Husbands, love your wives, and do not be embittered against them.
20 छोराछोरीहरू, सबै कुरामा आफ्ना बाबुआमाप्रति आज्ञाकारी होओ, किनकि यो कुराले प्रभुलाई खुसी बनाउँछ ।
Children, obey your parents in everything, for this pleases the Lord.
21 बुबाहरू, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, कारण त्यसले गर्दा उनीहरू निराश बन्नेछन् ।
Fathers, do not provoke your children, lest they become discouraged.
22 दासहरू, शरीरअनुसार आफ्ना मालिकहरूप्रति सबै कुराहरूमा आज्ञाकारी होओ, मानिसहरूलाई खुसी तुल्याउनेहरूजस्तो गरी आँखाको अगाडि मात्र होइन, तर इमानदार हृदयसाथ गर । परमप्रभुको भय मान ।
Slaves, obey your earthly masters in everything. Do not try to please them only when they are watching you, but obey with sincerity of heart, fearing God.
23 तिमीहरूले जे-जे गर्छौ, मानिसको निम्ति गरेजस्तो गरी होइन, तर प्रभुको निम्ति आत्मादेखि नै गर ।
Whatever you do, work at it with all your heart, as working for the Lord and not for men,
24 तिमीहरू जान्दछौ, कि तिमीहरूले परमप्रभुबाट उत्तराधिकारको इनाम पाउनेछौ । तिमीहरूले जसको सेवा गर्दछौ, उहाँ प्रभु ख्रीष्ट हुनुहुन्छ ।
knowing that you will receive an inheritance from the Lord as your reward; for you serve the Lord Christ.
25 किनकि अधार्मिकता गर्नेले उसले गरेको अधार्मिकताको कारण दण्ड पाउनेछ, र त्यसमा कुनै पक्षपात हुनेछैन ।
But he who does wrong will be paid back the wrong that he has done, and there is no partiality.