< प्रेरित 6 >
1 ती दिनमा जब चेलाहरूको सङ्ख्या गुणात्मक रूपमा बढ्दै गयो ग्रिक भाषा बोल्ने यहूदीहरूले हिब्रूहरूको विरुद्धमा गनगन गर्न थाले किनकि तिनीहरूका विधवाहरूलाई दैनिक खाद्य वितरणमा वेवास्ता गरिँदै थियो ।
そのころ,弟子たちの数が殖えていた時,ヘレニストたちからヘブライ人たちに対して苦情が起こった。彼らのやもめたちが日々の援助においてないがしろにされていたからであった。
2 बाह्र प्रेरितले चेलाहरूको समूहलाई बोलाएर भने, “खुवाउने-पियाउने काममा अल्झिन हामीले परमेश्वरको वचनलाई वेवास्ता गर्नु उपयुक्त हुँदैन ।
十二人は弟子たちの集団を呼び集めてこう言った。「わたしたちが神の言葉を放っておいて,食卓のために仕えるのはふさわしくありません。
3 यसकारण भाइ हो, तपाईंहरूमध्येबाट सात जना मानिसलाई छान्नुहोस् जो नाउँ चलेका, बुद्धि र पवित्र आत्माले भरिएका होऊन् जसलाई हामी यस कामको लागि नियुक्त गर्न सकौँ ।
ですから,兄弟たち,あなた方の中から,聖霊と知恵とに満ちた評判の良い人を七人選び出しなさい。わたしたちがこの仕事の上に任命するためです。
4 हाम्रो सम्बन्धमा भन्नुपर्दा, हामी निरन्तर रूपमा प्रार्थना र वचनको सेवामा लागिरहनेछौँ ।”
わたしたちのほうは,祈りとみ言葉の奉仕とにひたすらとどまることにします」。
5 तिनीहरूको भनाइ पुरै समुदायलाई मन पर्यो । त्यसैले, तिनीहरूले विश्वास र पवित्र आत्माले भरिएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी-मत मान्ने निकोलाउसलाई छाने ।
これらの言葉は全員の賛成を得た。彼らは,信仰と聖霊とに満ちた人ステファノ,またフィリポ,プロコルス,ニカノル,ティモン,パルメナ,アンティオキアの改宗者ニコラウスを選び出して,
6 विश्वासीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामु ल्याए जसले प्रार्थना गरे र तिनीहरूमाथि हात राखे ।
使徒たちの前に立たせた。使徒たちは祈って彼らの上に手を置いた。
7 यसरी परमेश्वरको वचन फैलियो र यरूशलेममा चेलाहरूको सङ्ख्या गुणात्मक रूपमा वृद्धि भयो । र धेरै पूजाहारीहरूले यस विश्वासलाई स्वीकार गरे ।
神の言葉は増し加わってゆき,弟子たちの数もエルサレムにおいて非常に殖えていった。大勢の祭司たちがこの信仰に従っていた。
8 अब अनुग्रह र शक्तिले भरिएर स्तिफनसले मानिसहरूका बिचमा महान् आश्चर्य र चिन्हहरू देखाउँदै थिए ।
ステファノは信仰と力に満ち,民の間ですばらしい不思議な業やしるしを行なっていた。
9 तर त्यहाँ स्वतन्त्र दल नामक सभाघरका मानिसहरू, कुरेनीहरू, अलेक्ज्यान्ड्रियाका बासिन्दाहरू र किलिकियासाथै एसियाका केही मानिसहरू खडा भए । यी मानिसहरू स्तिफनससित वादविवाद गर्दै थिए ।
しかし,「リベルティン」と呼ばれる会堂に属する人々,およびキュレネ人,アレクサンドリア人,またキリキアやアシア出身の人々のうちのある者たちが立ち上がり,ステファノと議論した。
10 तर स्तिफनसले जुन बुद्धि र पवित्र आत्माको शक्तिमा बोलेका थिए तिनीहरूले त्यसको सामना गर्न सकेनन् ।
彼らは,彼に語らせている知恵と霊には対抗できなかった。
11 त्यसपछि तिनीहरूले केही मानिसहरूलाई गुप्तमा मनाई यसो भन्न लगाए, “हामीले स्तिफनसले मोशा र परमेश्वरको विरुद्धमा ईश्वर-निन्दक वचनहरू बोलेका सुनेका छौँ ।”
そこで,ひそかに人々をそそのかして,「わたしたちは,彼がモーセと神に対して冒とくの言葉を吐くのを聞いた」と言わせた。
12 तिनीहरूले मानिसहरू, एल्डरहरू, शास्त्रीहरूलाई उक्साए अनि स्तिफनससित मुकाबला गरे; तिनलाई पक्रे र परिषद्मा ल्याए ।
民や長老たちや律法学者たちを扇動し,彼を襲って捕らえ,最高法院に引いて行き,
13 तिनीहरूले झुटा साक्षीहरू पेस गरे जसले भने, “यो मानिसले यस पवित्रस्थान र व्यवस्थाको विरुद्धमा बोल्न छाड्दैन ।
偽りの証人たちを立てて言わせた,「この男は,この聖なる場所と律法に対して冒とくの言葉を吐いて,どうしてもやめません。
14 नासरतको यो येशूले यस स्थानलाई नष्ट पार्नेछ र मोशाले हामीलाई सुम्पेका चलनहरूलाई बद्लनेछ भनी त्यसले बोलेको हामीले सुनेका छौँ ।”
というのも,わたしたちは彼が,あのナザレのイエスはこの場所を壊し,モーセがわたしたちに伝えた慣習を変えるだろう,と言うのを聞いたのです」。
15 परिषद्मा जम्मा भएका हरेकको आँखा तिनमा केन्द्रित भयो र तिनको मोहोडा स्वर्गदूतको झैँ देखियो ।
最高法院に座っていた者たちはみな彼を見つめたが,その顔はみ使いの顔のように見えた。