< कलस्सी 1 >
1 पावल, परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका एक प्रेरित र हाम्रा भाइ तिमोथीबाट
Paulo mmanda wa Kristo kwa mapenzi ga Nnongo, ni Timotheo nongo yitu,
2 कलस्सेमा ख्रीष्टमा भएका विश्वासीहरू र विश्वसनीय भाइहरू, परमेश्वर हाम्रा पिताबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
kwa baumini ni alongo baaminifu mu'Kristo babile Kolosai. Neema ibe kwinu, na amani kuoma kwa Nnongo Tate yitu.
3 हामी परमेश्वर हाम्रा प्रभु येशू ख्रीष्टका पितालाई धन्यवाद दिन्छौँ र तिमीहरूका निम्ति सधैँ प्रार्थना गर्छौं ।
Twampeya shukrani Nnongo, Tate wa Ngwana witu Yesu Kristo, ni twalowa kualobia mara kwa mara.
4 येशू ख्रीष्टमा भएको तिमीहरूको विश्वास तथा परमेश्वरको निम्ति अलग गरिएकाहरू सबैका लागि तिमीहरूको प्रेमको बारेमा हामीले सुनेका छौँ ।
Twayowine imani yinu mu'Yesu Kristo ni upendo mbile nabo kwa balo bote babile batengwa kwa ajili ya Nnongo.
5 स्वर्गमा तिमीहरूका लागि सुरक्षित रहेको निश्चित आशाको कारण तिमीहरूले यो प्रेम धारण गरेका हौ । सत्यको वचन, अर्थात् सुसमाचारमा तिमीहरूले पहिलो पटक यो निश्चित आशाबारे सुन्यौ,
Mwabile ni upendo woo kwa sababu ya litaraja lya uhakika lyalibekilwe kumaunde kwa ajili yinu. Muyowine kuhusu litaraja lee lya uhakika kabla mu'lineno lya kweli, injili,
6 जुन तिमीहरूकहाँ आयो । यस सुसमाचारले फल फलाउँदै छ र यो संसारभरि फैलिँदै छ । अनि तिमीहरूले यसलाई सुनेका तथा सत्यतामा परमेश्वरको अनुग्रहलाई जानेका दिन देखि नै तिमीहरूमा पनि यो बढिरहेको छ ।
ambayo iisile kwinu. Injili yee ipambike matunda ni kuenea mu'ulimwengu woti. Yabile ipanga nyoo nkati yinu kae boka lisoba mwamuiyowine na kuipunza kuhusu neema ya Nnongo mu'kweli.
7 यो सुसमाचार तिमीहरूले इपाफ्रासबाट सिकेको जस्तै हो, जो हाम्रा प्रिय मित्र तथा हाम्रो निम्ति ख्रीष्टको विश्वसनीय सेवक हुन् ।
Ayee nga innjili mwaifunzile boka kwa Epafra, mpendwa witu mmanda mwaitu, ywabile ni mmanda mwaminifu wa Kristo kwa niaba yitu.
8 इपाफ्रासले हामीलाई पवित्र आत्मामा तिमीहरूको प्रेमको विषयमा देखाए ।
Epafra aupangite uyowanike kwitu upendo winu mu'Roho.
9 यस प्रेमको कारणले गर्दा, हामीले यो सुनेको दिनदेखि नै तिमीहरूका निम्ति प्रार्थना गर्न हामी रोकिएका छैनौँ । सबै ज्ञान र आत्मिक समझमा, तिमीहरू उहाँको इच्छाअनुसारको ज्ञानमा पूर्ण होओ भनेर हामीले बिन्ती गरिरहेका छौँ ।
Kwa sababu ya upendo woo, boka lisoba twatuyowine lee, tulekite kwaa kuwalobia. Twabile tukiloa kuwa mjazilwe ni maarifa ga mapenzi yake mu'hekima yoti ni ufahamu wa kiroho.
10 हामीले प्रार्थना गरिरहेका छौँ, कि तिमीहरू परमप्रभुलाई पूर्ण रूपले प्रसन्न पार्न योग्य चालमा चल्न सक । हरेक असल कार्यमा तिमीहरूले फल फलाउने छौ र परमेश्वरको ज्ञानमा तिमीहरू अगि बढ्नेछौ भनी हामीले प्रार्थना गरिरहेका छौँ ।
Twabile tukiloba kwamba mwalowa tyanga kwa ustahamilivu wa Ngwana mu'ndela yaipendilwe. Twabile tukiloba kuwa mwalowa pambika matunda mu'kila likowe linoite ni kuwa mwalowa kuwa mu'maarifa ga Nnongo.
11 सबै सहनशीलता र धैर्यमा, उहाँको महिमाको शक्तिले प्रत्येक दक्षतामा तिमीहरू बलिया होओ भनी हामी प्रार्थना गर्छौं ।
Twatiloba muweze kupeyelwa likakala mu'kila uwezo lingana na likakala lya utukufu wake mu'uvumilivu ni ustahamilivu woti.
12 हामी यो प्रार्थना गर्छौं, कि तिमीहरूले आनन्दसाथ पितालाई धन्यवाद दिनेछौ, जसले तिमीहरूलाई ज्योतिमा विश्वासीहरूको उत्तराधिकारमा सहभागी हुनको लागि योग्य बनाउनुभएको छ ।
Twaloba kuwa, kwa puraha, mwalowa mpeya shukrani Tate, ywabapanga mwenga muweze kuwa ni sehemu mu'urithi wa baumini mu'bweya.
13 उहाँले हामीलाई अन्धकारको शक्तिबाट छुटकारा दिनुभएको छ र हामीलाई उहाँका प्रिय पुत्रको राज्यमा सार्नुभएको छ ।
Atitulopwa boka mu'utawala wa libendo ni kutubeka mu'upwalume wa Mwana wake ywampendile.
14 उहाँका पुत्रमा हामीले उद्धार अर्थात् पापको क्षमा पाएका छौँ ।
Pitya mwana wake twabile ni ukochopoli. msamaha wa sambi.
15 पुत्र अदृश्य परमेश्वरका प्रतिरूप हुनुहुन्छ । उहाँ सबै सृष्टिमा जेष्ठ हुनुहुन्छ ।
Mwana nga mpwano wa Nnongo ywabonekana kwaa. Ni mbeleki wa kwanza wa uumbaji woti.
16 किनकि पृथ्वीमा तथा स्वर्गमा भएका सबै दृश्य र अदृश्य कुराहरू उहाँद्वारा सृष्टि गरिएका थिए । चाहे सिंहासनहरू वा प्रभुत्वहरू वा प्रधानताहरू वा अधिकारहरू, सबै थोक उहाँद्वारा उहाँकै लागि सृष्टि गरिएका थिए ।
Kwa kuwa kwa ywembe ilebe yoti iumbilwe, vyabile kumaunde ni vyabile mu'dunia, ilebe ibonekana na ibonekana kwaa. mana itei ni vya enzi au mamlaka au utawala au wabile ni likakala, ilebe yoti iumbilwe ni ywembe na kwaajili yake.
17 उहाँ सबैथोकहरूभन्दा अगि हुनुहुन्छ र उहाँमा सबै कुराहरू एकसाथ रहेका छन् ।
Ywembe ywabile kabla ya ilebe yoti, ni nkati ya ywembe vyatishikana mpamo.
18 र उहाँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ । उहाँ नै सुरुआत हुनुहुन्छ र मरेकाहरूबाट जीवित हुनेमा पहिलो हुनुहुन्छ, यसैले सबै कुराहरूमा उहाँको प्रथम स्थान रहेको छ ।
Ni ywembe nga ntwe wa yega yaani likanisa, ywembe nga mwanzo na mbeleki wa kwanza kuoma nkati ya bandu ba kiwo, nga nyoo, abile ni nafasi ya kwanza nkati ya ilebe yoti.
19 किनकि आफ्ना सारा पूर्णता ख्रीष्टमा बास गरेकोमा,
Kwa kuwa Nnongo atipendezwa kuwa utimilifu wake woti utami nkati yake,
20 अनि पुत्रद्वारा सबै कुराहरू उहाँमा पुनर्मिलापमा ल्याउनको निम्ति उहाँ प्रसन्न हुनुभयो । उहाँको क्रुसको रगतद्वारा परमेश्वरले शान्ति ल्याउनुभयो । चाहे स्वर्गका कुराहरू होऊन् वा पृथ्वीका कुराहरू, सबैलाई परमेश्वरले उहाँमा पुनर्मिलापमा ल्याउनुभयो ।
ni kupatanisha ilebe yoti kwake kwa ndela ya mwana wake. Nnongo apangite amani petya mwai ya msalaba wake. Nnongo atikuwapatanisha ilebe yoti kwake mwene, mana itei ni ilebe ya mu'dunia au ile ya kumaunde.
21 अनि एकसमय तिमीहरू पनि परमेश्वरका निम्ति बिरानाहरू थियौ र मनमा र आफ्ना दुष्ट कामहरूमा तिमीहरू उहाँका शत्रुहरू थियौ ।
Mwenga kae, kwa muda umo mwabile ni ageni kwa Nnongo, na mwabile maadui wake mu'akili ni makowe mabou.
22 तर अब परमेश्वरले तिमीहरूलाई ख्रीष्टको शरीरले मृत्युद्वारा मिलापमा ल्याउनुभएको छ । तिमीहरूलाई परमेश्वरले आफ्नो अगि पवित्र, दोषरहित तथा निर्दोष साबित गर्नको निम्ति यो गर्नुभयो,
Lakini nambeambe atikwapatanisha mwenga kwa yega wake pitya mu'kiwo. Apangite nyoo ili kubaleta mwenga atakatifu, babile kwaa ni lawama ni bila disari nnonge yake,
23 तिमीहरू स्थापित र बलियो हुँदै, तिमीहरूले सुनेका सुसमाचारको निश्चित आशाबाट टाढा नगई विश्वासमा निरन्तर अगाडि बढ्नुपर्छ । यो त्यही सुसमाचार हो जुन स्वर्गमुनि सृष्टि गरिएका सबै व्यक्तिलाई घोषणा गरिएको थियो । यो त्यही सुसमाचार हो, जसको म पावल दास भएको छु ।
kati mwatiyendelea mu'imani, mwabile mwatiimarishwa ni kuwa thabiti, pabile kwaa kudondoshwa kutalu kuoma mu'litaraja lya ujasiri lya injili mwaiyowine. Ayee nga injili itangazilwe kwa kila mundu ywaumbilwe pae ya kumaunde. Ayee nga injili yabile kwake nenga, Paulo nabile mmanda.
24 तिमीहरूका लागि मेरो कष्टमा म अब आनन्द मनाउँछु । ख्रीष्टका कष्टहरूको कमीलाई उहाँको शरीर अर्थात् मण्डलीको खातिर म मेरो शरीरमा पुरा गर्दछु ।
Nambeambe napuraikiya mateso gango kwa ajili yinu. Nenga nalitimiza mu'yega yango chakipungwi kwa mateso ga Kristo kwa ajili ya yega wake, wabile ni likanisa.
25 परमेश्वरको वचनलाई पुरा गर्नको लागि तिमीहरूका खातिर मलाई परमेश्वरबाट दिइएको जिम्मेवारीअनुसार म यसै मण्डलीको एक सेवक हुँ ।
Nenga na mmanda wa likanisa lee, sawa sawa ni wajibu wanipeilwe boka kwa Nnongo kwa ajili yinu, kulijaza neno lya Nnongo.
26 यो युगौँ र पुस्तौँसम्म लुकाइएको गुप्त सत्यता हो । तर अहिले उहाँमा विश्वास गर्नेहरूका लागि यो प्रकट गरिएको छ । (aiōn )
Awoo nga ukweli wa siri yaibile iyowanika kwaa kwa miaka yanansima kwa ibeleko. Lakini nambeambe iyowanike kwa bote baaminio mu'ywembe. (aiōn )
27 यो तिनीहरूका निम्ति हो जसलाई परमेश्वरले अन्यजातिहरूका बिचमा यस रहस्यको महिमाको सम्पत्ति के हो, सो थाहा गराउन चाहनुभयो । यो रहस्य त्यही हो, कि ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ, र यो भविष्यको महिमाको निश्चयता हो ।
Ni kwa balo ambao Nnongo apala kuafunua ubile utajiri wa utukufu wa siri ya ukweli woo nkati ya mataifa. Ni kwamba Kristo abile nkati yinu, ujasiri wa utukufu waisa.
28 उहाँ त्यही व्यक्ति हुनुहुन्छ जसलाई हामी घोषणा गर्छौं । प्रत्येक व्यक्तिलाई ख्रीष्टमा पूर्ण प्रकारले प्रस्तुत गर्न सकियोस् भनी सम्पूर्ण बुद्धिसाथ हामी सबैलाई सल्लाह दिन्छौँ र सिकाउछौँ ।
Ayoo nga tumbayaye. Twankanikiya kila mundu, na kumfundisha kila mundu mkamilifu mu'Kristo.
29 मेरो जीवनमा शक्तिशाली रूपमा काम गरिरहनुहुने उहाँको सामर्थ्यअनुसार म परिश्रम गर्छु र अगि बढ्छु ।
Kwa ajili ya lee, nenga najibadilisha na kujitahidi lingana na likakala lyake lya lipanga kazi nkati yango mu'uweza.