< आमोस 9 >
1 मैले परमप्रभुलाई वेदीको छेऊमा खडा हुनुभएको देखें, र उहाँले भन्नुभयो, “स्तम्भहरूका टुप्पाहरूमा हिर्का ताकि त्यसका जगहरू हल्लिऊन् । तिनलाई ती सबै जनाका शिरहरूमा टुक्रा-टुक्रा पार्, र तीमध्ये आखिरी बचेकोलाई म तरवारले मार्नेछु । तीमध्ये एक जना पनि निस्कनेछैनन्, तीमध्ये एक जना पनि भाग्नेछैन ।
Bwe ntyo nate ne ndaba Mukama ng’ayimiridde ku mabbali g’ekyoto, n’ayogera nti, “Mukube emitwe gy’empagi bya yeekaalu n’amaanyi mangi, emifuubeeto gikankane. Bisesebbuke bikube emitwe gy’abantu bonna, n’abo abaliba bawonyeewo ndibattisa ekitala. Tewaliba n’omu awona.
2 तिनीहरूले खनेर पातालमा गए भने पनि, त्यहाँबाट मेरा हातले तिनीहरूलाई निकाल्नेछन् । तिनीहरू माथि स्वर्गमा चढे भने पनि, त्यहाँबाट म तिनीहरूलाई तल झार्नेछु । (Sheol )
Ne bwe balisima ne baddukira emagombe, omukono gwange gulibaggyayo. Ne bwe balirinnya waggulu mu ggulu ndibawanulayo. (Sheol )
3 तिनीहरू कर्मेलको टुप्पोमा लुके भने पनि, त्यहाँ म तिनीहरूलाई खोज्नेछु र निकाल्नेछु । तिनीहरू मेरो दृष्टिबाट समुद्रको पिंधमा लुके भने पनि, त्यहाँ म सर्पलाई आज्ञा गर्नेछु, र त्यसले तिनीहरूलाई डस्नेछ ।
Wadde balyekweka ku lusozi Kalumeeri, ndibanoonyaayo ne mbaggyayo. Ne bwe balyekweka wansi mu buziba bw’ennyanja ndiragira ogusota ne gubalumirayo.
4 तिनीहरू आफ्ना शत्रुहरूद्वारा निर्वासनमा लगिए भने पनि, त्यहाँ म तरवारलाई आज्ञा गर्नेछु, र त्यसले तिनीहरूलाई मार्नेछ । असल निम्ति होइन तर खराबको निम्ति म तिनीहरूमाथि आफ्ना आँखा लगाउनेछु ।”
Ne bwe balitwalibwa abalabe baabwe mu buwaŋŋanguse, era nayo ndiragira ekitala ne kibattirayo. Ndibasimba amaaso ne batuukibwako bibi so si birungi.”
5 सर्वशक्तिमान् परमप्रभु परमेश्वरले भूमिलाई छुनुहुन्छ र त्यो पग्लिन्छ, त्यसमा बसोबास गर्ने सबै जना विलाप गर्छन् । त्यसका सबै कुरा नदीझैं माथि उठ्नेछ, र मिश्रको नदीझैं फेरि तल डुब्नेछन् ।
Era Mukama, Mukama ow’Eggye, akwata ku nsi n’esaanuuka, abantu baayo bonna abagibeeramu ne bakungubaga, ensi yonna n’etumbiira nga Kiyira ate n’ekka ng’amazzi g’omugga gw’e Misiri;
6 उहाँले आकाशमा आफ्नो महल बनाउनुहुन्छ, र पृथ्वीमा आफ्नो जग बसाल्नुहुन्छ । उहाँले समुद्रको पानीलाई बोलाउनुहुन्छ, र पृथ्वीको सतहमा खन्याउनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो ।
oyo eyazimba olubiri lwe olulungi ennyo mu ggulu, omusingi gwalwo ne gubeera ku nsi, ayita amazzi g’ennyanja, n’agayiwa wansi ku lukalu, Mukama lye linnya lye.
7 “यो परमप्रभुको घोषणा हो, ए इस्राएलका मानिसहरू हो, के तिमीहरू मेरो निम्ति कूशका मानिसहरू जस्तै होइनौ? के मैले इस्राएलीहरूलाई मिश्रदेशबाट, पलिश्तीहरूलाई कप्तोरबाट, र अरामीहरूलाई कीरबाट बाहिर ल्याइनँ र?
Mukama ayongera n’agamba nti, “Mmwe abaana ba Isirayiri temuli ng’Abakuusi gye ndi? Ssabaggya mu nsi y’e Misiri nga bwe naggya Abafirisuuti e Katufoli, n’Abasuuli e Kiri?”
8 हेर्, परमप्रभु परमेश्वरको आँखा पापी राज्यमाथि पर्छ, र म त्यसलाई पृथ्वीको सतहबाट विनाश गर्नेछु, तर म याकूबको घरानालाई पूर्ण रूपमा नाश गर्नेछैनँ, यो परमप्रभुको घोषणा हो ।
“Ddala ddala amaaso ga Mukama Katonda, gatunuulidde nkaliriza obwakabaka obwonoonyi. Ndibuzikiriza ne mbusaasaanya okuva ku nsi. Kyokka sirizikiririza ddala ennyumba ya Yakobo okugimalawo,” bw’ayogera Mukama.
9 हेर्, म एउटा आज्ञा दिनेछु, र कसैले अन्नलाई एउटा नाङ्लोमा निफनेझैं, सबै जातिहरूका बिचमा म इस्राएलको घरानालाई हल्लाउनेछु, ताकि सबभन्दा सानो ढुङ्गा पनि जमिनमा खस्नेछैन ।
“Kubanga ndiwa ekiragiro, ennyumba ya Isirayiri erinyeenyezebwa mu mawanga gonna, ng’emmere ey’empeke bwe kuŋŋutibwa mu kakuŋŋunta era tewaliba kayinja akaligwa wansi.
10 ‘विपत्तिले हामीलाई उछिन्ने वा छुनेछैन’ भन्नेहरू, मेरा मानिसहरूमध्येका सबै पापीहरू तरवारद्वारा मारिनेछन् ।
Aboonoonyi bonna mu bantu bange, balifa kitala, abo bonna aboogera nti, ‘Akabi tekalitutuukako.’”
11 त्यो दिनमा म दाऊदको ढलेको पाललाई खडा गर्नेछु, र त्यसका प्वालहरू टाल्नेछु । त्यसका भग्नावशेषहरूलाई म उठाउनेछु, र बितेका दिनमा झैं त्यसको पुनर्निर्माण गर्नेछु,
“Mu biro ebyo ndizzaawo ennyumba ya Dawudi eyagwa era ndiddaabiriza ebifo ebyamenyebwamenyebwa, ne nzizaawo ebyali amatongo, ne biba nga bwe byabeeranga,
12 ताकि तिनीहरूले एदोमको बाँकी रहेकाहरू, र मेरो नाउँद्वारा बोलाइएका सबै जातिहरूमाथि अधिकार गरून्, यो परमप्रभुको घोषणा हो, उहाँले यसो गर्नुहुन्छ ।
balyoke batwale ekitundu kya Edomu ekyasigalawo n’amawanga gonna ge nayita okuba abantu bange,” bw’ayogera Mukama alikola ebintu ebyo byonna.
13 यो परमप्रभुको घोषणा हो, हेर्, यस्ता दिनहरू आउनेछन्, जति बेला हलो जोत्नेले कटनी गर्नेलाई उछिन्नेछ, र दाख पेल्नेले बीउ छर्नेलाई उछिन्नेछ । पर्वतहरूले मिठो दाखमद्य चुहाउनेछ, र सबै पहाडहरू त्योसँगै बग्नेछन् ।
“Ennaku zijja,” bw’ayogera Mukama, “akungula lw’alisinga asiga, n’asiga ensigo lw’alisinga atunda emizabbibu. Wayini omuggya alitonnya okuva mu nsozi, n’akulukuta okuva mu busozi.
14 मेरा मानिस, इस्राएललाई म निर्वासनबाट फिर्ता ल्याउनेछु । तिनीहरूले भत्केका सहरहरूलाई निर्माण गर्नेछन् र तिनमा बसोबास गर्नेछन्, तिनीहरू दाखबारीहरू लगाउनेछन् र तिनका दाखमद्य पिउनेछन्, र तिनीहरूले बगैंचा लगाउनेछन् र तिनका फल खानेछन् ।
Ndikomyawo abantu bange Isirayiri okuva mu buwaŋŋanguse, ne bazimba nate ebibuga ebyamenyebwa, babibeeremu. Balisimba ennimiro zaabwe ez’emizabbibu ne banywa wayini avaamu, era balisimba ennimiro balye ebibala byamu.
15 म तिनीहरूलाई आफ्नै देशमा बसाल्नेछु, र तिनीहरूलाई मैले दिएको देशबाट, तिनीहरू फेरि कहिल्यै पनि उखेलिनेछैनन्,” परमप्रभु तिमीहरूका परमेश्वर भन्नुहुन्छ ।
Ndisimba Isirayiri mu nsi yaabwe, era tebaliggibwa nate mu nsi gye nabawa,” bw’ayogera Mukama Katonda wammwe.