< आमोस 5 >

1 ए इस्राएलको घराना, तिमीहरूका विषयमा मेरो यो विलापको वचन सुन ।
שמעו את הדבר הזה אשר אנכי נשא עליכם קינה--בית ישראל
2 कुमारी इस्राएल पतन भएकी छ, त्यो फेरि उठ्‍नेछैन, त्यो आफ्नै भूमिमा त्यागिएकी छ, त्यसलाई उठाउने त्यहाँ कोही छैन ।
נפלה לא תוסיף קום בתולת ישראל נטשה על אדמתה אין מקימה
3 किनभने परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छः “इस्राएलको घरानामा भएकाका, एक हजार जना लिएर निस्केको सहरमा सय जना बाँकी हुनेछन्, र सय जना लिएर निस्केको सहरमा दस जना बाँकी हुनेछन् ।”
כי כה אמר אדני יהוה העיר היצאת אלף תשאיר מאה והיוצאת מאה תשאיר עשרה לבית ישראל
4 किनभने इस्राएलको घरानालाई परमप्रभु यस्तो भन्‍नुहुन्छः “मेरो खोजी गर र जीवित रहो!
כי כה אמר יהוה לבית ישראל דרשוני וחיו
5 बेथेलको खोजी नगर, न त गिलगालमा प्रवेश गर, बेर्शेबातर्फ यात्रा नगर । किनभने गिलगाल निश्‍चय नै कैदमा जानेछ, र बेथेल शून्‍य हुनेछ ।
ואל תדרשו בית אל והגלגל לא תבאו ובאר שבע לא תעברו כי הגלגל גלה יגלה ובית אל יהיה לאון
6 परमप्रभुको खोजी गर र जीवित रहो, नत्रता उहाँ योसेफको घरानामा आगोझैं दन्‍कनुहुनेछ । त्यसले भस्म पार्नेछ र बेथेलमा त्यसलाई निभाउने कुनै व्‍यक्‍ति हुनेछैन ।
דרשו את יהוה וחיו פן יצלח כאש בית יוסף ואכלה ואין מכבה לבית אל
7 ती मानिसहरूले इन्साफलाई एउटा तितो कुरामा परिणत गर्छन् र धार्मिकतालाई भुइँमा फालिदिन्‍छन्!”
ההפכים ללענה משפט וצדקה לארץ הניחו
8 परमेश्‍वरले किरकिटी र मृगशिरालाई बनाउनुभयो । उहाँले अन्धकारलाई बिहानमा परिणत गर्नुहुन्छ । उहाँले दिनलाई रातको अन्‍धकार बनाउनुहुन्छ र समुद्रको पानीलाई बोलाउनुहुन्छ । उहाँले त्यसलाई पृथ्वीको सतहमा खन्याउनुहुन्छ । उहाँको नाउँ परमप्रभु हो ।
עשה כימה וכסיל והפך לבקר צלמות ויום לילה החשיך הקורא למי הים וישפכם על פני הארץ--יהוה שמו
9 उहाँले बलियामाथि एक्‍कासि विनाश ल्यानुहुन्छ, जसले गर्दा किल्लाहरूमा विनाश आउँछन् ।
המבליג שד על עז ושד על מבצר יבוא
10 सहरको मूलद्वारमा तिनीहरूलाई ठिक कुरा सिकाउनेलाई तिनीहरू घृणा गर्छन्, र सत्य बोल्नेलाई कुनै पनि व्‍यक्‍तिलाई तिनीहरू उपहास गर्छन् ।
שנאו בשער מוכיח ודבר תמים יתעבו
11 किनभने तिमीहरूले गरिबहरूलाई कुल्चिन्‍छौ र ऊबाट गहुँको भाग लिन्‍छौ— तिमीहरूले कँदेका ढुङ्गाले घरहरू बनाएको भए तापनि, तिमीहरू त्यसमा बस्‍नेछैनौ । तिमीहरूसँग लहलहाउँदा दाखबारीहरू छन्, तर तिमीहरूले त्यसको दाखमद्य पाउनेछैनौ ।
לכן יען בושסכם על דל ומשאת בר תקחו ממנו--בתי גזית בניתם ולא תשבו בם כרמי חמד נטעתם ולא תשתו את יינם
12 किनकि तिमीहरूका अपराधहरू कति छन् अनि तिमीहरूका पाप कति ठुला छन् भनी म जान्‍दछु— तिमीहरू जसले धर्मीलाई कष्‍ट दिन्छौ, घूस लिन्छौ, र सहरको मूलद्वारका दरिद्रहरूको न्‍यायहरण गर्छौ
כי ידעתי רבים פשעיכם ועצמים חטאתיכם צררי צדיק לקחי כפר ואביונים בשער הטו
13 यसकारण यस्तो समयमा विवेकी मानिस पनि चूपै लाग्छ, किनभने यो खराब समय हो ।
לכן המשכיל בעת ההיא--ידם כי עת רעה היא
14 असल कुराको खोजी गर, खराबको होइन, जसले गर्दा तिमीहरू बाँच्‍नेछौ । यसरी तिमीहरूले भनेझैं, परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर, साँच्‍चै नै तिमीहरूसँग हुनुहुनेछ ।
דרשו טוב ואל רע למען תחיו ויהי כן יהוה אלהי צבאות אתכם--כאשר אמרתם
15 दुष्‍टतालाई घृणा गर, असल कुरालाई प्रेम गर, सहरको मूलद्वारमा न्याय कायम गर । सायद परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर योसेफका बाँकी रहेकाहरूसँग अनुग्रही हुनुहुनेछ ।
שנאו רע ואהבו טוב והציגו בשער משפט אולי יחנן יהוה אלהי צבאות--שארית יוסף
16 यसकारण, परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर यस्तो भन्‍नुहुन्छ, “सबै चोकहरूमा रुवाबासी हुनेछ, र तिनीहरूले सबै सडकहरूमा यस्तो भन्‍नेछन्, ‘धिक्‍कार! धिक्‍कार!’ तिनीहरूले किसानहरूलाई विलाप गर्न र मलामीहरूलाई शोक गर्न बोलाउनेछन् ।
לכן כה אמר יהוה אלהי צבאות אדני בכל רחבות מספד ובכל חוצות יאמרו הו הו וקראו אכר אל אבל ומספד אל יודעי נהי
17 सबै दाखबारीहरूमा रुवाबासी हुनेछ, किनकि म तिमीहरूका बिचबाट भएर जानेछु,” परमप्रभु भन्‍नुहुन्छ ।
ובכל כרמים מספד כי אעבר בקרבך אמר יהוה
18 परमप्रभुको दिन चाहना गर्नेहरूलाई धिक्‍कार! तिमीहरू किन परमप्रभुको दिनको चाहना गर्दछौ? त्यो उज्यालो होइन तर अन्धकार हुनेछ,
הוי המתאוים את יום יהוה למה זה לכם יום יהוה הוא חשך ולא אור
19 जसरी कोही मानिस एउटा सिंहबाट भाग्‍छ र एउटा भालुले उसलाई भेटाउँछ, अर्थात्‌ ऊ कुनै घरभित्र जान्‍छ र आफ्नो हात भित्तामा राख्‍छ अनि एउटा सर्पले उसलाई डस्‍छ ।
כאשר ינוס איש מפני הארי ופגעו הדב ובא הבית--וסמך ידו על הקיר ונשכו הנחש
20 के परमप्रभुको दिन उज्यालो नभई अन्धकार हुनेछैन र? अन्धकार र कुनै उज्‍यालो नभएको?
הלא חשך יום יהוה ולא אור ואפל ולא נגה לו
21 “म तिमीहरूका चाडहरूलाई घृणा गर्दछु, म तिरस्कार गर्दछु, तिमीहरूका धार्मिक सभाहरूमा म खुसी हुन्‍नँ ।
שנאתי מאסתי חגיכם ולא אריח בעצרתיכם
22 तिमीहरूले मलाई होमबलि र अन्‍नबलि चढाए तापनि, म ती ग्रहण गर्नेछैनँ, न त तिमीहरूका मोटा पशुहरूको मेलबलि नै म हेर्नेछु ।
כי אם תעלו לי עלות ומנחתיכם לא ארצה ושלם מריאיכם לא אביט
23 तिमीहरूका गीतहरूको हल्‍ला मबाट हटाओ । तिमीहरूका वीणाहरूका धुन म सुन्‍नेछैनँ ।
הסר מעלי המון שריך וזמרת נבליך לא אשמע
24 बरु, इन्साफ पानीझैं बगोस्, र धार्मिकताचाहिं निरन्तर बगिरहने खोलाझैं होस् ।
ויגל כמים משפט וצדקה כנחל איתן
25 ए इस्राएलको घराना, चालिस वर्ष मरुभूमिमा हुँदा, के तिमीहरूले मेरो निम्ति बलिदानहरू र भेटीहरू ल्यायौ र?
הזבחים ומנחה הגשתם לי במדבר ארבעים שנה--בית ישראל
26 तिमीहरूले आफ्ना राजा सिक्‍कुथ, र आफ्‍ना तारा-देवता काइवानको मूर्ति खडा गरेका छौ, जसलाई तिमीहरूले आफ्ना निम्‍ति बनायौ ।
ונשאתם את סכות מלככם ואת כיון צלמיכם--כוכב אלהיכם אשר עשיתם לכם
27 यसकारण म तिमीहरूलाई दमस्मसभन्दा पर निर्वासनमा पठाउनेछु,” परमप्रभु भन्‍नुहुन्छ, जसको नाउँ सर्वशक्तिमान् परमेश्‍वर हो ।
והגליתי אתכם מהלאה לדמשק אמר יהוה אלהי צבאות שמו

< आमोस 5 >