< प्रेरित 28 >

1 हामीलाई सुरक्षित तरिकाले ल्याइएको टापुको नाम माल्टा रहेछ भन्‍ने कुरा हामीले जान्यौँ ।
ܘܡܢ ܒܬܪܟܢ ܝܠܦܢ ܕܡܠܝܛܐ ܡܬܩܪܝܐ ܗܝ ܓܙܪܬܐ
2 ती स्थानीय मानिसहरूले सामान्य खालको दया मात्र देखाएनन्, निरन्तर पानी परेर जाडो भएको हुनाले तिनीहरूले आगो बालेर हामी सबै जनालाई स्वागत पनि गरे ।
ܘܒܪܒܪܝܐ ܕܥܡܪܝܢ ܗܘܘ ܒܗ ܪܚܡܐ ܤܓܝܐܐ ܚܘܝܘ ܠܘܬܢ ܘܐܘܚܕܘ ܢܘܪܐ ܘܩܪܐܘܢ ܠܟܠܢ ܕܢܫܚܢ ܡܛܠ ܡܛܪܐ ܤܓܝܐܐ ܘܩܘܪܫܐ ܕܐܝܬ ܗܘܐ
3 तर जब पावलले एक बिटा दाउरा जम्मा गरे, र त्यसलाई आगोमा हाले, तापले गर्दा एउटा विषालु सर्प निस्केर उनको हातमा बेरियो ।
ܘܦܘܠܘܤ ܫܩܠ ܤܘܓܐܐ ܕܚܒܘܒܐ ܘܤܡ ܥܠ ܢܘܪܐ ܘܢܦܩܬ ܡܢܗܘܢ ܐܟܕܢܐ ܡܢ ܪܬܚܐ ܕܢܘܪܐ ܘܢܟܬܬ ܒܐܝܕܗ
4 जब त्यहाँको स्थानीय मानिसहरूले उनको हातमा त्यो प्राणी झुण्डीरहेको देखे, तब तिनीहरूले एक आपसमा यसो भने, “यो मानिस पक्‍का पनि हत्यारा हो, जो समुद्रबाट उम्केको थियो, तापनि इन्साफले उसलाई जिउन दिएन ।
ܘܟܕ ܚܙܐܘܗ ܒܪܒܪܝܐ ܕܬܠܝܐ ܒܐܝܕܗ ܐܡܪܝܢ ܗܘܘ ܟܒܪ ܗܢܐ ܓܒܪܐ ܩܛܘܠܐ ܗܘ ܕܟܕ ܐܫܬܘܙܒ ܡܢ ܝܡܐ ܟܐܢܘܬܐ ܠܐ ܫܒܩܬܗ ܕܢܚܐ
5 तब उनले त्यो प्राणीलाई आगोमा झट्कारी दिए र कुनै हानी भोगेनन् ।
ܗܘ ܕܝܢ ܦܘܠܘܤ ܐܢܝܦ ܐܝܕܗ ܘܫܕܗ ܠܐܟܕܢܐ ܒܢܘܪܐ ܘܡܕܡ ܕܤܢܐ ܠܐ ܗܘܝܗܝ
6 तिनीहरूले उनलाई हनहनी ज्‍वरो आउँछ होला भनेर हेरिरहेका थिए, वा तिनी अचानक मर्छन् होला भन्‍ने ठानेका थिए । तर तिनीहरूले उनलाई लामो समयसम्म हेरिसकेपछि, उनलाई कुनै पनि असामान्य कुरा नभएको देखे, र तिनीहरूले आफ्नो विचारलाई परिवर्तन गरेर उनी त ईश्‍वर रहेछन् भने ।
ܤܒܪܝܢ ܗܘܘ ܕܝܢ ܒܪܒܪܝܐ ܕܒܪ ܫܥܬܗ ܡܬܡܤܐ ܘܢܦܠ ܟܕ ܡܝܬ ܥܠ ܐܪܥܐ ܘܟܕ ܥܕܢܐ ܤܓܝܐܐ ܤܟܝܘ ܘܚܙܘ ܕܡܕܡ ܕܤܢܐ ܠܐ ܗܘܝܗܝ ܫܚܠܦܘ ܡܠܝܗܘܢ ܘܐܡܪܘ ܕܐܠܗܐ ܗܘ
7 त्यसको नजिकैको स्थानमा, पब्लियस नाम गरेको त्यस टापुको मुख्य मानिसको जमिन थियो । उनले हामीलाई स्वागत गरे, र दयाका साथ हामीलाई तिन दिनसम्म बन्दोबस्त गरिदिए ।
ܐܝܬ ܗܘܐ ܕܝܢ ܩܘܪܝܐ ܒܗ ܒܗܘ ܐܬܪܐ ܠܓܒܪܐ ܚܕ ܕܫܡܗ ܗܘܐ ܦܘܦܠܝܘܤ ܕܗܘ ܗܘܐ ܪܫܗ ܕܓܙܪܬܐ ܘܩܒܠܢ ܒܒܝܬܗ ܬܠܬܐ ܝܘܡܝܢ ܚܕܝܐܝܬ
8 पब्लियसका बुबा ज्‍वरो र आऊँले गर्दा बिरामी परेका थिए । जब पावल उनी भएको ठाउँमा गए, उनले प्रार्थना गरे, उनी माथि हात राखे र उनलाई निको पारे ।
ܐܒܘܗܝ ܕܝܢ ܕܦܘܦܠܝܘܤ ܒܐܫܬܐ ܘܒܟܐܒ ܡܥܝܐ ܟܪܝܗ ܗܘܐ ܘܥܠ ܠܘܬܗ ܦܘܠܘܤ ܘܨܠܝ ܘܤܡ ܥܠܘܗܝ ܐܝܕܗ ܘܐܚܠܡܗ
9 यस्तो घटना भइसके पछि, त्यस टापुमा रहेका बिरामी मानिसहरू पनि उनीकहाँ आए, र सबै निको पारिए ।
ܘܟܕ ܗܘܬ ܗܕܐ ܐܦ ܫܪܟܐ ܐܝܠܝܢ ܕܐܝܬ ܗܘܘ ܒܗ ܒܓܙܪܬܐ ܟܪܝܗܐ ܩܪܒܝܢ ܗܘܘ ܠܘܬܗ ܘܡܬܐܤܝܢ ܗܘܘ
10 ती मानिसहरूले धेरै सम्मानका साथ हाम्रो आदर गरे । जब हामीले जहाजको यात्राको लागि तयारी गरिरहेका थियौँ, तिनीहरूले हामीलाई खाँचो परेका सबै थोकहरू दिए ।
ܘܐܝܩܪܐ ܪܘܪܒܐ ܝܩܪܘܢ ܘܟܕ ܢܦܩܝܢ ܗܘܝܢ ܡܢ ܬܡܢ ܙܘܕܘܢ
11 तिन महिना पछि त्यस टापुमा हामीले अलेक्जेन्ड्रियाको जहाजमा यात्रा सुरू गर्‍यौँ, जुन हिउँदमा यसै टापुमा थियो, र त्यसमा जुम्ल्याहा दाजुभाइको तस्विर थियो ।
ܢܦܩܢ ܕܝܢ ܒܬܪ ܝܪܚܐ ܬܠܬܐ ܘܪܕܝܢ ܒܐܠܦܐ ܐܠܟܤܢܕܪܝܬܐ ܕܐܤܬܝܬ ܗܘܬ ܒܗ ܒܓܙܪܬܐ ܘܐܝܬ ܗܘܬ ܥܠܝܗ ܐܬܐ ܕܬܐܡܐ
12 साइराक्युस शहरमा पुगिसकेपछि त्यहाँ हामी तीन दिन बस्यौँ ।
ܘܐܬܝܢ ܠܤܪܩܘܤܐ ܡܕܝܢܬܐ ܘܩܘܝܢ ܬܡܢ ܝܘܡܬܐ ܬܠܬܐ
13 हामी त्यहाँबाट यात्रा गरेर रेगीयमको शहरमा आइपुग्यौँ । त्यसको एक दिनपछि दक्षिणी बतास चल्यो, र त्यसको दुई दिनपछि पटेओली भन्‍ने शहरमा आइपुग्यौँ।
ܘܡܢ ܬܡܢ ܐܬܟܪܟܢ ܘܡܢܥܢ ܠܪܓܝܘܢ ܡܕܝܢܬܐ ܘܒܬܪ ܝܘܡܐ ܚܕ ܢܫܒܬ ܠܢ ܪܘܚܐ ܕܬܝܡܢܐ ܘܠܬܪܝܢ ܝܘܡܝܢ ܐܬܝܢ ܠܦܘܛܝܐܠܤ ܡܕܝܢܬܐ ܕܐܝܛܠܝܐ
14 त्यहाँ हामीले केही भाइहरूलाई भेट्टायौँ, जसले हामीलाई सात दिनसम्म त्यहाँ रहनको लागि निमन्‍त्रणा दिए । यसरी हामी रोम आइपुग्यौँ ।
ܘܐܫܟܚܢ ܬܡܢ ܐܚܐ ܘܒܥܘ ܡܢܢ ܘܗܘܝܢ ܠܘܬܗܘܢ ܝܘܡܬܐ ܫܒܥܐ ܘܗܝܕܝܢ ܐܙܠܢ ܠܪܗܘܡܐ
15 हाम्रो बारेमा सुनेर त्यहाँ रहेका दाजुभाइहरू हामीलाई भेट्न आप्पियासको बजार र तिन भट्टीसम्म आए । जब पावलले ती दाजुभाइहरूलाई देखे, उनले परमेश्‍वरलाई धन्यवाद दिए र उत्साहित भए ।
ܘܟܕ ܫܡܥܘ ܐܚܐ ܕܬܡܢ ܢܦܩܘ ܠܐܘܪܥܢ ܥܕܡܐ ܠܫܘܩܐ ܕܡܬܩܪܐ ܐܦܝܘܤ ܦܘܪܘܤ ܘܥܕܡܐ ܠܬܠܬ ܚܢܘܢ ܘܟܕ ܚܙܐ ܐܢܘܢ ܦܘܠܘܤ ܐܘܕܝ ܠܐܠܗܐ ܘܐܬܚܝܠ
16 जब हामी रोममा प्रवेश गर्‍यौँ, पावललाई एक जना सिपाहीको रेखदेखमा एक्लै बस्‍ने अनुमति दिइयो ।
ܘܥܠܢ ܠܪܗܘܡܐ ܘܐܦܤ ܩܢܛܪܘܢܐ ܠܦܘܠܘܤ ܕܢܫܪܐ ܐܝܟܐ ܕܨܒܐ ܥܡ ܐܤܛܪܛܝܘܛܐ ܗܘ ܕܢܛܪ ܗܘܐ ܠܗ
17 तब यसको तिन दिनपछि, पावलले यहूदीहरूका अगुवाहरूलाई एकसाथ बोलाए । जब तिनीहरूसँगसँगै आइपुगे उनले तिनीहरूलाई भने, “दाजुभाइ हो, यद्यपि मैले मानिसहरूको विरुद्धमा वा पितापुर्खाको रितीरिवाजको विरुद्धमा कुनै पनि काम गरेको छैन, मलाई एक जना कैदीको रूपमा यरूशलेमबाट रोमीहरूको हातमा सुम्पिएको छ ।
ܘܡܢ ܒܬܪ ܬܠܬܐ ܝܘܡܝܢ ܫܕܪ ܦܘܠܘܤ ܩܪܐ ܠܪܫܢܝܗܘܢ ܕܝܗܘܕܝܐ ܘܟܕ ܐܬܟܢܫܘ ܐܡܪ ܠܗܘܢ ܓܒܪܐ ܐܚܝ ܐܢܐ ܟܕ ܒܡܕܡ ܠܐ ܩܡܬ ܠܘܩܒܠ ܥܡܐ ܘܢܡܘܤܐ ܕܐܒܗܝ ܒܐܤܘܪܐ ܐܫܬܠܡܬ ܡܢ ܐܘܪܫܠܡ ܒܐܝܕܐ ܕܪܗܘܡܝܐ
18 तिनीहरूले मलाई प्रश्‍न गरिसकेपछि, तिनीहरूले मलाई स्वतन्‍त्र गर्न चाहे, किनकि ममा मृत्युदण्डको सजाय पाउनु पर्ने कुनै पनि कारण थिएन ।
ܘܗܢܘܢ ܟܕ ܫܐܠܘܢܝ ܨܒܘ ܕܢܫܪܘܢܢܝ ܡܛܠ ܕܠܐ ܐܫܟܚܘ ܒܬܪܝ ܪܫܝܢܐ ܡܕܡ ܕܫܘܐ ܠܡܘܬܐ
19 तर जब यहूदीहरूले तिनीहरूको चाहना विरुद्धमा बोले, तब कैसरकहाँ अपिल गर्न म बाध्य भएँ, तथापि यो मैले मेरो जातिको विरुद्धमा कुनै पनि दोष लगाइरहेको जस्तो थिएन ।
ܘܟܕ ܩܝܡܝܢ ܗܘܘ ܠܘܩܒܠܝ ܝܗܘܕܝܐ ܐܬܐܠܨܬ ܕܐܩܥܐ ܒܓܢ ܩܤܪ ܠܐ ܐܝܟ ܐܝܬ ܠܝ ܕܐܩܛܪܓ ܒܡܕܡ ܠܒܢܝ ܥܡܝ
20 तब मेरो अपिलको कारणले गर्दा मैले तपाईंहरूलाई भेट्न, र कुराकानी गर्न बोलाएको हुँ । इस्राएल जे कुराको निम्ति दृढ छ, त्यसैको निम्ति म साङ्लाले बाँधिएको छु ।
ܡܛܠ ܗܢܐ ܒܥܝܬ ܡܢܟܘܢ ܕܬܐܬܘܢ ܘܐܚܙܝܟܘܢ ܘܐܫܬܥܐ ܠܟܘܢ ܗܠܝܢ ܡܛܠ ܤܒܪܐ ܓܝܪ ܕܐܝܤܪܝܠ ܐܤܝܪ ܐܢܐ ܒܫܫܠܬܐ ܗܕܐ
21 तब तिनीहरूले उनलाई भने, “हामीले न त तपाईंको बारेमा यहूदाबाट कुनै पत्र नै प्राप्‍त गर्‍यौँ, न त कुनै भाइहरू आएर तपाईंको बारेमा कुनै नराम्रो प्रतिवेदन दिए वा कुनै नराम्रो कुरा गरे ।
ܐܡܪܝܢ ܠܗ ܗܢܘܢ ܚܢܢ ܐܓܪܬܐ ܥܠܝܟ ܠܐ ܩܒܠܢ ܡܢ ܝܗܘܕ ܘܠܐ ܐܢܫ ܡܢ ܐܚܐ ܕܐܬܘ ܡܢ ܐܘܪܫܠܡ ܐܡܪܘ ܠܢ ܡܕܡ ܕܒܝܫ ܥܠܝܟ
22 तर हामीले यस पन्थको बारेमा के विचार गर्नुहुन्छ भन्‍ने कुरा तपाईंबाट सुन्‍न चाहन्छौँ, किनकि यसको विरुद्धमा बोलिन्छ भनेर हामीहरूले जन्दछौँ ।
ܨܒܝܢܢ ܕܝܢ ܕܢܫܡܥ ܡܢܟ ܡܕܡ ܕܡܬܪܥܐ ܐܢܬ ܡܛܠ ܕܝܘܠܦܢܐ ܗܢܐ ܝܕܥܝܢܢ ܕܥܠ ܐܢܫ ܠܐ ܡܩܒܠ
23 जब उनीहरूले उनको निम्ति एक दिन तोकिदिए, तब उनको बासस्थानमा धेरै मानिसहरू आए । उनले त्यस विषयलाई उनीहरूको सामु प्रस्तुत गरे, र परमेश्‍वरको राज्यको बारेमा गवाही दिए । उनले तिनीहरूलाई येशू ख्रीष्‍टको बारेमा मोशा र अगमवक्‍ताको पुस्तक दुवैबाट बिहानदेखि बेलुकासम्म विश्‍वस्त पार्ने कोसिस गरे ।
ܘܐܩܝܡܘ ܠܗ ܝܘܡܐ ܘܟܢܫܘ ܘܐܬܘ ܠܘܬܗ ܤܓܝܐܐ ܟܪ ܕܫܪܐ ܗܘܐ ܘܓܠܐ ܠܗܘܢ ܥܠ ܡܠܟܘܬܐ ܕܐܠܗܐ ܟܕ ܡܤܗܕ ܘܡܦܝܤ ܠܗܘܢ ܥܠ ܝܫܘܥ ܡܢ ܢܡܘܤܐ ܕܡܘܫܐ ܘܡܢ ܢܒܝܐ ܡܢ ܨܦܪܐ ܘܥܕܡܐ ܠܪܡܫܐ
24 कति जना भनिएको कुरामा विश्‍वस्त भए भने कतिले विश्‍वास गरेनन् ।
ܘܐܢܫܝܢ ܡܢܗܘܢ ܡܬܛܦܝܤܝܢ ܗܘܘ ܠܡܠܘܗܝ ܘܐܚܪܢܐ ܠܐ ܡܬܛܦܝܤܝܢ ܗܘܘ
25 जब तिनीहरू एक अर्कामा सहमत भएनन् तब पावलले यो एउटा वचन बोलिसकेपछि तिनीहरू गए, “पवित्र आत्माले यशैया अगमवक्‍ताद्वारा तिम्रा पितापुर्खाहरूसँग ठिकै कुरा बोल्नुभयो ।
ܘܐܫܬܪܝܘ ܡܢ ܠܘܬܗ ܟܕ ܠܐ ܫܠܡܝܢ ܠܚܕܕܐ ܘܐܡܪ ܠܗܘܢ ܗܘ ܦܘܠܘܤ ܡܠܬܐ ܗܕܐ ܫܦܝܪ ܡܠܠ ܪܘܚܐ ܕܩܘܕܫܐ ܒܦܘܡ ܐܫܥܝܐ ܢܒܝܐ ܠܘܩܒܠ ܐܒܗܬܟܘܢ
26 उनले भने, “यी मानिसहरूकहाँ जा, र भन्, ‘सुन्‍न त तिमीहरू सुन्‍नेछौ तर बुझ्दैनौ, देखेर देख्‍नेछौ तर सजग हुनेछैनौ ।
ܟܕ ܐܡܪ ܕܙܠ ܠܘܬ ܥܡܐ ܗܢܐ ܘܐܡܪ ܠܗܘܢ ܕܫܡܥܐ ܬܫܡܥܘܢ ܘܠܐ ܬܤܬܟܠܘܢ ܘܬܚܙܘܢ ܘܠܐ ܬܒܚܪܘܢ
27 किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन् । तिनीहरूको कानले मुश्किलसाथ सुनेका छन् । तिनीहरूले आँखा बन्द गरेका छन्, नत्रता तिनीहरूको आँखा सजग हुने थिए, र तिनीहरूका कानले सुन्‍ने थिए, र तिनीहरूका हृदयले बुझ्‍ने थिए, र फर्कने थिए र म तिनीहरूलाई निको पार्ने थिएँ ।’
ܐܬܥܒܝ ܠܗ ܓܝܪ ܠܒܗ ܕܥܡܐ ܗܢܐ ܘܡܫܡܥܬܗܘܢ ܐܘܩܪܘ ܘܥܝܢܝܗܘܢ ܥܡܨܘ ܕܠܐ ܢܚܙܘܢ ܒܥܝܢܝܗܘܢ ܘܢܫܡܥܘܢ ܒܐܕܢܝܗܘܢ ܘܢܤܬܟܠܘܢ ܒܠܒܗܘܢ ܘܢܬܘܒܘܢ ܠܘܬܝ ܘܐܫܒܘܩ ܠܗܘܢ
28 त्यसकारण, तिमीले जान्‍नुपर्ने हुन्छ, कि परमेश्‍वरको मुक्‍तिलाई अन्यजातिहरूका निम्ति पठाईएको छ, र तिनीहरूले सुन्‍नेछन् ।
ܬܬܝܕܥ ܠܟܘܢ ܗܟܝܠ ܗܕܐ ܕܠܥܡܡܐ ܗܘ ܐܫܬܕܪ ܗܢܐ ܦܘܪܩܢܐ ܕܐܠܗܐ ܗܢܘܢ ܓܝܪ ܐܦ ܫܡܥܝܢ ܠܗ
29 (टिपोट: प्रेरित २८:२९- उत्तम प्राचिन पाण्डुलिपिहरूले २९ पदलाई हटाएका छन् ) जब उनले यी कुराहरू भनिसके, तब ती यहूदीहरू ठूलो वाद-विवाद गर्दै बिदा भए ।
ܘܟܕ ܗܠܝܢ ܐܡܪ ܢܦܩܘ ܝܗܘܕܝܐ ܘܤܓܝ ܕܪܫܝܢ ܗܘܘ ܒܝܢܬܗܘܢ
30 पावल आफ्नो भाडामा लिएको घरमा पुरा दुई वर्षसम्म बसे, र उनीकहाँ आउने सबैलाई स्वागत गरे ।
ܘܐܓܪ ܠܗ ܦܘܠܘܤ ܡܢ ܕܝܠܗ ܒܝܬܐ ܘܗܘܐ ܒܗ ܬܪܬܝܢ ܫܢܝܢ ܘܡܩܒܠ ܗܘܐ ܬܡܢ ܠܟܠܗܘܢ ܐܝܠܝܢ ܕܐܬܝܢ ܗܘܘ ܠܘܬܗ
31 उनले परमेश्‍वरको राज्यको प्रचार गरिरहेका थिए, र ठुलो साहसका साथ प्रभु येशू ख्रीष्‍टको बारेमा शिक्षा दिइरहेका थिए । कसैले पनि उनलाई रोकेन ।
ܘܡܟܪܙ ܗܘܐ ܥܠ ܡܠܟܘܬܗ ܕܐܠܗܐ ܘܡܠܦ ܗܘܐ ܥܝܢ ܒܓܠܐ ܥܠ ܡܪܢ ܝܫܘܥ ܡܫܝܚܐ ܕܠܐ ܟܠܝܢ

< प्रेरित 28 >