< आमोस 8 >
1 परमप्रभु परमेश्वरले मलाई यो कुरा देखाउनुभयो। ग्रीष्म ऋतुको फलको एउटा डालो हेर ।
Ainsi m’a fait voir le Seigneur, l’Éternel, et voici, un panier de fruits d’été!
2 उहाँले भन्नुभयो, “आमोस, तँ के देख्छस्?” मैले भनें, “ग्रीष्म ऋतुको फलको एउटा डालो ।” तब परमप्रभुले मलाई यसो भन्नुभयो, “मेरा मानिस, इस्राएलको निम्ति अन्त्य आएको छ । म तिनीहरूलाई अब बाँकी छोड्नेछैनँ ।
Et il dit: Que vois-tu, Amos? Et je dis: Un panier de fruits d’été. Et l’Éternel me dit: La fin est venue pour mon peuple Israël; je ne passerai plus par-dessus lui.
3 यो परमप्रभु परमेश्वरको घोषणा हो, त्यो दिनमा मन्दिरका गीतहरू रुवाबासीमा बद्लिनेछन्, धेरै लासहरू जता-ततै फलिनेछन्! शान्त हो!”
Et, en ce jour-là, les cantiques du palais seront des hurlements, dit le Seigneur, l’Éternel. Les cadavres seront en grand nombre; en tout lieu on les jettera dehors… Silence!
4 खाँचोमा परेकाहरूलाई थिचोमिचो गर्नेहरू, र गरीबहरूलाई देशबाट हटाउनेहरू, यो सुन ।
Écoutez ceci, vous qui êtes acharnés après les pauvres pour faire disparaître les débonnaires du pays,
5 तिनीहरू भन्छन्, “औंसी कहिले समाप्त हुन्छ, ताकि हामीहरूले फेरि अन्न बेच्न सकौं? शबाथ दिन कहिले समाप्त हुन्छ, ताकि हामीले गहुँ बेच्न सकौं? हामीले झुटो नापले ठगी गर्दा, हामी मानालाई सानो बनाउनेछौं र मुल्यलाई बढाउनेछौं ।
disant: Quand sera passée la nouvelle lune, pour que nous vendions du blé? et le sabbat, pour que nous ouvrions nos greniers? faisant l’épha petit et le sicle grand, et falsifiant la balance pour frauder;
6 यसरी नै हामीले खराब गहुँ बेच्न सक्छौं, गरीबलाई चाँदीले, र खाँचोमा परेकाहरूलाई एक जोर जुत्ताले किन्न सक्छौं ।”
afin d’acheter les chétifs pour de l’argent, et le pauvre pour une paire de sandales, et de vendre la criblure du grain.
7 परमप्रभुले याकूबको घमण्डमा यसरी शपथ खानुभएको छ, “निश्चय नै तिनीहरूका कुनै पनि कामहरू म कदापि बिर्सनेछैनँ ।”
L’Éternel a juré par la gloire de Jacob: Si jamais j’oublie aucune de leurs œuvres!
8 यसको निम्ति जमिन काम्नेछैन, अनि त्यसमा बसोबास गर्ने हरेकले विलाप गर्नेछैनन् र? त्यसको सबै थोक नील नदीझैं माथि उठ्नेछ, र मिश्रको नदीझैं त्यो छचल्किनेछ र डुब्नेछ ।
Pour cela, le pays ne tremblera-t-il pas? Et chacun de ses habitants ne mènera-t-il pas deuil? Et il montera tout entier comme le Nil, et enflera ses flots, et s’abaissera comme le fleuve d’Égypte.
9 “यो परमप्रभु परमेश्वरको घोषणा हो— त्यो दिन यस्तो हुनेछ, सुर्यलाई दिउँसै अस्ताउनेछु म बनाउनेछु, र पृथ्वीलाई मध्यदिनमा नै अँध्यारो म बनाउनेछु ।
Et il arrivera en ce jour-là, dit le Seigneur, l’Éternel, que je ferai coucher le soleil en plein midi, et que j’amènerai les ténèbres sur la terre en plein jour.
10 तिमीहरूका चाडहरूलाई विलापमा, अनि तिमीहरूका सबै गीतलाई रुवाईमा म बद्लिनेछु । तिमीहरू सबैलाई भाङ्ग्रा लाउने, र हरेकले कपाल खौरन म बनाउनेछु । एक मात्र छोराको निम्ति विलाप गरेझैं, र त्यसको अन्त्यमा तीतो म बनाउनेछु ।
Et je changerai vos fêtes en deuil, et toutes vos chansons en lamentation; et sur tous les reins j’amènerai le sac, et chaque tête je la rendrai chauve; et je ferai que ce sera comme le deuil d’un [fils] unique, et la fin sera comme un jour d’amertume.
11 हेर्, यस्ता दिनहरू आउँदैछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो, जति बेला देशमा म अनिकाल पठाउनेछु, त्यो रोटीको अनिकाल होइन, न त पानीको तिर्खाको हो, तर त्यो परमप्रभुको वचन सुन्ने कुराको हो।
Voici, des jours viennent, dit le Seigneur, l’Éternel, où j’enverrai une famine dans le pays; non une famine de pain, ni une soif d’eau, mais d’entendre les paroles de l’Éternel.
12 परमप्रभुको वचनको खोज्नलाई तिनीहरू एक समुद्रदेखि अर्को समुद्रसम्म धर्मराउनेछन्, र उत्तरदेखि पूर्वसम्म दौडनेछन्, तर तिनीहरूले त्यो भेट्टाउनेछैनन् ।
Et ils erreront d’une mer à l’autre, et du nord au levant; ils courront çà et là pour chercher la parole de l’Éternel, et ils ne la trouveront pas.
13 त्यो दिनमा सुन्दरी कुमारीहरू र जवान मानिसहरू तिर्खाले मूर्छा हुनेछन् ।
En ce jour-là, les belles vierges et les jeunes gens défailliront de soif, –
14 सामरियाको पापमा शपथ खानेहरू र ‘ए दान, तेरो देवता जीवित भएझैं,’ र ‘बेर्शेबाको देवता जीवित भएझैं,’ भनेर भन्नेहरू, तिनीहरू पतन हुनेछन् र फेरि कहिल्यै उठ्नेछैनन् ।”
ceux qui jurent par le péché de Samarie et qui disent: Dan, ton Dieu est vivant! et: La voie de Beër-Shéba est vivante! Et ils tomberont, et ne se relèveront jamais.