< प्रेरित 27 >

1 जब हामीले इटालीको यात्रा गर्नुपर्छ भन्‍ने निर्णय गरियो, तिनीहरूले पावल र केही कैदीहरूलाई अगस्टसको फौजको कप्‍तान युलियसको जिम्मा लगाइदिए ।
Sedan nu beslutet var, att vi skulle segla till Valland, antvardade de Paulum och några andra fångar underhöfvitsmannenom, som het Julius, af den Kejserliga skaran.
2 हामी एड्रामिटेनोसबाट जहाजमा चढ्यौँ, जुन एसियाको समुद्रीतट भएर जान लाग्दै थियो । त्यसैले, हामी समुद्रतिर गयौँ । माकेडोनियामा पर्ने थेसेलोनिकेका अरिस्तार्खस हामीसँगै गए ।
Och som vi stego uti ett Adramytiskt skepp, och skulle segla utmed Asien, lade vi af och med oss blef Aristarchus, en Macedonisk man, af Thessalonica.
3 अर्को दिन हामी जहाजबाट सिदोन सहरमा उत्रियौँ, जहाँ युलियसले पावललाई दयापूर्ण व्यवहार गरे, र उनलाई उनका साथीहरूकहाँ जान अनुमति दिए ताकि उनले तिनीहरूबाट वास्ता पाउन सकून् ।
Och dagen derefter lade vi till Sidon. Och Julius for väl med Paulo, och tillstadde att han gick till sina vänner, och lät göra sig till godo.
4 त्यहाँबाट हामी समुद्रतिर लाग्यौँ, अनि बतासबाट सुरक्षित भएको साइप्रसको टापु नजिक जहाजमा यात्रा गर्‍यौँ, किनभने बतास हाम्रो विपरीत दिशाबाट चलेको थियो ।
Och när vi lade dädan, seglade vi utmed Cypren; ty vädret var oss emot.
5 किलिकिया र पामफिलियाको नजिकैबाट जहाजमा यात्रा गर्दै हामी लुकिया सहरको माइरा आइपुग्यौँ ।
Och seglade vi öfver hafvet, som är emot Cilicien och Pamphylien, och kommom intill Myra, som är i Lycien.
6 त्यहाँ सिपाहीका कप्‍तानले इटाली गइरहेको अलेक्जेन्ड्रियाको एउटा जहाज भेट्टाए । उनले हामीलाई त्यसमा चढाइदिए ।
Och der fick höfvitsmannen ett skepp, som var af Alexandria, och segla skulle till Valland; der satte han oss in.
7 जब हामी धेरै दिन यात्रा गर्दै बिस्तारै र कष्‍टसाथ अन्तमा क्‍निडस नजिकै आइपुग्यौँ, बतासले हामीलाई त्यताबाट अगाडि बढ्न दिएन । त्यसैले, हामीले सल्मोनको सामुन्‍ने रहेको क्रेटको आड लिएर यात्रा गर्‍यौँ ।
Och då vi långsamliga seglat hade i många dagar, och som nogast komma kunde in mot Gnidum för motväders skull, seglade vi in under Creta, vid Salmone;
8 समुद्रीतट भएर लासिया सहरको नजिकै रहेको सुन्दर बन्दरगाह भन्‍ने ठाउँसम्म नपुगेसम्म हामीले कष्‍टसाथ यात्रा गर्‍यौँ ।
Och kommom som nogast framom, och intill ett rum, som kallades Sköna hamn; och var staden Lasea icke långt derifrå.
9 हामीले ज्यादै धेरै समय लगायौँ । यहूदी उपवासको समय पनि बितिसकेको थियो । सामुद्रिक यात्रा खतरनाक भएको थियो । त्यसैले, पावलले तिनीहरूलाई चेताउनी दिए,
Då nu mycken tid var förlupen, och seglatsen begynte vara farlig, derföre att ock fastan var allaredo förliden, förmanade Paulus dem,
10 र भने, “मानिसहरू हो, हामीले सुरु गर्न लागेको सामुद्रिक यात्रामा हाम्रा सामानहरू र जहाजलाई मात्र होइन, हामीलाई पनि ठुलो चोटपटक लाग्‍नेछ र नोक्सानी हुनेछ भन्‍ने म देख्छु ।”
Och sade till dem: I män, jag ser, att seglatsen vill vara med vedermödo, och stor skada, icke allenast till skepp och gods, utan jemväl på vårt lif.
11 तर सिपाहीका कप्‍तानले पावलले बोलेका कुरामा भन्दा जहाजका चालक र जहाजको मालिकको कुरामा बढ्ता ध्यान दिए ।
Men höfvitsmannen trodde skepparenom och styrmannenom, mer än det Paulus sade.
12 किनभने जाडो समयमा त्यो बन्दरगाहमा समय बिताउन सजिलो थिएन । त्यसैले, जहाज चालकहरूमध्ये धेरै जनाले जसरी भएपनि फोनिक्स सहरमा पुगेर जाडो बिताउनको लागि त्यहाँबाट यात्रा गर्न सल्लाह दिए । फोनिक्स क्रेटको एउटा बन्दरगाह हो, जुन उत्तर-पूर्व र दक्षिण-पूर्वपट्टि फर्केको छ ।
Och efter der var icke hamn till att ligga i vinterläge, föllo de mesta parten på det rådet att lägga dädan, att de, om någorlunda ske kunde, måtte komma till Phenicien, och ligga der i vinterläge; den hamnen är på Creta, för sydvest och nordvest.
13 जब दक्षिणी बतास मन्द रूपले बहन थाल्यो, तब जहाज चालकहरूले जे चाहेका थिए त्यो प्राप्‍त गरे भनी उनीहरूले सोचे । त्यसकारण, तिनीहरूले लङ्गर निकाली समुद्रमा खसाले, र क्रेटको समुद्र किनार हुँदै यात्रा गरे ।
Och som nu sunnanväder begynte blåsa, mente de hafva efter sin vilja; och då de lade ifrån Asson, seglade de utmed Creta.
14 तर त्यसको केही समयपछि डरलाग्दो उत्तर-पूर्वी नामक तुफान चल्यो र त्यो सम्पूर्ण टापुभरि हामीमाथि बज्रन थाल्यो ।
Men icke långt efter stack sig upp emot dem ett iligt väder, som kallas nordost.
15 जहाजले त्यस आँधीको सामना गर्न नसकेपछि हामीले हार मान्यौँ, र त्यसले जता लैजान्थ्यो, त्यतै गयौँ ।
Och då skeppet vardt begripet, och kunde icke begå sig för vädret, låte vi drifva för vädret;
16 हामी क्लौडा नाउँ गरेको एउटा सानो टापुको सुरक्षित स्थान हुँदै लाग्यौँ, अनि बडो कष्‍टका साथ पानी जहाजमा रहेको सानो डुङ्गालाई जोगाउन सक्षम भयौँ ।
Och kommom under ena ö, som kallas Clauda, och kundom med plats få in båten.
17 जब तिनीहरूले यसलाई माथि उचाले, त्यसपछि त्यसका डोरीहरू जहाजको मुख्य भागलाई बाँध्‍नको लागि प्रयोग गरे । हामीहरू सिरटिसको बलौटे धापमा फस्छौँ कि भनेर तिनीहरू डराएका थिए । त्यसैले, तिनीहरूले लङ्गरहरू झारिदिए, र जहाज आफैँ तैरन थाल्यो ।
Då de tagit den upp, brukade de hjelp, och bundo skeppet; och då de fruktade att det skulle komma på sandrefvelen, kastade de ut ett hinderfat, och läto så vräka.
18 हामी आँधीद्वारा धेरै धकेलियौँ । त्यसकारण, अर्को दिन जहाज चालकहरूले जहाजमा राखिएका समानहरू समुद्रमा फाल्न लागे ।
Och som stormen gick oss svårliga uppå, kastade de dagen derefter godset ut.
19 तेस्रो दिन जहाज चालकहरूले जहाजलाई नियन्‍त्रण गर्न सामान पुन: फाले ।
Och tredje dagen kastade vi skeppredskapen ut med vara händer.
20 जब धेरै दिनसम्म सूर्य र ताराहरू हाम्रामाझ चम्किएनन्, र ठुलो आँधी हामीमाथि बज्रिरह्‍य ो, तब हामीले बच्‍न सक्छौँ कि भन्‍ने आशा नै त्यागेका थियौँ ।
Och då hvarken sol eller stjernor syntes i många dagar, och stormen låg oss svårliga uppå, var oss allt hopp borto om vår välfärd.
21 जब तिनीहरूले खानाविना धेरै दिन बिताइसकेका थिए, त्यसपछि पावल जहाज चालकहरूका माझमा खडा भए, र भने, “मानिसहरू हो, यो चोट र हानि नभोग्‍नलाई मेरो कुरा मानेर क्रेटबाट यात्रा नगरेको भए असल हुने थियो ।
Och då de nu i lång tid intet ätit hade, stod Paulus upp midt ibland dem, och sade: I män, det hade väl tillbörligit varit, att I haden hört mig, och icke lagt ifrån Creta, och icke kommit oss denna vedermödon och skadan uppå.
22 अब म तपाईंहरूलाई साहसी बन्‍न उत्साह दिन्छु, किनभने तपाईंहरूका माझमा कुनै पनि मानवीय क्षति हुनेछैन, जहाजको मात्रै क्षति हुनेछ ।
Och nu förmanar jag, att I varen vid ett godt mod; ty ingom af eder skall något skada till lifvet, utan allena skeppet.
23 किनभने गएको रात मैले आराधना गर्ने परमेश्‍वर जसको म हुँ, उहाँका एक स्वर्गदूत मेरो छेउमा उभिए
Ty i denna nattene stod Guds Ängel när mig, den jag tillhörer, och den jag dyrkar, och sade:
24 र भने, “नडराऊ, पावल । तिमी कैसरको अगाडि उभिनु पर्छ र हेर परमेश्‍वरले आफ्नो कृपामा तिमीसँग यो जहाजमा यात्रा गरिरहेका सबैलाई तिम्रो हातमा दिनु भएको छ ।
Frukta dig intet, Paule, du måste komma fram för Kejsaren; och si, Gud hafver gifvit dig alla de som segla med dig.
25 त्यसकारण, मानिसहरू, साहसी हुनुहोस् किनभने म परमेश्‍वरलाई भरोसा गर्दछु, कि मलाई जे भनिएको छ त्यस्तै हुनेछ ।
Derföre varer vid ett godt mod, I män; ty jag tror Gudi, att så sker, som mig sagdt är.
26 तर हाम्रो जहाज भने कुनै टापुमा पुगेर क्षतिग्रस्त हुनुपर्नेछ ।”
Uppå ena ö skole vi vräkne varda.
27 जब चौधौँ रात आयो, हामी यताउता गर्दै भएर एड्रियाटिक समुद्रमा यात्रा गरिरहेका थियौँ, मध्यरातमा जहाज चालकहरूले कुनै जमिन नजिक पुगिरहेका छौँ भन्‍ने विचार गरे ।
Då fjortonde natten kom, och vi forom uti Adria, vid midnattstid, tycktes skeppmännerna att dem syntes ett land;
28 तिनीहरूले गहिराइ नापे र गहिराइ लगभग छत्तिस मिटर भएको पत्ता लगाए, केही समय पछि फेरि उनीहरूले नाप लिए र गहिराइ सत्ताइस मिटर भएको पत्ता लगाए ।
Och kastade ut lodet, och funno tjugu famnar djup; och kommo litet länger fram, och kastade åter lodet, och funno femton famnar djup.
29 हामीहरू चट्टानहरूमा ठोकिएर दुर्घटनामा पर्छौं कि भनेर तिनीहरू डराए, त्यसैले तिनीहरूले जहाजको पछाडि पट्टिबाट चारवटा लंगर तल खसालेर चाँडै बिहान होस् भनेर प्रार्थना गरे ।
Och så fruktade de, att de skulle komma på något skarpt grund, och kastade fyra ankare ut af bakskeppet, och önskade att dagas skulle.
30 जहाज चालकहरूले त्यो जहाजलाई त्याग्‍नको लागि बाटो खोजिरहेका थिए र सानो डुङ्गा समुद्रमा तल झारे अनि जहाजको अगाडिको भागबाट लंगरहरू तल खसाल्छौँ भनी बहाना बनाए ।
Då sökte skeppmännerna efter, huru de skulle komma sina färde utu skeppet, och kastade ut båten i hafvet, under det sken, att de ville föra ut ankare af framskeppet.
31 तर पावलले सिपाहीहरू र उनीहरूका कप्‍तानलाई भने, “यी मानिसहरू यस जहाजमा बसेनन् भने तपाईंहरू जीवित रहन सक्‍नुहुने छैन ।”
Då sade Paulus till höfvitsmannen och till krigsknektarna: Utan desse blifva i skeppet, så varden icke I behållne.
32 त्यसपछि सिपाहीहरूले त्यो डुङ्गाको डोरी काटिदिए र त्यसलाई त्यही पानीमा नै बगेर जान दिए ।
Då höggo krigsknektarna af fästona till båten, och läto honom fara.
33 जब बिहानको हुनै लागेको थियो, पावलले ती सबैलाई खाना खान बिन्ती गरे । उनले भने, “तपाईंहरूले खाना नखाई पर्खिएको आज यो चौधौँ दिन हो, तपाईंहरूले केही पनि खानु भएको छैन ।
Och som dagen begynte synas, rådde Paulus dem allom, att de skulle få sig mat, och sade: Detta är fjortonde dagen att I hafven förbidt, och blifvit fastande, och hafven intet tagit till eder;
34 त्यसैले तपाईंहरूले केही खानुहोस् किनकि यो तपाईंहरूलाई बाँच्‍नको लागि हो र तपाईंहरूको टाउकोको एउटै रौँ पनि नष्‍ट हुन पाउने छैन ।”
Hvarföre råder jag eder, att I fån eder mat; ty det hörer edra välfärd till; ty ingens edars ett hår skall falla af hans hufvud.
35 त्यति भनिसकेपछि, उनले रोटी लिए र सबैको सामु परमेश्‍वरलाई धन्यवाद दिए । त्यसपछि उनले त्यो रोटी भाँचे अनि खान सुरु गरे ।
Och när han det sagt hade, tog han brödet, och tackade Gud i allas deras åsyn; och då han det brutit hade, begynte han äta.
36 त्यसपछि तिनीहरू सबै उत्साहित भए र खाना खाए ।
Då vordo de alle vid ett bättre mod, och begynte ock de äta.
37 हामी जहाजमा 276 जना मानिस थियौँ ।
Och vi voro i skeppet, alle tillhopa, tuhundrade sex och sjutio själar.
38 जब उनीहरूले पर्याप्‍त खाना खाए, त्यसपछि तिनीहरूले गहुँलाई समुद्रमा फ्याँकेर जहाजलाई हलुका बनाए ।
Och då de voro mätte, lättade de skeppet, och kastade ut hvete i hafvet.
39 जब उज्यालो भयो, तिनीहरूले जमिनलाई चिन्‍न सकेनन्, तर तिनीहरूले समुद्रबाट बलौटे किनारा भएको खाडी देखे, अनि तिनीहरूले जहाजलाई त्यहाँ लैजान सक्छन् कि सक्दैनन् भनी छलफल गरे ।
När dager vardt, kände de intet landet; men de vordo varse ena vik, i hvilko en strand var, dit de mente vilja låta drifva skeppet, om de kunde.
40 त्यसैले तिनीहरूले लंगरहरू काटेर र समुद्रमा नै छोडिदिए । त्यही समयमा तिनीहरूले जहाजमा भएका पतवारको डोरीहरू खोलि दिए अनि बतासतिर जहाजका पालहरू फर्काए, र त्यसपछि तिनीहरू समुद्र किनारतिर अगि बढे ।
Och när de hade upptagit ankaren, gåfvo de sig till sjös, och upplöste roderbanden, och hade upp seglet till väders, och läto gå åt strandene.
41 तर तिनीहरू दुईओटा पानीको प्रवाह मिलेको ठाउँमा पुगे अनि जहाज जमिनमा भासियो । जहाजको अगाडिको भाग त्यहीँ अड्‌कियो र जहाज हलचल गर्न सकेन । तर प्रचण्ड बतासको कारणले जहाजको पछाडिको भाग भाँचिन सुरु भयो ।
Dock kommo de på en refvel, och skeppet stötte; och framskeppet blef ståndandes fast orörligit; men bakskeppet lossades af vågene.
42 कैदीहरू पौडेर नाभागून् भनेर सिपाहीहरूले तिनीहरूलाई मार्ने योजना गरे
Men krigsknektarna tyckte råd vara slå fångarna ihjäl, att, då de utsummo, icke skulle någor undfly.
43 तर सिपाहीको कप्‍तानले पावललाई बचाउने चाहना गरे, त्यसकारण उनले तिनीहरूको योजनालाई रोके, र जसलाई पौडी खेल्न आउँछ तिनीहरूले पहिले जहाजबाट हाम फालेर उत्रून् र जमिनमा जाऊन् भन्‍ने आदेश दिए ।
Men höfvitsmannen ville förvara Paulum, och stillte dem ifrå det rådet, och bad att de, som simma kunde, skulle gifva sig först ut åt landet;
44 त्यसपछि तिनले बाँकी मानिसहरू जाऊन्, कोही काठका तख्ताहरूमा र केही जहाजका अन्य सामानहरूमा चढेर जाऊन् भने । यसरी हामी सबै जना जमिनमा सुरक्षित आइपुग्यौँ ।
Och de andre, somlige på bräder, och somlige på skeppsvraket. Och dermed skedde, att de undsluppo alle behållne i land.

< प्रेरित 27 >