< प्रेरित 5 >
1 अब एक जना हननिया नाउँ गरेका मानिसले आफ्नी पत्नी सफिरासँग मिलेर एक टुक्रा जमिन बेचे ।
Tedae hlang pakhat a ming ah Aninias neh a yuu Sapphira loh hnopai a yoih.
2 र उनले त्यो पैसाको केही अंश आफूसँगै राखे (यो कुरा उनकी पत्नीलाई पनि थाहा थियो) र यसको बाँकी अंश ल्याएर प्रेरितहरूको पाउमा राखिदिए ।
Tedae a phu te a uep. A yuu khaw a yaak sak phoeiah a ngen te a khuen tih caeltueih rhoek kah kho kungah cukdek a tloeng.
3 तर पत्रुसले भने, “हननिया, पवित्र आत्मालाई झुट बोल्न र त्यस जमिनको मूल्यको केही अंश राख्नलाई तिम्रो हृदयलाई शैतानले किन भर्यो?
Te dongah Peter loh, “Ananias, balae tih Satan loh na thinko a hah sak, Mueihla Cim te na laithae thil. Te dongah ni khohmuen phu te na uep coeng.
4 यसलाई बिक्री नगर्दा पनि के यो तिम्रो आफ्नो थिएन र? अनि यसलाई बेचिसकेपछि पनि यो तिम्रो आफ्नै नियन्त्रणमा नै थिएन र? तिमीले तिम्रो हृदयमा यस्तो कुरा कसरी सोच्यौ? तिमीले मानिसहरूलाई होइन तर परमेश्वरलाई झुट बोलेका छौ ।
Aka om tangtae tah namah taengah om tih na yoih vaengah namah ah saithainah a om moenih a? Balae tih na thinko khuiah te bang hno te na khueh. Hlang taeng bueng mueh la Pathen taengah khaw na laithae coeng,” a ti nah.
5 यी कुराहरू सुनेर हननिया भुइँमा लडे र उनको मृत्यु भयो र यो कुरा सुन्नेहरू सबैमा ठुलो डर छायो ।
Te ol te Ananias loh a yaak vaengah cungku tih duek. Te dongah aka ya rhoek boeih te rhihnah loh muep a kun thil.
6 जवान मानिसहरू अगाडि आए र उनलाई कपडाले बेह्रे र तिनीहरूले उनलाई बोकेर बाहिर लगे र गाडे ।
Te dongah cadong rhoek loh thoo uh tih anih te a cun uh phoeiah a khuen uh tih a up uh.
7 त्यसको झण्डै तिन घण्टापछि उनकी पत्नी त्यहाँ के भएको थियो भन्ने थाहै नपाई भित्र आइन् ।
Khonoek pathum tluk di tih a om phoeiah olka aka om te a yuu loh a ming mueh la kun van.
8 पत्रुसले उनलाई भने, “तिमीहरूले सो जमिनलाई त्यत्ति नै मूल्यमा बेचेका हौ या होइनौ, मलाई बताऊ ।” उनले भनिन्, “हो, त्यत्तिमा नै हो ।”
Te vaengah anih te Peter loh, “Kai taengah thui laeh, khohmuen na thuung te heyet bueng nim,” a ti nah hatah, “Ue heyet ni,” a ti nah.
9 तब पत्रुसले उनलाई भने, “तिमीहरू परमप्रभुको आत्मालाई जाँच गर्न कसरी सँगै सहमत भयौ? हेर, तिम्रो पतिलाई गाड्नेहरूका पाउ ढोकामा नै छन् र तिनीहरूले तिमीलाई पनि बोकेर बाहिर लानेछन् ।
Tedae anih te Peter loh, “Balae tih Boeipa Mueihla noemcai ham na rhoih uh rhoi. Thohka kah na va aka up rhoek kah a kho loh nang khaw n'thak bal ni he,” a ti nah.
10 तिनी तुरुन्तै उनको पाउमा लडिन् र तिनको मृत्यु भयो र ती जवान मानिसहरू भित्र आए र तिनलाई मृत भेट्टाए; तिनीहरूले तिनलाई बोकेर बाहिर लगे र तिनलाई तिनको पतिको नजिकै गाडिदिए ।
Te vaengah pahoi cungku tih a kho kungah duek bal. Te dongah cadong rhoek aka kun rhoek loh anih te a duek la a hmuh uh vaengah a khuen uh tih a va taengah a up uh.
11 पुरै मण्डलीमा र यी कुराहरू सुन्ने सबैमा ठुलो डर छायो ।
Te dongah hlangboel boeih neh te te aka ya rhoek boeih te rhihnah loh muep a kun thil.
12 प्रेरितहरूको हातद्वारा मानिसहरूका बिचमा धेरै चिह्न र आश्चर्यकर्महरू भइरहेका थिए । तिनीहरू सबै सोलोमनको दलानमा सँगै थिए ।
Caeltueih rhoek kah a kut loh pilnam taengah miknoek neh khobae rhambae muep a saii dongah Solomon impup ah thikat la boeih om uh.
13 तिनीहरूलाई मानिसहरूद्वारा उच्च सम्मान मिलेको भए तापनि कसैले पनि तिनीहरूसँगै सामेल हुन साहस गरेनन् ।
Amih te a tloe loh ben ham ngaingaih pawt cakhaw amih te pilnam loh a oep.
14 अझ धेरै विश्वासीहरू अर्थात् असंख्य स्त्रीहरू र पुरुषहरू प्रभुमा थपिँदै थिए ।
Boeipa aka tangnah huta tongpa rhaengpuei loh taoe thap uh thae.
15 पत्रुस त्यहाँबाट भएर आउँदा तिनको छाया तिनीहरूमध्ये कोहीमाथि परोस् भनेर तिनीहरूले बिरामीहरूलाई गल्लीहरूमा बोकेर ल्याए र तिनीहरूलाई खाट र पलङहरूमा राखे ।
Te dongah Peter ha pawk atah a mueihlip rhung long khaw bet dah saeh tila tattloel te thingkong neh phakdoeng soah a ngol sak uh tih toltung la a khuen uh.
16 त्यहाँ यरूशलेम वरिपरिका सहरहरूबाट पनि बिरामी र अशुद्ध आत्माले सताइएका मानिसहरू ठुलो संख्यामा आए र तिनीहरू सबैले निको भए ।
Jerusalem khopuei kaepvai kah rhaengpuei long khaw ha tingtun uh. Tattloel khaw, rhalawt mueihla loh a ven rhoek te khaw a khuen uh tih boeih hoeih uh.
17 तर प्रधान पूजाहारी र उनीसँग रहनेहरू सबै जना (जुन सदूकीहरूको सम्प्रदाय हो) उठे र तिनीहरू ईर्ष्याले भरिए ।
Khosoihham a thoh nen tah a taengkah rhoek boeih, Sadducee kah buhlaelh la aka om rhoek loh kohlopnah neh khuk hah uh.
18 तिनीहरूले प्रेरितहरूमाथि हात हाले र तिनीहरूलाई सार्वजनिक झ्यालखानामा थुनिदिए ।
Te phoeiah caeltueih rhoek te kut a hlah thil uh tih thongim ah langya la a hlak uh.
19 तर रातको समयमा परमप्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलिदिए र तिनीहरूलाई बाहिर लगे र भने,
Tedae khoyin ah Boeipa kah puencawn loh thongim thohka te a ong tih a mawt.
20 “जाओ र त्यस मन्दिरमा खडा होओ र यस जीवनका सबै वचनहरू मानिसहरूलाई बताओ ।”
Te phoeiah amih rhoi te, “Cet rhoi, bawkim kah pilnam taengah pai rhoi lamtah hingnah ol he boeih thui rhoi,” a ti nah.
21 जब तिनीहरूले यो कुरा सुने तब तिनीहरू सबेरै मन्दिरभित्र प्रवेश गरे र शिक्षा दिए । तर प्रधान पूजाहारी र तिनीहरूसँग भएकाहरू आए र परिषद्लाई इस्राएलका मानिसहरूका एल्डरहरूसँगै बोलाए र प्रेरितहरूलाई ल्याउन लगाउनलाई झ्यालखानामा पठाए ।
Mincang ah bawkim la kun rhoi tih a thuituen rhoi te a yaak uh. Te dongah khosoihham aka pawk rhoek neh a taengkah rhoek loh khoboei neh Israel ca khuikah paham rhoek te boeih a hueh uh tih amih rhoi aka lo ham thongim la a tueih uh.
22 तर ती गएका अधिकारीहरूले तिनीहरूलाई झ्यालखानामा भेट्टाएनन् र तिनीहरू फर्केर आए र प्रतिवेदन दिए ।
Tedae tueihyoeih rhoek loh a pha uh vaengah amih rhoi te thongim khuiah a hmu uh pawt dongah bal uh tih puen uh.
23 “हामीले झ्यालखानालाई राम्ररी बन्द गरिएको पायौँ र पहरेदारहरू ढोकामा उभिरहेका थिए, तर त्यसलाई खोल्दा हामीले भित्र कोही पनि भेट्टाएनौँ ।”
Te vaengah, “Thongim te cakrhuet la boeih a khaih tih thohka ah aka tawtkung rhoek a pai uh khaw ka hmuh uh dae a ong vaengah a khuiah u khaw ka hmuh uh pawh,” a ti uh.
24 जब मन्दिरका कप्तान र मुख्य पूजाहारीहरूले यी कुराहरू सुने, के हुने होला भनी तिनीहरू अन्योलमा परे ।
Bawkim kah imtawt boei neh khosoihham loh he ol a yaak vaengah amih ham te metlam a om co tila khobing uh.
25 तब कोही तिनीहरूकहाँ आए र तिनीहरूलाई भने, “तपाईंहरूले झ्यालखानामा राख्नुभएका ती मानिसहरू, मन्दिरमा खडा भएर मानिसहरूलाई सिकाइरहेका छन् ।”
Te vaengah pakhat ha pawk tih, “Thongim ah na khueh uh hlang rhoi loh bawkim ah pai rhoi tih pilnam a thuituen rhoi he, “tila amih taengah a puen pah.
26 त्यसैले, कप्तान हाकिमहरूसँगै गए र तिनीहरूलाई हिंसाविना नै फर्काएर ल्याए । किनकि तिनीहरू मानिसहरूले ढुङ्गाले हान्लान् भनी डराए ।
Te dongah imtawt boei neh a tueihyoeih rhoek te cet uh tih amih rhoi te a mawt uh. Tedae pilnam kah a dae te a rhih uh dongah vikvueknah neh saii uh pawh.
27 तिनीहरूले उनीहरूलाई ल्याएपछि, तिनीहरूले उनीहरूलाई सभाको अगि राखे । प्रधान पूजाहारीले उनीहरूलाई यसो भनेर सोधपुछ गरे,
A khuen uh neh amih rhoi te khoboei hmaiah a pai rhoi vaengah khosoihham loh a dawt tih,
28 “हामीले तिमीहरूलाई यस नाउँमा नसिकाउनलाई कडा आज्ञा दियौँ तर पनि तिमीहरूले आफ्नो शिक्षाले यरूशलेम भरिसकेका छौ र त्यस मानिसको रगत हामीमाथि ल्याउने इच्छा गर्छौ ।”
“Te ming neh thuituen pawt ham nangmih rhoi taengah oluen khaw kang uen uh moenih a? Tedae nangmih kah thuituennah neh Jerusalem ah bae coeng he. Hlang thii he kaimih soah tla saeh na ti rhoi a?” a ti nah.
29 तर पत्रुस र प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा पालन गर्नु पर्छ ।
Peter neh caeltueih rhoek loh a doo uh, “Hlang ol lakah Pathen ol ngai lat ham a kuek.
30 हाम्रा पितापुर्खाका परमेश्वरले येशूलाई मृत्युबाट उठाउनु भयो, जसलाई तपाईंहरूले रुखमा झुण्ड्याएर मार्नुभयो ।
A pa rhoek kah Pathen loh Jesuh a thoh coeng. Anih na ngawn uh tih thing dongah na hoei uh.
31 परमेश्वरले इस्राएललाई पश्चात्ताप गर्न र पापको क्षमा प्रदान गर्न उहाँलाई राजकुमार र मुक्तिदाता हुनलाई आफ्नो दाहिने हाततर्फ उचाल्नु भयो ।
Israel te yutnah neh tholh khodawkngainah paek ham Pathen loh a bantang ah rhuihnun neh khangkung la a pomsang coeng.
32 हामीहरू यी कुराहरूका साक्षी छौँ र पवित्र आत्मा पनि यसको साक्षी हुनुहुन्छ जसलाई परमेश्वरले उहाँको आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ ।”
Te dongah kaimih loh te olthang kah laipai la ka om uh tih, anih ol aka ngai rhoek te Pathen loh Mueihla Cim a paek coeng,” a ti rhoi.
33 जब परिषद्का सदस्यहरूले यो सुने तब तिनीहरू क्रुद्ध भए र प्रेरितहरूलाई मार्ने चाहना गरे ।
Tedae aka ya rhoek loh phuk a paeng uh dongah amih te thup hamla cai uh.
34 तर गमलिएल नाउँ गरेका फरिसी र व्यवस्थाका एक जना शिक्षक थिए जो सबै मानिसहरूद्वारा सम्मानित थिए । उनी उभिए र केही समयको लागि प्रेरितहरूलाई बाहिर रहनलाई आज्ञा गरे ।
Te vaengah Pharisee pakhat, a ming ah Gamaliel, pilnam boeih loh saya la a hinyah te, khoboei lakli ah thoo tih hlang rhoek te poeng la rhaih khueh ham ol a paek.
35 तब उनले तिनीहरूलाई भने, “इस्राएलका मानिसहरू हो, तपाईंहरूले यी मानिसहरूलाई जे गर्नलाई प्रस्ताव गर्नुभएको छ, त्यसमा राम्ररी ध्यान दिनुहोस् ।
Te phoeiah amih te, “Israel hlang rhoek, he hlang rhoek taengah metla saii ham na cai uh khaw namamih ngaithuen uh.
36 केही समयअगि, थूदास केही हुँ भन्ने दाबी गर्दै खडा भयो, र झण्डै चार सय जना मानिस त्योसँगै लागे । त्यो मारियो र त्यसका आज्ञा पालन गर्नेहरू सबै तितरवितर भए र त्यो सब छरपस्ट भयो ।
Amih hlankah Theudas a cungpoeh hnin ah khaw amah te khat khat la om ham a thui dongah hlang he hlangmi yali tluk loh anih taengla bop uh. Tedae anih a thup uh vaengah anih aka ngaitang boeih loh boeih milh uh tih a honghi la poeh.
37 त्यो मानिसपछि जनगणनाको समयमा गालीलको यहूदा खडा भयो र कतिपय मानिसहरूलाई आफ्नो पछि खिँच्यो । त्यो पनि नष्ट भयो र उसका आज्ञा पालन गर्दै आइरहेकाहरू सबै छरपस्ट भए ।
Hlangmi soepnah tue vaengah khaw Galilee kah Judah te phoe bal tih a hnukah pilnam te a yoek bal. Tedae anih khaw poci tih anih aka ngaitang boeih tah muep paltham uh.
38 अब म तपाईंहरूलाई भन्छु कि यी मानिसहरूबाट टाढै रहनुहोस् र यिनीहरूलाई छोडिदिनुहोस् किनकि यदि यो योजना वा काम मानिसहरूको हो भने, यो पतन हुनेछ ।
Te dongah nangmih ham ka thui coeng he. Hekah hlang rhoek he nong tak uh lamtah hlah uh mai. He he hlang kah mangtaengnah neh a khoboe la a om atah a phae pah bitni.
39 तर यदि यो परमेश्वरको हो भने, तपाईंहरूले तिनीहरूलाई पतन गराउन सक्नुहुन्न र तपाईंहरूले आफैँलाई परमेश्वरको विरुद्धमा लडिरहेको पाउनु हुनेछ ।” यसरी तिनीहरूले तिनको कुरा माने ।
Tedae Pathen lamkah la a om atah amih te na palet thai mahpawh, nangmih te boekoek la m'hmuh uh boel saeh,” a ti nah vaengah anih ol te a rhooi uh.
40 तब तिनीहरूले प्रेरितहरूलाई भित्र बोलाए र उनीहरूलाई कुटे र येशूको नाउँमा नबोल्नलाई आज्ञा गरे र तिनीहरूलाई जान दिए ।
Te dongah caeltueih rhoek te a khue uh tih a tam uh. Jesuh ming neh thui pawt ham khaw a uen uh tih a hlah uh.
41 तिनीहरू त्यस नाउँको निम्ति अपमान भोग्न योग्यका गनिएकामा तिनीहरूले अनान्दित हुँदै त्यो परिषद् छाडे ।
Te vaengah, “A ming ham yahbai nen khaw n'tiing uh pai,” a ti uh dongah khoboei hmai lamloh omngaih la mael uh.
42 त्यसपछि हरेक दिन मन्दिर र घर-घरमा, तिनीहरूले निरन्तर येशूलाई नै ख्रीष्टको रूपमा सिकाइरहेका र प्रचार गरिरहेका थिए ।
Tedae bawkim khui neh im lamkah hnin takuem ah toeng mueh la a thuituen uh tih Khrih Jesuh te a phong uh.