< प्रेरित 26 >

1 यसरी अग्रिपासले पावललाई भने, “तिमी आफ्नो निम्ति बोल्न सक्छौ ।” तब पावलले उनका हातहरू पसारे, र उनको बचाउ गरे ।
ܘܐܡܪ ܐܓܪܦܘܤ ܠܦܘܠܘܤ ܡܦܤ ܠܟ ܠܡܡܠܠܘ ܥܠ ܐܦܝ ܢܦܫܟ ܗܝܕܝܢ ܦܘܠܘܤ ܦܫܛ ܐܝܕܗ ܘܢܦܩ ܗܘܐ ܪܘܚܐ ܘܐܡܪ
2 “यी यहूदीहरूले लगाएका सबै दोषहरूको विरुद्धमा मेरो मुद्दालाई राजा अग्रिपास तपाईंको आगाडि राख्‍न पाउँदा म आफै खुसी भएको महसुस गर्दछु ।
ܥܠ ܟܠ ܡܐ ܕܡܬܪܫܐ ܐܢܐ ܡܢ ܝܗܘܕܝܐ ܡܠܟܐ ܐܓܪܦܐ ܤܒܪ ܐܢܐ ܥܠ ܢܦܫܝ ܕܛܘܒܢܐ ܐܢܐ ܕܩܕܡܝܟ ܝܘܡܢܐ ܢܦܩ ܐܢܐ ܪܘܚܐ
3 खास गरी, किनकि तपाईं यी सबै यहूदी रीतिरिवाजहरू र प्रश्‍नहरूबारे ज्ञाता हुनुहुन्छ । त्यसैले, तपाईंले मेरो कुरा धैर्यपूर्वक सुनिदिनुहोस् भनेर म बिन्ती गर्दछु ।
ܝܬܝܪܐܝܬ ܕܝܕܥ ܐܢܐ ܕܡܦܤ ܐܢܬ ܒܟܠܗܘܢ ܙܛܡܐ ܘܢܡܘܤܐ ܕܝܗܘܕܝܐ ܡܛܠ ܗܢܐ ܒܥܐ ܐܢܐ ܡܢܟ ܕܒܡܓܪܬ ܪܘܚܐ ܬܫܡܥܢܝ
4 साँच्‍चै, यी सबै यहूदीहरूले जान्दछन्, कि म कसरी मेरो जवानीदेखि मेरो आफ्नै देशमा र यरूशलेममा जिएँ ।
ܝܕܥܝܢ ܐܢܘܢ ܓܝܪ ܐܦ ܗܢܘܢ ܝܗܘܕܝܐ ܐܢ ܨܒܝܢ ܕܢܤܗܕܘܢ ܕܘܒܪܝ ܕܡܢ ܛܠܝܘܬܝ ܕܗܘܘ ܠܝ ܡܢ ܫܘܪܝܐ ܒܥܡܝ ܘܒܐܘܪܫܠܡ
5 तिनीहरूले मलाई सुरुबाट नै जान्दथे, र मैले फरिसीको रूपमा जिएको कुरा तिनीहरूले स्वीकार गर्नुपर्दछ, जुन हाम्रो धर्मको अति कठोर सम्प्रदाय हो ।
ܡܛܠ ܕܡܢ ܢܘܓܪܐ ܡܦܤܝܢ ܒܝ ܘܝܕܥܝܢ ܕܒܝܘܠܦܢܐ ܪܫܝܐ ܕܦܪܝܫܐ ܚܝܝܬ
6 अब म यहाँ न्यायको लागि उभिन्छु, किनकि म परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाको आशा राख्दछु ।
ܘܗܫܐ ܥܠ ܤܒܪܐ ܕܫܘܘܕܝܐ ܕܗܘܐ ܗܘܐ ܠܐܒܗܬܢ ܡܢ ܐܠܗܐ ܩܐܡ ܐܢܐ ܘܡܬܕܝܢ ܐܢܐ
7 यसैकारणले गर्दा, हाम्रा बाह्र कुलले उत्कटतासाथ दिन-रात परमेश्‍वररको सेवा गरे, र हामी पनि यसमा पुग्‍ने आशा राख्छौँ । हे राजा, त्यही आशाको कारणले यहूदीहरू मलाई दोष लगाउँछन् ।
ܕܥܠ ܗܢܐ ܤܒܪܐ ܬܪܬܥܤܪܐ ܫܪܒܢ ܡܤܒܪܢ ܕܢܡܢܥܢ ܒܨܠܘܬܐ ܚܦܝܛܬܐ ܕܐܝܡܡܐ ܘܕܠܠܝܐ ܘܥܠܘܗܝ ܥܠ ܗܢܐ ܤܒܪܐ ܡܬܪܫܐ ܐܢܐ ܡܢ ܐܝܕܝ ܝܗܘܕܝܐ ܡܠܟܐ ܐܓܪܦܐ
8 मृतकहरूलाई जीवित बनाउने कुरा परमेश्‍वरको लागि अपत्यारिलो छ भनेर तपाईंहरू किन विचार गर्नुहुन्छ?
ܡܢܐ ܕܝܢܝܢ ܐܢܬܘܢ ܠܐ ܘܠܐ ܕܢܗܝܡܢ ܕܡܩܝܡ ܐܠܗܐ ܡܝܬܐ
9 एक समय येशू नासरीको नाउँको विरुद्धमा धेरै कुराहरू गर्नुपर्छ भन्‍ने म आफैँले पनि विचार गरेँ ।
ܐܢܐ ܓܝܪ ܡܢ ܩܕܝܡ ܤܡܬ ܒܪܥܝܢܝ ܕܤܩܘܒܠܐ ܤܓܝܐܐ ܐܤܥܘܪ ܠܘܩܒܠ ܫܡܗ ܕܝܫܘܥ ܢܨܪܝܐ
10 मैले यरूशलेममा यी कामहरू गरेँ; मैले धेरै सन्तहरूलाई झ्यालखानामा थुनेँ, र मैले यसो गर्ने अधिकार मूख्य पूजाहारीहरूबाट पाएँ । जब तिनीहरू मारिए, मैले तिनीहरूका विरुद्धमा मेरो मत पनि जाहेर गरेँ ।
ܗܕܐ ܕܥܒܕܬ ܐܦ ܒܐܘܪܫܠܡ ܘܩܕܝܫܐ ܤܓܝܐܐ ܐܪܡܝܬ ܒܝܬ ܐܤܝܪܐ ܒܫܘܠܛܢܐ ܕܩܒܠܬ ܡܢ ܪܒܝ ܟܗܢܐ ܘܟܕ ܡܬܩܛܠܝܢ ܗܘܘ ܡܢܗܘܢ ܐܫܬܘܬܦܬ ܠܐܝܠܝܢ ܕܚܝܒܘ ܐܢܘܢ
11 मैले तिनीहरूलाई सबै सभाघरहरूमा बारम्बार सजाय दिएँ, र मैले तिनीहरूलाई ईश्‍वरको निन्दा गर्ने बनाउन कोसिस गरेँ । म तिनीहरूसित अति नै रिसाएँ, र तिनीहरूलाई विदेशका सहरहरूमा पनि खेदाएँ ।
ܘܒܟܠ ܟܢܘܫܐ ܡܫܬܢܕ ܗܘܝܬ ܒܗܘܢ ܟܕ ܐܠܨ ܗܘܝܬ ܕܢܗܘܘܢ ܡܓܕܦܝܢ ܒܫܡܗ ܕܝܫܘܥ ܘܒܪܘܓܙܐ ܤܓܝܐܐ ܕܡܠܐ ܗܘܝܬ ܥܠܝܗܘܢ ܐܦ ܠܡܕܝܢܬܐ ܐܚܪܢܝܬܐ ܢܦܩ ܗܘܝܬ ܠܡܪܕܦ ܐܢܘܢ
12 यसो गर्ने क्रममा मुख्य पूजाहारीहरूबाट पाएको आज्ञा र अधिकार लिएर म दमस्कसमा गएँ ।
ܘܟܕ ܐܙܠ ܗܘܝܬ ܡܛܠ ܗܕܐ ܠܕܪܡܤܘܩ ܒܫܘܠܛܢܐ ܘܒܡܦܤܢܘܬܐ ܕܪܒܝ ܟܗܢܐ
13 अनि बाटोमा, मध्यदिनमा, हे राजा, मैले स्वर्गबाट आएको ज्योति देखेँ, जुन सूर्यभन्दा पनि चम्किलो थियो, र त्यो म र मसँग यात्रा गर्ने मानिसहरू दुवैका वरिपरि चम्कियो ।
ܒܦܠܓܗ ܕܝܘܡܐ ܒܐܘܪܚܐ ܚܙܝܬ ܡܢ ܫܡܝܐ ܐܘ ܡܠܟܐ ܕܐܙܠܓ ܥܠܝ ܘܥܠ ܟܠ ܕܥܡܝ ܗܘܘ ܢܘܗܪܐ ܕܡܝܬܪ ܡܢ ܕܫܡܫܐ
14 जब हामीहरू सबै जना भुइँमा लड्यौँ, मैले हिब्रू भाषामा मसँग यसो भनेर बोलिरहेको एउटा आवाज सुनेँ, “ए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ? सुइरोमा लात हान्‍नु तिमीलाई कठिन हुन्छ ।”
ܘܢܦܠܢ ܟܠܢ ܥܠ ܐܪܥܐ ܘܫܡܥܬ ܩܠܐ ܟܕ ܐܡܪ ܠܝ ܥܒܪܐܝܬ ܫܐܘܠ ܫܐܘܠ ܡܢܐ ܪܕܦ ܐܢܬ ܠܝ ܩܫܐ ܗܘ ܠܟ ܠܡܒܥܛܘ ܠܥܘܩܤܐ
15 तब मैले भनेँ, ʼतपाईं को हुनुहुन्छ, प्रभु? ʼ प्रभुले जवाफ दिनुभयो, ʼम येशू हुँ, जसलाई तिमी सताउँछौ?
ܘܐܢܐ ܐܡܪܬ ܡܢ ܐܢܬ ܡܪܝ ܘܡܪܢ ܐܡܪ ܠܝ ܐܢܐ ܗܘ ܝܫܘܥ ܢܨܪܝܐ ܕܐܢܬ ܪܕܦ ܐܢܬ
16 अब तिमी उठ, र तिम्रो पाउमा खडा होऊ, किनकि म तिमीलाई सेवक र अहिले तिमीले मेरो बारेमा जानेका कुराहरू र पछि मैले तिमीलाई देखाउने कुराहरूको गवाही बन्‍नको लागि नियुक्त गर्ने उद्देश्यले म तिमीकहाँ देखा परेँ
ܘܐܡܪ ܠܝ ܩܘܡ ܥܠ ܪܓܠܝܟ ܡܛܠ ܗܕܐ ܓܝܪ ܐܬܚܙܝܬ ܠܟ ܕܐܩܝܡܟ ܡܫܡܫܢܐ ܘܤܗܕܐ ܕܡܕܡ ܕܚܙܝܬܢܝ ܘܕܥܬܝܕ ܐܢܬ ܕܬܚܙܝܢܝ
17 म तिमीलाई मानिसहरूबाट र गैरयहूदीहरूबाट उद्धार गर्नेछु, जसकहाँ मैले तिमीलाई पठाइरहेको छु ।
ܘܐܦܨܝܟ ܡܢ ܥܡܐ ܕܝܗܘܕܝܐ ܘܡܢ ܥܡܡܐ ܐܚܪܢܐ ܕܠܘܬܗܘܢ ܡܫܕܪ ܐܢܐ ܠܟ
18 तिनीहरूका आँखा खोल्न र तिनीहरूलाई अन्धकारबाट ज्योतिमा फर्काउन र शैतानको शक्तिबाट परमेश्‍वरमा फर्काउनको लागि, ताकि तिनीहरूले परमेश्‍वरबाट पापको क्षमा र मैले ममाथिको विश्‍वासद्वारा मेरो आफ्नै निम्ति अलग गरेकाहरूलाई मैले दिने उत्तराधिकार प्राप्‍त गर्न सकून् ।
ܕܬܦܬܚ ܥܝܢܝܗܘܢ ܐܝܟ ܕܢܗܦܟܘܢ ܡܢ ܚܫܘܟܐ ܠܢܗܝܪܐ ܘܡܢ ܫܘܠܛܢܗ ܕܤܛܢܐ ܠܘܬ ܐܠܗܐ ܘܢܩܒܠܘܢ ܫܘܒܩܢ ܚܛܗܐ ܘܦܤܐ ܥܡ ܩܕܝܫܐ ܒܗܝܡܢܘܬܐ ܕܒܝ
19 त्यसकारण, राजा अग्रिपास, मैले त्यो स्वर्गीय दर्शनको अवाज्ञा गरिनँ ।
ܡܛܠ ܗܕܐ ܡܠܟܐ ܐܓܪܦܐ ܠܐ ܩܡܬ ܒܚܪܝܢܐ ܠܘܩܒܠ ܚܙܘܐ ܫܡܝܢܐ
20 तर पहिले दमस्कसमा भएकाहरूकहाँ, त्यसपछि यरूशलेममा र यहूदियाको देशभरि रहनेहरू, र गैरयहूदीहरूकहाँ पनि तिनीहरूले पश्‍चात्ताप गरेर परमेश्‍वरमा फर्कनुपर्छ र पश्‍चात्ताप योग्यका कार्यहरू गर्नुपर्छ भनेर प्रचार गरेँ ।
ܐܠܐ ܐܟܪܙܬ ܡܢ ܠܩܘܕܡܝܢ ܠܗܢܘܢ ܕܒܕܪܡܤܘܩ ܘܠܗܢܘܢ ܕܒܐܘܪܫܠܡ ܘܕܒܟܠܗܝܢ ܩܘܪܝܐ ܕܝܗܘܕ ܘܐܦ ܠܥܡܡܐ ܐܟܪܙܬ ܕܢܬܘܒܘܢ ܘܢܬܦܢܘܢ ܠܘܬ ܐܠܗܐ ܘܢܥܒܕܘܢ ܥܒܕܐ ܕܫܘܝܢ ܠܬܝܒܘܬܐ
21 यसैकारण, यहूदीहरूले मलाई मन्दिरमा पक्राउ गरे, र मलाई मार्ने प्रयास गरे ।
ܘܥܠ ܐܦܝ ܗܠܝܢ ܐܚܕܘܢܝ ܝܗܘܕܝܐ ܒܗܝܟܠܐ ܘܨܒܝܢ ܗܘܘ ܠܡܩܛܠܢܝ
22 परमेश्‍वरले अहिलेसम्म मलाई सहायता गर्नुभएको छ । यसैकारण म खडा भएर साधारण मानिसहरू र ठुला मानिसहरूलाई अगमवक्‍ताहरू र मोशाले जे हुने थिए भनेका थिए ती कुराहरूभन्दा बढी कुनै पनि कुराको गवाही दिन्‍नँ ।
ܥܕܪܢܝ ܕܝܢ ܐܠܗܐ ܥܕܡܐ ܠܝܘܡܐ ܗܢܐ ܘܗܐ ܩܐܡ ܐܢܐ ܘܡܤܗܕ ܐܢܐ ܠܙܥܘܪܐ ܘܠܪܒܐ ܟܕ ܡܕܡ ܠܒܪ ܡܢ ܡܘܫܐ ܘܢܒܝܐ ܠܐ ܐܡܪ ܐܢܐ ܐܠܐ ܐܝܠܝܢ ܕܗܢܘܢ ܐܡܪܘ ܕܥܬܝܕܢ ܕܢܗܘܝܢ
23 कि ख्रीष्‍टले दु: ख भोग्‍नुपर्छ, र उहाँ मृतकहरूबाट जीवित हुनेहरूमा पहिलो हुनुहुन्छ, र यहूदीहरूसाथै गैरयहूदी मानिसहरूमा ज्योतिको घोषणा गर्ने जन हुनुहुनेछ ।
ܕܢܚܫ ܡܫܝܚܐ ܘܢܗܘܐ ܪܫܝܬܐ ܕܩܝܡܬܐ ܕܡܢ ܒܝܬ ܡܝܬܐ ܘܕܥܬܝܕ ܕܢܟܪܙ ܢܘܗܪܐ ܠܥܡܐ ܘܠܥܡܡܐ
24 पावलले उनको बचाउलाई पुरा गरिसकेपछि फेस्तसले उच्‍च सोरमा भने, “पावल, तिमी पागल भएका छौ, तिम्रो धेरै विद्याले तिमीलाई पागल बनाएको छ ।”
ܘܟܕ ܗܟܢܐ ܢܦܩ ܗܘܐ ܦܘܠܘܤ ܪܘܚܐ ܩܥܐ ܦܗܤܛܘܤ ܒܩܠܐ ܪܡܐ ܫܢܝܬ ܠܟ ܦܘܠܐ ܤܦܪܐ ܤܓܝܐܐ ܥܒܕܟ ܕܬܫܢܐ
25 तर पवालले भने, “म पागल होइनँ, सम्माननीय फेस्तस, तर म साहसकासाथ यी सत्य र गम्भीर वचनहरू बोल्छु ।”
ܐܡܪ ܦܘܠܘܤ ܠܐ ܫܢܝܬ ܢܨܝܚܐ ܦܗܤܛܘܤ ܐܠܐ ܡܠܝ ܫܪܪܐ ܘܬܩܢܘܬܐ ܡܡܠܠ ܐܢܐ
26 किनकि राजाले यी कुराहरूको बारेमा जान्‍नुहुन्छ, र यसैले म उहाँसँग खुलेर बोल्छु, किनकि मलाई विश्‍वास छ, कि उहाँबाट यीमध्ये कुनै पनि कुराहरू लुकेका छैनन्, किनकि यो कुरा गुपचुपमा गरिएको छैन ।
ܘܐܦ ܡܠܟܐ ܐܓܪܦܘܤ ܝܬܝܪܐܝܬ ܝܕܥ ܥܠܝܗܝܢ ܕܗܠܝܢ ܘܡܛܠ ܗܢܐ ܥܝܢ ܒܓܠܐ ܡܡܠܠ ܐܢܐ ܩܕܡܘܗܝ ܡܛܠ ܕܚܕܐ ܡܢ ܗܠܝܢ ܡܠܐ ܠܐ ܤܒܪ ܐܢܐ ܕܛܥܝܢ ܠܗ ܕܠܐ ܗܘܐ ܒܛܘܫܝܐ ܤܥܝܪܢ
27 राजा अग्रिपास, के तपाईं अगमवक्‍ताहरूमा विश्‍वास गर्नुहुन्छ? म यो कुरा जान्दछु, कि तपाईंले विश्‍वास गर्नुहुन्छ ।”
ܡܗܝܡܢ ܐܢܬ ܡܠܟܐ ܐܓܪܦܐ ܠܢܒܝܐ ܝܕܥ ܐܢܐ ܕܡܗܝܡܢ ܐܢܬ
28 अग्रिपासले पवाललाई भने, “के तिमी छोटो समयमा मलाई फकाएर ख्रीष्‍टियान बनाउन चाहन्छौ?”
ܐܡܪ ܠܗ ܐܓܪܦܘܤ ܒܩܠܝܠ ܡܕܡ ܡܦܝܤ ܐܢܬ ܠܝ ܕܐܗܘܐ ܟܪܤܛܝܢܐ
29 पावलले भने, “चाहे छोटो समयमा होस्, या लामो समयमा होस्, तपाईं मात्र होइन तर आज मेरो कुरा सुन्‍ने जति सबै यी झ्यालखानाका साङ्लाहरूबाहेक अरू कुरामा म जस्तै होऊन् भनी म परमेश्‍वरमा प्रार्थना गर्छु ।”
ܘܦܘܠܘܤ ܐܡܪ ܒܥܐ ܗܘܝܬ ܡܢ ܐܠܗܐ ܒܩܠܝܠ ܘܒܤܓܝ ܠܐ ܗܘܐ ܠܟ ܒܠܚܘܕ ܐܠܐ ܐܦ ܠܟܠܗܘܢ ܐܝܠܝܢ ܕܫܡܥܝܢ ܠܝ ܝܘܡܢܐ ܕܢܗܘܘܢ ܐܟܘܬܝ ܠܒܪ ܡܢ ܐܤܘܪܐ ܗܠܝܢ
30 त्यसपछि राजा उठे, र शासक, बरनिकी र तिनीहरूसँग बसिरहेकाहरू पनि उठे ।
ܘܩܡ ܠܗ ܡܠܟܐ ܘܗܓܡܘܢܐ ܘܒܪܢܝܩܐ ܘܐܝܠܝܢ ܕܝܬܒܝܢ ܗܘܘ ܥܡܗܘܢ
31 तिनीहरू सभा भवनबाट बाहिरिँदा, तिनीहरूले एक अर्कामा कुराकानी गरे, र भने, “यी मानिसले मृत्यु वा कैदमा पर्न लायक कुनै कुरो गरेका छैनन् ।”
ܘܟܕ ܦܪܩܘ ܡܢ ܬܡܢ ܡܡܠܠܝܢ ܗܘܘ ܚܕ ܥܡ ܚܕ ܘܐܡܪܝܢ ܕܡܕܡ ܕܫܘܐ ܠܡܘܬܐ ܐܘ ܠܐܤܘܪܐ ܠܐ ܥܒܕ ܓܒܪܐ ܗܢܐ
32 अग्रिपासले फेस्तसलाई भने, “यदि तिनले कैसरकहाँ अपील नगरेको भए यी मानिसलाई छाड्न सकिन्थ्यो ।”
ܘܐܡܪ ܐܓܪܦܘܤ ܠܦܗܤܛܘܤ ܡܫܟܚ ܗܘܐ ܓܒܪܐ ܗܢܐ ܕܢܫܬܪܐ ܐܠܘ ܒܓܢ ܩܤܪ ܠܐ ܩܪܐ

< प्रेरित 26 >