< प्रेरित 28 >
1 हामीलाई सुरक्षित तरिकाले ल्याइएको टापुको नाम माल्टा रहेछ भन्ने कुरा हामीले जान्यौँ ।
Kane wasechopo e lowo motwo ka wangima, ne wayudo ni chulano iluongo ni Malta.
2 ती स्थानीय मानिसहरूले सामान्य खालको दया मात्र देखाएनन्, निरन्तर पानी परेर जाडो भएको हुनाले तिनीहरूले आगो बालेर हामी सबै जनालाई स्वागत पनि गरे ।
Joma nodak e chulano norwakowa duto gi ngʼwono mathoth, mi gimokonwa mach mondo wao, nikech koth ne chue kendo piny ne ngʼich.
3 तर जब पावलले एक बिटा दाउरा जम्मा गरे, र त्यसलाई आगोमा हाले, तापले गर्दा एउटा विषालु सर्प निस्केर उनको हातमा बेरियो ।
Paulo nodondo yien moko mokelo mondo omedi e mach, to kane oyudo oketo yien-go e mach, thuol moro ne liet mar mach ogolo momoko e lwete.
4 जब त्यहाँको स्थानीय मानिसहरूले उनको हातमा त्यो प्राणी झुण्डीरहेको देखे, तब तिनीहरूले एक आपसमा यसो भने, “यो मानिस पक्का पनि हत्यारा हो, जो समुद्रबाट उम्केको थियो, तापनि इन्साफले उसलाई जिउन दिएन ।
Kane jo-chulano oneno ka thuol oliero e lwet Paulo, ne giwuoyo kendgi kagiwacho niya, “Ngʼatni nyaka bed ni en janek, mano emomiyo kata obedo ni osetony e nam, to bura mar tho mongʼadne pod luwe.”
5 तब उनले त्यो प्राणीलाई आगोमा झट्कारी दिए र कुनै हानी भोगेनन् ।
To Paulo notengʼo thuondno oko molwar e mach, kendo onge gima notime.
6 तिनीहरूले उनलाई हनहनी ज्वरो आउँछ होला भनेर हेरिरहेका थिए, वा तिनी अचानक मर्छन् होला भन्ने ठानेका थिए । तर तिनीहरूले उनलाई लामो समयसम्म हेरिसकेपछि, उनलाई कुनै पनि असामान्य कुरा नभएको देखे, र तिनीहरूले आफ्नो विचारलाई परिवर्तन गरेर उनी त ईश्वर रहेछन् भने ।
Jogo ne geno ni lwete biro kuot, kata ni nobiro gore piny apoya mi otho, to negirito gamingʼa mi ok gineno gima otime. Eka negiloko pachgi mi giwacho ni Paulo en nyasaye.
7 त्यसको नजिकैको स्थानमा, पब्लियस नाम गरेको त्यस टापुको मुख्य मानिसको जमिन थियो । उनले हामीलाई स्वागत गरे, र दयाका साथ हामीलाई तिन दिनसम्म बन्दोबस्त गरिदिए ।
But kama newantiereno ne nitie puothe madongo mag ruodh chulano miluongo ni Publio. Ruodhno norwakowa, moritowa maber kaka wende kuom ndalo adek.
8 पब्लियसका बुबा ज्वरो र आऊँले गर्दा बिरामी परेका थिए । जब पावल उनी भएको ठाउँमा गए, उनले प्रार्थना गरे, उनी माथि हात राखे र उनलाई निको पारे ।
To wuon-gi nonindo e kitanda nikech notuo, ka en gi midhusi, kendo nodiewo. Paulo nodonjo kama noninde mondo onene, to bangʼ koselamone, noketo lwete kuome mochange.
9 यस्तो घटना भइसके पछि, त्यस टापुमा रहेका बिरामी मानिसहरू पनि उनीकहाँ आए, र सबै निको पारिए ।
Kane mano osetimore, joma tuo duto mane ni e chulano nobiro moyudo chang.
10 ती मानिसहरूले धेरै सम्मानका साथ हाम्रो आदर गरे । जब हामीले जहाजको यात्राको लागि तयारी गरिरहेका थियौँ, तिनीहरूले हामीलाई खाँचो परेका सबै थोकहरू दिए ।
Joma nodak e chulano nomiyowa luor e yore mangʼeny kendo kane koro wadwaro aa, ne gikowowa gi gige konyruok duto mane wachando.
11 तिन महिना पछि त्यस टापुमा हामीले अलेक्जेन्ड्रियाको जहाजमा यात्रा सुरू गर्यौँ, जुन हिउँदमा यसै टापुमा थियो, र त्यसमा जुम्ल्याहा दाजुभाइको तस्विर थियो ।
Bangʼ ka dweche adek nosekalo, ne waidho yie moro mane osebedo karito kanyo e ndalo chwiri. Ne en yie ja-Aleksandria mane oket ne kido mag nyiseche ariyo ma rude, miluongo ni, Kasta gi Poluko.
12 साइराक्युस शहरमा पुगिसकेपछि त्यहाँ हामी तीन दिन बस्यौँ ।
Ne wakwangʼ waa kanyo nyaka wachopo Sirakusa, kendo kuno ne wabede kuom ndalo adek.
13 हामी त्यहाँबाट यात्रा गरेर रेगीयमको शहरमा आइपुग्यौँ । त्यसको एक दिनपछि दक्षिणी बतास चल्यो, र त्यसको दुई दिनपछि पटेओली भन्ने शहरमा आइपुग्यौँ।
Kane waa kanyo, ne wakwangʼ mi wachopo Regiam, to kinyne, ka yamb milambo nochako kudho, ne wadhi nyime nyaka ne wachopo Puteoli, bangʼ kwangʼ kuom ndalo ariyo.
14 त्यहाँ हामीले केही भाइहरूलाई भेट्टायौँ, जसले हामीलाई सात दिनसम्म त्यहाँ रहनको लागि निमन्त्रणा दिए । यसरी हामी रोम आइपुग्यौँ ।
Puteoli kanyo ne wayude owete moko ma norwakowa mondo wadag kodgi kuom juma achiel. Bangʼe ne wamedo kwangʼ nyaka Rumi.
15 हाम्रो बारेमा सुनेर त्यहाँ रहेका दाजुभाइहरू हामीलाई भेट्न आप्पियासको बजार र तिन भट्टीसम्म आए । जब पावलले ती दाजुभाइहरूलाई देखे, उनले परमेश्वरलाई धन्यवाद दिए र उत्साहित भए ।
Owete man kuno nosewinjo wach birowa, omiyo ne giwuotho mi gichweyo nyaka Chiro mar Apio, to moko noromonwa kama iluongo ni Tres Tabernae, tiende ni ute adek mag bworo. Kane Paulo oneno jogi, nogoyo ne Nyasaye erokamano, kendo noyudo jip mi chunye noduogo.
16 जब हामी रोममा प्रवेश गर्यौँ, पावललाई एक जना सिपाहीको रेखदेखमा एक्लै बस्ने अनुमति दिइयो ।
Kane wachopo Rumi, Paulo noyudo thuolo mar dak e ode kende gi askari marite.
17 तब यसको तिन दिनपछि, पावलले यहूदीहरूका अगुवाहरूलाई एकसाथ बोलाए । जब तिनीहरूसँगसँगै आइपुगे उनले तिनीहरूलाई भने, “दाजुभाइ हो, यद्यपि मैले मानिसहरूको विरुद्धमा वा पितापुर्खाको रितीरिवाजको विरुद्धमा कुनै पनि काम गरेको छैन, मलाई एक जना कैदीको रूपमा यरूशलेमबाट रोमीहरूको हातमा सुम्पिएको छ ।
Bangʼ bedo Rumi kuom ndalo adek, Paulo noluongo jotend jo-Yahudi mane odak kanyo. To kane gisechokore, nowachonegi niya, “Owetena, kata obedo ni ok asetimo gimoro marach ni jo-Yahudi kata ne timbe machon mag kwerewa, to nomaka Jerusalem moketa e lwet jo-Rumi.
18 तिनीहरूले मलाई प्रश्न गरिसकेपछि, तिनीहरूले मलाई स्वतन्त्र गर्न चाहे, किनकि ममा मृत्युदण्डको सजाय पाउनु पर्ने कुनै पनि कारण थिएन ।
To Bangʼ yala, negidwaro weya, nikech negiyudo ni aonge gi ketho mowinjore gi tho.
19 तर जब यहूदीहरूले तिनीहरूको चाहना विरुद्धमा बोले, तब कैसरकहाँ अपिल गर्न म बाध्य भएँ, तथापि यो मैले मेरो जातिको विरुद्धमा कुनै पनि दोष लगाइरहेको जस्तो थिएन ।
To ka jo-Yahudi nodagi wachno, ne ochuna ni nyaka akwa thuolo mondo abi oyala e buch Kaisar, to ne ok atimo mano nikech an gi wach moro gi jo-Yahudi wetena.
20 तब मेरो अपिलको कारणले गर्दा मैले तपाईंहरूलाई भेट्न, र कुराकानी गर्न बोलाएको हुँ । इस्राएल जे कुराको निम्ति दृढ छ, त्यसैको निम्ति म साङ्लाले बाँधिएको छु ।
Mano emomiyo asekwayo mondo ubi awuoye kodu matin. En mana nikech geno mar jo-Israel emomiyo otweya gi nyororo.”
21 तब तिनीहरूले उनलाई भने, “हामीले न त तपाईंको बारेमा यहूदाबाट कुनै पत्र नै प्राप्त गर्यौँ, न त कुनै भाइहरू आएर तपाईंको बारेमा कुनै नराम्रो प्रतिवेदन दिए वा कुनै नराम्रो कुरा गरे ।
Negidwoke niya, “Wan pok wayudo baruwa moro amora moa Judea ma wuoyo kuomi, kendo kata mana owete manyocha oa kuno machiegni pok okelonwa wach moro, kata wacho pok giwachonwa gimoro misetimo marach.
22 तर हामीले यस पन्थको बारेमा के विचार गर्नुहुन्छ भन्ने कुरा तपाईंबाट सुन्न चाहन्छौँ, किनकि यसको विरुद्धमा बोलिन्छ भनेर हामीहरूले जन्दछौँ ।
Kata kamano, wadwaro winjo paroni, nikech wangʼeyo ni ji wuoyo kuom kanyakla marach kuonde duto.”
23 जब उनीहरूले उनको निम्ति एक दिन तोकिदिए, तब उनको बासस्थानमा धेरै मानिसहरू आए । उनले त्यस विषयलाई उनीहरूको सामु प्रस्तुत गरे, र परमेश्वरको राज्यको बारेमा गवाही दिए । उनले तिनीहरूलाई येशू ख्रीष्टको बारेमा मोशा र अगमवक्ताको पुस्तक दुवैबाट बिहानदेखि बेलुकासम्म विश्वस्त पार्ने कोसिस गरे ।
Negichano mondo girom gi Paulo odiechiengʼ moro achiel, kendo ji koro ne medo biro mangʼeny ir Paulo kama nodakie. Chakre okinyi nyaka odhiambo, noleronigi tiend wach pinyruoth Nyasaye. Notimo kamano kotemo loko paro mane gin-go kuom Yesu, kokonyore gi weche mondiki e Chik Musa kod jonabi.
24 कति जना भनिएको कुरामा विश्वस्त भए भने कतिले विश्वास गरेनन् ।
Moko kuomgi norwako wechene, to moko notamore yie.
25 जब तिनीहरू एक अर्कामा सहमत भएनन् तब पावलले यो एउटा वचन बोलिसकेपछि तिनीहरू गए, “पवित्र आत्माले यशैया अगमवक्ताद्वारा तिम्रा पितापुर्खाहरूसँग ठिकै कुरा बोल्नुभयो ।
Ne gipogore e kindgi giwegi mi gichako wuok ka Paulo nowachonegi weche mogik niya, “Roho Maler nowacho adier ni kwereu, kane owuoyo gi dho Isaya janabi, kowacho kama:
26 उनले भने, “यी मानिसहरूकहाँ जा, र भन्, ‘सुन्न त तिमीहरू सुन्नेछौ तर बुझ्दैनौ, देखेर देख्नेछौ तर सजग हुनेछैनौ ।
“‘Dhi ir jogo mondo iwachnegi ni, “Ubiro siko kuwinjo weche miwacho, to wach ok nodonjnu ngangʼ; ubiro siko kungʼicho, to ok unune gimoro.”
27 किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन् । तिनीहरूको कानले मुश्किलसाथ सुनेका छन् । तिनीहरूले आँखा बन्द गरेका छन्, नत्रता तिनीहरूको आँखा सजग हुने थिए, र तिनीहरूका कानले सुन्ने थिए, र तिनीहरूका हृदयले बुझ्ने थिए, र फर्कने थिए र म तिनीहरूलाई निको पार्ने थिएँ ।’
Nikech chuny jogi osedinore; gisedino itgi, kendo gisemiyo wengegi. Nono to dipo ka wengegi oneno, kendo itgi owinjo wach, mi chunygi ofwenyo tiend weche, kendo gidwog ira mi achang-gi!’”
28 त्यसकारण, तिमीले जान्नुपर्ने हुन्छ, कि परमेश्वरको मुक्तिलाई अन्यजातिहरूका निम्ति पठाईएको छ, र तिनीहरूले सुन्नेछन् ।
Paulo notieko kawachonegi niya, “Emomiyo adwaro ni ungʼe ni warruok mar Nyasaye osechopo ni joma ok jo-Yahudi, kendo gibiro rwake!” [
29 (टिपोट: प्रेरित २८:२९- उत्तम प्राचिन पाण्डुलिपिहरूले २९ पदलाई हटाएका छन् ) जब उनले यी कुराहरू भनिसके, तब ती यहूदीहरू ठूलो वाद-विवाद गर्दै बिदा भए ।
Bangʼ wacho mano, jo-Yahudi mane winje nowuok odhi, ka gigoyo mbaka matek e kindgi giwegi.]
30 पावल आफ्नो भाडामा लिएको घरमा पुरा दुई वर्षसम्म बसे, र उनीकहाँ आउने सबैलाई स्वागत गरे ।
Kuom higni ariyo, Paulo nodak e ode owuon mochulo, kendo norwako ji duto mane obiro ire mondo onene.
31 उनले परमेश्वरको राज्यको प्रचार गरिरहेका थिए, र ठुलो साहसका साथ प्रभु येशू ख्रीष्टको बारेमा शिक्षा दिइरहेका थिए । कसैले पनि उनलाई रोकेन ।
Noyalo kuom pinyruoth Nyasaye gichir ma ok ngʼato ogengʼe, kopuonjo ji kuom Ruoth Yesu Kristo.