< प्रेरित 25 >
1 अब, फेस्तस त्यस प्रान्तमा प्रवेश गरेको तीन दिनपछि, उनी कैसरियाबाट यरूशलेमस पुगे ।
Now when Festus had come into the province, after three days he ascended from Cesarea to Jerusalem.
2 प्रधान पूजाहारी र विशिष्ट यहूदीहरूले फेस्तसकहाँ पावलका विरुद्ध अभियोगहरू प्रस्तुत गरे, र तिनीहरूले फेस्तससँग कडा रूपमा कुरा गरे ।
Then the high priest and the chief of the Jews informed him against Paul, and besought him,
3 र तिनीहरूले पावलको विषयमा सहायताको निम्ति फेस्तससँग अनुरोध गरे, कि तिनले उनलाई यरूशलेममा बोलाउन्, ताकि तिनीहरूले उनलाई बाटोमा नै मर्न सकून् ।
And desired favor against him, that he would send for him to Jerusalem, laying wait in the way to kill him.
4 तर पावल कैसरियाको कैदी थिए, र तिनी आफैँ पनि चाँडै त्यहाँ फर्कनु थियो भनी फेस्तसले जवाफ दिए ।
But Festus answered, that Paul should be kept at Cesarea, and that he himself would depart shortly [thither].
5 उनले भने “यसकारण जान सक्नेहरू हामीसँगै जानुपर्छ । यदि त्यो मनिसमा कुनै गल्ती छन् भने, तिमीहरूले दोष लगाउनुपर्छ ।”
Let them therefore, said he, who among you are able, go down with [me], and accuse this man, if there is any wickedness in him.
6 आठ वा दश दिन अझ बसेपछि फेस्तस कैसरियातिर गए । र अर्को दिन उनी न्यायको आसनमा बसे र पावललाई तिनीकहाँ ल्याइयोस् भनी आदेश दिए ।
And when he had tarried among them more than ten days, he went down to Cesarea; and the next day sitting on the judgment-seat, commanded Paul to be brought.
7 जब उनी आइपुगे यरूशलेमका यहूदीहरू नजिकै उभिए र तिनीहरूले साबित नै गर्न नसक्ने गम्भीर अभियोगहरू ल्याए ।
And when he had come, the Jews who came down from Jerusalem stood around, and laid many and grievous complaints against Paul, which they could not prove;
8 पावलले आफ्नो बचाउ गरे र भने, “यहूदीहरूको नामको विरुद्ध होइन, नत कुनै मन्दिरको विरुद्धमा र न त कैसरको विरुद्धमा, मैले कसैको विरुद्धमा गल्ति गरेको छैनँ ।”
While he answered for himself, Neither against the law of the Jews, neither against the temple, nor yet against Cesar have I committed any offense.
9 तर फेस्तसले यहूदीको समर्थन पाउन चाहन्थे र उनले पावललाई जवाफ दिए र भने, “के तिमी यरूशलेम गएर यी कुराहरूको इन्साफ मद्वारा गरिएको चाहन्छौ?”
But Festus, willing to do the Jews a pleasure, answered Paul, and said, Wilt thou go to Jerusalem, and there be judged concerning these things before me?
10 पावलले भने, “म कैसरको न्यायको आसनको सामु खडा छु, जहाँ मेरो इन्साफ गरिनुपर्छ । जसरी तपाईंलाई पनि थाहा छ कि मैले कुनै पनि यहूदीलाई खराबी गरेको छैनँ ।
Then said Paul, I stand at Cesar's tribunal, where I ought to be judged: to the Jews have I done no wrong, as thou very well knowest.
11 तैपनि यदि मैले गल्ती गरेको छु र यदि मैले मृत्युको योग्य केही कुरा गरेको छु भने, म मर्नलाई इन्कार गर्दिनँ । तर यदि तिनीहरूका आरोपहरू केही पनि छैनन् भने, कसैले पनि मलाई तिनीहरूको हातमा सुम्पन सक्दैन । म कैसरलाई गुहार्छु ।
For if I am an offender, or have committed any thing worthy of death, I refuse not to die: but if there is none of these things of which these accuse me, no man may deliver me to them. I appeal to Cesar.
12 त्यसपछि फेस्तसले परिषद्मा कुरा गरे र जवाफ दिए, “तिमीले कैसरसँग गुहार माग्यौ; तिमी कैसरकहाँ नै जानेछौ ।”
Then Festus, when he had conferred with the council, answered, Hast thou appealed to Cesar? to Cesar thou shalt go.
13 अब केही दिनपछि राजा अग्रिपा र बर्निकी कैसरियामा फेस्तसलाई कामकाजी भेटघाट गर्न आइपुगे ।
And after certain days, king Agrippa and Bernice came to Cesarea, to salute Festus.
14 उनी त्यहाँ धेरै दिनसम्म बसेपछि, फेस्तसले पावलका मुद्दाहरू राजाका अघि प्रस्तुत गरे । तिनले भने, “फेलिक्सले एक जना मानिसलाई कैदीको रूपमा छोडेका थिए ।
And when they had been there many days, Festus declared Paul's cause to the king, saying, There is a certain man left in bonds by Felix:
15 जब म यरूशलेममा थिएँ, मुख्य पूजाहारी र यहूदीहरूका अगुवाहरूले यो मानिसको विरुद्ध मकहाँ आरोपहरू ल्याए, र तिनीहरूले उसको विरुद्ध दण्डको लागि अनुरोध गरे ।
About whom, when I was at Jerusalem, the chief priests and the elders of the Jews informed [me], desiring [to have] judgment against him.
16 यसमा मैले यस्तो जवाफ दिएँ, “एउटा मानिसलाई कृपाको रूपमा कसैलाई सुम्पने रोमी प्रचलन छैन, बरु, दोष लगाइएको मानिसले उसलाई दोष लगाउनेहरूको सामना गर्न र आरोपहरूको विरुद्ध बचाउ गर्ने मौका पाउनु पर्छ ।”
To whom I answered, It is not the manner of the Romans to deliver any man to die, before he who is accused hath the accusers face to face, and hath license to answer for himself concerning the crime laid against him.
17 यसकारण जब तिनीहरू सँगै यहाँ आए, मैले पर्खिनँ, अर्को दिन म न्याय आसनमा बसेँ र त्यो मानिसलाई भित्र ल्याउने आदेश दिएँ ।
Therefore, when they had come hither, without any delay on the morrow I sat on the judgment-seat, and commanded the man to be brought forth;
18 जब अभियोक्ताहरू उठे र अभियोग लगाए, तिनीहरूले ऊसको विरुद्ध लागाएको कुनै पनि आभियोगहरू मलाई गम्भीर लागेन ।
Against whom, when the accusers stood up, they brought no accusation of such things as I supposed:
19 यसको सट्टामा, तिनीहरूको आफ्नै धर्म सम्बन्धी र मरेको कोही येशूको बारे तिनीहरूको विवाद थियो जसलाई पावलले जीवित छन् भनी दावी गर्थ्यो ।
But had certain questions against him of their own superstition, and of one Jesus who was dead, whom Paul affirmed to be alive.
20 म यो कुरामा कसरी अनुसन्धान गर्ने भनी अन्योलमा परेँ, र यी कुराहरूको बारेमा इन्साफ गरिनको निम्ति ऊ यरूशलेम जान्छ कि भनी मैले उसलाई सोधेँ ।
And because I doubted of such manner of questions, I asked [him] whether he would go to Jerusalem, and there be judged concerning these matters.
21 तर पावलले सम्राटको फैसलाको निम्ति सुरक्षा पहरामा राखिनलाई इच्छा गरेपछि, मैले उसलाई कैसरकहाँ नपठाएसम्म राख्नलाई आदेश दिएँ ।”
But when Paul had appealed to be reserved to the hearing of Augustus, I commanded him to be kept till I might send him to Cesar.
22 अग्रिप्पाले फेस्तससँग भने, “म पनि यो मानिसका कुराहरू सुन्न चाहन्छु ।” फेस्तसले भने, “उसको कुरा तपाईंले भोलि सुन्नुहुनेछ ।”
Then Agrippa said to Festus, I would also hear the man myself. To-morrow, said he, thou shalt hear him.
23 यसरी अर्को दिन अग्रिप्पा र बर्निकी भव्य समारोहसँग आए; उनीहरू भवनभित्र सैनिक अधिकृतहरू र सहरका विशिष्ट व्यक्तिहरूसँग आए । र फेस्तसले आदेश दिएपछि पावललाई तिनीहरूकहाँ ल्याइयो ।
And on the morrow, when Agrippa had come, and Bernice, with great pomp, and had entered into the place of hearing, with the chief captains and principal men of the city, at the command of Festus Paul was brought forth.
24 फेस्तसले भने, “राजा अग्रिप्पा, यहाँ हामीसँग हुनुभएका सबै मानिसहरू, तपाईंले यो मानिसलाई देख्नु हुन्छ; यरूशलेममा र यहाँ पनि कैयौँ यहूदीहरूले मसँग छलफल गरे, र ऊ जीवित रहनु हुँदैन भनी मसँग कराए ।
And Festus said, King Agrippa, and all men who are here present with us, ye see this man about whom all the multitude of the Jews have dealt with me, both at Jerusalem, and [also] here, crying that he ought not to live any longer.
25 तर मैले थाहा पाएँ कि यो मानिसले मृत्युको लायकको त्यस्तो कुनै गल्ती गरेका छैन; तर उसले सम्राटकहाँ जाने अपिल गरेकाले, मैले उसलाई पठाउने निर्णय गरेँ ।
But when I found that he had committed nothing worthy of death, and that he himself hath appealed to Augustus, I have determined to send him.
26 तर मसँग सम्राटलाई लेख्ने कुनै निश्चित कुराहरू छैन । यसकारण मैले उसलाई तपाईंहरूकहाँ ल्याएको छु, विशेषगरी राजा अग्रिप्पाकहाँ, ताकि मसँग मुद्दाको बारेमा लेख्ने केही कुराहरू होस् ।
Of whom I have no certain thing to write to my lord. Wherefore I have brought him forth before you, and specially before thee, O king Agrippa, that after examination had, I may have somewhat to write.
27 किनभने एउटा कैदीलाई पठाउनु र उसको विरुद्धको आरोपहरू उल्लेख नगर्नु मलाई अनुपयुक्त जस्तो लाग्छ ।”
For it seemeth to me unreasonable to send a prisoner, and not also to signify the crimes [laid] against him.