< प्रेरित 26 >
1 यसरी अग्रिपासले पावललाई भने, “तिमी आफ्नो निम्ति बोल्न सक्छौ ।” तब पावलले उनका हातहरू पसारे, र उनको बचाउ गरे ।
Агриппа ж каже до Павла: Дозволяєть ся тобі за себе говорити. Тодї Павел відповів, простягши руку:
2 “यी यहूदीहरूले लगाएका सबै दोषहरूको विरुद्धमा मेरो मुद्दालाई राजा अग्रिपास तपाईंको आगाडि राख्न पाउँदा म आफै खुसी भएको महसुस गर्दछु ।
Про все, в чому винують мене Жиди, царю Агриппо, вважаю себе за щасливого, маючи відповідати сьогоднї перед тобою,
3 खास गरी, किनकि तपाईं यी सबै यहूदी रीतिरिवाजहरू र प्रश्नहरूबारे ज्ञाता हुनुहुन्छ । त्यसैले, तपाईंले मेरो कुरा धैर्यपूर्वक सुनिदिनुहोस् भनेर म बिन्ती गर्दछु ।
а й надто, що ти сьвідомин всіх звичаїв Жидівських і перепитів. Тим благаю тебе вислухати мене терпиливо.
4 साँच्चै, यी सबै यहूदीहरूले जान्दछन्, कि म कसरी मेरो जवानीदेखि मेरो आफ्नै देशमा र यरूशलेममा जिएँ ।
Яке ж було життє моє з малку від почину між народом моїм у Єрусалимі, знають усї Жиди,
5 तिनीहरूले मलाई सुरुबाट नै जान्दथे, र मैले फरिसीको रूपमा जिएको कुरा तिनीहरूले स्वीकार गर्नुपर्दछ, जुन हाम्रो धर्मको अति कठोर सम्प्रदाय हो ।
знаючи мене здавна (коли схочуть сьвідкувати), що жив я Фарисеєм по найдокональшій єресї нашої віри.
6 अब म यहाँ न्यायको लागि उभिन्छु, किनकि म परमेश्वरले हाम्रा पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाको आशा राख्दछु ।
А тепер за надїю обітування, зробленого отцям нашим од Бога, стою на суді,
7 यसैकारणले गर्दा, हाम्रा बाह्र कुलले उत्कटतासाथ दिन-रात परमेश्वररको सेवा गरे, र हामी पनि यसमा पुग्ने आशा राख्छौँ । हे राजा, त्यही आशाको कारणले यहूदीहरू मलाई दोष लगाउँछन् ।
котрого дванайцять родів наших, без перестану день і ніч служачи, надїють ся дойти. За сю надїю, царю Агриппо, винуватять мене Жиди.
8 मृतकहरूलाई जीवित बनाउने कुरा परमेश्वरको लागि अपत्यारिलो छ भनेर तपाईंहरू किन विचार गर्नुहुन्छ?
Що? невірним здаєть ся вам (се), що Бог воскрешає мертвих?
9 एक समय येशू नासरीको नाउँको विरुद्धमा धेरै कुराहरू गर्नुपर्छ भन्ने म आफैँले पनि विचार गरेँ ।
Менї справдї й самому здавалось, що проти імени Ісуса Назорея треба багато робити.
10 मैले यरूशलेममा यी कामहरू गरेँ; मैले धेरै सन्तहरूलाई झ्यालखानामा थुनेँ, र मैले यसो गर्ने अधिकार मूख्य पूजाहारीहरूबाट पाएँ । जब तिनीहरू मारिए, मैले तिनीहरूका विरुद्धमा मेरो मत पनि जाहेर गरेँ ।
Що й робив я в Єрусалимі, і многих сьвятих замикав у темниці, прийнявши власть од архивреїв, а як убивали їх, давав мій голос.
11 मैले तिनीहरूलाई सबै सभाघरहरूमा बारम्बार सजाय दिएँ, र मैले तिनीहरूलाई ईश्वरको निन्दा गर्ने बनाउन कोसिस गरेँ । म तिनीहरूसित अति नै रिसाएँ, र तिनीहरूलाई विदेशका सहरहरूमा पनि खेदाएँ ।
І по всїх школах часто караючи їх, примушував хулити; і превельми лютуючи на них, гонив їх навіть і в чужих городах.
12 यसो गर्ने क्रममा मुख्य पूजाहारीहरूबाट पाएको आज्ञा र अधिकार लिएर म दमस्कसमा गएँ ।
І, в сих (мислях) ідучи в Дамаск з властю і наказом од архиєреїв,
13 अनि बाटोमा, मध्यदिनमा, हे राजा, मैले स्वर्गबाट आएको ज्योति देखेँ, जुन सूर्यभन्दा पनि चम्किलो थियो, र त्यो म र मसँग यात्रा गर्ने मानिसहरू दुवैका वरिपरि चम्कियो ।
ополуднї, парю, в дорозї видів я з неба сьвітло над сявво сонця, осиявше мене й тих, що йшли зо мною.
14 जब हामीहरू सबै जना भुइँमा लड्यौँ, मैले हिब्रू भाषामा मसँग यसो भनेर बोलिरहेको एउटा आवाज सुनेँ, “ए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ? सुइरोमा लात हान्नु तिमीलाई कठिन हुन्छ ।”
Як же всї ми попадали на землю, почув я голос, що глаголав до мене і промовив Єврейською мовою: Савле, Савле, чого гониш мене? тяжко тобі проти рожна прати (перти).
15 तब मैले भनेँ, ʼतपाईं को हुनुहुन्छ, प्रभु? ʼ प्रभुले जवाफ दिनुभयो, ʼम येशू हुँ, जसलाई तिमी सताउँछौ?
Я ж сказав: Хто єси, Господи? Він же рече: Я, Ісус, котрого ти гониш.
16 अब तिमी उठ, र तिम्रो पाउमा खडा होऊ, किनकि म तिमीलाई सेवक र अहिले तिमीले मेरो बारेमा जानेका कुराहरू र पछि मैले तिमीलाई देखाउने कुराहरूको गवाही बन्नको लागि नियुक्त गर्ने उद्देश्यले म तिमीकहाँ देखा परेँ
Та встань і стань на ноги твої; на се бо явивсь я тобі, щоб зробити тебе слугою і сьвідком того, що бачив єси, і що обявлю тобі,
17 म तिमीलाई मानिसहरूबाट र गैरयहूदीहरूबाट उद्धार गर्नेछु, जसकहाँ मैले तिमीलाई पठाइरहेको छु ।
вириваючи тебе від людей і від поган, до котрих тепер тебе посилаю,
18 तिनीहरूका आँखा खोल्न र तिनीहरूलाई अन्धकारबाट ज्योतिमा फर्काउन र शैतानको शक्तिबाट परमेश्वरमा फर्काउनको लागि, ताकि तिनीहरूले परमेश्वरबाट पापको क्षमा र मैले ममाथिको विश्वासद्वारा मेरो आफ्नै निम्ति अलग गरेकाहरूलाई मैले दिने उत्तराधिकार प्राप्त गर्न सकून् ।
відкрити очі їм, щоб обернулись від темряви до сьвітла і від власти сатаниної до Бога, щоб прийняли вони оставленнє гріхів і наслїддє між сьвятими вірою в мене.
19 त्यसकारण, राजा अग्रिपास, मैले त्यो स्वर्गीय दर्शनको अवाज्ञा गरिनँ ।
Тим, дарю Агриппо, не протививсь я небесному видінню,
20 तर पहिले दमस्कसमा भएकाहरूकहाँ, त्यसपछि यरूशलेममा र यहूदियाको देशभरि रहनेहरू, र गैरयहूदीहरूकहाँ पनि तिनीहरूले पश्चात्ताप गरेर परमेश्वरमा फर्कनुपर्छ र पश्चात्ताप योग्यका कार्यहरू गर्नुपर्छ भनेर प्रचार गरेँ ।
а найперш у Дамаску і в Єрусалимі і по всій землі Юдейській та й поганам проповідував, щоб покаялись та обернулись до Бога, роблячи діла, достойні покаяння.
21 यसैकारण, यहूदीहरूले मलाई मन्दिरमा पक्राउ गरे, र मलाई मार्ने प्रयास गरे ।
За се Жиди, вхопивши мене в церкві, хотіли вбити.
22 परमेश्वरले अहिलेसम्म मलाई सहायता गर्नुभएको छ । यसैकारण म खडा भएर साधारण मानिसहरू र ठुला मानिसहरूलाई अगमवक्ताहरू र मोशाले जे हुने थिए भनेका थिए ती कुराहरूभन्दा बढी कुनै पनि कुराको गवाही दिन्नँ ।
Дізнавши ж помочи від Бога, аж до сего дня стою, сьвідкуючи малому й великому, нічого иншого не говорячи, як що пророки глаголали, що має бути, і Мойеей:
23 कि ख्रीष्टले दु: ख भोग्नुपर्छ, र उहाँ मृतकहरूबाट जीवित हुनेहरूमा पहिलो हुनुहुन्छ, र यहूदीहरूसाथै गैरयहूदी मानिसहरूमा ज्योतिको घोषणा गर्ने जन हुनुहुनेछ ।
що мусить пострадати Христос, а будучи первий з воскресення мертвих, має сьвітло проповідувати народові і поганам.
24 पावलले उनको बचाउलाई पुरा गरिसकेपछि फेस्तसले उच्च सोरमा भने, “पावल, तिमी पागल भएका छौ, तिम्रो धेरै विद्याले तिमीलाई पागल बनाएको छ ।”
Як же він так відповів, сказав Фест голосом великим: Дурієш, Павле; великі науки до дурощів тебе приводять.
25 तर पवालले भने, “म पागल होइनँ, सम्माननीय फेस्तस, तर म साहसकासाथ यी सत्य र गम्भीर वचनहरू बोल्छु ।”
Він же рече: Не дурію, вельможний Фесте, а слова правди й розуму глаголю.
26 किनकि राजाले यी कुराहरूको बारेमा जान्नुहुन्छ, र यसैले म उहाँसँग खुलेर बोल्छु, किनकि मलाई विश्वास छ, कि उहाँबाट यीमध्ये कुनै पनि कुराहरू लुकेका छैनन्, किनकि यो कुरा गुपचुपमा गरिएको छैन ।
Знає бо про се цар, до котрого і промовляю вільно; певен бо я, що нїщо з сего перед ним не втаїлось; бо не в закутку се дїялось.
27 राजा अग्रिपास, के तपाईं अगमवक्ताहरूमा विश्वास गर्नुहुन्छ? म यो कुरा जान्दछु, कि तपाईंले विश्वास गर्नुहुन्छ ।”
Віруєш, царю Агриппо, пророкам? Знаю, що віруєш.
28 अग्रिपासले पवाललाई भने, “के तिमी छोटो समयमा मलाई फकाएर ख्रीष्टियान बनाउन चाहन्छौ?”
Агриппа ж каже до Павла: О, мало не вговорив єси мене бути Християнином.
29 पावलले भने, “चाहे छोटो समयमा होस्, या लामो समयमा होस्, तपाईं मात्र होइन तर आज मेरो कुरा सुन्ने जति सबै यी झ्यालखानाका साङ्लाहरूबाहेक अरू कुरामा म जस्तै होऊन् भनी म परमेश्वरमा प्रार्थना गर्छु ।”
Павел же рече: Бажав би я від Бога, щоб чи за малий чи за довгий (час) не тільки ти, та й усї, хто чує мене сьогодні, стались такими, як я, окрім оцїх кайданів.
30 त्यसपछि राजा उठे, र शासक, बरनिकी र तिनीहरूसँग बसिरहेकाहरू पनि उठे ।
І, як промовив се, устав цар і игемон і Вереникия і ті, що сиділи з ними,
31 तिनीहरू सभा भवनबाट बाहिरिँदा, तिनीहरूले एक अर्कामा कुराकानी गरे, र भने, “यी मानिसले मृत्यु वा कैदमा पर्न लायक कुनै कुरो गरेका छैनन् ।”
і, одійшовши на бік, розмовляли між собою, говорячи, що нічого смерти достойного не робить чоловік сей.
32 अग्रिपासले फेस्तसलाई भने, “यदि तिनले कैसरकहाँ अपील नगरेको भए यी मानिसलाई छाड्न सकिन्थ्यो ।”
Агриппа ж каже Фестові: Можна було б випустити сего чоловіка, коли б не покликав ся до кесаря.