< प्रेरित 25 >
1 अब, फेस्तस त्यस प्रान्तमा प्रवेश गरेको तीन दिनपछि, उनी कैसरियाबाट यरूशलेमस पुगे ।
Ndipo Festo alipoingia katika jimbo hilo na baada ya siku tatu alienda toka Kaisaria hadi Yerusalemu.
2 प्रधान पूजाहारी र विशिष्ट यहूदीहरूले फेस्तसकहाँ पावलका विरुद्ध अभियोगहरू प्रस्तुत गरे, र तिनीहरूले फेस्तससँग कडा रूपमा कुरा गरे ।
Kuhani mkuu na Wayahudi mashuhuri walileta shutuma dhidi ya Paulo kwa Festo, na walizungumza kwa nguvu kwa Festo.
3 र तिनीहरूले पावलको विषयमा सहायताको निम्ति फेस्तससँग अनुरोध गरे, कि तिनले उनलाई यरूशलेममा बोलाउन्, ताकि तिनीहरूले उनलाई बाटोमा नै मर्न सकून् ।
Na walimwomba Festo fadhili juu ya habari za Paulo apate kumwita Yerusalemu ili waweze kumwua njiani.
4 तर पावल कैसरियाको कैदी थिए, र तिनी आफैँ पनि चाँडै त्यहाँ फर्कनु थियो भनी फेस्तसले जवाफ दिए ।
Lakini Festo alijibu kwamba Paulo alikuwa mfungwa katika Kaisaria, na kwamba yeye mwenyewe atarudi huko haraka.
5 उनले भने “यसकारण जान सक्नेहरू हामीसँगै जानुपर्छ । यदि त्यो मनिसमा कुनै गल्ती छन् भने, तिमीहरूले दोष लगाउनुपर्छ ।”
Alisema “Kwa hiyo, wale ambao wanaweza, wanaweza kwenda huko na sisi. Kama kuna kitu kibaya kwa mtu huyu, mnapaswa kumshtaki.”
6 आठ वा दश दिन अझ बसेपछि फेस्तस कैसरियातिर गए । र अर्को दिन उनी न्यायको आसनमा बसे र पावललाई तिनीकहाँ ल्याइयोस् भनी आदेश दिए ।
Baada ya kukaa siku nane au kumi zaidi, akarudi Kaisaria. Na siku iliyofuata akakaa katika kiti cha hukumu na kuamuru Paulo aletwe kwake.
7 जब उनी आइपुगे यरूशलेमका यहूदीहरू नजिकै उभिए र तिनीहरूले साबित नै गर्न नसक्ने गम्भीर अभियोगहरू ल्याए ।
Alipofika, Wayahudi kutoka Yerusalemu wakasimama karibu, Wakatoa mashtaka mengi mazito ambayo hawakuweza kuyathibitisha.
8 पावलले आफ्नो बचाउ गरे र भने, “यहूदीहरूको नामको विरुद्ध होइन, नत कुनै मन्दिरको विरुद्धमा र न त कैसरको विरुद्धमा, मैले कसैको विरुद्धमा गल्ति गरेको छैनँ ।”
Paulo alijitetea na kusema, 'Si dhidi ya jina la Wayahudi, si juu ya hekalu, na si juu ya Kaisari, nimefanya mabaya.'
9 तर फेस्तसले यहूदीको समर्थन पाउन चाहन्थे र उनले पावललाई जवाफ दिए र भने, “के तिमी यरूशलेम गएर यी कुराहरूको इन्साफ मद्वारा गरिएको चाहन्छौ?”
Lakini Festo alitaka kujipendekeza kwa Wayahudi, na hivyo akamjibu Paulo kwa kusema, 'Je, unataka kwenda Yerusalemu na kuhukumiwa na mimi kuhusu mambo haya huko?'
10 पावलले भने, “म कैसरको न्यायको आसनको सामु खडा छु, जहाँ मेरो इन्साफ गरिनुपर्छ । जसरी तपाईंलाई पनि थाहा छ कि मैले कुनै पनि यहूदीलाई खराबी गरेको छैनँ ।
Paulo alisema, 'ninasimama mbele ya kiti cha hukumu cha Kaisari ambapo napaswa kuhukumiwa. Sijawakosea Wayahudi, kama wewe ujuavyo vema.
11 तैपनि यदि मैले गल्ती गरेको छु र यदि मैले मृत्युको योग्य केही कुरा गरेको छु भने, म मर्नलाई इन्कार गर्दिनँ । तर यदि तिनीहरूका आरोपहरू केही पनि छैनन् भने, कसैले पनि मलाई तिनीहरूको हातमा सुम्पन सक्दैन । म कैसरलाई गुहार्छु ।
Ikiwa nimekosa na kama nimefanya kinachostahili kifo, sikatai kufa. Lakini kama shutuma zao si kitu, hakuna mtu anaweza kunikabidhi kwao. Ninamwomba Kaisari. '
12 त्यसपछि फेस्तसले परिषद्मा कुरा गरे र जवाफ दिए, “तिमीले कैसरसँग गुहार माग्यौ; तिमी कैसरकहाँ नै जानेछौ ।”
Baada ya Festo kuongea na baraza akajibu, “unamwomba Kaisari; utaenda kwa Kaisari.”
13 अब केही दिनपछि राजा अग्रिपा र बर्निकी कैसरियामा फेस्तसलाई कामकाजी भेटघाट गर्न आइपुगे ।
Baada ya siku kadhaa, mfalme Agripa na Bernike walifika Kaisaria kufanya ziara rasmi kwa Festo.
14 उनी त्यहाँ धेरै दिनसम्म बसेपछि, फेस्तसले पावलका मुद्दाहरू राजाका अघि प्रस्तुत गरे । तिनले भने, “फेलिक्सले एक जना मानिसलाई कैदीको रूपमा छोडेका थिए ।
Baada ya kukaa hapo kwa siku nyingi, Festo aliwasilisha kesi ya Paulo kwa mfalme; Akasema, 'Mtu mmoja aliachwa hapa na Feliki kama mfungwa.
15 जब म यरूशलेममा थिएँ, मुख्य पूजाहारी र यहूदीहरूका अगुवाहरूले यो मानिसको विरुद्ध मकहाँ आरोपहरू ल्याए, र तिनीहरूले उसको विरुद्ध दण्डको लागि अनुरोध गरे ।
Nilipokuwa Yerusalemu makuhani wakuu na wazee wa Wayahudi walileta mashtaka juu ya mtu huyu kwangu, nao waliuliza juu ya hukumu dhidi yake.
16 यसमा मैले यस्तो जवाफ दिएँ, “एउटा मानिसलाई कृपाको रूपमा कसैलाई सुम्पने रोमी प्रचलन छैन, बरु, दोष लगाइएको मानिसले उसलाई दोष लगाउनेहरूको सामना गर्न र आरोपहरूको विरुद्ध बचाउ गर्ने मौका पाउनु पर्छ ।”
Kwa hili mimi niliwajibu kwamba si desturi ya Waroma kumtoa mtu kwa upendeleo badala yake, mtuhumiwa anapaswa kuwa na nafasi ya kuwakabili washitaki wake na kujitetea dhidi ya tuhuma hizo.
17 यसकारण जब तिनीहरू सँगै यहाँ आए, मैले पर्खिनँ, अर्को दिन म न्याय आसनमा बसेँ र त्यो मानिसलाई भित्र ल्याउने आदेश दिएँ ।
Kwa hiyo, walipokuja pamoja hapa, sikuweza kusubiri, lakini siku iliyofuata niliketi katika kiti cha hukumu na kuamuru mtu huyo aletwe ndani.
18 जब अभियोक्ताहरू उठे र अभियोग लगाए, तिनीहरूले ऊसको विरुद्ध लागाएको कुनै पनि आभियोगहरू मलाई गम्भीर लागेन ।
Wakati washitaki waliposimama na kumshtaki, nilifikiri kwamba hakuna mashtaka makubwa yaliyoletwa dhidi yake.
19 यसको सट्टामा, तिनीहरूको आफ्नै धर्म सम्बन्धी र मरेको कोही येशूको बारे तिनीहरूको विवाद थियो जसलाई पावलले जीवित छन् भनी दावी गर्थ्यो ।
Badala yake, walikuwa na mabishano fulani pamoja naye kuhusu dini yao na kuhusu Yesu ambaye alikuwa amekufa, lakini Paulo anadai kuwa yu hai.
20 म यो कुरामा कसरी अनुसन्धान गर्ने भनी अन्योलमा परेँ, र यी कुराहरूको बारेमा इन्साफ गरिनको निम्ति ऊ यरूशलेम जान्छ कि भनी मैले उसलाई सोधेँ ।
Nilikuwa nimefumbwa jinsi ya kuchunguza suala hili, na nikamwuliza kama angeenda Yerusalemu kuhukumiwa kuhusu mambo haya.
21 तर पावलले सम्राटको फैसलाको निम्ति सुरक्षा पहरामा राखिनलाई इच्छा गरेपछि, मैले उसलाई कैसरकहाँ नपठाएसम्म राख्नलाई आदेश दिएँ ।”
Lakini Paulo alipoitwa awekwe chini ya ulinzi kwa ajili ya uamuzi wa Mfalme, niliamuru awekwe hata nitakapompeleka kwa Kaisari. '
22 अग्रिप्पाले फेस्तससँग भने, “म पनि यो मानिसका कुराहरू सुन्न चाहन्छु ।” फेस्तसले भने, “उसको कुरा तपाईंले भोलि सुन्नुहुनेछ ।”
Agripa alizungumza na Festo, “ningependa pia kumsikiliza mtu huyu.” “Festo, akasema, “kesho utamsikiliza.”
23 यसरी अर्को दिन अग्रिप्पा र बर्निकी भव्य समारोहसँग आए; उनीहरू भवनभित्र सैनिक अधिकृतहरू र सहरका विशिष्ट व्यक्तिहरूसँग आए । र फेस्तसले आदेश दिएपछि पावललाई तिनीहरूकहाँ ल्याइयो ।
Hivyo kesho yake, Agripa na Bernike walifika na sherehe nyingi; walifika katika ukumbi na maafisa wa kijeshi, na watu mashuhuri wa mji. Na Festo alipotoa amri, Paulo aliletwa kwao.
24 फेस्तसले भने, “राजा अग्रिप्पा, यहाँ हामीसँग हुनुभएका सबै मानिसहरू, तपाईंले यो मानिसलाई देख्नु हुन्छ; यरूशलेममा र यहाँ पनि कैयौँ यहूदीहरूले मसँग छलफल गरे, र ऊ जीवित रहनु हुँदैन भनी मसँग कराए ।
Festo akasema, “Mfalme Agripa, na watu wote ambao wapo hapa pamoja nasi, mnamwona mtu huyu; jumuiya yote ya Wayahudi huko Yerusalemu na hapa pia wametaka niwashauri, na wao wakapiga kelele kwangu kwamba asiishi.
25 तर मैले थाहा पाएँ कि यो मानिसले मृत्युको लायकको त्यस्तो कुनै गल्ती गरेका छैन; तर उसले सम्राटकहाँ जाने अपिल गरेकाले, मैले उसलाई पठाउने निर्णय गरेँ ।
Naliona kwamba hakufanya lolote linalostahili kifo; lakini kwa sababu amemwita Mfalme, niliamua kumpeleka kwake.
26 तर मसँग सम्राटलाई लेख्ने कुनै निश्चित कुराहरू छैन । यसकारण मैले उसलाई तपाईंहरूकहाँ ल्याएको छु, विशेषगरी राजा अग्रिप्पाकहाँ, ताकि मसँग मुद्दाको बारेमा लेख्ने केही कुराहरू होस् ।
Lakini sina kitu dhahiri cha kuandika kwa Mfalme. Kwa sababu hii, nimemleta kwako, hasa kwako wewe, Mfalme Agripa, ili nipate kuwa na kitu cha kuandika kuhusu kesi.
27 किनभने एउटा कैदीलाई पठाउनु र उसको विरुद्धको आरोपहरू उल्लेख नगर्नु मलाई अनुपयुक्त जस्तो लाग्छ ।”
kwa kuwa naona haina maana kumpeleka mfungwa na bila kuonyesha mashitaka yanayomkabili.