< प्रेरित 3 >
1 अब पत्रुस र यूहन्ना प्रार्थना गर्ने समयको नवौँ घडीमा मन्दिरतिर जाँदै थिए ।
A Peter in Janez sta šla vkupej gor v tempelj ob uri molitve, ob devetih.
2 त्यहाँ एक जना जन्मैदेखि हिँड्न नसक्ने मानिसलाई हरेक दिन ल्याउने गरिन्थ्यो र तिनलाई मन्दिरको सुन्दर नाउँको ढोकामा राखिन्थ्यो, ताकि ती व्यक्तिले त्यस मन्दिरमा गएका मानिसहरूसँग भिक्षा माग्न सकून् ।
In nosili so nekega moža, kteri je hrom bil iz telesa matere svoje; in pokladali so ga vsak dan pred tempeljnova vrata, ktera se imenujejo Lepa, da je prosil miloščine od teh, kteri so hodili v tempelj.
3 जब तिनले पत्रुस र यूहन्नालाई त्यस मन्दिरमा जान लागेका देखे, तिनले उनीहरूसँग भिक्षा मागे ।
Ta, videvši Petra in Janeza, da hočeta iti v tempelj, prosil je, da bi prejel miloščine.
4 पत्रुस र यूहन्नाले तिनीतर्फ नजर अडाएर भने, “हामीलाई हेर ।”
Peter pa, pogledavši na-nj z Janezom, reče: Poglej na naju!
5 ती मानिसले उनीहरूबाट केही चिज प्राप्त गर्ने आशा राखेर उनीहरूलाई हेरे ।
In on je gledal na nju, misleč, da bo kaj prejel od nju.
6 तर पत्रुसले भने “मसँग सुन र चाँदी छैन, तर जे मसँग छ त्यो मैले तिमीलाई दिनेछु । नासरतका येशू ख्रीष्टको नाउँमा हिँड ।”
Peter pa reče: Srebra in zlata nimam; kar pa imam, to ti dam. V ime Jezusa Kristusa Nazarečana, vstani in hodi!
7 पत्रुसले तिनको दाहिने हात समाए र तिनलाई उठाए र तुरुन्तै तिनको गोडा र गोलिगाँठोको हड्डीमा बल प्राप्त भयो ।
In prijemši ga za desno roko, vzdigne ga: in precej so se utrdila stopala njegova in gležnji.
8 ती मानिस उफ्रँदै उठे र हिँड्नलाई सुरु गरे, अनि पत्रुस र यूहन्नासँगै हिँड्दै, उफ्रँदै र परमेश्वरको प्रशंसा गर्दै मन्दिरभित्र प्रवेश गरे ।
In poskočivši, stal je in hodil, in vnide ž njima v tempelj, hodeč in poskakujoč in hvaleč Boga.
9 सबै मानिसहरूले तिनलाई हिँडिरहेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे ।
In videlo ga je vse ljudstvo da hodi in hvali Boga;
10 तिनीहरूले देखे कि तिनी त्यही मानिस थिए जो त्यस मन्दिरको सुन्दर ढोकामा भिक्षा माग्नलाई बस्दै आइरहेका थिए र तिनमा भएका कुराले तिनीहरू आश्चर्य र विस्मयले भरिएका थिए ।
In poznali so ga, da je tisti, ki je za voljo miloščine sedel pri Lepih vratih tempeljnovih in napolnijo se strmenja in groze nad tem, kar mu se je prigodilo.
11 तिनले पत्रुस र यूहन्नाको हात समाइरहँदा, सबै मानिसहरू अति चकित हुँदै तिनीहरू भएका सोलोमनको दलानतर्फ दगुरे ।
Ko se je pa hromi ta, ki je bil ozdravel, držal Petra in Janeza, priteče k njim vse ljudstvo v lopo, ki se imenuje Solomonova, in strmeli so.
12 जब पत्रुसले यो देखे, तब उनले मानिसहरूलाई जवाफ दिए, “हे इस्राएलका मानिसहरू हो, तपाईंहरू किन आश्चर्यचकित हुनुभएको छ? किन तपाईंहरूले तिनलाई हामीले आफ्नै शक्ति वा धार्मिकताले हिँड्ने बनाएको जस्तै गरी हामीलाई एक टकले हेरिरहनुभएको छ?
Videč pa to Peter, odgovorí ljudstvu: Možjé Izraelci! kaj se čudite temu, ali kaj naju gledate, kakor da bi bila s svojo močjó ali oblastjo storila, da ta hodi?
13 अब्राहाम, इसहाक र याकूब हाम्रा पूर्खाका परमेश्वरले उहाँका सेवक येशूलाई महिमित पार्नुभएको छ । उहाँ नै हुनुहुन्छ जसलाई तपाईंहरूले पिलातसकहाँ सुम्पनुभयो र तिनले उहाँलाई छोड्ने निर्णय गर्दा पनि तपाईंहरूले तिनको सामु उहाँलाई इन्कार गर्नुभयो ।
Bog Abrahamov, in Izakov, in Jakobov, Bog očetov naših oslavil je sina svojega Jezusa, kterega ste vi izdali, in zatajili ga pred obličjem Pilatovim, ko je on sodil, naj se izpustí.
14 तपाईंले पवित्र र धर्मी जनलाई इन्कार गर्नुभयो र उहाँको सट्टामा तपाईंहरूले एउटा हत्यारालाई छोडिदिन आग्रह गर्नुभयो ।
A vi ste svetnika in pravičnega zatajili, in prosili ste, naj vam dá ubijalca.
15 तपाईंहरूले जीवनका राजकुमारको हत्या गर्नुभयो जसलाई परमेश्वरले मृत्युबाट उठाउनुभयो, र हामी यसको साक्षी छौँ ।
A začetnika življenja ste umorili, kterega je Bog obudil iz mrtvih, čemur smo mi priče.
16 अब उहाँको नाउँमाथिको विश्वासले यी मानिसलाई बलियो बनायो, जसलाई तपाईंले देख्नु र जान्नुहुन्छ । येशूप्रति यिनको विश्वासले यिनलाई तपाईंहरू सबैको सामुन्ने पूर्ण स्वास्थ्य प्रदान गरेको छ ।
In za voljo vere v ime njegovo je tega, ki ga vidite in poznate, utrdilo ime njegovo; in vera, ki je po njem, dala mu je popolno to zdravje vpričo vseh vas.
17 अब भाइहरू हो, तपाईंहरूले तपाईंका शासकहरूलेझैँ अज्ञानतामा कार्य गर्नुभएको कुरा म जान्दछु ।
Ali sedaj, bratje, vém, da ste iz nevednosti storili, kakor tudi poglavarji vaši.
18 तर उहाँका ख्रीष्टले दु: ख भोग्नुपर्छ भनी ती सबै अगमवक्ताहरूका मुखबाट परमेश्वरले पहिले नै बताउनुभएको थियो जुन कुरा उहाँले अहिले पुरा गर्नुभएको छ ।
Bog pa, kar je bil naprej oznanil z ustmi vseh prerokov svojih, da bo Kristus trpel, dopolnil je tako.
19 त्यसकारण, पश्चाताप गर्नुहोस् र फर्कनुहोस् ताकि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट ताजा बनाउने समय आओस् ।
Spokorite se torej in izpreobrnite, da se izbrišejo grehi vaši: da pridejo časi ohlajenja od obličja Gospodovega,
20 र उहाँले नियुक्त भइसक्नुभएका ख्रीष्ट येशूलाई तपाईंहरूका निम्ति पठाउन सक्नुहुनेछ ।
In pošlje oznanjenega vam Jezusa Kristusa,
21 सबै कुराहरूको पुनर्स्थापना नभएसम्म उहाँलाई स्वर्गले ग्रहण गर्नुपर्छ, जसको बारेमा परमेश्वरले उहाँका पवित्र अगमवक्ताहरूद्वारा धेरै पहिले देखि बोल्नु भयो । (aiōn )
Kterega mora sicer nebo sprejeti do časov, ko se uravna vse, kar je Bog povedal z ustmi svetih prerokov svojih od nekedaj. (aiōn )
22 वास्तवमा मोशाले यसो भने, ‘परमप्रभुले तिमीहरूका दाजुभाइहरूका बिचबाट मजस्तै अगमवक्तालाई खडा गर्नुहुनेछ । उहाँले तिमीहरूलाई भन्नुहुने सबै कुराहरू तिमीहरूले सुन्नुपर्छ ।
Mojzes namreč je rekel očakom: "Preroka vam bo zbudil Gospod Bog vaš izmed bratov vaših, kakor mene; njega poslušajte v vsem, karkoli vam bo govoril.
23 ती अगमवक्ताले भनेको नसुन्ने हरेक व्यक्तिलाई मानिसहरूका बिचबाट पूर्ण रूपमा नाश गरिनेछ ।’
Bo pa, da vsaka duša, ktera ne bo poslušala tega preroka, iztrebila se bo iz ljudstva."
24 हो, शमूएलदेखिका र उनीपछि आएका सबै अगमवक्ताहरूले यी दिनहरूका बारेमा घोषणा गरे ।
Pa tudi vsi preroki od Samuela in po tem, kolikorkoli jih je govorilo, oznanili so te dní.
25 तपाईंहरू अगमवक्ताका र परमेश्वरले तपाईंहरूका पुर्खाहरूसँग गर्नुभएको करारका पुत्रहरू हुनुहुन्छ, जसरी उहाँले अब्राहामलाई भन्नुभयो, ‘तिम्रो सन्तानद्वारा नै यस पृथ्वीका सबै परिवारहरू आशिषित हुनेछन् ।’
Vi ste sinovi prerokov in zaveze, ktero je storil Bog z očaki našimi, govoreč Abrahamu: "In v semenu tvojem se bodo blagoslovili vsi narodi zemlje."
26 परमेश्वरले आफ्ना सेवकलाई उठाउनु भएपछि तपाईंहरूमध्ये हरेकलाई तपाईंहरूको दुष्टताबाट फर्काएर तपाईंहरूलाई आशिष् दिनलाई उहाँलाई पहिला तपाईंहरूकहाँ पठाउनुभयो ।”
Vam najprej je zbudil Bog sina svojega Jezusa, in poslal, da vas blagoslovi, da se vsak od vas obrne od hudobij svojih.