< प्रेरित 6 >

1 ती दिनमा जब चेलाहरूको सङ्ख्या गुणात्मक रूपमा बढ्दै गयो ग्रिक भाषा बोल्ने यहूदीहरूले हिब्रूहरूको विरुद्धमा गनगन गर्न थाले किनकि तिनीहरूका विधवाहरूलाई दैनिक खाद्य वितरणमा वेवास्ता गरिँदै थियो ।
V te dní pa, ko so se učenci množili, vstane godrnjanje Grkov zoper Hebrejce, da se pri vsakdanjej delitvi njih vdove zanemarjajo.
2 बाह्र प्रेरितले चेलाहरूको समूहलाई बोलाएर भने, “खुवाउने-पियाउने काममा अल्झिन हामीले परमेश्‍वरको वचनलाई वेवास्ता गर्नु उपयुक्त हुँदैन ।
In dvanajsteri pokličejo množico učencev, in rekó: To ne gre, da bi mi besedo Božjo opuščali, in oskrbljevali mize.
3 यसकारण भाइ हो, तपाईंहरूमध्येबाट सात जना मानिसलाई छान्‍नुहोस् जो नाउँ चलेका, बुद्धि र पवित्र आत्माले भरिएका होऊन् जसलाई हामी यस कामको लागि नियुक्त गर्न सकौँ ।
Ozrite se torej, bratje, po sedmih možéh poštenih izmed sebe, kteri so polni Duha svetega in modrosti, da jih postavimo nad tem opravilom;
4 हाम्रो सम्बन्धमा भन्‍नुपर्दा, हामी निरन्तर रूपमा प्रार्थना र वचनको सेवामा लागिरहनेछौँ ।”
A mi se bomo molitve in službe besede držali.
5 तिनीहरूको भनाइ पुरै समुदायलाई मन पर्‍यो । त्यसैले, तिनीहरूले विश्‍वास र पवित्र आत्माले भरिएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी-मत मान्‍ने निकोलाउसलाई छाने ।
In ta beseda je bila vsej množici po godi; ter izvolijo Štefana, moža polnega vere in Duha svetega, in Filipa, in Prohora, in Nikanora, Timona in Parmena, in Nikolaja izpreobrnjenca iz Antijohije.
6 विश्‍वासीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामु ल्याए जसले प्रार्थना गरे र तिनीहरूमाथि हात राखे ।
Te postavijo pred aposteljne; in molivši, položé na-nje roke.
7 यसरी परमेश्‍वरको वचन फैलियो र यरूशलेममा चेलाहरूको सङ्ख्या गुणात्मक रूपमा वृद्धि भयो । र धेरै पूजाहारीहरूले यस विश्‍वासलाई स्वीकार गरे ।
In beseda Božja je rastla, in število učencev se je silno množilo v Jeruzalemu; tudi velika truma duhovnov je bila pokorna veri.
8 अब अनुग्रह र शक्तिले भरिएर स्तिफनसले मानिसहरूका बिचमा महान् आश्‍चर्य र चिन्हहरू देखाउँदै थिए ।
Štefan pa, poln vere in moči, delal je čudeže in velika znamenja med ljudmi.
9 तर त्यहाँ स्वतन्‍त्र दल नामक सभाघरका मानिसहरू, कुरेनीहरू, अलेक्ज्यान्ड्रियाका बासिन्दाहरू र किलिकियासाथै एसियाका केही मानिसहरू खडा भए । यी मानिसहरू स्तिफनससित वादविवाद गर्दै थिए ।
In vstane jih nekaj iz shajališča, ktero se imenuje Libertinsko in Cirenejsko in Aleksandrinsko, in teh, kteri so bili iz Cilicije in Azije, in prepirali so se s Štefanom;
10 तर स्तिफनसले जुन बुद्धि र पवित्र आत्माको शक्तिमा बोलेका थिए तिनीहरूले त्यसको सामना गर्न सकेनन् ।
Ali niso se mogli upirati modrosti in Duhu, po kterem je govoril.
11 त्यसपछि तिनीहरूले केही मानिसहरूलाई गुप्‍तमा मनाई यसो भन्‍न लगाए, “हामीले स्तिफनसले मोशा र परमेश्‍वरको विरुद्धमा ईश्‍वर-निन्दक वचनहरू बोलेका सुनेका छौँ ।”
Tedaj podšuntajo možé, kteri naj bi rekli: Slišali smo ga govoriti kletvine zoper Mojzesa in Boga.
12 तिनीहरूले मानिसहरू, एल्डरहरू, शास्‍त्रीहरूलाई उक्साए अनि स्तिफनससित मुकाबला गरे; तिनलाई पक्रे र परिषद्‍मा ल्याए ।
Ter nadražijo ljudstvo in starešine in pismarje, in napadejo in zgrabijo ga, in pripeljejo v zbor,
13 तिनीहरूले झुटा साक्षीहरू पेस गरे जसले भने, “यो मानिसले यस पवित्रस्थान र व्यवस्थाको विरुद्धमा बोल्न छाड्दैन ।
In postavijo krive priče, ktere so govorile: Ta človek ne neha govoriti kletvin zoper to sveto mesto in postavo.
14 नासरतको यो येशूले यस स्थानलाई नष्‍ट पार्नेछ र मोशाले हामीलाई सुम्पेका चलनहरूलाई बद्लनेछ भनी त्यसले बोलेको हामीले सुनेका छौँ ।”
Slišali smo ga namreč, da pravi: Ta Jezus Nazarečan bo razdel to mesto, in premenil bo šege, ktere nam je izročil Mojzes.
15 परिषद्‍मा जम्मा भएका हरेकको आँखा तिनमा केन्द्रित भयो र तिनको मोहोडा स्वर्गदूतको झैँ देखियो ।
In pogledavši na-nj vsi, kteri so sedeli v zboru, videli so obličje njegovo kakor obličje angelja.

< प्रेरित 6 >