< कलस्सी 1 >
1 पावल, परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका एक प्रेरित र हाम्रा भाइ तिमोथीबाट
Paul, an apostle of Jesus Christ by the will of God, and Timothy [our] brother,
2 कलस्सेमा ख्रीष्टमा भएका विश्वासीहरू र विश्वसनीय भाइहरू, परमेश्वर हाम्रा पिताबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
To the saints and faithful brethren in Christ who are at Colosse: Grace [be] to you, and peace, from God our Father and the Lord Jesus Christ.
3 हामी परमेश्वर हाम्रा प्रभु येशू ख्रीष्टका पितालाई धन्यवाद दिन्छौँ र तिमीहरूका निम्ति सधैँ प्रार्थना गर्छौं ।
We give thanks to God and the Father of our Lord Jesus Christ, praying always for you,
4 येशू ख्रीष्टमा भएको तिमीहरूको विश्वास तथा परमेश्वरको निम्ति अलग गरिएकाहरू सबैका लागि तिमीहरूको प्रेमको बारेमा हामीले सुनेका छौँ ।
Since we heard of your faith in Christ Jesus, and of the love [which ye have] to all the saints,
5 स्वर्गमा तिमीहरूका लागि सुरक्षित रहेको निश्चित आशाको कारण तिमीहरूले यो प्रेम धारण गरेका हौ । सत्यको वचन, अर्थात् सुसमाचारमा तिमीहरूले पहिलो पटक यो निश्चित आशाबारे सुन्यौ,
For the hope which is laid up for you in heaven, of which ye have heard before in the word of the truth of the gospel;
6 जुन तिमीहरूकहाँ आयो । यस सुसमाचारले फल फलाउँदै छ र यो संसारभरि फैलिँदै छ । अनि तिमीहरूले यसलाई सुनेका तथा सत्यतामा परमेश्वरको अनुग्रहलाई जानेका दिन देखि नै तिमीहरूमा पनि यो बढिरहेको छ ।
Which is come to you, as [it is] in all the world; and bringeth forth fruit, as [it doth] also in you, since the day ye heard [of it], and knew the grace of God in truth:
7 यो सुसमाचार तिमीहरूले इपाफ्रासबाट सिकेको जस्तै हो, जो हाम्रा प्रिय मित्र तथा हाम्रो निम्ति ख्रीष्टको विश्वसनीय सेवक हुन् ।
As ye also learned from Epaphras our dear fellow-servant, who is for you a faithful minister of Christ;
8 इपाफ्रासले हामीलाई पवित्र आत्मामा तिमीहरूको प्रेमको विषयमा देखाए ।
Who also declared to us your love in the Spirit.
9 यस प्रेमको कारणले गर्दा, हामीले यो सुनेको दिनदेखि नै तिमीहरूका निम्ति प्रार्थना गर्न हामी रोकिएका छैनौँ । सबै ज्ञान र आत्मिक समझमा, तिमीहरू उहाँको इच्छाअनुसारको ज्ञानमा पूर्ण होओ भनेर हामीले बिन्ती गरिरहेका छौँ ।
For this cause we also, since the day we heard [it], do not cease to pray for you, and to desire that ye may be filled with the knowledge of his will in all wisdom and spiritual understanding;
10 हामीले प्रार्थना गरिरहेका छौँ, कि तिमीहरू परमप्रभुलाई पूर्ण रूपले प्रसन्न पार्न योग्य चालमा चल्न सक । हरेक असल कार्यमा तिमीहरूले फल फलाउने छौ र परमेश्वरको ज्ञानमा तिमीहरू अगि बढ्नेछौ भनी हामीले प्रार्थना गरिरहेका छौँ ।
That ye may walk worthy of the Lord to all pleasing, being fruitful in every good work, and increasing in the knowledge of God;
11 सबै सहनशीलता र धैर्यमा, उहाँको महिमाको शक्तिले प्रत्येक दक्षतामा तिमीहरू बलिया होओ भनी हामी प्रार्थना गर्छौं ।
Strengthened with all might, according to his glorious power, to all patience and long-suffering with joyfulness;
12 हामी यो प्रार्थना गर्छौं, कि तिमीहरूले आनन्दसाथ पितालाई धन्यवाद दिनेछौ, जसले तिमीहरूलाई ज्योतिमा विश्वासीहरूको उत्तराधिकारमा सहभागी हुनको लागि योग्य बनाउनुभएको छ ।
Giving thanks to the Father, who hath made us meet to be partakers of the inheritance of the saints in light:
13 उहाँले हामीलाई अन्धकारको शक्तिबाट छुटकारा दिनुभएको छ र हामीलाई उहाँका प्रिय पुत्रको राज्यमा सार्नुभएको छ ।
Who hath delivered us from the power of darkness, and hath translated [us] into the kingdom of his beloved Son:
14 उहाँका पुत्रमा हामीले उद्धार अर्थात् पापको क्षमा पाएका छौँ ।
In whom we have redemption through his blood, [even] the forgiveness of sins:
15 पुत्र अदृश्य परमेश्वरका प्रतिरूप हुनुहुन्छ । उहाँ सबै सृष्टिमा जेष्ठ हुनुहुन्छ ।
Who is the image of the invisible God, the first-born of every creature:
16 किनकि पृथ्वीमा तथा स्वर्गमा भएका सबै दृश्य र अदृश्य कुराहरू उहाँद्वारा सृष्टि गरिएका थिए । चाहे सिंहासनहरू वा प्रभुत्वहरू वा प्रधानताहरू वा अधिकारहरू, सबै थोक उहाँद्वारा उहाँकै लागि सृष्टि गरिएका थिए ।
For by him were all things created, that are in heaven, and that are upon earth, visible and invisible, whether thrones, or dominions, or principalities, or powers: all things were created by him, and for him:
17 उहाँ सबैथोकहरूभन्दा अगि हुनुहुन्छ र उहाँमा सबै कुराहरू एकसाथ रहेका छन् ।
And he is before all things, and by him all things consist.
18 र उहाँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ । उहाँ नै सुरुआत हुनुहुन्छ र मरेकाहरूबाट जीवित हुनेमा पहिलो हुनुहुन्छ, यसैले सबै कुराहरूमा उहाँको प्रथम स्थान रहेको छ ।
And he is the head of the body, the church: who is the beginning, the first-born from the dead; that in all [things] he may have the pre-eminence.
19 किनकि आफ्ना सारा पूर्णता ख्रीष्टमा बास गरेकोमा,
For it pleased [the Father] that in him should all fullness dwell;
20 अनि पुत्रद्वारा सबै कुराहरू उहाँमा पुनर्मिलापमा ल्याउनको निम्ति उहाँ प्रसन्न हुनुभयो । उहाँको क्रुसको रगतद्वारा परमेश्वरले शान्ति ल्याउनुभयो । चाहे स्वर्गका कुराहरू होऊन् वा पृथ्वीका कुराहरू, सबैलाई परमेश्वरले उहाँमा पुनर्मिलापमा ल्याउनुभयो ।
And, having made peace through the blood of his cross, by him to reconcile all things to himself; by him, [I say], whether [they are] things on earth, or things in heaven.
21 अनि एकसमय तिमीहरू पनि परमेश्वरका निम्ति बिरानाहरू थियौ र मनमा र आफ्ना दुष्ट कामहरूमा तिमीहरू उहाँका शत्रुहरू थियौ ।
And you, that were formerly alienated and enemies in [your] mind by wicked works, yet now hath he reconciled,
22 तर अब परमेश्वरले तिमीहरूलाई ख्रीष्टको शरीरले मृत्युद्वारा मिलापमा ल्याउनुभएको छ । तिमीहरूलाई परमेश्वरले आफ्नो अगि पवित्र, दोषरहित तथा निर्दोष साबित गर्नको निम्ति यो गर्नुभयो,
In the body of his flesh through death, to present you holy and unblamable and unreprovable in his sight:
23 तिमीहरू स्थापित र बलियो हुँदै, तिमीहरूले सुनेका सुसमाचारको निश्चित आशाबाट टाढा नगई विश्वासमा निरन्तर अगाडि बढ्नुपर्छ । यो त्यही सुसमाचार हो जुन स्वर्गमुनि सृष्टि गरिएका सबै व्यक्तिलाई घोषणा गरिएको थियो । यो त्यही सुसमाचार हो, जसको म पावल दास भएको छु ।
If ye continue in the faith grounded and settled, and [are] not moved away from the hope of the gospel, which ye have heard, [and] which hath been preached to every creature which is under heaven; of which I Paul am made a minister;
24 तिमीहरूका लागि मेरो कष्टमा म अब आनन्द मनाउँछु । ख्रीष्टका कष्टहरूको कमीलाई उहाँको शरीर अर्थात् मण्डलीको खातिर म मेरो शरीरमा पुरा गर्दछु ।
Who now rejoice in my sufferings for you, and fill up that which is behind of the afflictions of Christ in my flesh for his body's sake, which is the church:
25 परमेश्वरको वचनलाई पुरा गर्नको लागि तिमीहरूका खातिर मलाई परमेश्वरबाट दिइएको जिम्मेवारीअनुसार म यसै मण्डलीको एक सेवक हुँ ।
Of which I am made a minister, according to the dispensation of God which is given to me for you, to fulfill the word of God;
26 यो युगौँ र पुस्तौँसम्म लुकाइएको गुप्त सत्यता हो । तर अहिले उहाँमा विश्वास गर्नेहरूका लागि यो प्रकट गरिएको छ । (aiōn )
[Even] the mystery which hath been hid from ages, and from generations, but now is made manifest to his saints: (aiōn )
27 यो तिनीहरूका निम्ति हो जसलाई परमेश्वरले अन्यजातिहरूका बिचमा यस रहस्यको महिमाको सम्पत्ति के हो, सो थाहा गराउन चाहनुभयो । यो रहस्य त्यही हो, कि ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ, र यो भविष्यको महिमाको निश्चयता हो ।
To whom God would make known what [is] the riches of the glory of this mystery among the Gentiles; which is Christ in you, the hope of glory:
28 उहाँ त्यही व्यक्ति हुनुहुन्छ जसलाई हामी घोषणा गर्छौं । प्रत्येक व्यक्तिलाई ख्रीष्टमा पूर्ण प्रकारले प्रस्तुत गर्न सकियोस् भनी सम्पूर्ण बुद्धिसाथ हामी सबैलाई सल्लाह दिन्छौँ र सिकाउछौँ ।
Whom we preach, warning every man, and teaching every man in all wisdom; that we may present every man perfect in Christ Jesus.
29 मेरो जीवनमा शक्तिशाली रूपमा काम गरिरहनुहुने उहाँको सामर्थ्यअनुसार म परिश्रम गर्छु र अगि बढ्छु ।
For which I also labor, striving according to his working, which worketh in me mightily.