< आमोस 1 >
1 तकोका गोठालामध्ये एक जना आमोसले इस्राएलका विषयमा प्रकाशमा पाएका कुराहरू यी नै हुन् । भुकम्प जानुभन्दा दुई वर्षअगाडि यहूदाका राजा उज्जियाहका दिनमा, र येहोआशका छोरा इस्राएलका राजा यारोबामका दिनमा पनि तिनले यी कुराहरू प्राप्त गरे ।
Paroles d'Amos, qui était parmi les bergers de Tekoa, et qu'il vit concernant Israël, au temps d'Ozias, roi de Juda, et au temps de Jéroboam, fils de Joas, roi d'Israël, deux ans avant le tremblement de terre.
2 तिनले भने, “परमप्रभु सियोनबाट गर्जनुहुनेछ । उहाँले यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुनेछ । गोठालाहरूका खर्कहरू सुक्नेछन् । कार्मेलको टाकुरो ओइलाउनेछ ।”
Il dit: « Yahvé rugira de Sion, et faire entendre sa voix de Jérusalem; et les pâturages des bergers seront en deuil, et le sommet du Carmel se flétrira. »
3 परमप्रभु यसो भन्नुहुन्छः “दमस्कसका तिन वा चारवटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने तिनीहरूले गिलादलाई फलामका औजारहरूले नाश पारे ।
Yahvé dit: « Pour trois transgressions de Damas, oui, pour quatre, Je ne détournerai pas son châtiment, car ils ont battu Galaad avec des instruments de fer;
4 हजाएलको घरानामा म आगो पठाउनेछु, र त्यसले बेन-हददका किल्लाहरू भस्म पार्नेछ ।
mais je vais envoyer un feu dans la maison de Hazaël, et il dévorera les palais de Ben Hadad.
5 म दमस्कसका मूल ढोकाका गजबारहरू भाँच्नेछु र आवन उपत्यकामा राज्य गर्नेलाई, र बेथ-अदनमा राजदण्ड लिनेलाई समेत म टुक्राटुक्रा पार्नेछु । अरामका मानिसहरू निर्वासित भएर कीरमा जानेछन्,” परमप्रभु भन्नुहुन्छ ।
Je briserai la barre de Damas, et a exterminé l'habitant de la vallée de l'Aven, et celui qui tient le sceptre de la maison d'Eden; et le peuple de Syrie ira en captivité à Kir, » dit Yahvé.
6 परमप्रभु यसो भन्नुहुन्छ, “गाजाका तिन वा चारवटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने तिनीहरूले सम्पूर्ण मानिसलाई कैदी बनाएर, एदोमको हातमा सुम्पन लगे ।
Yahvé dit: « Pour trois transgressions de Gaza, oui, pour quatre, Je ne détournerai pas son châtiment, car ils ont emmené en captivité toute la communauté, pour les livrer à Edom;
7 गाजाका पर्खालहरूमा म आगो पठाउनेछु र त्यसले त्यसका किल्लाहरू भस्म पार्नेछ ।
mais j'enverrai un feu sur le mur de Gaza, et il dévorera ses palais.
8 अश्दोदमा बस्ने मानिस, र अश्कलोनको राजदण्ड लिने मानिसलाई म टुक्राटुक्रा पार्नेछु । एक्रोनको विरुद्ध म आफ्ना हात उठाउनेछु, र बाँकी रहेका पलिश्तीहरू नाश हुनेछन्,” परमप्रभु परमेश्वर भन्नुहुन्छ ।
J'exterminerai l'habitant d'Asdod, et celui qui tient le sceptre d'Ashkelon; et je tournerai ma main contre Ekron; et le reste des Philistins périra, » dit le Seigneur Yahvé.
9 परमप्रभु यसो भन्नुहुन्छः “टुरोसका तिन वा चारवटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने तिनीहरूले सम्पूर्ण मानिसलाई एदोममा सुम्पेका छन्, र आफ्नो भ्रातृत्व करार तिनीहरूले तोडेका छन् ।
Yahvé dit: « Pour trois transgressions de Tyr, oui, pour quatre, Je ne détournerai pas son châtiment; car ils ont livré toute la communauté à Edom, et ne s'est pas souvenu de l'alliance fraternelle;
10 टुरोसका पर्खालहरूमा म आगो पठाउनेछु, र त्यसले उसका किल्लाहरूलाई भस्म पार्नेछ ।”
mais j'enverrai un feu sur la muraille de Tyr, et il dévorera ses palais. »
11 परमप्रभु यस्तो भन्नुहुन्छ, “एदोमका तिन वा चारवटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने त्यसले आफ्नो भाइलाई तरवारले खेद्यो, र सबै दयालाई त्यागिदियो । त्यसको रिस निरन्तर बढ्यो, र त्यसको क्रोध सदाको निम्ति रह्यो ।
Yahvé dit: « Pour trois transgressions d'Edom, oui, pour quatre, Je ne détournerai pas son châtiment, parce qu'il a poursuivi son frère avec l'épée et de rejeter toute pitié, et sa colère se déchaînait sans cesse, et il a gardé sa colère pour toujours;
12 तेमानमा म आगो पठाउनेछु, र त्यसले बोज्राका दरबारहरूलाई भस्म पार्नेछ ।”
mais j'enverrai un feu sur Théman, et elle dévorera les palais de Bozrah. »
13 परमप्रभु यसो भन्नुहुन्छ, “अम्मोनका तिन वा चारवटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने तिनीहरूले आफ्नो सीमा बढाउन सकून् भनेर, गिलादका गर्भवती स्त्रीहरूका पेट चिरे ।
Yahvé dit: « Pour trois transgressions des enfants d'Ammon, oui, pour quatre, Je ne détournerai pas son châtiment, car ils ont éventré les femmes enceintes de Gilead, afin qu'ils puissent élargir leur frontière.
14 रब्बाका पर्खालहरूमा म आगो बाल्नेछु, र युद्धको दिनको चिच्याहट, र हुरीबतासमा हुने आँधीको दिनको, आवाज निकालेर दरबारहरूलाई भस्म पार्नेछ ।
Mais je vais allumer un feu dans la muraille de Rabba, et il dévorera ses palais, avec des cris au jour de la bataille, avec une tempête au jour du tourbillon;
15 तिनीहरूका राजा, त्योसँगै त्यसका अधिकारीहरू समेत कैदमा जानेछन्,” परमप्रभु भन्नुहुन्छ ।
et leur roi ira en captivité, lui et ses princes ensemble, » dit Yahvé.