< प्रेरित 4 >
1 जब पत्रुस र यूहन्ना मानिसहरूसँग बोलिरहेका थिए, पूजाहारीहरू, मन्दिरका मुख्य व्यक्ति र सदूकीहरू तिनीहरूकहाँ आए ।
yasmin samaye pitarayohanau lokān upadiśatastasmin samaye yājakā mandirasya senāpatayaḥ sidūkīgaṇaśca
2 पत्रुस र यूहन्नाले मानिसहरूलाई येशूको बारेमा सिकाइरहेका र उहाँको मृत्युबाट पुनरुत्थान हुनुभएको घोषणा गरिरहेका कारण उनीहरूलाई साह्रै गाह्रो भयो ।
tayor upadeśakaraṇe khrīṣṭasyotthānam upalakṣya sarvveṣāṁ mṛtānām utthānaprastāve ca vyagrāḥ santastāvupāgaman|
3 उनीहरूले तिनीहरूलाई पक्रे र अर्को बिहानसम्मका लागि झ्यालखानामा हालिदिए, किनभने त्यतिबेला साँझ परिसकेको थियो ।
tau dhṛtvā dināvasānakāraṇāt paradinaparyyanantaṁ ruddhvā sthāpitavantaḥ|
4 तर सन्देश सुनेका मानिसहरूमध्ये धेरै जनाले विश्वास गरे र विश्वास गर्ने मानिसहरूको सङ्ख्या करिब पाँच हजार थियो ।
tathāpi ye lokāstayorupadeśam aśṛṇvan teṣāṁ prāyeṇa pañcasahasrāṇi janā vyaśvasan|
5 अर्को दिन तिनीहरूका शासकहरू, एल्डरहरू र शास्त्रीहरू यरूशलेममा जम्मा भए ।
pare'hani adhipatayaḥ prācīnā adhyāpakāśca hānananāmā mahāyājakaḥ
6 प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना, अलेक्जेन्डर र प्रधान पूजाहारीका अरू सबै आफन्तहरू त्यहाँ थिए ।
kiyaphā yohan sikandara ityādayo mahāyājakasya jñātayaḥ sarvve yirūśālamnagare militāḥ|
7 जब उनीहरूले पत्रुस र यूहन्नालाई उनीहरूका माझमा राखे तब उनीहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले कुन शक्ति वा कुन नाउँमा यसो गरेका हौ?”
anantaraṁ preritau madhye sthāpayitvāpṛcchan yuvāṁ kayā śaktayā vā kena nāmnā karmmāṇyetāni kuruthaḥ?
8 अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, “हे जनताहरूका शासकहरू र एल्डरहरू हो,
tadā pitaraḥ pavitreṇātmanā paripūrṇaḥ san pratyavādīt, he lokānām adhipatigaṇa he isrāyelīyaprācīnāḥ,
9 यदि यो मानिसलाई कसरी ठिक पारियो भनी यो बिरामी मानिसलाई गरेको असल कामको बारेमा आज हामीलाई नै प्रश्न गरिदैँछ भने,
etasya durbbalamānuṣasya hitaṁ yat karmmākriyata, arthāt, sa yena prakāreṇa svasthobhavat tacced adyāvāṁ pṛcchatha,
10 तपाईंहरू सबै र इस्राएलका सबै मानिसहरूलाई यो थाहा होस् कि, तपाईंहरूले क्रुसमा टाँग्नुभएका र परमेश्वरले मृत्युबाट जीवित पार्नुभएका नासरतका येशू ख्रीष्टको नाउँद्वारा नै भएको हो कि यो मानिस तपाईंहरूको बिचमा यहाँ स्वस्थ भएर उभिएको छ ।
tarhi sarvva isrāyelīyalokā yūyaṁ jānīta nāsaratīyo yo yīśukhrīṣṭaḥ kruśe yuṣmābhiravidhyata yaśceśvareṇa śmaśānād utthāpitaḥ, tasya nāmnā janoyaṁ svasthaḥ san yuṣmākaṁ sammukhe prottiṣṭhati|
11 येशू ख्रीष्ट त्यो ढुङ्गा हुनुहुन्छ जसलाई तपाईं घर निर्माणकर्ताहरूले इन्कार गर्नुभयो तर उहाँ नै मुख्य कुनेढुङ्गा हुनुभयो ।
nicetṛbhi ryuṣmābhirayaṁ yaḥ prastaro'vajñāto'bhavat sa pradhānakoṇasya prastaro'bhavat|
12 अरू कुनै व्यक्तिमा मुक्ति छैन किनभने हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन ।”
tadbhinnādaparāt kasmādapi paritrāṇaṁ bhavituṁ na śaknoti, yena trāṇaṁ prāpyeta bhūmaṇḍalasyalokānāṁ madhye tādṛśaṁ kimapi nāma nāsti|
13 जब तिनीहरूले पत्रुस र यूहन्नाको साहस देखे र महसुस गरे कि उनीहरू साधारण र आशिक्षित मानिसहरू थिए, तब पत्रुस र यूहन्ना येशूसँगै रहने गर्दथे भन्ने कुरा थाहा पाएर तिनीहरू छक्क परे ।
tadā pitarayohanoretādṛśīm akṣebhatāṁ dṛṣṭvā tāvavidvāṁsau nīcalokāviti buddhvā āścaryyam amanyanta tau ca yīśoḥ saṅginau jātāviti jñātum aśaknuvan|
14 उनीहरूले त्यो निको भएको मानिस तिनीहरूसँगै उभिरहेको देखेको कारण तिनीहरूका विरुद्ध केही बोल्न सकेनन् ।
kintu tābhyāṁ sārddhaṁ taṁ svasthamānuṣaṁ tiṣṭhantaṁ dṛṣṭvā te kāmapyaparām āpattiṁ karttaṁ nāśaknun|
15 तर प्रेरितहरूलाई परिषद् बैठक छोड्न आज्ञा दिएपछि उनीहरू एकआपसमा कुरा गर्न थाले ।
tadā te sabhātaḥ sthānāntaraṁ gantuṁ tān ājñāpya svayaṁ parasparam iti mantraṇāmakurvvan
16 उनीहरूले भने, “यी मानिसहरूलाई हामी के गरौँ? किनकि तिनीहरूद्वारा गरिएको उल्लेखनीय आश्चर्यकर्मको वास्तविकता यरूशलेममा बस्ने हरेक मनिसलाई थाहा छ; हामी यसलाई इन्कार गर्न सक्दैनौँ ।
tau mānavau prati kiṁ karttavyaṁ? tāvekaṁ prasiddham āścaryyaṁ karmma kṛtavantau tad yirūśālamnivāsināṁ sarvveṣāṁ lokānāṁ samīpe prākāśata tacca vayamapahnotuṁ na śaknumaḥ|
17 तर यो कुरा अझ बढी मानिसहरू बिचमा नफैलियोस् भनेर तिनीहरूलाई यो नाउँमा अब उसो कसैसँग पनि नबोल्नू भनी चेताउनी दिऔँ ।”
kintu lokānāṁ madhyam etad yathā na vyāpnoti tadarthaṁ tau bhayaṁ pradarśya tena nāmnā kamapi manuṣyaṁ nopadiśatam iti dṛḍhaṁ niṣedhāmaḥ|
18 तिनीहरूले पत्रुस र यूहन्नालाई भित्र बोलाए र येशूको नाउँमा बोल्दै नबोल्नू न त शिक्षा नै दिनू भनी आज्ञा दिए ।
tataste preritāvāhūya etadājñāpayan itaḥ paraṁ yīśo rnāmnā kadāpi kāmapi kathāṁ mā kathayataṁ kimapi nopadiśañca|
19 तर पत्रुस र यूहन्नाले उनीहरूलाई जवाफ दिए र भने, “परमेश्वरको नजरमा उहाँको भन्दा बढी तपाईंहरूको आज्ञापालन गर्नु उचित हो कि होइन, तपाईंहरू नै न्याय गर्नुहोस् ।
tataḥ pitarayohanau pratyavadatām īśvarasyājñāgrahaṇaṁ vā yuṣmākam ājñāgrahaṇam etayo rmadhye īśvarasya gocare kiṁ vihitaṁ? yūyaṁ tasya vivecanāṁ kuruta|
20 किनकि हामीले देखेका र सुनेका कुराहरूको बारेमा हामी नबोली रहन सक्दैनौँ ।”
vayaṁ yad apaśyāma yadaśṛṇuma ca tanna pracārayiṣyāma etat kadāpi bhavituṁ na śaknoti|
21 अझ बढी चेताउनी दिएपछि उनीहरूले पत्रुस र यूहन्नालाई जान दिए । उनीहरूले तिनीहरूलाई दण्ड दिनको निम्ति कुनै पनि दोष भेट्टाउन सकेनन्, किनभने तिनीहरूले जे गरेका थिए त्यसको निम्ति मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए ।
yadaghaṭata tad dṛṣṭā sarvve lokā īśvarasya guṇān anvavadan tasmāt lokabhayāt tau daṇḍayituṁ kamapyupāyaṁ na prāpya te punarapi tarjayitvā tāvatyajan|
22 यो चंगाइको आश्चर्यकर्म अनुभव गर्ने मानिस चालिस वर्षभन्दा माथिका थिए ।
yasya mānuṣasyaitat svāsthyakaraṇam āścaryyaṁ karmmākriyata tasya vayaścatvāriṁśadvatsarā vyatītāḥ|
23 तिनीहरूलाई स्वतन्त्र छोडेपछि, पत्रुस र यूहन्ना आफ्नै मानिसहरूकहाँ आए र प्रधान पूजाहारीहरू र एल्डरहरूले तिनीहरूलाई भनेका सबै कुराको प्रतिवेदन दिए ।
tataḥ paraṁ tau visṛṣṭau santau svasaṅgināṁ sannidhiṁ gatvā pradhānayājakaiḥ prācīnalokaiśca proktāḥ sarvvāḥ kathā jñāpitavantau|
24 तिनीहरूले यो सुनेपछि आफ्ना आवाज परमेश्वरमा एकसाथ उचाले र भने, “हे प्रभु, तपाईं जसले आकास र पृथ्वी र समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो,
tacchrutvā sarvva ekacittībhūya īśvaramuddiśya proccairetat prārthayanta, he prabho gagaṇapṛthivīpayodhīnāṁ teṣu ca yadyad āste teṣāṁ sraṣṭeśvarastvaṁ|
25 तपाईं जो पवित्र आत्माद्वारा तपाईंका सेवक हाम्रा पिता दाऊदको मुखद्वारा बोल्नुभयो, ‘अरू जातिहरू किन क्रोधित भए र मानिसहरूले अर्थहीन कुराहरू कल्पना गरे?
tvaṁ nijasevakena dāyūdā vākyamidam uvacitha, manuṣyā anyadeśīyāḥ kurvvanti kalahaṁ kutaḥ| lokāḥ sarvve kimarthaṁ vā cintāṁ kurvvanti niṣphalāṁ|
26 परमप्रभु र उहाँका ख्रीष्टको विरुद्धमा पृथ्वीका राजाहरू एक मत भए र शासकहरू एकसाथ भेला भए ।
parameśasya tenaivābhiṣiktasya janasya ca| viruddhamabhitiṣṭhanti pṛthivyāḥ patayaḥ kutaḥ||
27 वास्तवमा, गैरयहूदीहरू र इस्राएलका मानिसहरूसँगै हेरोद र पन्तियस पिलातस दुवै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए ।
phalatastava hastena mantraṇayā ca pūrvva yadyat sthirīkṛtaṁ tad yathā siddhaṁ bhavati tadarthaṁ tvaṁ yam athiṣiktavān sa eva pavitro yīśustasya prātikūlyena herod pantīyapīlāto
28 तपाईंको बाहुली र इच्छाले यो हुनुभन्दा पहिले नै निर्णय गर्नुभएको सबै कुरा गर्नलाई तिनीहरू सँगसँगै भेला भए ।
'nyadeśīyalokā isrāyellokāśca sarvva ete sabhāyām atiṣṭhan|
29 हे प्रभु, अब तिनीहरूका चेताउनीलाई हेर्नुहोस् र तपाईंका सेवकहरूलाई तपाईंको वचन पुरा साहससित बोल्न दिनुहोस् ।
he parameśvara adhunā teṣāṁ tarjanaṁ garjanañca śṛṇu;
30 ताकि जब तपाईंले निको पार्नका लागि आफ्नो हात पसार्नुहुन्छ तपाईंका पवित्र सेवक येशूको नाउँद्वारा चिन्हहरू र आश्चर्यहरू होऊन् ।”
tathā svāsthyakaraṇakarmmaṇā tava bāhubalaprakāśapūrvvakaṁ tava sevakān nirbhayena tava vākyaṁ pracārayituṁ tava pavitraputrasya yīśo rnāmnā āścaryyāṇyasambhavāni ca karmmāṇi karttuñcājñāpaya|
31 तिनीहरूले प्रार्थना गरेर सिध्याएपछि तिनीहरू भेला भएको ठाउँ हल्लियो र तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले परमेश्वरको वचन साहससित बोले ।
itthaṁ prārthanayā yatra sthāne te sabhāyām āsan tat sthānaṁ prākampata; tataḥ sarvve pavitreṇātmanā paripūrṇāḥ santa īśvarasya kathām akṣobheṇa prācārayan|
32 विश्वास गर्नेहरूको त्यो ठुलो समूह एउटै हृदय र आत्माका थिए; तिनीहरूमध्ये कसैले पनि आफूसँग भएको कुनै पनि थोक वास्तवमा उसको आफ्नो हो भनेनन्, तर तिनीहरूका सबै थोक साझा थिए ।
aparañca pratyayakārilokasamūhā ekamanasa ekacittībhūya sthitāḥ| teṣāṁ kepi nijasampattiṁ svīyāṁ nājānan kintu teṣāṁ sarvvāḥ sampattyaḥ sādhāraṇyena sthitāḥ|
33 ठुलो शक्तिसाथ प्रेरितहरूले प्रभु येशूको पुनरुत्थानको बारेमा गवाही घोषणा गर्दैथिए र उनीहरू सबैमाथि ठुलो अनुग्रह थियो ।
anyacca preritā mahāśaktiprakāśapūrvvakaṁ prabho ryīśorutthāne sākṣyam adaduḥ, teṣu sarvveṣu mahānugraho'bhavacca|
34 तिनीहरूमध्ये कुनै थोकको अभाव भएको कुनै एक व्यक्ति पनि थिएन किनभने तिनीहरू सबैले आफूसँग भएका जग्गाहरू र घरहरू बेचेर आएका पैसा ल्याउँथे
teṣāṁ madhye kasyāpi dravyanyūnatā nābhavad yatasteṣāṁ gṛhabhūmyādyā yāḥ sampattaya āsan tā vikrīya
35 र प्रेरितहरूका पाउमा राखिदिन्थे र आवश्यकतापरेअनुसार हरेक विश्वसीलाई वितरण गरिन्थ्यो ।
tanmūlyamānīya preritānāṁ caraṇeṣu taiḥ sthāpitaṁ; tataḥ pratyekaśaḥ prayojanānusāreṇa dattamabhavat|
36 साइप्रसबाट आएका योसेफ नाउँका एक जना मानिस थिए जो लेवी कुलका थिए जसलाई प्रेरितहरूले बारनाबास (जसको अर्थ उत्साहको पुत्र हुन्छ) नाउँ राखिदिएका थिए ।
viśeṣataḥ kupropadvīpīyo yosināmako levivaṁśajāta eko jano bhūmyadhikārī, yaṁ preritā barṇabbā arthāt sāntvanādāyaka ityuktvā samāhūyan,
37 उनीसँग भएको जमिन उनले बेचे र त्यसको पैसा ल्याएर प्रेरितहरूको पाउमा राखिदिए ।
sa jano nijabhūmiṁ vikrīya tanmūlyamānīya preritānāṁ caraṇeṣu sthāpitavān|